×

NEPAL TIMES UPDATES

Playing
World News: इरानलाई कतारको चेतावनी, आत्मसमर्पण गर्न IRGCलाई ट्रम्पको धम्की || Nepal Times
Mar 07, 2026
Playing
‘मधेसी छौरा पिएम वन्नेवाला एैला’ || Nepal Times
Mar 07, 2026
Playing
०८२ मा अहिलेसम्म धेरै मत ल्याउने उम्मेदवारहरू को हुन् ?|| Nepal Times
Mar 07, 2026
Playing
Top 15 Afternoon News || Mar-07-2026 || Nepal Times
Mar 07, 2026
Playing
पुराना दलको पराजय: जनताको धैर्यको अन्त्य र नयाँ राजनीतिक युगको सुरुवात || Nepal Times
Mar 07, 2026
Playing
५० हजार बढी मतान्तरले विजयी भए रास्वपाका डा. लेखजंग || Nepal Times
Mar 07, 2026
Playing
अन्य दलको अग्रता भएका क्षेत्रमा रास्वपाको अवस्था कस्तो? पासा पल्टेला ?|| Nepal Times
Mar 07, 2026
Playing
समानुपातिकको सिट कसरी बाँडिन्छ ? थ्रेस होल्ड के हो ? || Nepal Times
Mar 07, 2026
Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026

मोदीको जन्मदिनको अवसरमा ओली भारत जाँदै

६ श्रावण २०८२
५ साउन , काठमाण्डौ ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको १४ महिना लामो प्रतीक्षा अन्ततः पूरा हुने भएको छ। उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यही सेप्टेम्बर १६ अर्थात भदौ ३१ मा भारतको औपचारिक भ्रमणमा जाँदै छन् ।
यो भ्रमण यस्तो समयमा हुन लागेको छ, जब सेप्टेम्बर १७ मा प्रधानमन्त्री मोदीको जन्मदिन पर्दछ। यसैले ओलीको भारत भ्रमणलाई लिएर भारतीयहरुले समेत चासो राखेका छन् ।
विगत १४ महिनादेखि ओली सरकार भारतबाट आधिकारिक भ्रमणको निम्तोको पर्खाइमा थियो। यसअघि   पछिल्लो एक अन्तर्वार्तामा ओलीले आफू छिट्टै भारत भ्रमणमा जाने खुलासा गरेका थिए ।
उनले आगामी नोभेम्बर महिनामा प्रधानमन्त्री मोदी पनि काठमाडौँ भ्रमणमा आउने सम्भावना रहेको  बताएका छन् । अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले भारत र नेपालबीचको सम्बन्धमा कुनै तनाव नरहेको दाबी गरेका छन् ।
उनले नेपालको भारत र चीन दुवै देशसँग राम्रो सम्बन्ध रहेको बताएका छन् । भारत–नेपाल सम्बन्ध तनावपूर्ण रहेको भन्ने प्रश्नको खण्डन गर्दै ओलीले सोधेका छन् , “के भारतले नेपालका लागि कुनै कठिनाइ पैदा गरेको छ? यदि भारत हामीलाई मन पराउँदैन भने, उसले के नयाँ तनावपूर्ण काम गरेको छ?“ उनले थप भनेका छन्, “नाकाबन्दी त्यतिबेला भएको थियो, जतिबेला म प्रधानमन्त्री थिइनँ। त्यसयता म प्रधानमन्त्री बनेपछि भारतले के नोक्सान पु¥याउने कदम उठाएको छ?“
यसअघि ओलीले प्रधानमन्त्री मोदीसँग न्युयोर्क र बैंककमा भेटवार्ता भएको थिथो , तर  ती दुवै भेट नेपालका लागि खासै फलदायी साबित भएका थिएनन्।
वास्तवमा, यो सम्पूर्ण विवादको सुरुवात सन् २०१९ मा तत्कालीन प्रधानमन्त्री ओलीले सीमा विवादलाई चर्काएपछि भएको भारतीय संचारमाध्यामहरुले लेखेका छन् ।
उनले तत्कालीन चिनियाँ राजदूतको इसारामा भारतविरुद्ध तनाव बढाएको आरोप लाग्ने गरेको भन्दै नवभारत टाइम्सले लेखेको छ, ओली सरकारले नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो, जसमा कालापानीसहितका विवादित भूभागलाई नेपालको हिस्सा देखाइएको थियो।
नेपाली भूभाग कालापानी, लिपु लेक र लिम्पियाधुरालाई भारतले आफ्नो दाबी सहित राजनीतिक नक्शा जारी गरेपछि नेपालले समेत संविधान नै संशोधन गर्दै नेपालका ति अतिक्रमित  नेपाली भूभागसहितको राजनीतिक नक्शा संविधानमा सूचीकृत गरेको छ ।
जसको नेतृत्व ओली सरकारले नै गरेको थियो । गत वर्षको डिसेम्बरमा ओलीले चीनको भ्रमणले पनि  भारतसँगको सम्बन्धलाई थप तनावपूर्ण बनाएको भारतीय पक्षको दाबी छ  ।
यसैबीच, नेपालले चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) फ्रेमवर्कमा हस्ताक्षर गरेपछि ओली र मोदीबीचको दूरी झनै बढेको उल्लेख छ ।
परम्परागत रूपमा नेपालका नयाँ प्रधानमन्त्रीले सबैभन्दा पहिले भारतको भ्रमण गर्ने प्रचलन भए पनि ओलीले लामो समय प्रतिक्षा गर्नुप¥यो।
प्रधानमन्त्री ओलीलाई दुई दिने भारत भ्रमणको निम्तो दिइएको छ।  उनी सेप्टेम्बर १६ मा दिल्ली पुग्नेछन् र भोलिपल्ट अर्थात् सेप्टेम्बर १७ मा  समकक्षी प्रधानमन्त्री मोदीसँग द्विपक्षीय भेटवार्ता हुनेछ।
भेटघाटका क्रममा विभिन्न सम्झौतामा हस्ताक्षर हुने तयारी छ, जसका लागि दुवै देशले काम गरिरहेका छन्। यो भेटमा भारतले नेपाल र चीनबीच बढ्दो निकटताको मुद्दा उठाउन सक्ने अनुमान छ।
विशेषगरी, चीनले नेपालसम्म रेलमार्ग बनाउने योजनामा काम गरिरहेकाले यस विषयमा भारतले आफ्नो चासो व्यक्त गर्न सक्ने समाचारमा उल्लेख छ ।
भारत भ्रमणमा ठूला एजेन्डाहरुमा यसपल्ट प्रवेश गर्ने सम्भावना कम छ, तर दुईपक्षीय सम्बन्धलाई अझै बलियो र सौहार्द बनाउने, विगतका समझदारीहरुलाई निरन्तरता दिने र केही नयाँ परियोजनाहरुलाई अघि बढाउनेतर्फ केन्द्रित हुने नेपाल पक्षको तयारी छ।
यसअघि ओलीले समकक्षी मोदीलाई काठमाडौं भ्रमणका लागि दिएको निमन्त्रणा भारतले स्वीकारेको थिएन । यसपल्ट भने आगामी नोभेम्बर तेस्रो साता अर्थात् कात्तिक पहिलो हप्ता मोदी नेपाल आउन सक्ने आश्वासन दिएको सरकारी पक्षले बताएको छ ।
तर मोदी काठमाडौं नआएर नेपालको कुनै धार्मिक पर्यटकीय वा व्यापारिक महत्वको ठाउँमा आउन सक्ने, प्रधानमन्त्री ओलीले मोदीलाई त्यहीँ स्वागत गर्ने सम्भावना रहेको बताइएको छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top