×

NEPAL TIMES UPDATES

Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026

विद्याका सबै सपना उडायो हुरीले, पार्टीको झण्डा बोक्नै नपाउने

८ श्रावण २०८२
७ साउन , काठमाण्डौं ।
दुई कार्यकाल देशको सर्वाेच्च पद राष्ट्रपति बनेर पनि धित नमरेपछि  आफ्नै पूर्व पार्टी नेकपा एमालेको राजनीतिमा सक्रिय हुने र पार्टी अध्यक्ष बन्ने योजना बुनेकी विद्यादेवी भण्डारीका यी सबै सपना तत्कालका लागि अधुरै रहने देखिएको छ ।
नेकपा एमालेको अध्यक्ष त  परको कुरा उनलाई  पार्टी सदस्यता समेत दिन एमाले नेतृत्वले अस्वीकार गरेको छ ।   भण्डारीले पटक पटकका भेटमा प्रधानमन्त्री समेत रहेका  पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आफू पार्टी राजनीतिमा सक्रिय रहने र आफ्नो  सदस्यता नवीकरण भइसकेको बताएपनि ओलीले आफूलाई पार्टी राजनीतिमा फर्किने बारे कुनै जानकारी नदिइएको र सदस्यता समेत नवीकरण नभएको बताइरहे ।
सोही धारणा ओलीले सार्वजनिक संचार माध्यामदेखि पार्टी सचिवालय, पोलिटब्युरो र केन्द्रीय समितिमा राखे र आफ्नो सोही अडान पार्टीका तीन वटै बैठकबाट पारित गराउन  सफल भएका छन् ।
एमालेको अर्काे तेस्रो कार्यकाल पनि  अध्यक्ष भएरै दोहोरिने योजना बनाएका ओलीले त्यसलाई वैधता दिन आफैले अघि सारेको ७० वर्षे  उमेर हद र दुई कार्यकाल भन्दा बढी पार्टी नेतृत्वमा रहन नसक्ने व्यवस्थालाई नै उल्टाइ दिएका छन् ।
ओलीको यो महत्वकांक्षालाई पार्टी केन्द्रीय समितिको बैठकमा बोलेका २६४ सदस्य मध्ये २ सय २४७ जनाले  अनुमोदन गरिदिएका छन्।
बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष युवराज ज्ञवाली, सुरेन्द्र पाण्डेले खुलेरै पूर्वराष्ट्रपति भण्डारीका पक्षमा धारणा राख्दा स्थायी कमिटी सदस्य कर्ण थापा, पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटा, आनन्द पोखरेल, सीता पौडेल, पुरुषोत्तम पौडेल र अरुण नेपालले पूर्वराष्ट्रपति राजनीतिमा आउँदा संविधानले नछेक्ने बताएका थिए ।
केन्द्रीय सदस्यहरू रचना खड्का, अरबिन्द सिंह, इन्द्रलाल सापकोटा, कृष्ण पौडेल, दिवाकर देवकोटा, सरोज यादव, केदार न्यौपाने, पार्वती रावल र युवराज बाँस्कोटाले पूर्वराष्ट्रपतिलाई रोक्दा पार्टीलाई क्षति हुन सक्ने तर्क गरे ।
केन्द्रीय सदस्य बाँस्कोटाले पार्टी पदाधिकारीमा दुई कार्यकालभन्दा बढी अवसर लिन नपाउने व्यवस्था गर्नुपर्ने बताए । केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले अध्यक्ष ओलीले दुई कार्यकाल चलाइसकेकाले अब नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएकी थिइन ।
बैठकमा ओलीलाई सुरेन्द्र पाण्डेले भनेका थिए ‘तपाईंले ब्लन्डर गर्दै हुनुहुन्छ कमरेड! यसो नगर्नुस्। यो निर्णयले पार्टीमा ठूलो क्षति हुनेवाला छ। अकल्पनीय क्षति पु¥याउनेवाला छ। पार्टीलाई गम्भीर र दीर्घकालीन असर पु¥याउनेवाला छ,’  पाण्डेले केपी ओलीलाई २०५४ सालको छैठौं महाधिवेशनमा कारबाहीको घटनासमेत स्मरण गराएका थिए।
ओलीकै रणनीति अनुरुप एमालेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई दल विशेषको सदस्य भएर राजनीतिमा सक्रिय हुनु उपयुक्त नहुने भन्दै सदस्यता नवीकरण रोकेको छ ।
एमालेले नवीकरण मात्र होइन कि कुनै पनि दलमा आवद्ध भएर कार्यकर्ता वा नेता हुने विषय नै संविधानको भावना र मर्म विपरित हुने समेत स्मरण गराएको छ   ।
पार्टीको दुई दिनसम्मचलेको केन्द्रीय कमिटीको नवौं बैठकका निर्णय सार्वजनिक गर्दै प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइए अनुसार भण्डारी राजनीतिमा आउने विषयले पार्टीको गम्भिर ध्यानआकर्षण भएको उल्लेख छ ।
एमालेले राष्ट्रपतिलाई सक्रिय राजनीतिमा आउन मिल्दैन भन्ने तर्क गरिंहदा संविधानको भाग ६ का विभिन्न धाराहरु स्मरण गराएको छ ।  ‘ नेपालको संविधानको भाग ६ धारा (६१) मा राष्ट्रपतिको व्यवस्था गरेको छ ।
सोही धाराको २ मा राष्ट्रपति देशको राष्ट्रध्यक्ष हुने सोही धाराको ३ मा राष्ट्रिय एकताको प्रवद्र्धक,सोही धाराको ४ मा संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुने र धारा २६७ को व्यवस्था बमोजिम नेपाली सेनाको परमाधिपति हुने व्यवस्था छ  ’ संविधानलाई उधृत गर्दै विज्ञप्तिमा लेखिएको छ ।
संविधानले यति गहन जिम्मेवारी दिएको व्यक्तिले फेरी राजनीतिमा फर्किएर दलको सदस्य हुने,नेता हुने विषय कल्पना गर्न नसकिने प्रमुख गौतमले बताएका छन् ।
मध्यरातमा पार्टी केन्द्रीय कार्यालयमा सकिएको बैठकले भण्डारीको राजनीतिक पुनरागमनलाई अस्विकार गरेको हो । एमालेले जारी गरेको विज्ञप्तीमा आठवटा कारण देखाउदै राष्ट्रपतिलाई पार्टीमा फर्काउने विषयमा विराम लगाएको हो ।
‘मुलुकको राष्ट्रध्यक्ष,राष्ट्रिय गौरव,गणतन्त्रको प्रतिक,संविधानको  पालनाकर्ता र संरक्षणकर्ता ,सेनाको परमाधिपती,साझा व्यक्तित्व र देशको अभिभावक भएकाले कुनै पनि दल विशेषको पार्टी सदस्य र कार्यकर्ता वा नेता हुने कुरा यो गौरवमय जिम्मेवारी लिएको व्यक्तिबाट सम्भव हुदैन र मिल्दैन भन्ने निष्कर्ष निकालेको छ’ एमालेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
बैठकले पूर्वराष्ट्रपतिलाई उच्च सम्मान गर्दै पूर्वराष्ट्रपति कै भूमिकामा बस्न आग्रह गरेको छ । गौतमका अनुसार अब एमालेको पार्टी सदस्यता दुई तहको हुने भएको छ ।
जसमा पार्टी सदस्यता र पार्टीको संगठित सदस्यता हुने छ । यस अघि पनि एमालेको दुई तहको सदस्यता थियो । तर बिचमा त्यसलाई हटाइएको थियो । त्यस्तै पार्टीको जिल्ला कमिटी अहिले जस्तै कार्यकारिणी कमिटी हुने पनि उनले जानकारी दिए ।
पार्टीका कमिटीहरू चुस्त, दुरुस्त र छरितो बनाउन केन्द्रीय कमिटीका पदाधिकारी सङ्ख्या १५ जना, पोलिटब्युरो केन्द्रीय कमिटीको एकतिहाइ हुने र केन्द्रीय कमिटी २ सय ५१ सदस्यीय हुने प्रस्ताव अघि बढाउने निर्णय पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठकमा सुनाएको गौतमले जानकारी दिए ।
गौतमले पार्टीमा ७० वर्षको उमेर हद र दुई कार्यकालको सीमा हटाउने प्रस्ताव विधान महाधिवेशनमा लैजाने निर्णय पनि बैठकले गरेको जानकारी दिए ।
पार्टीको ७० वर्ष उमेर हद र दुई कार्यकालको सीमा हालका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ११ औँ महाधिवेशनमा रोक्नको लागि मात्र हुने प्रावधान जस्तो देखिएकोले उनलाई प्रतिस्पर्धामा जाने बाटो खुल्ला गरिदिन सो प्रावधान हटाउन लागिएको स्पष्ट पारे ।
उनीसँग प्रतिष्पर्धा गर्न चाहने योग्यता पुगेका अन्य नेताहरूको लागि पनि बाटो खुल्ला रहेको गौतमले जानकारी दिए । एमालेले अब वैधानिक बाटोबाटै विद्याका लागि ढोका बन्द गरिदिएपछि सबैभन्दा बढी चोट आफू अघि बढिसकेको र  खुट्टा कमाउँदिन भन्ने विद्या भण्डारीलाई परेको छ ।
भण्डारीलाई पार्टी राजनीतिमा सक्रिय हुन प्रतिबन्ध लगाएसँगै उनले नवीकरण गरेको भनिएको पार्टी सदस्यता रद्द भएको छ । एमालेले संविधानका धारा–उपधाराहरु उल्लेख गर्दै पूर्वराष्ट्रपति राजनीतिमा आउन नमिल्ने तर्क गरे पनि विद्या निकट नेताहरु भने राजनीतिमा आउनबाट रोक्नु संवैधानिक अधिकारकैविरुद्ध भएको बताउँछन् ।
केही नेताहरु यसविरुद्ध कानुनी रुपमा समेत प्रतिवाद गर्नुपर्ने पक्षमा छन् । नेपालको संविधानको धारा १७ मा व्यवस्था गरिएको संगठन खोल्न पाउने र सामेल हुन पाउने स्वतन्त्रतालाई कानुनी रूपमा कार्यान्वयन गर्न राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३ मा व्यवस्था गरिएको छ ।
सो दफामा ‘प्रत्येक नागरिकलाई शान्तिपूर्ण, लोकतान्त्रिक र जिम्मेवार तरिकाबाट काम गर्ने गरी राजनीतिक दल खोल्न वा कुनै राजनीतिक दलमा आवद्ध हुन पाउने अधिकार हुनेछ,’ भन्ने उल्लेख छ ।
पूर्वराष्ट्रपति भण्डारीले पनि एमाले केन्द्रीय कमिटी बैठकबाट आफूलाई पार्टी राजनीति गर्न रोक लगाउने निर्णय सार्वजनिक हुने संकेत पाउनासाथ निजी निवासमा पत्रकारहरु भेला गरेर चुप लागेर नबस्ने बताएकी थिइन् ।
उनले भनेकी थिइन्, ‘माझकिराँतकी छोरी हुँ । खुट्टा कमाउँदिनँ ।’ अब उनले दह्रोसँग टेकेको खुट्टा कहाँ र कसरी अघि बढाउँछिन् ? यसका लागि भने प्रतिक्षा गर्नुपर्नेछ ।
Advertisement

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top