×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

उजुरी सुनुवाई गरेको भए किटमा नेपालीको ज्यान जाने थिएनः प्रतिवेदन

७ श्रावण २०८२
६ साउन , काठमाण्डौं । 
भारतको ओडिसा प्रदेशको भुवनेश्वरस्थित कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी अर्थात् किट) विश्वविद्यालयका  गैरकानुनी गतिविधि र प्रशासनको गम्भीर लापरबाहीका कारण दुई जना नेपाली छात्राले मृत्युवरण गर्नुपरेको खुलेको  छ।
विश्वविद्यालयमा दुई जना नेपाली छात्रा शंकास्पद अवस्थामा मृत फेला परेको घटना अनुसन्धानका लागि गठित समितिले  तयार पारेको  प्रतिवेदनले सो विषय औल्याएको हो ।
केआईआईटीमा अध्ययनरत २० वर्षीया विद्यार्थी प्रकृति लम्साल २०८१ फागुन ४ मा कलेजकै होस्टलमा मृत भेटिएकी थिइन् भने अढाई महिना नबित्दै वैशाख १८ गते फेरि नेपाली छात्रा नै १८ वर्षिया प्रिसा साह मृत फेला परेकी थिइन्।
यी दुवै घटना अनुसन्धानका लागि विश्वविद्यालय अनुदान आयोग (यूजीसी) द्वारा गठित समितिले यसमा विश्वविद्यालयका गैरकानुनी गतिविधि र प्रशासनको गम्भीर लापरबाही जिम्मेवार रहेको औँल्याएको छ।
प्रतिवेदनअनुसार, यदि विश्वविद्यालयले यौन उत्पीडनको उजुरीमा समयमै कारबाही गरेको भए यी आत्महत्या रोक्न सकिन्थ्यो। विश्वविद्यालय प्रशासनको कार्य आपराधिक दायित्वको दायराभित्र पर्छ।
भारतीय सञ्चारमाध्यमका अनुसार यूजीसी समितिको प्रतिवेदनमा भनिएको छ, दुवै छात्राले विश्वविद्यालयको आन्तरिक उजुरी समिति (आईसीसी) मा यौन दुव्र्यवहारको उजुरी गरेका थिए।
तर न त उचित अनुसन्धान गरियो न त कुनै कानुनी कारबाही गरियो। बरु विश्वविद्यालय प्रशासनले आरोपित विद्यार्थीलाई बचाएर अवैध सम्झौता गराउन खोज्यो ।
प्रतिवेदनमा अगाडि भनिएको छ, पहिलो उजुरीपछि नै अभियुक्त विद्यार्थीविरुद्ध अनुशासनात्मक कारबाही गर्न सकिन्थ्यो, तर विश्वविद्यालयले जानाजानी उनलाई बचाएको थियो।
छानबिन समितिले विश्वविद्यालयको संरचना र कार्यप्रणालीमा गम्भीर त्रुटि  औंल्याएको छ। प्रतिवेदन अनुसार  विश्वविद्यालयले यौन उत्पीडनका उजुरी बेवास्ता गरेको, विश्वविद्यालयको छवि कानुन र न्यायभन्दा माथि राखिएको , सुरक्षा प्रणाली अत्यन्तै कमजोर रहेको र अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षालाई गम्भीरतापूर्वक  नलिइएको पाइएको छ।
समितिले आईसीसीका सदस्य र विश्वविद्यालयका वरिष्ठ अधिकारीविरुद्ध फौजदारी अभियोजन सुरु गर्न सकिने पनि उल्लेख गरेको छ।  प्रतिवेदनले विश्वविद्यालयको विस्तारमा प्रतिबन्ध लगाउन र दोषी अधिकारीहरूविरुद्ध विभागीय कारबाही गर्न सिफारिस गरेको छ।
इन्दिरा गान्धी राष्ट्रिय खुला विश्वविद्यालय (इग्नु) का पूर्वउपकुलपति नागेश्वर रावको अध्यक्षतामा गठित अनुसन्धान समितिमा राष्ट्रिय योजना तथा प्रशासन संस्थानकी उपकुलपति शशिकला वंजरी, दक्षिण बिहार केन्द्रीय विश्वविद्यालयका पूर्वउपकुलपति एचसीएस राठौर र यूजीसीका सहसचिव सुनीता सिवाच छन्।
बुटवलकी २० वर्षीया प्रकृति लम्साल कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी), ओडिसा मा कम्प्युटर साइन्सको तेस्रो वर्षमा अध्ययनरत थिइन्।
उनी फागुन ४ मा होस्टलको आफ्नै कोठामा झुन्डिएको अवस्थामा मृत फेला परिन्। उनका परिवार र साथीहरूका अनुसार प्रकृतिलाई उनको साथी अद्विक श्रीवास्तवले निरन्तर मानसिक दबाब, ‘ह्यारेसमेन्ट’ र इमोशनल ब्ल्याकमेलिङ गर्दै आएका थिए।
प्रहरीले श्रीवास्तवलाई आत्महत्या दुरुत्साहनको अभियोगमा पक्राउ ग¥यो।  मृत्युपछि विश्वविद्यालय प्रशासनले घटनालाई दबाउने प्रयास गरेको  थियो ।
शव हेर्न समेत नदिएको भन्दै विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका थिए।  नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले ध्यानाकर्षण गराएपछि घटनामा संलग्न ठहरिएका विश्वविद्यालयका निर्देशक, प्रशासन प्रमुख, छात्रावास निर्देशक र सुरक्षा गार्डहरूलाई पक्राउ तथा निलम्बन गरिएको  थियो ।
ओडिशा सरकारले उच्चस्तरीय अनुसन्धान समिति गठन गरेको  थियो । भारतको मानव अधिकार आयोगले पनि छानबिन आदेश दिएको  थियो ।
घटनापछि त्रासका कारण ठूलो संख्यामा नेपाली विद्यार्थी नेपाल फर्किएका थिए। विरोध प्रदर्शनपछि विश्वविद्यालयले नेपाली विद्यार्थीलाई होस्टेलदेखि निकाल्ने र पछि फर्कन आग्रह गर्ने निर्णय लिएको थियो।
यस्तै  १८ वर्षीया प्रिसा साह, वीरगञ्ज निवासी, केआईआईटीमै अध्ययनरत थिइन्। वैशाख १८ गते उनी पनि होस्टलमा झुन्डिएको अवस्थामा मृत भेटिइन्। घटनाको खबरपछि मृतकको परिवार  पुगेपछि मात्र पोष्टमार्टम गर्ने निर्णय गरिएको थियो।
Advertisement

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top