प्रदेश १ सरकारले अब धुलो दुध उत्पादन गर्ने

विराटनगर,असोज १८
प्रदेश १ सरकारले बिक्री नभएर खेर गईरहेको दुधको सदुपयोग गर्दे धुलो दुध उत्पादन सुरु गर्ने भएको छ । प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रदेशमा उत्पादन भई बिक्री नभएर खेर गईरहेको दुधलाई यसै आर्थिक वर्षदेखि खरिद गरी धुलो दुध उत्पादन शुरु गरिने बताएका हुन् ।

भूमि व्यवस्था,कृषि तथा सहकारी मंन्त्रालयद्धारा विराटनगरमा विहीबार स्थापित पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय कार्यालको उद्घाटन गर्दै उनले प्रदेशमा मिल्क होलिडे मार्फत दैनिक खेर गईरहेको एक लाख लिटर दुधलाई दुग्ध विकास संस्थान केन्द्रले किसानसँग खरिद गरी धुलो दूधको रुपमा व्यवस्थापन गरिने जानकारी दिएका हुन् ।

Advertisement

पदेश १ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री समेत रहेका मुख्यमन्त्री राईले कृषिलाई आधुनिक व्यवसायिक उद्योगको रुपमा विकास गरी रोजगारी प्रदान गर्न सरकारले विज्ञहरुसंग परामर्श र छलफल गरिरहेको पनि बताए । मुख्यमन्त्री राईले कृषिलाई प्रदेशको समृद्धिको आधार वनाई यस क्षेत्रमा कृषिमा आधुनिक प्रविधिको प्रयोग गरी उत्पादन गृद्धि गरी आयात विस्थापन गर्न सरकारले कार्य गरिरहेको पनि जानकारी दिए ।

कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले युवा पुस्तालाई कृषि क्षेत्रमा आकर्षण गर्न आधुनिक शिप र प्रविधिको विषयमा ज्ञान दिनु पर्नेमा जोड दिदै प्रदेशमा माछा, वंगुर र मसला जस्ता नगदे वालीको उत्पादन र वजार विस्तारका लागि सरकारले किसानलाई आवश्यक सम्पूर्ण सहयोग र सुविधा उपलव्ध गराउने वताए ।

Advertisement

प्रदेशका प्रमुखसचिव केदार न्यौपानेले प्रदेशको कृषि उत्पादन वृद्धि गर्न सरकारले ज्ञान केन्द्र र कृषि विज्ञ टोलीको गठन गरी आवश्यक छलफल शुरु गरेको जानकारी दिए । विराटनगरमा स्थापित उक्त कार्यालयले प्रदेशका १४ जिल्लामा पशुपन्छी तथा मत्स्य उत्पादन वृद्धिका लागि अनुगमन, निरीक्षण र स्थलगत रुपमा कृषकलाई प्राविधिक सहयोग उपलव्ध गराउने छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top