×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

पहिलो राष्ट्रिय कोदो दिवसःगरिबको खानाबाट सुपर फुडसम्म

१७ श्रावण २०८२
१६ साउन ,काठमाण्डौं ।
एउटा यस्तो समय थियो, जब कोदोको ढिडो, रोटी, खोले लगायतका परिकार खानेलाई गरिबको उपमा दिइन्थ्यो र यसको खेतीलाई सम्मानको दृष्टिले हेरिँदैनथ्यो। तर, समयले कोल्टे फेरेसँगै कोदोको परिचय र प्रतिष्ठा दुवै बदलिएको छ।
हिजो हेपिएको यही कोदो आज सहरका ठूला होटल र रेस्टुरेन्टको महँगो मेनुमा सुपर फुड र स्मार्ट फुड को रूपमा  समेटिन थालेको छ।
यही बदलिँदो परिप्रेक्ष्य र कोदोको अपार महत्वलाई उजागर गर्न सरकारले यस वर्षदेखि साउन १६ लाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउन थालेको  छ।
‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नाराका साथ पहिलो पटक मनाइएको यो दिवसले रैथाने बालीको संरक्षण र प्रवद्र्धनमा नयाँ बहस सिर्जना गरेको छ।
पहिले कोदोबाट रोटी, ढिँडो, सातु, जाउलो,जाँड रक्सी जस्ता परम्परागत परिकार मात्र बन्थे। तर, स्वास्थ्यप्रति सचेत नयाँ पुस्ता र खाद्य व्यवसायीहरूले यसको पौष्टिकता बुझेपछि यसबाट ब्रेड, केक, डोनट, मःमः, पिज्जा, कुकिज र चाउमिनजस्ता आधुनिक परिकारहरू बन्न थालेका छन्।
यही विविधीकरणले कोदोको माग र भाउ दुवै अकासिएको छ। पहिलो कोदो दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोदोको पोषणीय महत्व दर्शाउँदै यसको उत्पादन र उपभोग बढाउन आग्रह गरेका छन् ।
“ग्लाइसेमिक इन्डेक्स कम हुने भएकाले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र यसमा हुने फाइबरले हृदय स्वास्थ्य मजबुत बनाउन मद्दत गर्छ,” उनले सामाजिक संजालमार्फत भनेका छन्, “सिँचाइ बिना नै उत्पादन हुन सक्ने यस्तो गुणकारी खाद्यान्नलाई प्रवद्र्धन गर्न जरुरी छ।”
त्यसैगरी, भक्तपुरको चाँगुनारायणमा आयोजित कोदो रोपाईं कार्यक्रममा कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले हरेक नेपालीलाई दिनमा एक छाक कोदोको परिकार खान आग्रह गरेका छन् ।
उनले भने, “हामी स्वस्थ रहने हो भने, एक छाक मात्रै भएपनि कोदोको परिकार भान्सामा राख्न सक्यौं भने वास्तवमा स्वस्थ पनि हुन्छौं। यसले वर्तमानलाई मात्र होइन, भावी सन्ततिलाई पनि स्वस्थ राख्न मद्दत गर्छ।”
एकातिर कोदोको गुणगान र सरकारी प्राथमिकता छ, तर अर्कोतिर घट्दो उत्पादन र बढ्दो आयातको कहालीलाग्दो तितो चित्र रहेको छ। नेपालका ७७ वटै जिल्लामा खेती गर्न सकिने यो रैथाने बालीमा देश परनिर्भर बन्दै गएको तथ्यांकले देखाएको छ ।
आर्थिक वर्ष २०८१÷८२मा ७६.६३ करोड रुपैयाँ बराबरको १८,३१६ मेट्रिक टन कोदो आयात भएको छ । जबकी आर्थिक वर्ष २०८०÷८१मा ७५.४४ करोड  र २०७९÷८०मा ७३.२० करोड रुपैयाँको कोदो आयात भएको थियो ।
यो तथ्यांकले कोदोको माग बढे पनि आन्तरिक उत्पादनले त्यसलाई धान्न नसकेको देखाएको छ ।  कृषि मन्त्रालयकै तथ्यांक अनुसार, कोदो खेतीको क्षेत्रफल र उत्पादन दुवै घट्दो क्रममा छ।
आर्थिक वर्ष २०७८÷७९ मा २ लाख ६७ हजार ०७१ हेक्टरमा ३ लाख ३९ हजार ४६२ टन उत्पादन भएकोमा २०७९÷८० मा क्षेत्रफल घटेर २ लाख २७ लाख ९३४ हेक्टर र उत्पादन ३ लाख १० हजार ८४७ टन मा सीमित भएको थियो ।
बढ्दो सहरीकरण, गाउँबाट सहरतिरको बसाइँसराइ, पाखो जमिन बाँझिने क्रम र किसानहरूले कोदोभन्दा अन्य नगदे बालीलाई प्राथमिकता दिनु यसका मुख्य कारणहरू हुन्।
कृषि मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठका अनुसार पानी, मल र धेरै हेरचाह नचाहिने तथा जलवायु परिवर्तनको असर कम पर्ने बाली भए पनि किसानको आकर्षण घट्दै गएको छ।
विज्ञहरूका अनुसार कोदो पौष्टिकताको खानी हो। यसमा चामल र मकैभन्दा ३५ गुणा र गहुँभन्दा ८ गुणा बढी क्याल्सियम पाइन्छ। साथै, यो मधुमेहका बिरामीका लागि उत्तम भोजन मानिन्छ।
यसमा पाइने कार्बोहाइड्रेड, प्रोटिन, फाइबर र थाइमिनले यसलाई एक पूर्ण आहार बनाउँछ। कोदोको खपत बढाउन विद्यालयको दिवा खाजामा यसलाई समावेश गर्ने सरकारी नीति सकारात्मक छ।
तर, उत्पादन नबढाई गरिने प्रवद्र्धनले आयातलाई नै प्रोत्साहन गर्नेछ।   कोदो दिवस मनाएर मात्र यसको संरक्षण र सम्बद्र्धन सम्भव छैन।
यसका लागि उत्पादन वृद्धि, बजारीकरण र मूल्य सुनिश्चितताको एकीकृत योजना आवश्यक पर्ने विज्ञहरु बताउँछन् ।
Advertisement

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top