×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

सुपर पावरको दौडमा चीन,अमेरिका पीडितसँग सम्बन्ध जोड्दै

३१ असार २०८२

३१ असार , काठमाण्डौं ।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले देशको अन्तर्राष्ट्रिय उपस्थिति खुम्च्याउँदै जाँदा चीनले कूटनीतिक पहल थालेको छ । अमेरिकी सिनेटको फरेन रिलेसन्स कमिटीले सोमवार सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो दाबी गरिएको हो ।

Advertisement
Advertisement

महिनौंसम्म अमेरिकी कर्मचारीहरूले गरेको यात्रा र अनुसन्धानका आधारमा यो प्रतिवेदन तयार पारिएको रोयटर्स समाचार संस्थाले समाचार दिएको छ । ट्रम्प प्रशासनले विदेश मन्त्रालयमा कर्मचारी कटौतीको काम शुक्रवारबाट सुरु भएको छ ।

कुल ३ हजार कर्मचारीलाई बर्खास्त गर्ने योजना छ । ट्रम्पले विदेशी सहायतामा दिइँदै आएको अर्बौं डलर पनि कटौती गरेका छन् । उनले संसारभरि मानवीय र विकास सहायता निकाय यूएस एजेन्सी फर इन्टरनेशनल डिभलपमेन्ट (यूएसएड) पनि बन्द गरिदिएका छन् ।

यूएसएड बन्द गरिँदा हजारौं कर्मचारीलाई बर्खास्त गरिएको छ र ८० प्रतिशतभन्दा बढी कार्यक्रमहरू बन्द गरिएका छन् । विदेशमा अमेरिकी सरोकारलाई प्रतिरक्षा र प्रवर्धन गर्नका लागि यस्तो कटौतीले रोक लगाउने आलोचकहरू बताउँछन् ।

द ल्यान्सेट नामक मेडिकल जर्नलले प्रकाशित गरेको अनुसन्धान प्रतिवेदनले यूएसएडको लगानी कटौतीका कारण सन् २०३० सम्ममा १ करोड ४० लाख मानिसको मृत्यु हुन सक्ने प्रक्षेपण गरेको छ ।

‘ट्रम्प प्रशासनले दोस्रो कार्यकाल चलाउन थालेको केही दिनमै संसारभरि अमेरिकाको कार्यक्रममा कटौती गरिदियो,’ उक्त समितिकी डेमोक्रेट सांसद जीन शाहीनले बताइन्, ‘चीनले त्यति बेलैदेखि अमेरिका भरपर्दो साझेदार हैन भन्न थालिसकेको थियो ।

हामी विश्व मञ्चबाट पछि हट्दै गर्दा चिनियाँहरूले आफ्नो प्रभाव विस्तार गरिरहेका छन् ।’ तर, अनावश्यक खर्च घटाउन र संघीय प्रशासनलाई सानो बनाउनका लागि ट्रम्प प्रशासनले काम गरिरहेको बहालवाला अधिकारीहरू बताउँछन् ।

अमेरिकाले विदेशी सहायताका लागि अनावश्यक खर्च गरिरहेको र अन्य मुलुकहरूले थप भार वहन गर्नुपर्ने ट्रम्प तर्क गर्छन् । डेमोक्रेट सिनेटरहरूले तयार पारेको ९१ पृष्ठको प्रतिवेदनमा चीनले प्रसारणदेखि स्वास्थ्य कार्यक्रम र विकास निर्माणमा प्रभाव विस्तार गरिरहेको उल्लेख छ ।

उदाहरणका लागि, अफ्रिकामा अमेरिकाले खाद्य सहायता कार्यक्रममा कटौती गरेपछि चीनले मार्च महिनामा युगान्डालाई २० लाख डलर बराबरको चामल सहयोग गरेको थियो ।

त्यस्तै मे महिनामा अमेरिकाले जाम्बियालाई दिँदै आएको ३ करोड ७० लाख डलर बराबरको एचआईभी÷एड्स निवारण अनुदान बन्द गरेपछि चीनले ५ लाखवटा एचआईभी परीक्षण किटहरू दान गरेको छ ।

दक्षिणपूर्वी एसियामा चीनका राष्ट्रपति सी चिनपिङले भियतनाम, कम्बोडिया र मलेसिया भ्रमण गरी शीर्ष नेतृत्वसँग भेटघाट गरेका थिए । भियतनाममा रेलमार्ग निर्माण, कम्बोडियामा ऊर्जा, शिक्षा र पूर्वाधार क्षेत्रमा ३७ वटा सहकार्य सम्झौताका साथै मलेसियामा उत्पादन आदानप्रदानका विषयमा सम्झौता भएको छ ।

चीनले गत मे महिनामा चाइना–ल्याटिन अमेरिकन यान्ड द करिबियन फोरम आयोजना गरेर दक्षिण अमेरिकामा ९ अर्ब डलर बराबरको क्रेडिट लाइन र थप पूर्वाधार लगानीको घोषणा गरेको थियो ।

अहिले चीनले सांघाई सहयोग सङ्गठन (एससीओ)को सम्मेलन आयोजना गरिरहेको छ । जसमा सदस्य देशका विदेशमन्त्रीहरु सहभागि भएका छन् ।

यसक्रममा आजमात्रै राष्ट्रपति सी जिंगपिंगले भारत, रुससहितका विदेशमन्त्रीहरुलाई भेटेका छन् । यो सम्मेलनमा भारत र पाकिस्तानका विदेशमन्त्रीहरु पनि आमनेसामने हुँदैछन् ।

एससीओका सदस्य देशहरु १० वटा छन् । जसमा रुस, बेलारुस, चीन, भारत, पाकिस्तान, इरान, ताजाकिस्तान, उज्बेकिस्तान, ताजिकिस्तान र किर्गिस्तान रहेका छन् ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top