NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया सोमवार मंसिर १ , २०८२
शेख हसिनालाई मृत्युदण्डको फैसला, प्रहरी प्रमुखलाई माफी सोमवार मंसिर १ , २०८२
नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ? सोमवार मंसिर १ , २०८२
एनपीएलबारे सबै जानकारीःप्रत्यक्ष प्रशारणदेखि आम्दानी र पुरस्कारसम्म सोमवार मंसिर १ , २०८२
देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो सोमवार मंसिर १ , २०८२
Next
Prev

समाचार

पहिलो राष्ट्रिय कोदो दिवसःगरिबको खानाबाट सुपर फुडसम्म

शुक्रबार साउन १६ , २०८२
Reading Time: 1 min read
A A
पहिलो राष्ट्रिय कोदो दिवसःगरिबको खानाबाट सुपर फुडसम्म
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
१६ साउन ,काठमाण्डौं ।
एउटा यस्तो समय थियो, जब कोदोको ढिडो, रोटी, खोले लगायतका परिकार खानेलाई गरिबको उपमा दिइन्थ्यो र यसको खेतीलाई सम्मानको दृष्टिले हेरिँदैनथ्यो। तर, समयले कोल्टे फेरेसँगै कोदोको परिचय र प्रतिष्ठा दुवै बदलिएको छ।
हिजो हेपिएको यही कोदो आज सहरका ठूला होटल र रेस्टुरेन्टको महँगो मेनुमा सुपर फुड र स्मार्ट फुड को रूपमा  समेटिन थालेको छ।
यही बदलिँदो परिप्रेक्ष्य र कोदोको अपार महत्वलाई उजागर गर्न सरकारले यस वर्षदेखि साउन १६ लाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउन थालेको  छ।
‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नाराका साथ पहिलो पटक मनाइएको यो दिवसले रैथाने बालीको संरक्षण र प्रवद्र्धनमा नयाँ बहस सिर्जना गरेको छ।
पहिले कोदोबाट रोटी, ढिँडो, सातु, जाउलो,जाँड रक्सी जस्ता परम्परागत परिकार मात्र बन्थे। तर, स्वास्थ्यप्रति सचेत नयाँ पुस्ता र खाद्य व्यवसायीहरूले यसको पौष्टिकता बुझेपछि यसबाट ब्रेड, केक, डोनट, मःमः, पिज्जा, कुकिज र चाउमिनजस्ता आधुनिक परिकारहरू बन्न थालेका छन्।
यही विविधीकरणले कोदोको माग र भाउ दुवै अकासिएको छ। पहिलो कोदो दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोदोको पोषणीय महत्व दर्शाउँदै यसको उत्पादन र उपभोग बढाउन आग्रह गरेका छन् ।
“ग्लाइसेमिक इन्डेक्स कम हुने भएकाले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र यसमा हुने फाइबरले हृदय स्वास्थ्य मजबुत बनाउन मद्दत गर्छ,” उनले सामाजिक संजालमार्फत भनेका छन्, “सिँचाइ बिना नै उत्पादन हुन सक्ने यस्तो गुणकारी खाद्यान्नलाई प्रवद्र्धन गर्न जरुरी छ।”
त्यसैगरी, भक्तपुरको चाँगुनारायणमा आयोजित कोदो रोपाईं कार्यक्रममा कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले हरेक नेपालीलाई दिनमा एक छाक कोदोको परिकार खान आग्रह गरेका छन् ।
उनले भने, “हामी स्वस्थ रहने हो भने, एक छाक मात्रै भएपनि कोदोको परिकार भान्सामा राख्न सक्यौं भने वास्तवमा स्वस्थ पनि हुन्छौं। यसले वर्तमानलाई मात्र होइन, भावी सन्ततिलाई पनि स्वस्थ राख्न मद्दत गर्छ।”
एकातिर कोदोको गुणगान र सरकारी प्राथमिकता छ, तर अर्कोतिर घट्दो उत्पादन र बढ्दो आयातको कहालीलाग्दो तितो चित्र रहेको छ। नेपालका ७७ वटै जिल्लामा खेती गर्न सकिने यो रैथाने बालीमा देश परनिर्भर बन्दै गएको तथ्यांकले देखाएको छ ।
आर्थिक वर्ष २०८१÷८२मा ७६.६३ करोड रुपैयाँ बराबरको १८,३१६ मेट्रिक टन कोदो आयात भएको छ । जबकी आर्थिक वर्ष २०८०÷८१मा ७५.४४ करोड  र २०७९÷८०मा ७३.२० करोड रुपैयाँको कोदो आयात भएको थियो ।
यो तथ्यांकले कोदोको माग बढे पनि आन्तरिक उत्पादनले त्यसलाई धान्न नसकेको देखाएको छ ।  कृषि मन्त्रालयकै तथ्यांक अनुसार, कोदो खेतीको क्षेत्रफल र उत्पादन दुवै घट्दो क्रममा छ।
आर्थिक वर्ष २०७८÷७९ मा २ लाख ६७ हजार ०७१ हेक्टरमा ३ लाख ३९ हजार ४६२ टन उत्पादन भएकोमा २०७९÷८० मा क्षेत्रफल घटेर २ लाख २७ लाख ९३४ हेक्टर र उत्पादन ३ लाख १० हजार ८४७ टन मा सीमित भएको थियो ।
बढ्दो सहरीकरण, गाउँबाट सहरतिरको बसाइँसराइ, पाखो जमिन बाँझिने क्रम र किसानहरूले कोदोभन्दा अन्य नगदे बालीलाई प्राथमिकता दिनु यसका मुख्य कारणहरू हुन्।
कृषि मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठका अनुसार पानी, मल र धेरै हेरचाह नचाहिने तथा जलवायु परिवर्तनको असर कम पर्ने बाली भए पनि किसानको आकर्षण घट्दै गएको छ।
विज्ञहरूका अनुसार कोदो पौष्टिकताको खानी हो। यसमा चामल र मकैभन्दा ३५ गुणा र गहुँभन्दा ८ गुणा बढी क्याल्सियम पाइन्छ। साथै, यो मधुमेहका बिरामीका लागि उत्तम भोजन मानिन्छ।
यसमा पाइने कार्बोहाइड्रेड, प्रोटिन, फाइबर र थाइमिनले यसलाई एक पूर्ण आहार बनाउँछ। कोदोको खपत बढाउन विद्यालयको दिवा खाजामा यसलाई समावेश गर्ने सरकारी नीति सकारात्मक छ।
तर, उत्पादन नबढाई गरिने प्रवद्र्धनले आयातलाई नै प्रोत्साहन गर्नेछ।   कोदो दिवस मनाएर मात्र यसको संरक्षण र सम्बद्र्धन सम्भव छैन।
यसका लागि उत्पादन वृद्धि, बजारीकरण र मूल्य सुनिश्चितताको एकीकृत योजना आवश्यक पर्ने विज्ञहरु बताउँछन् ।
LS Auto
Tags: #उत्पादन घट्दो#एकदिन कोदो खान मन्त्रीको उर्दी

लोकप्रीय

हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा

शेख हसिनालाई मृत्युदण्डको फैसला, प्रहरी प्रमुखलाई माफी

सोमवार मंसिर १ , २०८२
नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ?

नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ?

सोमवार मंसिर १ , २०८२

विचार

थप समाचार

हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने
अन्तर्राष्ट्रिय

खेलकुद

नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ?

सोमवार मंसिर १ , २०८२
एनपीएलबारे सबै जानकारीःप्रत्यक्ष प्रशारणदेखि आम्दानी र पुरस्कारसम्म
खेलकुद

एनपीएलबारे सबै जानकारीःप्रत्यक्ष प्रशारणदेखि आम्दानी र पुरस्कारसम्म

सोमवार मंसिर १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

00:17:49

World News: भेनेजुएलामा सैन्य कारबाही, महिला राष्ट्रपतिका लागि अमेरिका तयार छैन || Nepal Times

00:17:24

World News: South Korea र अमेरिकी सेनाबीच संयुक्त अभ्यास, Trumpले कर फिर्ता|| Nepal Times

00:16:08

World News:आगामी यु*द्ध अन्तरिक्षबाट, Bangladeshमा चुनावकै दिन जनमत संग्रह || Nepal Times

00:18:13

World News: कोरियाली गुप्तचर पूर्वनिर्देशक पक्रा**उ,दिल्ली वि*स्फो*टविरुद्ध अमेरिकाले सघाउने

00:17:13

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

सोमवार मंसिर १ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२

हालका पोस्टहरू

हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा

शेख हसिनालाई मृत्युदण्डको फैसला, प्रहरी प्रमुखलाई माफी

सोमवार मंसिर १ , २०८२
नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ?

नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ?

सोमवार मंसिर १ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.