×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026
Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

११ श्रावण २०८२
१० साउन , काठमाण्डौं ।
बमबारी र मृत्युको भयानक रुप देखेकोे गाजा अहिले भोक र प्यासले तड्पिरहेको छ । गाजाबासीले आफ्ना प्रियजनको शोक पनि ठिकसंग मनाउन पाएका छैनन, किनभने भोकले, बाँचेकाहरुलाई नै मृत्युको मुखमा पुर्याइदिएको छ ।
अवस्था यस्तो छ, त्यहाँ खाना खोज्न हिडेकाहरु इजरेली सेनाबाट आएका गोली खाएर मरिरहेका छन् । यहाँसम्म कि विश्व समुदायका लागि गाजाको भीषण मानवीय संकट देखाउने पत्रकारहरू नै अहिले आफैँ भोकसँग जुधिरहेका छन् ।
विभिन्न अन्तर्राष्ट्रिय मिडियाहरुसंग जोडिएका स्थानीय पत्रकारहरू अहिलेको अवस्था आफ्नो जीवनकै “सबैभन्दा पीडादायक र अपमानजनक समय“ भएको बताउँछन् ।
कसैले दुई दिनसम्म केही नखाएर काम गरिरहेका छन्, त कसैले आफ्नो बच्चालाई दिनमा एकचोटी मात्र पास्ता वा चामल खुवाएका छन्। तर तिनीहरू अझै पनि क्यामेरा बोकिरहेका छन् । संसारलाई गाजाको यथार्थ देखाइरहेका छन् ।
कतिपयका आफन्तहरू मरेका छन्, कतिका घर ध्वस्त छन्, र कतिपय अझै आफ्नो बालबालिकालाई लिएर शरण खोजिरहेका छन् । अभिभावकहरु सुत्न सक्दैनन् ।
किनभने उनीहरुका ससाना छोराछोरीहरुले पानी र खाना मागिरहन्छन् । तर खुवाउनका लागि उनीहरुसँग केही छैन । पिउने पानीसमेत दूषित छ । गाजा ह्युम्यानिटेरियन फाउन्डेशन मार्फत बाँडिने खाद्यान्न अत्यन्तै सीमित मानिसहरूसम्म मात्र पुगिरहेको छ ।
संयुक्त राष्ट्र लगायतका निकायहरूले वितरण प्रणालीमा गम्भीर त्रुटि रहेको बताउँदै चेतावनी दिएका छन् कि गाजामा फैलँदो भोकमरी ‘मानव–निर्मित विपद्’ हो ।
इसराइलले भने हमासमाथि राहत सामग्री लुटेर कालोबजारी गर्ने आरोप लगाएको छ । तर पछिल्ला तथ्यांकहरूले देखाउँछन् कि पछिल्लो दुई महिनामा खाना खोजिरहेका कम्तीमा १,००० फलस्तीनी नागरिक इसरायली आक्रमणमा मारिएका छन् ।
खाना वितरण केन्द्र वरिपरि मात्र ७६६ जना मारिएका छन् । गाजामा अहिले नुनमिसाएको पानी पिएर भोक मेटाइरहेका छन् । कसैले कहिलेकाहीं ५० ग्राम बिस्कुट ३० शेकेल (झन्डै ९ डलर) मा किनेर बाँडेर खानुपरेको अवस्था छ ।
अवस्था यस्तो देखिन्छ कि गाजामा हिँड्नेहरू जिउँदो लासजस्तै भएका छन । संयुक्त राष्ट्र शरणार्थी संस्थाले जनाएको छ कि गाजा सिटीमा पाँचमध्ये एक बालक कुपोषणको सिकार भइसकेका छन् ।
यूएनआरडब्लुएका प्रमुख फिलिप लाजारिनीले आफ्ना सहयोगीको हवाला दिँदै भनेका छन्,  “गाजाका मानिस न मरेका छन्, न जिउँदै छन् । उनीहरू हिँड्ने लासहरू हुन्।“
उता अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले पनि गाजाको मानवीय अवस्थालाई खराव र विनाशको रूपमा वर्णन गर्दै इजरायललाई यस क्षेत्रमा सहायताको अवरोध तुरुन्तै रोक्न आह्वान गरेका छन् ।
शुक्रबार एक विज्ञप्तिमा अल्बानिजले गाजाको अवस्था विश्वको ‘सबैभन्दा’ खराब भएको बताएका हुन् ।  ‘गाजा मानवीय विपत्तिको चपेटामा रहेको अवस्थामा इजरायलले सहयोग गर्न अस्वीकार गरेपनि पानी र खानाको पहुँच खोज्ने बालबालिका लगायत नागरिकहरूको हत्याको रक्षा गर्न वा बेवास्ता गर्न नसकिने उनले बताए ।
उनले इजरायललाई अन्तर्राष्ट्रिय कानून अन्तर्गत आफ्ना दायित्वहरूको पालना गर्न आह्वान गदै संयुक्त राष्ट्रसङ्घ (यूएन) र गैरसरकारी संस्थाहरूलाई आफ्नो जीवन बचाउने काम गर्न अनुमति दिन र प्यालेस्टिनीको जबरजस्ती विस्थापनको प्रस्ताव त्याग्न आग्रह गरेका छन् ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले सेप्टेम्बरमा संयुक्त राष्ट्र महासभामा फ्रान्सले प्यालेस्टिनी राज्यलाई औपचारिक रूपमा मान्यता दिने घोषणा गरेको केही घण्टापछि उक्त विज्ञप्ति जारी गरिएको हो ।
उनले अष्ट्रेलियाले युद्धविरामलाई सहज बनाउनका लागि सबै अन्तर्राष्ट्रिय प्रयासहरूलाई समर्थन जारी राखेको छ र इजरायली र प्यालेस्टिनी जनता ‘अन्तर्राष्ट्रिय मान्यता प्राप्त सीमा’ भित्र शान्ति र सुरक्षामा बस्न सक्ने भविष्यका लागि प्रतिबद्ध रहेको बताएका छन् ।
निर्दोषको जीवन रक्षा गरी गाजाका जनताको पीडा र भोकमरी अन्त्य गर्न अहिले सबै प्रयासहरू गरिनु पर्ने उनले बताएका छन् । अस्ट्रेलियाले सोमबार फ्रान्ससहित २७ अन्य देशहरूसँग मिलेर गाजामा युद्धको तत्काल अन्त्यका लागि आह्वान गरेको छ ।
उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा हमास समूहले युद्धविराम नचाहेको आरोप लगाएका छन् । उनले हमास युद्धविरामको कुनै पनि सम्झौतामा पुग्न नचाहेको, बरु मर्न चाहेको टिप्पणी गरेका हुन् ।
बन्धक रिहाइका लागि पनि हमास तयार नभएको ट्रम्पको आरोप छ । ‘अब अन्तिम बन्दीहरू छन् र उनीहरूलाई थाहा छ कि, अन्तिम बन्दीहरू मुक्त भएपछि के हुन्छ’, ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने। ट्रम्पले गाजामा रहेका अन्तिम बन्धकहरु रिहाईपछि हमासविरुद्ध थप शक्तिशाली आक्रमण हुने संकेत गरे ।
मध्यपूर्वका लागि अमेरिकी दूत स्टीभ विटकोफले पनि हमासको युद्धविराममा रुचि नरहेको र वार्ता बाट बाहिर निस्केको बताए। उता इजरायलले कतारबाट आफ्ना वार्ताकारलाई फिर्ता बोलाएको छ ।
तर, हमासले भने युद्धविरामको प्रयास भइरहेको दाबी गरेको छ । बन्धकहरूको रिहाइ र गाजामा इजरायली आक्रमण रोक्ने भन्दै लामो समयदेखि युद्धविरामको प्रयास भइरहेको छ । तर पटकपटकका युद्धविराम सफल भएका छैनन् ।
Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top