×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

देउवामाथि ’सात भाइ’को घेराबन्दी, सरकार सुधार, उत्तराधिकारी देउ

७ श्रावण २०८२
६ साउन , काठमाण्डौं । 
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मिति अनिश्चित भए पनि पार्टीभित्र सत्ता र नेतृत्वको लडाइँले उत्कर्षको रूप लिन थालेको छ। सभापति शेरबहादुर देउवाको आफ्नै गुट संस्थापन पक्ष भित्रका सात वरिष्ठ नेताहरू सात भाइले उनीमाथि चौतर्फी दबाब सिर्जना गरेका छन्।
सोमबार उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा गोप्य भेला गरी साझा रणनीति बनाएका यी नेताहरूले मंगलबार देउवा निवास बुढानीलकण्ठ पुगेर तीनवटा प्रमुख माग राखेका छन्, जसले कांग्रेसको आन्तरिक राजनीतिमा नयाँ तरंग पैदा गरेको छ।
देउवालाई अर्को कार्यकाल सभापति बन्न विधानले छेक्ने भएपछि संस्थापनभित्र अर्को नेता को ? भन्ने बहस उत्कर्षमा छ। यही मौकामा ’सात भाइ’ले आफूहरूलाई पन्छाएर देउवाले अरू कसैलाई अघि सार्न लागेको आशंका गरेका छन्।
नेता गोपालमान श्रेष्ठले देउवासँगको भेटको तितो अनुभव सुनाउँदै भनेका छन् , हामीले उहाँलाई ’तपाईंले कसैलाई ग्रिन सिग्नल दिनुभयो भनेर कोही हिँडिरहेका छन्, के हो?’ भनेर सोध्यौँ। उहाँले ’मैले कसैलाई दिएको छैन’ भन्नुभयो।“
श्रेष्ठले १४औँ महाधिवेशनमा आफूलाई पछि हट्न लगाएर १५औँ मा सहयोग गर्ने देउवाको बाचासमेत स्मरण गराए। उहाँले ’अहिले मलाई सघाउनुस्, १५औँ मा तपाईंलाई सहयोग गर्छु’ भन्नुभएको थियो,“ श्रेष्ठले भने, “पार्टी फुट्दा होस् वा अन्य सङ्कटमा, कफन बाँधेर उहाँलाई सहयोग गरेँ। हामीलाई अन्याय नगर्नुस् भनेका छौँ।“
यो समूहले इतर पक्षका नेता डा. शेखर कोइरालाको गतिविधिलाई भने महत्त्व दिन लायक नभएको निष्कर्ष निकालेको छ ।  यस्तै सरकार गठन भएको महिनौँ बित्दा पनि सत्ता सहकार्य प्रभावकारी नभएको भन्दै सात भाइले देउवाको ध्यानाकर्षण गराएका छन्।
उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्णायक कुरा गर्न देउवालाई सुझाएका छन्। सरकार प्रभावकारी भएन, हाम्रा मन्त्रीहरूले पनि राम्रो काम गर्नुप¥यो। भ्रष्टाचार काण्डमा मन्त्रीहरू मुछिएका छन्, कारबाही हुनुप¥यो,“ श्रेष्ठले भेटमा उठेको कुरा बताए, “नियुक्तिको विषयमा पनि सरसल्लाह भएको देखिँदैन। यी सबै विषयमा प्रधानमन्त्रीसँग कुरा गर्नुप¥यो।“
उनीहरूले यो गठबन्धन २०८४ सम्म लैजाने हो भने विश्वासको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्।  देउवाले भने आफू प्रधानमन्त्री ओलीसँग निरन्तर सल्लाहमा रहेको र सुधारका कामहरू विस्तारै भइरहेको जवाफ दिएर उनीहरूलाई आश्वस्त पार्न खोजेका थिए।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा फर्कने घोषणाले  पनि कांग्रेसभित्र समेत खैलाबैला मच्चिएको छ।  सात भाइले यसलाई संविधानको भावनाविपरीत र राजनीतिक बेइमानीको संज्ञा दिएका छन्।
“उहाँ (भण्डारी) फेरि राजनीतिमा आएर गणतन्त्रलाई मजाक बनाउन भएन। यो हामीले बनाएको संविधानको भावनाविपरीत हुन्छ,“ श्रेष्ठले देउवालाई भनेको कुरा उद्धृत गरे, “राष्ट्रपतिभन्दा माथिल्लो पद के हुन्छ र? त्यो पदमा पुगेर फेरि केका लागि राजनीतिमा फर्कने? यो त राजनीतिक बेइमानी हो।“ 
जवाफमा देउवाले आफू पनि राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा फर्कन नहुने मान्यतामा दृढ रहेको र यसबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराइसकेको बताएका थिए।
हिजो भेला भएका सातमध्ये ५ नेताहरू बुढानीलकण्ठ पुगेका थिए।  प्रकाशमान सिंहसहित विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, शशांक कोइराला, प्रकाशरण महत र विजयकुमार गच्छदार सहभागी थिए।
तर आज कोइराला र निधि भने अनुपस्थित रहेका थिए । बुढानीलकण्ठ पुगेका उनीहरुले सभापतिलाई आफूहरूलाई अन्याय नगर्न आग्रह गरेका छन् ।
नेपाली काँग्रेसको १५ औँ महाधिवेशनलाई केन्द्रमा राखेर यी सात नेताहरूको बैठक बस्दै आएका छन् ।  यसअघि गोपालमान श्रेष्ठ र डाक्टर शशाङ्क कोइराला निवासमा बैठक बसिसकेको छ ।
महाधिवेशनमा छुट्टै समीकरण गर्ने गरी उनीहरूले बैठक गर्दै आएका छन् ।  सात भाइका तर्फबाट काँग्रेसको १५ औँ महाधिवेशनमा एउटा प्यानल बनाउने विषयमा पटक–पटक छलफल भए पनि सहमति हुन सकिरहेको छैन ।
२०७८ मा भएको १४ औं महाधिवेशनअघि पनि यसरी नेताहरू आलोपालो घरमा बैठक गर्ने र विभिन्न विषयमा सल्लाह लिने गर्थे।  यसअघि उनीहरूबीच भएको बैठकले १५ औं महाधिवेशनसम्म यो समूहलाई अघि बढाउने र सातै प्रदेशमा अन्तक्र्रिया लगायत कार्यक्रम गर्दै मानिसहरू थप गर्दै लैजाने सहमति थियो।
यसअघि सभापति देउवानिकट ११ जना नेताहरूले फागुन २ गते बूढानीलकण्ठ पुगेर ’अबको सभापति उम्मेदवार को हो’ भनेर तोक्न देउवालाई आग्रह गरेका थिए।
सभापति देउवाले यसबारे केही जबाफ नदिएपछि उनीहरू आफ्नो ढंगले नेताहरू जुटेर छलफल गर्ने र जिल्ला दौडाहामा लागेका छन्।
१५ औं महाधिवेशनका लागि नेता शेखर कोइराला र महामन्त्री गगन थापाले तयारी सुरू गरिसकेको भन्दै सभापति देउवानिकट ७ नेताहरूले पनि समूहलाई एकढिक्का राख्दै तयारी अघि बढाएका हुन्।
Advertisement

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top