×

NEPAL TIMES UPDATES

Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026
Playing
World News: इरानलाई कतारको चेतावनी, आत्मसमर्पण गर्न IRGCलाई ट्रम्पको धम्की || Nepal Times
Mar 07, 2026
Playing
‘मधेसी छौरा पिएम वन्नेवाला एैला’ || Nepal Times
Mar 07, 2026
Playing
०८२ मा अहिलेसम्म धेरै मत ल्याउने उम्मेदवारहरू को हुन् ?|| Nepal Times
Mar 07, 2026
Playing
Top 15 Afternoon News || Mar-07-2026 || Nepal Times
Mar 07, 2026
Playing
पुराना दलको पराजय: जनताको धैर्यको अन्त्य र नयाँ राजनीतिक युगको सुरुवात || Nepal Times
Mar 07, 2026
Playing
५० हजार बढी मतान्तरले विजयी भए रास्वपाका डा. लेखजंग || Nepal Times
Mar 07, 2026
Playing
अन्य दलको अग्रता भएका क्षेत्रमा रास्वपाको अवस्था कस्तो? पासा पल्टेला ?|| Nepal Times
Mar 07, 2026
Playing
समानुपातिकको सिट कसरी बाँडिन्छ ? थ्रेस होल्ड के हो ? || Nepal Times
Mar 07, 2026
Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026
Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026
Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026
Playing
Nepal Election Update: रास्वपाको लहर, १७ जित र १०० क्षेत्रमा अग्रता – काठमाडौं क्लिन स्विप
Mar 07, 2026
Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026

प्रचण्ड र ओलीलाई बाबुरामले भने मठाधिस स्टालिन

१७ श्रावण २०८२
१६ साउन ,काठमाण्डौं ।
नेपाल समाजवादी पार्टी नयाँ शक्ति का अध्यक्ष डा बाबुराम भट्टराईले नेपालका कम्युनिष्ट नेताहरूले पनि रूसी नेता जोसेफ स्टालिनले झैं आलोचकलाई राजनीतिक सफाया गर्ने बाटो रोजेको आरोप लगाएका छन् ।
शुक्रबार बिहान सामाजिक सञ्जालमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्वीरसहित डा भट्टराईले नेपाली कम्युनिस्ट आन्दोलन पनि बिलाएर गएको रुसको कम्युनिस्ट पार्टी र आन्दोलनकै दिशामा अग्रसर भइरहेको  भन्दै कम्युनिष्ट नेताहरूले इतिहासबाट नसिकेको टिप्पणी गरेका छन् ।
पूर्वमाओवादी नेतासमेत रहेका नेपाल समाजवादी पार्टी नयाँ शक्ति का अध्यक्ष बाबुराम भट्टराईले  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली कुरा गर्दै गरेको पुरानो तस्बिर राख्दै उनले आफ्ना आलोचक र विरोधी नेताहरूलाई पालैपालो स्टालिनकै शैलीमा भौतिक सफाया नगरे पनि राजनीतिक र सांगठनिक सफाया गर्ने बाटो समाएको आरोप लगाएका छन्।
‘अंग्रेजीमा एउटा चर्चित भनाइ छ वि लर्न फ्रम हिस्ट्री द्याट वि डु नट लर्न फ्रम हिस्ट्री अर्थात् हामी इतिहासबाट यो सिक्छौँ कि हामी इतिहासबाट सिक्देनौँ। नेपालको कम्युनिस्ट आन्दोलनमा यो हुबहु लागु हुन्छ भन्दा अतिशयोक्ति हुँदैन ,भट्टराईले लेखेका छन्, ‘मूलतः २०२८–३१ को झापा आन्दोलन र २०५२–०६२ को जनयुद्धको जगमा उभिएको नेपाली कम्युनिस्ट आन्दोलन संसारको पहिलो र करिब ७५ वर्षसम्म सत्तामा रहेर अहिले विलोप भएर गएको रुसको कम्युनिस्ट पार्टी र आन्दोलनकै दिशामा अग्रसर भइरहेको देखिनु बिडम्वनापूर्ण छ।’
यसको तीव्र वैचारिक स्खलनरबन्ध्याकरण र राज्यसत्ता सञ्चालनको प्रवृत्ति र अवस्था हेर्दा ब्रेजनेभ काल सन् १९६४ –८२ को इरा अफ स्टागनेसन गतिहीन कालु अर्थात् सुन्निएर मोटाएको जस्तो सँग मिल्दोजुल्दो देखिएको टिप्पणी उनले गरेका छन्।
‘अर्थात् पटकपटक सत्तामा बस्दा पनि कुनै गुणात्मक र उल्लेख्य रूपान्तरणकारी उपलब्धि छैन तर गफ चाहिँ रुसका भूपू कमरेडहरूले मिति नै तोकेर बीस वर्षभित्र साम्यवाद आउँछु भनेझैँ यहाँ पनि समाजवाद र साम्यवादुको डिङ हान्न र कार्यकर्ता अलमल्याउन भ्याएकै छन् ,भट्टराईले अगाडि भनेका छन्, ‘भित्री पार्टी सम्बन्ध अथवा सनातनी कम्युनिस्ट पदावलीअनुसार  अन्तर पार्टी संघर्षुको कुरा गर्दा यहाँ पनि स्टालिनको मुख्यत सन् १९२७–३८ कालखण्डको ग्रेट ट्रायल टेरररु को झल्को दिने गरी मूल नेतृत्वसँग आँखा जुधाउने वा उसको आलोचना गर्ने नेता–कार्यकर्तालाई विभिन्न आरोप लगाएर पार्टी र सत्ताबाट सदाको निम्ति बिदा गर्ने प्रवृत्ति उत्तिकै हावी छ।’
उनका अनुसार यस सन्दर्भमा अझै विडम्बनापूर्ण र हास्यास्पद प्रवृत्ति र घटना जसरी रुसमा स्टालिनले लेनिनको पालादेखिका सबै प्रमुख समकक्षी र आफ्ना प्रतिस्पर्धी नेताहरूलाई पालैपालो भौतिक रूपले नै सफाया गरेका थिए जस्तै त्रोत्स्कीलाई सबभन्दा पहिले सन् १९२७ मा पार्टीबाट निष्कासन, १९२९ मा देशनिकाला र पछि विदेशमै हत्यास जेनोभिभ र कामेनेभलाई बिरालाले मुसा खेलाएझैँ पटकपटक पार्टीबाट निष्कासन र अन्त्यमा १९३६ मा हत्या बुखारिन, रिकोभलगायतलाई त्यसरी नै अन्त्यमा १९३८ मा हत्या, आदि इत्यादि हो।
भट्टराईले प्रश्न गरेका छन्, ‘त्यसकै झल्को आउने गरी अहिले नेपालका कम्युनिस्ट मठाधीशहरूले पनि आफ्ना आलोचक र विरोधी नेताहरूलाई पालैपालो स्टालिनकै शैलीमा भौतिक सफाया नगरे पनि राजनीतिक र सांगठनिक सफाया गर्ने बाटो समाउनु इतिहासको ठुलो विडम्बना नभए के होला त ?’
पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई इतिहासबाट पाठ सिकेर समाजवाद निर्माण र मानव जातिको समग्र उन्नयनको नयाँ विकल्प खोज्न अपिल पनि गरेका छन्।
उनले लेखेका छन्, ‘अझै पुरानै एकमनावादी, नोकरशाही केन्द्रीयतावादी कम्युनिष्ट पार्टीमा भावनात्मक ढंगले टाँसिएर बसिरहेका र पार्टी सुप्रिमोले पहिले एउटा कमरेडलाई ठोक्दा ताली पिट्ने अनि पछि आफ्नै पालो आउँदा एक्लै आँसु झार्ने साथीहरूले इतिहासबाट पाठ सिकेर समाजवाद निर्माण र मानव जातिको समग्र उन्नयनको नयाँ वैकल्पिक बाटो खोजी र निर्माण गर्ने साहस गर्ने कि ?’
जोसेफ स्टालिनको वास्तविक नाम इओसेब बेसारिओनिस ड्झे जुघाश्भिली हो ।  उनी सोभियत संघका एक शक्तिशाली र क्रूर तानाशाह थिए। उनी सन् १९२४ देखि १९५३ मा आफ्नो मृत्युसम्म सोभियत कम्युनिष्ट पार्टीका महासचिव र सोभियत संघका शासक रहे।
उनको उपनाम ’स्टालिन’ को अर्थ “फलामको मानिस“  हो, जुन उनले क्रान्तिकारी गतिविधिको क्रममा अपनाएका थिए। उनी भ्लादिमिर लेनिनको नेतृत्वमा भएको सन् १९१७ को बोल्सेभिक क्रान्तिमा सामेल थिए।
सन् १९२२ मा कम्युनिष्ट पार्टीको महासचिव नियुक्त भए। यो पदको प्रयोग गरेर उनले पार्टीभित्र आफ्नो शक्ति र प्रभाव बढाए। सन् १९२४ मा लेनिनको मृत्युपछि, उनले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीहरू विशेष गरी लियोन ट्रोट्स्की लाई चलाखीपूर्वक पाखा लगाउँदै सोभियत संघको निर्विवाद शासक बने।
उनले लाखौं किसानहरूको निजी जमिन खोसेर राज्य–नियन्त्रित सामूहिक फार्महरूमा काम गर्न बाध्य पारे, जसको विरोध गर्ने लाखौं मानिस मारिए वा भोकमरीले मरे।
उनले दोस्रो विश्वयुद्धमा नाजी जर्मनीलाई पराजित गर्न महत्वपूर्ण भूमिका खेले, तर यसमा सोभियत संघले ठूलो मानवीय क्षति व्यहोर्यो। उनको शासनकाल व्यक्तिगत पूजा, कठोर सेन्सरसिप र व्यापक राजनीतिक दमनको लागि कुख्यात छ।
स्टालिनको राजनीतिक सफाया, जसलाई “द ग्रेट पर्ज“ वा “महान आतंक“  पनि भनिन्छ । सन् १९३६ देखि १९३८ को अवधिमा चरम बिन्दुमा पुगेको थियो।
यो अभियानको मुख्य उद्देश्य स्टालिनको शासनप्रति कुनै पनि सम्भावित वा काल्पनिक विरोधलाई निर्ममतापूर्वक समाप्त पार्नु र उनको एकलौटी शक्ति स्थापित गर्नु थियो सन् १९३४ मा लेनिनग्रादका लोकप्रिय नेता सर्गेई किरोभको हत्यालाई स्टालिनले राजनीतिक दमन र सफाया सुरु गर्ने बहाना बनाएका थिए ।
जोसेफ स्टालिन एक जटिल ऐतिहासिक व्यक्तित्व हुन् जसले सोभियत संघलाई एक विश्व शक्ति बनाए, तर त्यसको लागि उनले करोडौं मानिसहरूको जीवनलाई क्रूरतापूर्वक समाप्त पारे।
उनको राजनीतिक सफायाको इतिहास मानव इतिहासकै सबैभन्दा अँध्यारो र रक्तपातपूर्ण अध्यायहरू मध्ये एक मानिन्छ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top