×

NEPAL TIMES UPDATES

Playing
पश्चिम नेपालबाट पानी पार्ने अर्को प्रणाली भित्रियो || Nepal Times
Apr 08, 2026
Playing
विश्व चकित पार्ने इरानी जनएकता,बमको ड रभन्दा ठूलो राष्ट्रप्रेम || Nepal Times
Apr 08, 2026
Playing
महाकालीका नाममा चन्दा, घट्टे खोलामा पुल, धुरुधुरु रोए हर्क || Nepal Times
Apr 08, 2026
Playing
देउवा र आरजुविरुद्ध सम्पत्ति शुद्धीकरणमा प क्रा उ पुर्जी जारी || Nepal Times
Apr 08, 2026
Playing
Top 15 Afternoon News || April-08-2026 || Nepal Times
Apr 08, 2026
Playing
इरानी मानव साङ्लोले बचायो देश, Russia–Chinaको ‘भिटो’, कसले जित्यो, कसले हार्यो ? || Nepal Times
Apr 08, 2026
Playing
Israelमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना || Nepal Times
Apr 08, 2026
Playing
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक प्रधानमन्त्री कार्यालयमा|| Nepal Times
Apr 08, 2026
Playing
आज विदेशी राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट#BALEN #NEPAL #PM || Nepal Times
Apr 08, 2026
Playing
राजनीतिक नियुक्ति खारेज गर्ने बालेनको अभियान, यस्ता छन् चुनौती|| Nepal Times
Apr 08, 2026

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी

२९ श्रावण २०८२
२८ साउन , काठमाण्डौ । 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले जब कुनै निर्णय लिन्छन् वा कदम चाल्छन्, उनी त्यसलाई सही साबित गर्नका लागि कुनै पनि हदसम्म जान हिच्किचाउँदैनन् । चाहे त्यो कदमको विश्वभरमा वा आफ्नै देशमा पनि किन व्यापक विरोध नहोस् ।
अहिले पनि उनले यस्तै गरिरहेका देखिन्छन्, वाशिंगटनमा सैयौं सैनिकहरुलाई तैनाथी गरिएको संदर्भमा । उनले आफ्नो राजधानीलाई एक सैन्य छाउनी जस्तै बनाइदिएका छन् ।
यसमा व्यापक विरोध भएपछि उनले आफ्नो तर्कअघि सारेका छन् । जसमा उनले वासिंगटनलाई बदनाम गर्न पनि पछि परेनन् । एक प्रेस कन्फ्रेंसमा ट्रम्पले दाबी गरेका छन् कि वाशिंगटन डीसी हत्याको दरका मामिलामा विश्वका कयौं ठूला शहरहरुभन्दा पनि खराब स्थितिमा रहेको बताएका छन् ।
आश्चार्यको कुरा त के छ भने उनले मर्डर रेटका मामिलामा अमेरिकी राजधानीलाई बोगोटा, मेक्सिको र इस्लामाबादभन्दा माथिल्लो खतरनाक शहर भनेका छन् ।
डोनाल्ड ट्रंपले बकैदा चार्ट नै देखाउदै भने, ‘वाशिंगटनमा आज हत्या दर बोगोटा, मेक्सिको सिटी जस्ता स्थानहरुभन्दा धेरै छ‘ । उनले भने, राजधानीको हिंसात्मक घटनाहरु विश्वको सबैभन्दा खराब स्थानहरुभन्दा कम छैन ।
ट्रम्पले यो संकटबाट मुक्ति पाउनका लागि मेट्रोपोलिटन पुलिस विभागलाई सोझै संघीय नियंत्रणमा लैजाने र फेडरल गार्डका ८०० जवानहरुलाई यहाँ तैनाथ गर्ने योजना पेश गरेका छन् ।
यता तथ्यांकहरु हेर्ने हो भने अमेरिकाको मुख्य अखबार भन्छ,  सन २०२३  मा वाशिंगटन डी.सी.मा हत्या दर लगभग ३९.४ प्रति १ लाख व्यक्ति थियो । यो सन २०२४ मा तल झरेर २७.३ प्रति एक लाखमा आयो ।
जुन पछिल्लो ३० वर्षमा सबैभन्दा कम थियो । २०२४ मा कुल हिंसात्मक अपराधहरुमा ३५% को गिरावट देखिएको थियो, जसमा लूटपाट ३९%, हतियारले हमला २७%, र कारज्याकिंग ५३% घटेको थियो ।
२०२५मा यो वर्षको पहिलो ६ महिनमाहरुमा हत्याका घटनाहरुमा ११% को गिरावट आएको छ र अन्य अपराध समाधानमा पनि सुधार भएको छ । हुनत केही हदसम्म ट्रंपको यो दाबी सही नै छ, डी.सी.को हत्या दर निश्चित रूपले लो–कस्ट क्यापिटल शहरहरुमध्ये धेरै छ।
जस्तो कि बोगोटा वा मेक्सिको सिटी ।  तर डी.सी. विश्वको सबैभन्दा खतरनाक शहर भन्नु चाँही यो आँकडाहरुसंग मेल खादैन । विशेषज्ञ र स्थानीय सरकारहरुले ट्रंपको यी कुरालाई अतिवादको संज्ञा दिइरहेका छन् ।
र ट्रंपको तर्कलाई आधारहीन बताइरहेका छन् । ट्रंपका डेटाहरुमा पनि उनीहरुले प्रश्न उठाएका छन् । उनीहरुले भनेका छन् ट्रम्पले देखाएका डेटाहरु २०२३ का हुन्, जसलाई उनले ताजा भनिरहेका छन् ।
इस्लामाबाद जस्ता शहरहरुसंगको तुलना यसकारण पनि गलत छ किनभने यहाँ त कतिपय अपराधहरु त रिपोर्ट पनि हुँदैनन् । त्यसैले ट्रंपको यो कदममा असुरक्षाभन्दा पनि उनको फेडरल सरकारले सिधै प्रहरी र सुरक्षा व्यवस्थाको कमान सम्हाल्ने चाहाना रहेको कतिपयले तर्क गरेका छन् ।
ट्रम्पले भने यो निर्णयलाई क्राइम एमरजेंसी करार गर्दै भने, कि उनले राजधानीलाई स्वतन्त्रता प्रदान गर्न लागिरहेका छन् । यता डीसीका मेयर म्यूरियल बाउसरले भने ट्रंपको आदेशलाई अलोकतांत्रिक र खतरनाक भनेका छन् ।
उनले ट्रंपको यो कदमलाई राजधानीको स्वायत्ततालाई चुनौती दिने खालको भएको भनेका छन् । तर ट्रम्पले भने राजधानी वासिङ्टन डीसीलाई अपराधमुक्त बनाउने वाचा गरेका छन् ।
यसै सन्दर्भमा उनले पहिले ८०० भन्दा बढी राष्ट्रिय गार्डहरू तैनाथ गरेर राजधानीको कमान आफ्नो हातमा लिएका थिए । अब ह्वाइट हाउसले वासिङ्टन डीसीमा बेघर मानिसलाई सडकहरू खाली गर्ने आदेश जारी गरेको छ ।
सडकमा बस्ने मानिसहरू आश्रय गृहमा गएनन् भने उनीहरूलाई जेलमा हालिने ह्वाइट हाउसले मंगलबार एक सूचना जारी गर्दै भनेको छ। ‘घरबारविहीन मानिसहरूसँग आश्रयस्थलमा जाने विकल्प छ । त्यहाँ उनीहरूले मानसिक स्वास्थ्य सहित सबै सुविधाहरूको लाभ पाउनेछन् ।
यद्यपि, यदि आश्रय गृहमा आश्रय लिन अस्वीकार गरे भने उनीहरूलाई जरिवाना लगाइनेछ वा जेल पनि हाल्न सकिनेछ ।’ ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेविटले यसबारे जानकारी दिँदै भनिन् ।
लेविटका अनुसार, वासिङ्टन डीसीबाट टाढा घरबारविहीन मानिसहरूका लागि आश्रय गृहहरू निर्माण गरिनेछ । अमेरिकी प्रहरीले पार्कहरूबाट ७० जनालाई पहिले नै हटाइसकेको छ ।
बाँकी मानिसहरूलाई यस हप्ताको अन्त्यसम्ममा आश्रय गृहहरूमा पठाउने प्रयास भइरहेको बताइएको छ । ट्रम्पले सामाजिक सञ्जालमा कुनै कडा कारबाही गर्नु अघि घरबारविहीन मानिसहरूले वासिङ्टन छोड्नुपर्ने चेतावनी दिएका थिए ।
ट्रम्पका अनुसार, घरबारविहीन मानिसहरूले वासिङ्टन कब्जा गरेर बसेका छन् । वासिङटनमा बढ्दो अपराधमा उनीहरूको पनि हात रहेको ट्रम्पको भनाइ थियो । 
यूएस फ्याक्ट्स नामक वेबसाइटका अनुसार घरबारबिहिनको सूचीमा वासिङटन १६ औँ स्थानमा छ । सबैभन्दा धेरै बेघरहरू न्यूयोर्क, लस एञ्जलस, सियाटल र डेनभरमा देखिन्छ ।
तर वाशिंगटन डीसी डेमोक्रेटिक पार्टीद्वारा शासित क्षेत्र हो र ट्रंपलाई त्यहाँको स्थानीय सरकारमाथि विश्वास नभएका कारणले पनि उनले यहाँ नेशनल गार्ड परिचालन गरेको विश्लेषण भइरहेको छ ।
सोही कारण नेशनल गार्ड परिचालन गरेर उनी संदेश दिन चाहिरहेका छन्, कि स्थानीय प्रशासन अवस्था सम्हाल्नमा असमर्थ छ । यो अवस्था अहिलेको नेपालको संघ सरकार र संघीय राजधानी काठमाडौंका मेयरबीच देखिएको टकरावसंग पनि तुलना गर्न मिल्छ ।
फरक के हो भने त्यहाँ फरक पार्टीका मेयर भए यहाँ स्वतन्त्र मेयर रहेका छन् । नेपाली प्रधानमन्त्री केपी ओलीकै शैलीमा ट्रम्पले पनि फरक दलका वा फरक विचार बोक्ने वा आफू विरुद्धमा उभिएका स्थानीय प्रतिनिधि वा अधिकारी, कर्मचारीहरुलाई हटाउने वा पेलेरै अगाडि बढ्ने शैलीमा देखिएको यो संदर्भलाई तपाइले कसरी हेनु भएको छ, आफ्ना टिप्पणी अवस्य व्यक्त गर्नुहोला ।
ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।
Advertisement

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top