NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अदृश्य हतियारमा जुट्यो पाकिस्तान, मुनिरको प्लान सबैभन्दा खतरनाक सोमवार साउन ५ , २०८२
अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो सोमवार साउन ५ , २०८२
बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट सोमवार साउन ५ , २०८२
मोदीको जन्मदिनको अवसरमा ओली भारत जाँदै सोमवार साउन ५ , २०८२
इरानमा फेरि बमबारी गर्ने ट्रम्पको धम्की, युरोपसंग वार्ता सुरु गर्दै इरान सोमवार साउन ५ , २०८२
Next
Prev

समाचार

इरानमा फेरि बमबारी गर्ने ट्रम्पको धम्की, युरोपसंग वार्ता सुरु गर्दै इरान

सोमवार साउन ५ , २०८२
Reading Time: 1 min read
A A
अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

flags of USA and Iran

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
५ साउन , काठमाण्डौ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई फेरि बमबारीको धम्की दिएका छन् । उनले कुनै नयाँ परमाणु संयन्त्र बनाउने प्रयास नगर्न इरानलाई चेतावनी दिएका छन् ।
त्यस्तो प्रयास गरिए अमेरिकाले बमबारी गरी ध्वस्त बनाइदिने उनले बताएका छन् । ट्रम्पले अमेरिकी सैन्य आक्रमणबाट इरानका तीन परमाणुस्थल पूर्ण रूपमा नष्ट गरिएको पनि दोहो¥याए ।
सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले इरानका तीनवटै परमाणुस्थल पूर्ण रूपमा नष्ट भएको भन्दै तिनलाई पुनः सञ्चालन गर्न वर्षौं लाग्ने जिकिर गरे ।
उनले इरानले नयाँ परमाणु संयन्त्र बनाउने खोजे अमेरिकाले तिनलाई पनि नष्ट गर्ने स्पष्ट पारे । गएको जुन २१ मा अमेरिकाले इरानमा ‘मिडनाइट ह्यामर अपरेसन’अन्तर्गत आक्रमण गरेको थियो ।
त्यसक्रममा फोर्डो परमाणुस्थल अधिकांश नष्ट भएको बताइएको थियो । तर, अरू दुई परमाणुस्थल नतान्ज र इस्फहान नष्ट नभएको सूचना ‘लिक’ भएको थियो ।
यसैबीच, इरानका राष्ट्रपति मसूद पेजेशकियनले शान्तिपूर्ण उद्देश्यका निम्ति परमाणु ऊर्जा प्रयोग गर्ने आफ्नो देशको वैध अधिकारलाई दोहो¥याएका छन् ।
उनले इरानीलाई आफ्नो कानुनी अधिकारबाट वञ्चित गर्नु पूर्ण रूपमा अस्वीकार्य भएकामा जोड दिए । इरानको सरकारी मिडिया इर्नाका अनुसार, शनिबार दिउँसो आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिनयानसँग टेलिफोन वार्तामा पेजेशकियनले इरान अन्तर्राष्ट्रिय कानुनप्रति प्रतिबद्ध भएको र आफ्ना परमाणु गतिविधिको पारदर्शितामा विश्वस्त रहेकामा जोड दिए ।
पेजेशकियनले इरान र आर्मेनियाबीचको सम्बन्धलाई ऐतिहासिक र मैत्रीपूर्ण बताउँदै आफूहरू सबै छिमेकी देशसँग रचनात्मक वार्ता गर्न उत्सुक भएको बताए ।
यसैबीच तीन युरोपेली देश र इरानबीच अन्तर्राष्ट्रिय प्रतिबन्धहरू पुनः लागु हुने चेतावनीपछि इस्तानबुलमा परमाणु वार्ता पुनः सुरु हुने भएको छ ।
ई–३ (फ्रान्स, जर्मनी, बेलायत)का विदेश मन्त्री र युरोपेली संघका विदेश नीति प्रमुखले इरानी विदेश मन्त्री अब्बास अराघ्चीसँग बिहीबार पहिलोपटक फोन वार्ता गरेको जानकारी अलजजिराले दिएको छ ।
उनीहरूले उक्त फोन वार्तापछि शुक्रबारका लागि परमाणु वार्ता तय भएको बताएका छन् । गत महिना इजरायल र संयुक्त राज्य अमेरिकाले इरानी परमाणु सुविधामाथि आक्रमण गरेपछि उक्त वार्ता रोकिएको थियो ।
चीन र रूसबाहेक यी तीन युरोपेली देशहरू सन् २०१५ मा इरानसँग भएको परमाणु सम्झौताका बाँकी पक्ष रहेको बताइएको छ । यस सम्झौताबाट संयुक्त राज्य अमेरिका सन् २०१८ मा बाहिरिएको थियो ।
सम्झौताले इरानमाथि लागेको प्रतिबन्धहरू हटाएको र यसको बदलामा इरानको परमाणु कार्यक्रममा प्रतिबन्ध लगाइएको थियो । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईलाई उदृत गर्दै इरान, बेलायत, फ्रान्स र जर्मनीबीचको बैठक उपविदेशमन्त्री स्तरमा हुने इरानी सरकारी मिडियाले जनाएको छ ।
ई–३ ले इजरायलले अप्रत्याशित आक्रमण अघि पुनः सुरु भएको इरान र अमेरिकाबीचको वार्ता अगाडि नबढे वा ठोस नतिजा नआए अगस्टको अन्त्यसम्म परमाणु सम्बन्धित संयुक्त राष्ट्रसंघका प्रतिबन्धहरू पुनःस्थापित हुने चेतावनी दिएको थियो ।
इरानले शीर्ष इरानी सैन्य अधिकारीहरू, परमाणु वैज्ञानिकहरू र सयौँ सर्वसाधारणको मृत्यु भएको इजरायली आक्रमणमा अमेरिकाको संलग्नता भएको आरोप लगाएको छ ।
तर, अमेरिकी पक्षले इरानका तीन प्रमुख परमाणु स्थलहरूमा आक्रमण गरी ती ‘नष्ट’ गरिएको दाबी गरेको छ । उक्त आक्रमण पछि जुन २४ मा युद्धविराम लागु भएको उल्लेख गरिएको छ ।
इरानी विदेशमन्त्री अराघ्चीले यदि ईयू÷ई–३ ले भूमिका खेल्न चाहन्छ भने जिम्मेवार ढंगले काम गर्नुपर्ने र धम्की तथा दबाबका पुराना नीतिहरू, विशेष गरी ‘स्न्याप–ब्याक’, त्याग्नुपर्ने गत साता बताएका थिए ।
इजरायल–इरान युद्ध अघि, ओमानको मध्यस्थतामा पाँच चरणको परमाणु वार्ता भएको थियो । तर, इरानले यसमा युरेनियम परिष्करणजस्ता प्रमुख अवरोधहरू रहेको बताएको छ ।
पश्चिमी शक्तिहरूले परमाणु वस्तुलाई हतियारमा बदल्नसक्ने जोखिम घटाउने उद्देश्यले शून्य स्तरसम्म पु¥याउन चाहेको उल्लेख गरिएको छ । तर, इरानी पक्षले आफ्नो परमाणु कार्यक्रम पूर्णरूपमा नागरिक उद्देश्यका लागि मात्र रहेको पनि दाबी गरेको छ ।
यसैबीच इरानले युद्धमा क्षतिग्रस्त भएका आफ्ना हवाई रक्षा प्रणालीहरु प्रतिस्थापन गरेको छ । इरानले गत महिना इजरायलसँगको द्वन्द्वमा क्षतिग्रस्त हवाई रक्षा प्रणालीहरू प्रतिस्थापन गरेको हो ।
यो जानकारी नियमित सेनाका उप–प्रमुख (अपरेसन्स) महमूद मूसावीलाई उदृत गर्दै इरानको डिफा प्रेस समाचार एजेन्सीले आइतबार दिएको रोयटर्सले बताएको छ ।
जुन महिनाको द्वन्द्वमा इजरायलको वायुसेनाले इरानको हवाई क्षेत्रमा प्रभुत्व जमाउँदै देशको हवाई रक्षा प्रणालीलाई ठूलो क्षति पु¥याएको थियो ।
तर, इरानी सशस्त्र बलहरूले इजरायली भूभागमा लगातार मिसाइल र ड्रोन आक्रमणहरू गरेका थिए ।“हाम्रा केही हवाई रक्षा प्रणालीहरू क्षतिग्रस्त भएका थिए जुन हामीले लुकाउन सक्ने कुरा थिएन ।
तर, हवाई क्षेत्र सुरक्षित गर्न हाम्रा सहकर्मीहरूले स्वदेशी स्रोतहरू प्रयोग गरेर तिनलाई उपयुक्त स्थानहरूमा भण्डारण गरिएका पूर्वयोजनाबद्ध प्रणालीहरूसँग प्रतिस्थापन गरेका छन्,” मूसावीले भने ।
युद्धअघि, इरानसँग आफैँले बनाएको लामो दूरीको हवाई रक्षा प्रणाली बवर–३७३ र रूसी निर्मित एस–३०० प्रणाली थियो । डिफा प्रेसको रिपोर्टले गत हप्ताहरूमा इरानमा विदेशमा बनाइएका कुनै पनि हवाई रक्षा प्रणालीहरूको आयात नभएको बताएको छ ।
गत अक्टोबरमा इरानी मिसाइल कारखानाहरूमा इजरायलले आंशिक आक्रमणपछि इरानले सैन्य अभ्यासका क्रममा रूसमा निर्मित हवाई रक्षा प्रणालीहरू प्रदर्शन गरेको थियो ।
Advertisement
Tags: #युरोपसंग वार्ता सुरु गर्दै इरान#रक्षा प्रणाली

लोकप्रीय

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

अदृश्य हतियारमा जुट्यो पाकिस्तान, मुनिरको प्लान सबैभन्दा खतरनाक

सोमवार साउन ५ , २०८२
अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो

अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो

सोमवार साउन ५ , २०८२
बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट

बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट

सोमवार साउन ५ , २०८२

विचार

थप समाचार

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन
अन्तर्राष्ट्रिय

अदृश्य हतियारमा जुट्यो पाकिस्तान, मुनिरको प्लान सबैभन्दा खतरनाक

सोमवार साउन ५ , २०८२
अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो
अपराध

अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो

सोमवार साउन ५ , २०८२
बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट
अन्तर्राष्ट्रिय

बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट

सोमवार साउन ५ , २०८२
न्यूयोर्कमा जुर्याे ओली–मोदीको भेट, आरजु पनि ब्यस्त
अन्तर्राष्ट्रिय

मोदीको जन्मदिनको अवसरमा ओली भारत जाँदै

सोमवार साउन ५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: २८० सवार जहाजमा भीषण आगलागी, खामेनीका दूत र पुटिनको वार्ता || Nepal Times

World News: २८० सवार जहाजमा भीषण आगलागी, खामेनीका दूत र पुटिनको वार्ता || Nepal Times

00:15:26

World News: Syria झडपमा 900 बढीको मृ*त्यु, बेलायतमा प्यालिस्टिनी समर्थक प*क्रा*उ || Nepal Times

00:16:27

World News: India–Pakistan यु*द्धमा ५ जेट खसेको Trumpको दाबी, विहारमा चट्याङले ३३ को मृ*त्यु

00:17:55

World News:Delhiका २० स्कुल ब*मले उडाउने धम्की, Trump अलोकप्रिय अनि विरामी || Nepal Times

00:19:58

World News: इरानी राजदूत मोस्ट वान्टेड, २० राज्यद्वारा ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर

00:17:24

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

अदृश्य हतियारमा जुट्यो पाकिस्तान, मुनिरको प्लान सबैभन्दा खतरनाक

सोमवार साउन ५ , २०८२
अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इरानमा फेरि बमबारी गर्ने ट्रम्पको धम्की, युरोपसंग वार्ता सुरु गर्दै इरान

सोमवार साउन ५ , २०८२
नेपाल vs बंगलादेश , आजको निर्णायक खेलमा कस्तो रहला नेपालको performance ?

नेपाल vs बंगलादेश , आजको निर्णायक खेलमा कस्तो रहला नेपालको performance ?

सोमवार साउन ५ , २०८२

हालका पोस्टहरू

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

अदृश्य हतियारमा जुट्यो पाकिस्तान, मुनिरको प्लान सबैभन्दा खतरनाक

सोमवार साउन ५ , २०८२
अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो

अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो

सोमवार साउन ५ , २०८२
बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट

बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट

सोमवार साउन ५ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.