NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ? मङ्लबार मंसिर ९ , २०८२
अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए मङ्लबार मंसिर ९ , २०८२
प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक मङ्लबार मंसिर ९ , २०८२
ओली अन्ततः चुनावमा भाग लिन तयार, दल दर्ता हुँदै, आयोग भने नमान्ने मङ्लबार मंसिर ९ , २०८२
Next
Prev

समाचार

उपाधि भिड्न्तमा चुक्यो नेपाल, एन्फाको ‘कमेन्ट सेक्सन’ बन्द

मङ्लबार साउन ६ , २०८२
Reading Time: 1 min read
A A
उपाधि भिड्न्तमा चुक्यो नेपाल, एन्फाको ‘कमेन्ट सेक्सन’ बन्द
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
६ साउन , काठमाण्डौं । 
बङ्गलादेशले २० वर्षमुनिको महिला साफ च्याम्पियनशिप जितेको छ । अन्तिम खेलमा हिजो नेपाललाई ४–० गोलले हराउँदै बङ्गलादेश पाँचौं पटक च्याम्पियन बनेको हो ।
यद्यपि महिला साफ च्याम्पियनशिपमा नेपाली टोलीकी स्ट्राइकर पूर्णिमा राई  सर्वाधिक गोलकर्ता बनेकी छन् । उनले ६ खेलमा सर्वाधिक १० गोल गरिन् ।
भुटानविरुद्ध लगातार दुई ह्याट्रिकसहित उनले ७ गोल गरेकी थिइन् । त्यसमाथि श्रीलंकाविरुद्धको खेलमा थप ३ गोल गरेर आफ्नो कुल संख्या १० पु¥याएकी हुन् ।
योसँगै उनले साफ इतिहासको पानामा पनि आफ्नै नाम सुरक्षित गरेकी छन् । उनको यो कीर्तिमानले सन् २०१८ को साफ यु–१८ च्याम्पियनसिपलाई सम्झाउँछ ।
उक्त प्रतियोगितामा बंगलादेशकी फरवार्ड मोसमत सिरात जहान शोपनाले चाङ्लिमिथाङ रंगशालामा ८ गोलको कीर्तिमान बनाएकी थिइन् ।
त्यो कीर्तिमान पूर्णिमाले ७ वर्षपछि भंग गरेकी हुन् । पूर्णिमाले व्यक्तिगत रेकर्ड बनाएपनि नेपाली टोली भने निर्णायक खेलमा चुकेको छ । अहिलेसम्म बङ्गलादेश र भारतले मात्र यो प्रतियोगिताको उपाधि जितेका छन् ।
भारतले जम्मा २ पटक उपाधि जितेको छ । नेपाल तेस्रो पटक उपविजेतामा सीमित बन्यो । यसअघि सन् २०१८ र २०२३ मा नेपाल उपाधिबाट चुकेको थियो ।
दुवै पटक नेपाल बङ्गलादेशसँग नै हारेको थियो । नेपाल तीन पटक तेस्रो भएको इतिहास छ । बङ्गलादेश ६ खेलमा सबै जितेर १८ अङ्कसहित च्याम्पियन बन्यो ।
६ खेलमा ४ मा जीत र २ हारका साथ नेपाल १२ अङ्कसहित दोस्रो बनेको छ । नेपालले बङ्गलादेशसँग पहिलो खेलमा ३–२ ले पराजित भएको थियो ।
बङ्गलादेशसँग हारे पनि नेपालले श्रीलङ्का र भूटानविरुद्ध सानदार जीत निकालेको थियो । तर निर्णायक खेलमा भने बंगलादेशले सहजै बाजी मार्यो ।
तीन खेलको प्रतिबन्ध भोगेर आएकी मोसमत सागोरिकाको ह्याट्रिकसँगै बंगलादेशले उपाधि रक्षा गरेको हो । बंगलादेशको जितमा सागोरिका नायक बनिन् ।
गत जुलाई १३ मा नेपाल र बंगलादेशबीचको खेलमा नेपाली डिफेन्डर सिम्रन राई र सागोरिकाबीच मैदानमै हात हालाहाल र कपाल लुछालुछ भएको थियो ।
सो घटनापछि रेफ्रीले दुवै खेलाडीलाई रातो कार्ड दिएका थिए । रातो कार्ड पाउँदा समान्यतया एक खेलको प्रतिबन्ध लाग्ने थियो । तर, दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले यी दुई खेलाडीलाई ३ खेलको प्रतिबन्ध र समान ५ सय अमेरिकी डलर जरिवाना गरेको थियो।
प्रतिबन्धसँगै सोमबारको खेलमा दुवै खेलाडीले पुनरागमन गरेका थिए । तर, सागोरिकाले आक्रामक खेल देखाइन् । खेलको आठौं मिनेटमै थ्रु बलमा उनले सुन्दर फिनिसिङ गरिन् ।
गोलकिपर सुजता तामाङ अगाडि बढेको अवस्थामा उनलाई बिट गर्दै सागोरिकाले खाली पोस्टमा गोल गरेकी हुन् । पहिलो हाफमा नेपाल १–० ले पछि थियो । तर, सागोरिकाले पुनः नेपालमाथि धावा बोलिन् ।
उनले नेपाली डिफेन्डर सिम्रन र सुजतालाई बिट गर्दै ५२औं मिनेटमा अग्रता दोब्बर बनाइन् । त्यसको ६ मिनेटमै उनले ह्याट्रिक पूरा गरिन्। मध्यभागबाट आएको बलमा उनले हाइट बलमार्फत गोल गरिन् ।
बंगलादेशी खेलाडीबाट आएको लङ बललाई डिफेन्डर अनिशा राई पुग्न सकेनन् । त्यहीबेला सुजता अगाडि बढेकी थिइन् । त्यसैको फाइदा उठाउँदै उनले गोल गरेकी हुन् । ७८औं मिनेटमा सागोरिकाले चौथो गोल गरिन् ।
मुन्की अक्तरले सिम्रनलाई बिट गर्दै दिएको पासलाई उनले सुजताको सामुन्नेबाट गोल गरेकी हुन् । यता नेपालको नमिठो हारले एन्फा समेत तनावमा आएको छ ।
उसले आफ्नो सामाजिक सञ्जाल फेसबुकको ‘कमेन्ट सेक्सन’ बन्द गरेको छ । नेपाली टोली बंगलादेशसँग ४–० गोल अन्तरले पराजित भएलगत्तै एन्फाले फेसबुकमा कमेन्ट गर्न नमिल्ने बनाएको हो ।
नेपाली टोली लगातार फाइनल तथा महत्वपूर्ण खेलहरूमा पराजित हुने क्रम जारी रहँदा खासगरी एन्फा पदाधिकारीहरूलाई सामाजिक सञ्जालहरूमा गाली आउने गरेको छ ।
सोमबार पनि त्यही गालीबाट बँच्न एन्फाले सो निर्णय गरेको हुने सक्ने अनुमान गरिएको छ । एन्फाको यो निर्णयप्रति सामाजिक सञ्जालहरूमा आलोचना भइरहेको छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ता तथा खेलप्रेमीहरूको आलोचना एन्फा पदाधिकारीहरूप्रति लक्षित छन् । एन्फामा सधैं भइरहने विभिन्न विवादहरूलाई लिएर निराश भएका खेलप्रेमीहरूले पछिल्लो समय सामाजिक सञ्जालमा व्यापक असन्तुष्टि पोखिरहेका छन् ।
हालै एएफसी महिला एसियन कपको छनोट खेलमा नेपाल उज्बेकिस्तानसँग पराजित भएपछि एन्फाभित्र भएका आरोपप्रत्यारोप सामाजिक सञ्जालमा छरपस्ट भएका थिए । ती आरोपप्रत्यारोहरू सामाजिक सञ्जालमा पोखिँदा खेलप्रेमीहरू असन्तुष्ट देखिएका छन् ।
LS Auto
Tags: #उपाधि भिड्न्तमा चुक्यो नेपाल#पूर्णिमा सर्वाधिक गोलकर्ता#बंगलादेशको जित#महिला साफ च्याम्पियनशिप

लोकप्रीय

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

विचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

थप समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?
ताजा समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन
अन्तर्राष्ट्रिय

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक
अन्तर्राष्ट्रिय

अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक

मङ्लबार मंसिर ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२

हालका पोस्टहरू

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.