NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ? आइतवार भदौ २९ , २०८२
अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने आइतवार भदौ २९ , २०८२
सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार आइतवार भदौ २९ , २०८२
रास्वपा नेतृ सुमना श्रेष्ठले पार्टी छाडिन्, अन्तरिम सरकारमा समेत नाम चर्चामा आइतवार भदौ २९ , २०८२
Next
Prev

समाचार

अब स्कुलमा पढाइनेछ गाईको महत्त्व, सर्वोच्चको ऐतिहासिक फैसला

शुक्रबार साउन ९ , २०८२
Reading Time: 1 min read
A A
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
९ साउन , काठमाण्डौ ।
गाई नेपालमा केवल एउटा पशु होइन, यो हाम्रो धार्मिक आस्था, सांस्कृतिक पहिचान, ग्रामीण अर्थतन्त्र, प्राकृतिक कृषि र पर्यावरणीय सन्तुलनको अभिन्न हिस्सा हो।
त्यसैले यसको संरक्षण र संवद्र्धन राज्य र समाजको साझा दायित्व भएको भन्दै सर्वोच्च अदालतले गाईको संरक्षणका लागि छुटै कानुन बनाउन सरकारका नाममा परमादेश जारी गरेको छ ।
सर्वोच्च अदालतले राष्ट्रिय जनावर गाईको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धनका लागि सङ्घीय सरकारले छुट्टै कानुन बनाउनुपर्ने ठहर गर्दै सरकारका नाममा परमादेश जारी गरेको हो ।
साथै, गाईको महत्त्वबारे उपयुक्त पाठ्यक्रम तयार पारेर सबै तहका शैक्षिक कार्यक्रमहरूमा समावेश गर्नसमेत निर्देशन दिएको छ। न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले दिएको फैसलाको पूर्ण पाठ हालै सार्वजनिक गरिएको हो।
यो फैसलाको प्रारम्भिक सुनुवाइ गत वर्ष कात्तिक २६ गते गरिएको थियो। सर्वोच्चले देशभरका गौशालाका नाममा रहेका अचल सम्पत्तिहरूको अद्यावधिक लगत तयार गरी तिनलाई गाई पालन र संरक्षणको उद्देश्यमा मात्रै प्रयोग गर्न व्यवस्था मिलाउन पनि परमादेश जारी गरेको छ।
साथै, गौशाला सञ्चालनका लागि आवश्यक जमिन स्थानीय तहको सिफारिसमा सङ्घीय सरकारले उपलब्ध गराउने व्यवस्था गर्न भनिएको छ।
यसै गरी छाडा तथा बेवारिसे गाई बाच्छा व्यवस्थापनका लागि प्रत्येक स्थानीय तहले कम्तीमा एक गौशाला स्थापना गर्नुपर्ने र त्यसलाई स्थानीय निकाय, कृषक समूह, मठ–मन्दिर वा गैरसरकारी संस्थामार्फत सञ्चालन गरी गाई पालन गर्न चाहनेलाई निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाउन भनिएको छ।
साथै गाई पालनबाट हुने आर्थिक लाभ, जैविक कृषि प्रवद्र्धनमा गोबर र गौ मूत्रको भूमिका तथा दुग्धजन्य पदार्थहरूको स्वास्थ्यमा पर्ने सकारात्मक प्रभावबारे जनचेतना फैलाउन आदेश दिइएको छ।
यसका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारहरू समन्वयमा लाग्नुपर्ने बताइएको छ। किसानहरूले पालेका गाईहरूको निःशुल्क बिमा गर्न र गाईको दूध, दही, घिउजस्ता उत्पादनको बजार व्यवस्थापनमा सरकारको सहकार्य आवश्यक हुने सर्वोच्चको ठहर छ।
रैथाने गाईको संरक्षण र गौहत्याको अनुसन्धान गर्न समेत अदालतले आदेश दिएको छ । हिमाल, पहाड र तराईमा पाइने रैथाने गाईको सूची तयार गरी तिनको संरक्षण गर्न तथा तिनको लोप हुन नदिन सचेतना कार्यक्रम सञ्चालन गर्न पनि आदेश दिइएको छ।
गौ हत्या, यातना वा अवहेलना गर्ने कार्यबारे उजुरी आएमा त्यसको अनुसन्धान गरी अभियोजन गर्न प्रहरी प्रधान कार्यालय र महान्यायाधिवक्ताको कार्यालयमार्फत सबै सरकारी वकिल कार्यालयलाई जानकारी गराउने व्यवस्था मिलाउनुपर्ने उल्लेख छ।
गाईको विदेशनिर्यात रोक्न र गौहत्यामा स्थानीय तहको भूमिका स्पष्ट गर्न भनेको छ । गाई बाच्छाको पालनबाहेक अन्य प्रयोजनका लागि गाईको विदेश निर्यात निषेध गर्नुपर्ने र त्यसको निगरानी सुरक्षा निकायमार्फत गर्नुपर्ने पनि सर्वोच्चले स्पष्ट पारेको छ।
पचुप रूपमा हुने गौहत्यालाई रोक्न स्थानीय तहले पनि जिम्मेवारी लिनुपर्नेमा अदालतले जोड दिएको छ। स्याङ्जाको वालिङका केदार शरण विकल, हाल टोखामा बस्दै आएका हुमनाथ शर्मा पौडेल र बुटवलका रामहरि ज्ञवालीले दायर गरेको रिट निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले उपयुक्त ऐन निर्माणसहित व्यापक व्यवस्थाका लागि परमादेश जारी गरेको हो।
फैसलामा भनिएको छ, “संविधानले गाईलाई राष्ट्रिय जनावरको मान्यता दिएकाले यसको संरक्षण राज्यको मूल दायित्व हो। संविधानको अनुसूची–५ अनुसार यससम्बन्धी कानुनी व्यवस्था सङ्घीय सरकारको जिम्मेवारीमा पर्ने देखिन्छ।”
नेपालको संविधानले गाईलाई राष्ट्रिय जनावरको मान्यता दिएको छ भने गाईलाई हिन्दु धर्मालम्बीहरुले “गौ माता“को रूपमा पूजा गर्छन् । नेपालीहरूको महान् चाडहरू मध्येको तिहारको “गाई तिहारमा विशेष पूजा समेत गरिन्छ ।
धार्मिक कर्मकाण्डहरू पूजापाठ, होम, श्राद्ध, विवाहजस्ता कृत्यहरूमा गाईको दूध, दही, घिउ, गोबर र गौ मूत्रको प्रयोगलाई पवित्र मानिन्छ । यसका साथै आर्थिक र कृषि उपयोगितामा पनि गाईको महत्त्व छुट्टैछ ।
दूधजन्य उत्पादनहरू दूध, दही, घिउ आदि पोषणयुक्त खानेकुरा हुन्। त्यति मात्र हैन गाईको गोबर र गौ मूत्रबाट जैविक मल र कीटनाशकका रूपमा प्रयोग हुन्छ ।
गाउँघरमा अहिले पनि गाई प्रमुख पशुधन हो, जसले कृषकको आय बढाइ रहेको छ । गोबरबाट बायो ग्याँस उत्पादन हुन्छ, जसले इन्धनको विकल्प दिन्छ।
LS Auto
Tags: #गाई संरक्षणमा सर्वोच्च#गाई संरक्षणमा सर्वोच्चको परमादेश#सर्वोच्चको ऐतिहासिक फैसला

लोकप्रीय

सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२

विचार

थप समाचार

सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा
ताजा समाचार

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?
खेलकुद

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल
अन्तर्राष्ट्रिय

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२
सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार
अन्तर्राष्ट्रिय

सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार

आइतवार भदौ २९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

00:15:36

World News: नेपालबारे China बोल्यो, नेपालकै पथमा France: सडकमा १ लाख प्रदर्शनकारी || Nepal Times

00:13:30

World News: Indiaसंग Americaले वार्ता गर्ने, Qatarमा Israelको आ*क्र*मण || Nepal Times

00:16:07

World News: नेपालको प्रदर्शनमा ७ देशको ध्यानाकर्षण, अमेरिकामा विशाल समर्थन || Nepal Times

00:13:12

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

बिहिबार भदौ १९ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२

हालका पोस्टहरू

सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.