NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक बुधबार अशोज १ , २०८२
मेयरबाट प्रधानमन्त्रीको दाबेदारसम्म बालेन कसरी उदाए ? बुधबार अशोज १ , २०८२
अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय बुधबार अशोज १ , २०८२
केपी ओलीको कठालो समात्न खोज्ने नेपालमै जन्मिए (टिप्पणी) बुधबार अशोज १ , २०८२
मंगलग्रहमा जीवनको संकेत फेला, कहिले बस्छ बस्ती ? बुधबार अशोज १ , २०८२
Next
Prev

समाचार

माधवले आफ्नै पार्टीमा आगो लगाए, झलनाथसँग मागे राजीनामा 

शुक्रबार साउन १६ , २०८२
Reading Time: 1 min read
A A
माधवले आफ्नै पार्टीमा आगो लगाए, झलनाथसँग मागे राजीनामा 
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
१६ साउन ,काठमाण्डौं ।
नेकपा एमाले विभाजन गरेर ठूलो राजनीतिक जोखिम मोल्दै गठन भएको नेकपा (एकीकृत समाजवादी) पार्टीभित्रको आन्तरिक कलह सडकमा छताछुल्ल भएको छ। पार्टीका सम्मानित नेता झलनाथ खनालले एमाले विभाजनलाई ’गल्ती’ भनेर पश्चाताप व्यक्त गरेपछि अध्यक्ष माधवकुमार नेपालले उनलाई “खुरुक्क राजीनामा दिएर जान“ कडा चुनौती दिएका छन्।
यो विवादले पार्टीको जग हल्लिएको छ भने भर्खरै पार्टी प्रवेश गरेका वामदेव गौतमसमेत असन्तुष्ट रहँदा एकीकृत समाजवादीको भविष्य नै संकटमा परेको देखिन्छ।
विवादको आगो तब सल्कियो, जब सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एक अन्तरवार्तामा एमाले विभाजनको निर्णय नै गलत भएको स्वीकार गरे। उनले भने, “म त अब के भन्न सुरु गरेको छु भने जतिबेला यो पार्टी विद्रोह या विभाजन गरियो नि, त्यो नै गलत रहेछ भन्ने ठाउँमा पुग्दै छु म। नेकपा एमाले भनेको एउटा संस्था हो, जो नेपालको कम्युनिस्ट आन्दोलनको एउटा राम्रो संस्था बनाइएको थियो। त्यो संस्थालाई त्यतिबेला छोड्ने, विद्रोह गर्ने कुरा गलत थियो।“
खनाल यतिमा मात्र रोकिएनन्। उनले अध्यक्ष नेपालमाथि पार्टीलाई एकलौटी ढंगले चलाएको, आफूलाई महत्त्वपूर्ण निर्णय प्रक्रियाबाट बाहिर राखेको र सैद्धान्तिक विचलन देखाएको गम्भीर आरोप लगाए।
“पार्टीका महत्त्वपूर्ण निर्णयमा मलाई संलग्न गराउन छोडिएको छ। पछिल्लो समाजवादी मोर्चाको बैठक आफ्नै पार्टी कार्यालयमा हुँदा पनि मलाई खबर गरिएन,“ खनालले भने, “यो पार्टी व्यक्तिको बपौती होइन।“
आफ्नै सम्मानित नेताबाट पार्टीको औचित्यमाथि प्रश्न उठेपछि अध्यक्ष नेपालले खनालमाथि कडा र आक्रामक जवाफ फर्काएका छन् । उनले खनालको अभिव्यक्तिप्रति अविश्वास जनाउँदै भने, “उहाँले त्यसो भन्नु भएको हो भन्ने कुरा मलाई विश्वास लागेको छैन। अचेल त एआईको जमाना छ, नबोलेको कुरा पनि बोलेको जस्तो बनाइन्छ।“
तर, यदि खनालले त्यसो भनेकै हो भने उनलाई पार्टीमा बस्ने अधिकार नभएको नेपालको भनाइ थियो। उनले खनाललाई पार्टी निर्णय उल्लंघन गर्ने ’नम्बर वान’ व्यक्ति भन्दै थपे, “उहाँले पार्टीबाट बिदा लिनुपर्छ।
हाम्रो पार्टीको संस्थागत निर्णयको विरोध गर्नुको कुनै अर्थ छैन।“ उनले खनाललाई पार्टीको निर्णय उलङ्घन गर्ने कुरामा नम्बर वान भएको बताए ।
उनले माओवादीसँग समाजवादी मोर्चालाई निरन्तरता दिने र दुई पार्टी बिचको सम्बन्धलाई विश्वासको जगमा खडा गर्ने र सहकार्यलाई बलियो बनाउने गरी जाम भनेर छलफल भइरहेको बताए ।
कोशी प्रदेश समिति बैठकमा सहभागी हुन विराटनगर पुगेका नेता नेपालले भने, ‘यो हाम्रो पाटीको संस्थागत निर्णय हो । यसमा कसैले विरोध गर्नुको अर्थ छैन ।’
एकीकृत समाजवादीभित्रको संकट झलनाथ–माधव विवादमा मात्र सीमित छैन। ठूलो तामझामका साथ पार्टी प्रवेश गरेका अर्का प्रभावशाली नेता वामदेव गौतम पनि असन्तुष्ट छन्।
उनले पार्टीमा आफूले चाहेको र सुहाउँदो जिम्मेवारी नपाएको गुनासो सार्वजनिक रूपमै गर्दै आएका छन्। पार्टीका दुई शीर्ष नेताबीच जुहारी चलिरहँदा र अर्का नेता असन्तुष्ट रहँदा पार्टी एकीकरणको औचित्य र नेताहरूको व्यवस्थापनमा अध्यक्ष नेपाल असफल भएको टिप्पणी हुन थालेको छ।
गत साउन २ गते समाहित भएका वामपन्थी नेता  गौतमले आफूले मागेबमोजिम संगठन विभाग प्रमुखको जिम्मेवारी नदिइएपछि दिक्दारी व्यक्त गरेका छन्  ।
विगतमा आफू संगठन विभागको सञ्चालन र परिचालनमा प्रमाणित भइसकेको भन्दै उनले पार्टी अध्यक्ष माधवकुमार नेपाल र उक्त विभागको प्रमुख रहेका बेदुराम भुसालसँग कुरा गरेको बताए ।
तर, जति अनुरोध गर्दा पनि जिम्मेवारी दिन नमानेको उनले  बताएका छन् । यो घटनाक्रमले एकीकृत समाजवादीको गठनको आधारमै प्रश्न उठाएको छ। केपी ओलीको दम्भ र अहंकारविरुद्ध विद्रोह गरेको बताउने नेतृत्वमाथि नै अहिले ’एकलौटी’ र ’दम्भ’को आरोप  लागेको छ ।
अध्यक्ष नेपालले एकातिर माओवादीसँग समाजवादी मोर्चा बनाएर सहकार्य बलियो बनाउने बताइरहेका छन् भने अर्कोतिर पार्टीभित्रका वरिष्ठ नेताहरूलाई मिलाएर लैजान सकिरहेका छैनन्।
यसैबीच, भ्रष्टाचारको मुद्दामा आफूमाथि राजनीतिक प्रतिशोध साधिएको भन्दै नेपालले त्यसको दोष प्रधानमन्त्री केपी ओलीमाथि थुपारेका छन्। “एउटा व्यक्ति केपी ओलीको अहंकारको दम्भका कारण देश पीडित छ,“ उनले भने।
नेता नेपालले आफूले सरकारको एक पैसा पनि नखाएको बताए । उनले भने, ‘यो राजनीतिक पूर्वाग्रह र प्रतिशोध राखेर मुद्दा चलाइएको हो । मेरो त भ्रष्टाचारको केस नै होइन, मन्त्रिपरिषद्को सर्वसम्मत निर्णयबाट भएको हो, मैले सरकारलाई एक पैसा पनि नोक्सानी गरेको छैन ।’
उनले प्रधानमन्त्री केपी ओलीको दम्भ, अहङ्कार र नीति देशका लागि अभिशाप बनेको टिप्पणी गरे । उनले ओली ओली कम्युनिस्ट आन्दोलन समाप्त पार्न लागिरहेको आरोप लगाए ।
पूर्वराष्ट्रपति तथा  उपराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले नछेकेको जिकिर गरे ।  तर, आफ्नै पार्टीभित्रको आन्तरिक लोकतन्त्र र व्यवस्थापनमा चुकेका नेपालले ओलीमाथि लगाएको आरोपले राजनीतिक वृत्तमा खासै प्रभाव पार्न सकेको छैन।
सम्मानित नेता खनालको पश्चाताप, अध्यक्ष नेपालको अहंकारपूर्ण जवाफ र वामदेव गौतमको असन्तुष्टिले एकीकृत समाजवादी पार्टी एक गम्भीर वैचारिक र संगठनात्मक संकटबाट गुज्रिरहेको स्पष्ट छ।
मधव नेपाल पतन्जली  जग्गाको अपचलनमा जोडिएपछि उनीमाथि नैतिक प्रश्न  उठेपनि उनले अध्यक्ष भने छाडेका छैनन् । उनी अदालतबाट ३५ लाख धरौटीमा छुटेका हुन् ।
यसअघि माधव निकट मानिएकी रामकुमारी झाक्रीले नै माधव नेपाललाई लक्षित गर्दै मरेको सिनो बोकेर हिँड्न नसकिने अभिब्यक्ति दिएकी थिइन ।
उनले अभिब्यक्तिपछि पार्टीले  नेताहरुको अभिब्यक्तिमा नै लगाम लगाएको थियो ।  यस्तो अवस्थामा विद्रोहको जगमा खडा भएको पार्टीभित्रै विद्रोहको आगो सल्किँदा यसले पार्टीको अस्तित्वमाथि नै गम्भीर प्रश्नचिह्न खडा गरेको छ।
LS Auto
Tags: #ओलीबाट देश पिडित छ ?#झलनाथसँग मागे राजीनामा#माधव#माधवले आफ्नै पार्टीमा आगो लगाए

लोकप्रीय

जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक

जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक

बुधबार अशोज १ , २०८२
बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

मेयरबाट प्रधानमन्त्रीको दाबेदारसम्म बालेन कसरी उदाए ?

बुधबार अशोज १ , २०८२
अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय

अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय

बुधबार अशोज १ , २०८२

विचार

थप समाचार

जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक
ताजा समाचार

आर्थिक

अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय

बुधबार अशोज १ , २०८२
केपी ओलीको कठालो समात्न खोज्ने नेपालमै जन्मिए (टिप्पणी)
ताजा समाचार

केपी ओलीको कठालो समात्न खोज्ने नेपालमै जन्मिए (टिप्पणी)

बुधबार अशोज १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

00:15:36

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२

हालका पोस्टहरू

जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक

जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक

बुधबार अशोज १ , २०८२
बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

मेयरबाट प्रधानमन्त्रीको दाबेदारसम्म बालेन कसरी उदाए ?

बुधबार अशोज १ , २०८२
अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय

अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय

बुधबार अशोज १ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.