×

NEPAL TIMES UPDATES

Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026
Playing
World News: इरानलाई कतारको चेतावनी, आत्मसमर्पण गर्न IRGCलाई ट्रम्पको धम्की || Nepal Times
Mar 07, 2026
Playing
‘मधेसी छौरा पिएम वन्नेवाला एैला’ || Nepal Times
Mar 07, 2026
Playing
०८२ मा अहिलेसम्म धेरै मत ल्याउने उम्मेदवारहरू को हुन् ?|| Nepal Times
Mar 07, 2026
Playing
Top 15 Afternoon News || Mar-07-2026 || Nepal Times
Mar 07, 2026
Playing
पुराना दलको पराजय: जनताको धैर्यको अन्त्य र नयाँ राजनीतिक युगको सुरुवात || Nepal Times
Mar 07, 2026
Playing
५० हजार बढी मतान्तरले विजयी भए रास्वपाका डा. लेखजंग || Nepal Times
Mar 07, 2026
Playing
अन्य दलको अग्रता भएका क्षेत्रमा रास्वपाको अवस्था कस्तो? पासा पल्टेला ?|| Nepal Times
Mar 07, 2026
Playing
समानुपातिकको सिट कसरी बाँडिन्छ ? थ्रेस होल्ड के हो ? || Nepal Times
Mar 07, 2026
Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026
Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026
Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026
Playing
Nepal Election Update: रास्वपाको लहर, १७ जित र १०० क्षेत्रमा अग्रता – काठमाडौं क्लिन स्विप
Mar 07, 2026
Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026

इरानमा फेरि बमबारी गर्ने ट्रम्पको धम्की, युरोपसंग वार्ता सुरु गर्दै इरान

६ श्रावण २०८२
५ साउन , काठमाण्डौ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई फेरि बमबारीको धम्की दिएका छन् । उनले कुनै नयाँ परमाणु संयन्त्र बनाउने प्रयास नगर्न इरानलाई चेतावनी दिएका छन् ।
त्यस्तो प्रयास गरिए अमेरिकाले बमबारी गरी ध्वस्त बनाइदिने उनले बताएका छन् । ट्रम्पले अमेरिकी सैन्य आक्रमणबाट इरानका तीन परमाणुस्थल पूर्ण रूपमा नष्ट गरिएको पनि दोहो¥याए ।
सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले इरानका तीनवटै परमाणुस्थल पूर्ण रूपमा नष्ट भएको भन्दै तिनलाई पुनः सञ्चालन गर्न वर्षौं लाग्ने जिकिर गरे ।
उनले इरानले नयाँ परमाणु संयन्त्र बनाउने खोजे अमेरिकाले तिनलाई पनि नष्ट गर्ने स्पष्ट पारे । गएको जुन २१ मा अमेरिकाले इरानमा ‘मिडनाइट ह्यामर अपरेसन’अन्तर्गत आक्रमण गरेको थियो ।
त्यसक्रममा फोर्डो परमाणुस्थल अधिकांश नष्ट भएको बताइएको थियो । तर, अरू दुई परमाणुस्थल नतान्ज र इस्फहान नष्ट नभएको सूचना ‘लिक’ भएको थियो ।
यसैबीच, इरानका राष्ट्रपति मसूद पेजेशकियनले शान्तिपूर्ण उद्देश्यका निम्ति परमाणु ऊर्जा प्रयोग गर्ने आफ्नो देशको वैध अधिकारलाई दोहो¥याएका छन् ।
उनले इरानीलाई आफ्नो कानुनी अधिकारबाट वञ्चित गर्नु पूर्ण रूपमा अस्वीकार्य भएकामा जोड दिए । इरानको सरकारी मिडिया इर्नाका अनुसार, शनिबार दिउँसो आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिनयानसँग टेलिफोन वार्तामा पेजेशकियनले इरान अन्तर्राष्ट्रिय कानुनप्रति प्रतिबद्ध भएको र आफ्ना परमाणु गतिविधिको पारदर्शितामा विश्वस्त रहेकामा जोड दिए ।
पेजेशकियनले इरान र आर्मेनियाबीचको सम्बन्धलाई ऐतिहासिक र मैत्रीपूर्ण बताउँदै आफूहरू सबै छिमेकी देशसँग रचनात्मक वार्ता गर्न उत्सुक भएको बताए ।
यसैबीच तीन युरोपेली देश र इरानबीच अन्तर्राष्ट्रिय प्रतिबन्धहरू पुनः लागु हुने चेतावनीपछि इस्तानबुलमा परमाणु वार्ता पुनः सुरु हुने भएको छ ।
ई–३ (फ्रान्स, जर्मनी, बेलायत)का विदेश मन्त्री र युरोपेली संघका विदेश नीति प्रमुखले इरानी विदेश मन्त्री अब्बास अराघ्चीसँग बिहीबार पहिलोपटक फोन वार्ता गरेको जानकारी अलजजिराले दिएको छ ।
उनीहरूले उक्त फोन वार्तापछि शुक्रबारका लागि परमाणु वार्ता तय भएको बताएका छन् । गत महिना इजरायल र संयुक्त राज्य अमेरिकाले इरानी परमाणु सुविधामाथि आक्रमण गरेपछि उक्त वार्ता रोकिएको थियो ।
चीन र रूसबाहेक यी तीन युरोपेली देशहरू सन् २०१५ मा इरानसँग भएको परमाणु सम्झौताका बाँकी पक्ष रहेको बताइएको छ । यस सम्झौताबाट संयुक्त राज्य अमेरिका सन् २०१८ मा बाहिरिएको थियो ।
सम्झौताले इरानमाथि लागेको प्रतिबन्धहरू हटाएको र यसको बदलामा इरानको परमाणु कार्यक्रममा प्रतिबन्ध लगाइएको थियो । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईलाई उदृत गर्दै इरान, बेलायत, फ्रान्स र जर्मनीबीचको बैठक उपविदेशमन्त्री स्तरमा हुने इरानी सरकारी मिडियाले जनाएको छ ।
ई–३ ले इजरायलले अप्रत्याशित आक्रमण अघि पुनः सुरु भएको इरान र अमेरिकाबीचको वार्ता अगाडि नबढे वा ठोस नतिजा नआए अगस्टको अन्त्यसम्म परमाणु सम्बन्धित संयुक्त राष्ट्रसंघका प्रतिबन्धहरू पुनःस्थापित हुने चेतावनी दिएको थियो ।
इरानले शीर्ष इरानी सैन्य अधिकारीहरू, परमाणु वैज्ञानिकहरू र सयौँ सर्वसाधारणको मृत्यु भएको इजरायली आक्रमणमा अमेरिकाको संलग्नता भएको आरोप लगाएको छ ।
तर, अमेरिकी पक्षले इरानका तीन प्रमुख परमाणु स्थलहरूमा आक्रमण गरी ती ‘नष्ट’ गरिएको दाबी गरेको छ । उक्त आक्रमण पछि जुन २४ मा युद्धविराम लागु भएको उल्लेख गरिएको छ ।
इरानी विदेशमन्त्री अराघ्चीले यदि ईयू÷ई–३ ले भूमिका खेल्न चाहन्छ भने जिम्मेवार ढंगले काम गर्नुपर्ने र धम्की तथा दबाबका पुराना नीतिहरू, विशेष गरी ‘स्न्याप–ब्याक’, त्याग्नुपर्ने गत साता बताएका थिए ।
इजरायल–इरान युद्ध अघि, ओमानको मध्यस्थतामा पाँच चरणको परमाणु वार्ता भएको थियो । तर, इरानले यसमा युरेनियम परिष्करणजस्ता प्रमुख अवरोधहरू रहेको बताएको छ ।
पश्चिमी शक्तिहरूले परमाणु वस्तुलाई हतियारमा बदल्नसक्ने जोखिम घटाउने उद्देश्यले शून्य स्तरसम्म पु¥याउन चाहेको उल्लेख गरिएको छ । तर, इरानी पक्षले आफ्नो परमाणु कार्यक्रम पूर्णरूपमा नागरिक उद्देश्यका लागि मात्र रहेको पनि दाबी गरेको छ ।
यसैबीच इरानले युद्धमा क्षतिग्रस्त भएका आफ्ना हवाई रक्षा प्रणालीहरु प्रतिस्थापन गरेको छ । इरानले गत महिना इजरायलसँगको द्वन्द्वमा क्षतिग्रस्त हवाई रक्षा प्रणालीहरू प्रतिस्थापन गरेको हो ।
यो जानकारी नियमित सेनाका उप–प्रमुख (अपरेसन्स) महमूद मूसावीलाई उदृत गर्दै इरानको डिफा प्रेस समाचार एजेन्सीले आइतबार दिएको रोयटर्सले बताएको छ ।
जुन महिनाको द्वन्द्वमा इजरायलको वायुसेनाले इरानको हवाई क्षेत्रमा प्रभुत्व जमाउँदै देशको हवाई रक्षा प्रणालीलाई ठूलो क्षति पु¥याएको थियो ।
तर, इरानी सशस्त्र बलहरूले इजरायली भूभागमा लगातार मिसाइल र ड्रोन आक्रमणहरू गरेका थिए ।“हाम्रा केही हवाई रक्षा प्रणालीहरू क्षतिग्रस्त भएका थिए जुन हामीले लुकाउन सक्ने कुरा थिएन ।
तर, हवाई क्षेत्र सुरक्षित गर्न हाम्रा सहकर्मीहरूले स्वदेशी स्रोतहरू प्रयोग गरेर तिनलाई उपयुक्त स्थानहरूमा भण्डारण गरिएका पूर्वयोजनाबद्ध प्रणालीहरूसँग प्रतिस्थापन गरेका छन्,” मूसावीले भने ।
युद्धअघि, इरानसँग आफैँले बनाएको लामो दूरीको हवाई रक्षा प्रणाली बवर–३७३ र रूसी निर्मित एस–३०० प्रणाली थियो । डिफा प्रेसको रिपोर्टले गत हप्ताहरूमा इरानमा विदेशमा बनाइएका कुनै पनि हवाई रक्षा प्रणालीहरूको आयात नभएको बताएको छ ।
गत अक्टोबरमा इरानी मिसाइल कारखानाहरूमा इजरायलले आंशिक आक्रमणपछि इरानले सैन्य अभ्यासका क्रममा रूसमा निर्मित हवाई रक्षा प्रणालीहरू प्रदर्शन गरेको थियो ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top