NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया सोमवार मंसिर १ , २०८२
शेख हसिनालाई मृत्युदण्डको फैसला, प्रहरी प्रमुखलाई माफी सोमवार मंसिर १ , २०८२
नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ? सोमवार मंसिर १ , २०८२
एनपीएलबारे सबै जानकारीःप्रत्यक्ष प्रशारणदेखि आम्दानी र पुरस्कारसम्म सोमवार मंसिर १ , २०८२
देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो सोमवार मंसिर १ , २०८२
Next
Prev

समाचार

जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

बिहिबार साउन २९ , २०८२
Reading Time: 1 min read
A A
जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
२९ साउन, काठमाण्डौ । 
भारत फेरि मनसुनी प्रकोपमा परेको छ । त्यहाँको जम्मू–कश्मीरको किश्तवाड जिल्लाको पड्डर सब–डिभिजन अन्तर्गत पर्ने चशोटी गाउँमा बिहीबार दिउँसो १२ः३० बजे ‘क्लाउड ब्रस्ट’ (मुसलधारे वर्षा) भएको छ ।
अति भारी वर्षापछि पहाडबाट आएको पानी र माटोको ढिस्कोमा परी धेरै मानिसहरू फसेका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार, यो दुर्घटनामा १२ जनाको मृत्यु भएको छ ।
उनीहरूको शव पनि फेला परेको छ । २५ जनाभन्दा बढी मानिस घाइते भएका छन् र मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । हजारौं तीर्थयात्री मचैल माता यात्राका लागि चशोटी गाउँमा जम्मा भएको बेला यो घटना भएको थियो ।
यो यात्राको पहिलो बिसौनी हो । क्लाउड ब्रस्ट भएको ठाउँबाट नै यात्रा सुरु हुनेवाला थियो । यहाँ तीर्थयात्रीहरूका बस, टेन्ट, लंगर (सामुदायिक भोजनालय) र धेरै पसलहरू थिए । बाढीको पानीले ती सबै बगाएको छ ।
मचैल माता तीर्थयात्रा हरेक वर्ष अगस्टमा हुन्छ र यसमा हजारौं श्रद्धालु सहभागी हुन्छन् । यो यात्रा जुलाई २५ देखि सेप्टेम्बर ५ सम्म चल्नेछ ।
यो रुट जम्मूदेखि किश्तवाडसम्म २१० किलोमिटर लामो छ र यसमा पद्दरदेखि चशोटीसम्मको १९.५ किलोमिटर सडकमा सवारी साधन चल्न सक्छन् । त्यसपछि मचैलसम्म ८.५ किलोमिटरको पैदल यात्रा हुन्छ ।
उता, हिमाचल प्रदेशका अधिकांश क्षेत्रमा बुधबार राति भारी वर्षा भएको छ । कोटखाईको खलटूनालाको पहाडमा बिहान ३ बजे आरीघोप्टे वर्षा हुँदा खोलामा माटोको ढिस्को आएको छ ।
यसले गर्दा एउटा पेट्रोल पम्प र ६ वटाभन्दा बढी गाडीहरू पुरिएका छन् । पम्पमा काम गर्ने कर्मचारीहरूले भागेर ज्यान बचाएका थिए । हिमाचल प्रदेशको कुल्लु र शिमलामा पनि बुधबार साँझ ४ ठाउँमा क्लाउड ब्रस्ट भएको  थियो ।
कुल्लुको श्रीखण्ड र तीर्थन भ्याली, शिमला जिल्लाको फाचाको नान्टी गाउँ र काशापाठमा बादल फाटेपछि नदी र खोलाहरूमा बाढी आएको छ ।
हिमाचल प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार, पछिल्लो २४ घण्टामा वर्षा र यससँग सम्बन्धित घटनाहरूका कारण ३९६ वटा सडकहरू बन्द भएका छन् ।
यता नेपालमा पनि पश्चिमी क्षेत्रमा मनसुन सक्रिय भएको छ । जसका कारण ठाउँ ठाउँमा पहिरोले सडकहरु अवरुद्ध भएका छन् । बुधबार रातिको बाढीले बाजुरामा हिमाली गाउँपालिका–१ बिच्छ्यामा ११ घर बगाएको छ ।
बिच्छ्या खोलामा बुधबार राति आएको बाढीले गाउँपालिकाको १,३ र ५ वडामा बढी क्षति गरेको हो । बाढीले ११ घर बगाएको, सात घरमा क्षति र १७ घर जोखिममा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवबहादुर चौधरीले जानकारी दिए ।
उनकाअनुसार कवाडी प्रहरी चौकीको टोली बाढी प्रभावित क्षेत्रमा गएर तथ्याङ्क सङ्कलन गरेको हो । बाढीले सोही गाउँपालिका–१ का नरेन्द्रबहादुर बुढा, छञ्चलाल थापा, धनसिंह थापा, सब्बले थापा, लालबहादुर थापा, सुजलाल थापा, गोवतल थापाको घर, पसल र खेतबारीमा क्षति पुगेको छ ।
सोही गाउँपालिका–५ का नवराज बुढा, देवीलाल चदारा, विरवल चदारा, अजय चदारा, हिउँसरा ल्वार, अङ्गविर चदाराको घर बगाएको प्रहरी निरीक्षक चौधरीले जानकारी दिए ।
त्यसैगरी बलबहादुर चदारा, मुगा लुहार, देवीलाल बुढथापा, वीरभान लुहार र डबल लुहारको घर बगाएको प्रहरी निरीक्षक चौधरीको भनाइ छ ।
बाढीका कारण हिमाली गाउँपालिका–१ का विच्छ्याका  सुजलाल थापा, धनसिंह थापा, जबैलाल थापा, धनबहादुर थापा, चन्द्रापति थापा, धर्मलाल थापा, बलचन्द्र थापाको घर जोखिममा छन् ।
स्थानीय उने थापा, लालसिंह बोहरा, डिलबहादुर थापा, हरिलाल थापा, भउरलाल थापा, चन्द्रवान थापा, रत्नपति थापा, गोबनल थापा, धर्मजीत थापा र लक्ष्मण थापाको घर पनि बाढीका कारण उच्च जोखिममा छन् ।
बाढीले सरकारी कार्यालय, विद्यालय र सार्वजनिक संरचनासमेतमा क्षति पुगेको छ । १ नम्बर वडा कार्यालय, विच्छ्या मावि, स्वास्थ्य चौकी, स्थानीय विद्युत लाइन् झोलुङ्गे पुल, नेटा र देउसैनको पानी घट्टसमेत जोखिममा छन् ।
बाढीले पु–याएको क्षतिको अवस्था अनुगमन गर्न गाउँपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्ल नेतृत्वको टोली बाढी प्रभावित क्षेत्रमा पुगेको छ।
अध्यक्ष मल्लको टोलीले तीन वटै वडामा बाढीले पु¥याएको क्षतिको अवस्था र प्रभावितको अवस्था बुझ्न बिच्छ्या गएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापाले बताए ।
बाढी प्रभावितलाई राहत र पुनःस्थापनाका लागि कार्यपालिका बैठक बसेर निर्णय गर्ने अध्यक्ष मल्लले बताए । गएरातिदेखि पश्चिम नेपालमा मनसुन बढी सक्रिय भएको हो ।
हिजो देशैभर सक्रिय मनसुन आज भने पश्चिममा बढी सक्रिय देखिएकाले ती क्षेत्रमा निरन्तर वर्षा भइरहेको मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिट ढकालले जानकारी दिए ।
आज विहानदेखि सुदूरपश्चिमका विभिन्न जिल्लामा केन्द्रित भएर वर्षा भएको छ ।  कञ्चनपुर, डडेलधुरा, डोटी, दार्चुला, कैलाली, अछाम र यता कास्कीका केही क्षेत्रमा वर्षा भएको छ ।
यसैबीच, महाकाली नदीमा पानीको बहाव बढेको छ । बिहीबार बिहान ११ वजेको मापनअनुसार नदीमा पानीको बहाव १ लाख २६ हजार ७१२ क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रहरीका अनुसार नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजको पुलमा चारपांग्रे सवारीसाधनमा रोक लगाइएको छ । बिहीबार बिहानदेखि नदीमा पानीको बहाव बढेको हो ।
LS Auto
Tags: #जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’#बाजुरामा बाढी#भारत फेरि मनसुनी प्रकोप

लोकप्रीय

हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा

शेख हसिनालाई मृत्युदण्डको फैसला, प्रहरी प्रमुखलाई माफी

सोमवार मंसिर १ , २०८२
नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ?

नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ?

सोमवार मंसिर १ , २०८२

विचार

थप समाचार

हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने
अन्तर्राष्ट्रिय

खेलकुद

नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ?

सोमवार मंसिर १ , २०८२
एनपीएलबारे सबै जानकारीःप्रत्यक्ष प्रशारणदेखि आम्दानी र पुरस्कारसम्म
खेलकुद

एनपीएलबारे सबै जानकारीःप्रत्यक्ष प्रशारणदेखि आम्दानी र पुरस्कारसम्म

सोमवार मंसिर १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

00:17:49

World News: भेनेजुएलामा सैन्य कारबाही, महिला राष्ट्रपतिका लागि अमेरिका तयार छैन || Nepal Times

00:17:24

World News: South Korea र अमेरिकी सेनाबीच संयुक्त अभ्यास, Trumpले कर फिर्ता|| Nepal Times

00:16:08

World News:आगामी यु*द्ध अन्तरिक्षबाट, Bangladeshमा चुनावकै दिन जनमत संग्रह || Nepal Times

00:18:13

World News: कोरियाली गुप्तचर पूर्वनिर्देशक पक्रा**उ,दिल्ली वि*स्फो*टविरुद्ध अमेरिकाले सघाउने

00:17:13

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

सोमवार मंसिर १ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपालमा सबैभन्दा बढी कर तिर्ने १६ करदाता

नेपालमा सबैभन्दा बढी कर तिर्ने १६ करदाता

सोमवार मंसिर १ , २०८२

हालका पोस्टहरू

हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा

शेख हसिनालाई मृत्युदण्डको फैसला, प्रहरी प्रमुखलाई माफी

सोमवार मंसिर १ , २०८२
नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ?

नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ?

सोमवार मंसिर १ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.