असोज १८ : घटस्थापनाको दिन प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘छक्का पञ्जा ३’को फरक शैलीको गीत सार्वजनिक भएको छ ।
चलचित्रको प्रचार प्रसारलाई तीव्र बनाउनको लागी निर्माण टिमल रिलिज गरेका गीतमा चलचित्रका कलाकारहरू दीपकराज गिरी, दिपाश्री निरौला, केदार घिमिरे र जितु नेपालले र्याप हानेका छन् ।
गीतमा र्यापको मार्फत चलचित्रको बारेमा जानकारी दिन खोजिएको छ । गीतमा डविड शंकरको स्वर रहेको छ ।
दीपाश्री निरौला निर्देशित चलचित्र छक्का पञ्जा ३ असोज २४ गते घटस्थापनादेखि देशभर लाग्दैछ ।