NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
नेपाललाई विश्वमा चिनाउने जैविक विविधता र वन्यजन्तु शनिबार अशोज २५ , २०८२
चीनमाथि १३०% कर, ट्रम्प–सी बीच व्यापार यु द्ध फेरी च र्कि यो शनिबार अशोज २५ , २०८२
कोशीका मन्त्रीले ‘हिट एण्ड रन’मा उन्मुक्ति पाएकामा गृहमन्त्रीको चासो शनिबार अशोज २५ , २०८२
सुपर सिक्सको समीकरण पूरा, भोलि नेपाल भर्सेस यूएई शनिबार अशोज २५ , २०८२
एमाले भित्रै ओली घे रा ब न्दी मा शनिबार अशोज २५ , २०८२
Next
Prev

समाचार

बाहिर सिंहजस्तै गर्जिए पनि, भित्रभित्रै आत्तिएका छन् रवि?

सोमवार भदौ २ , २०८२
Reading Time: 1 min read
A A
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
२ भदौ , काठमाण्डौ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने यति बेला भौतिक रूपमा कारागारको चार पर्खा भित्र छन् । तर उनको राजनीतिक प्रभाव र उनले सिर्जना गरेको तरंगले देशको सत्ता देखि सडक सम्मलाई निरन्तर हल्लाइरहेको छ।
रवि लाई के हुने हो ?  रविलाई के गर्ने हुन्  र रविले के गर्ने हुन् नि ?  जस्ता प्रश्नले  उनका समर्थक देखि आलोचकहरु सम्मलाई हल्लाइ रहेको छ ।
प्रधानमन्त्री देखि सत्तारुढ दलका सांसद हरूको हरेक जसो भाषणमा रविको नाम छुट्दैन, जसले प्रष्ट पार्छ, जेलभित्रका रविले प्रमुख दल र तिनका नेताहरूको निद्रा कसरी गायब बनाइ दिएका छन् ।
रविको सुनुवाइको दिनहोस् वा अडड सार उनका पक्षमा उनका समर्थक स्वत स्फुर्त रुपमा सडकमा देखिनुले उनीप्रतिको चिन्ता लाई देखाउँछ ।
सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेको हरेक कदम र अभिव्यक्तिले सत्तारुढ दलहरूलाई बेचैन बनाएको छ।
शनिबार रुपन्देही कारागारबाट काठमाडौंको नख्खु कारागार सारिने क्रममा कृष्ण जन्माष्टमीको दिनउनले लेखेको भनिएको सन्देशले यसलाई थप पुष्टि गर्छ ।
पार्टी उपसभापति स्वर्णिम वाग्ले र प्रवक्ता मनिष झा सँगको भेटमा उनले सुनाएको सन्देश थियो, “अब कृष्ण जन्मिने छैन।जन्मेकाहरूले नै कृष्ण बन्नुपर्नेछ ।
४६३ दिनपहिले एक जनाले प्रमाण छ भनेर भने। मैले प्रमाण मागेँ, उसले बल प्रयोग देखायो।मैले न्यायमागेँ, उसको संयन्त्रले प्रतिशोध साध्यो ।
तर पनि म भयभीतछैन।”प्रवक्ता झा काअनुसार, स्थानान्तरणका क्रममा सेतो सर्ट र खरानी रङको पाइन्टमा उनको अनुहार उज्यालो देखिन्थ्यो र मनोबल उच्च थियो ।
तर लामिछानेले जतिसुकै उच्च मनोबल देखाए पनि जेलको बसाइ उनका लागि कदापि सहज भने छैन । साँघुरो, एक्लो कोठामा चौबीसै घण्टा बिताउनु पर्दाको मानसिक अवस्था कल्पना भन्दा बाहिर छ ।
राष्ट्रिय मानव अधिकार आयोगको टोलीले समेत उनको कोठा स्वास्थ्य अनुकूलन भएको, शौचालय खुला रहेको र हावा आस पास हुने ठाउँ नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएको थियो ।
यसअघि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उनलाई भेटेपछि पञ्चायती कालभन्दा खराब अवस्थामा राखिएको भनी सार्वजनिक टिप्पणी गरेका थिए ।
यी तथ्यहरूले उनको बाहिरी आत्म विश्वास र भित्री संघर्ष बीच कति ठूलो खाडल रहेको छ भन्ने देखाएको छ। जेलभित्र बाटै लामिछानेले चालेको एउटा कानुनी कदमले उनलाई झनै ठूलो विवादमा तान्यो ।
उनले बिगो बापतको २ करोड ७४ लाख रुपैयाँ बैंक ग्यारेन्टी बुझाएर थुनाबाहिरै रहेर मुद्दा लड्न पाऊँभन्दै अदालतमा निवेदन दिए । तर, न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले बिगो रकम नै अन्तिम नभएको र साक्षी बुझ्ने जस्ता प्रक्रिया बाँकी रहेको भन्दै उनको निवेदन खारेज गरिदियो ।
यो कदमलाई सत्तारुढ दलहरूले घुमाउरो पाराले अपराध स्वीकार गरेको भन्दै प्रचार गरे ।नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलार नेपाली कांग्रेसकी सांसद ईश्वरी देवी न्यौपानेले संसदमा नै यसलाई रविको स्वीकारोक्तिको रूपमा व्याख्या गरे ।
केही कानुनविद्हरूले पनि यसलाई रविको आत्मघाती कदम भनेका छन् । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीका अनुसार, कैद सजायनहुने मुद्दामा मात्र बिगो बुझाएर थुनामुक्त हुन पाइने कानुनी व्यवस्था छ ।
संगठित अपराधजस्तो गम्भीर आरोप लागेको व्यक्तिले बिगो तिर्छु भन्नुले नैतिक र कानुनी रूपमा उनलाई झन् कमजोर बनाएको छ ।कानुनी ढोकाहरू एकपछि अर्को बन्द हुँदै जाँदा रविभित्र भित्रै आत्तिएको विश्लेषण हुनथालेको छ ।
रुपन्देही जिल्ला अदालतको फैसला कुर्नुको विकल्प अब उनीसँग छैन । अर्कोतर्फ, कास्की अदालतले धरौटीमा छाड्न दिएको आदेशविरुद्ध सरकारी पक्षले दिएको पुनरावेदन उच्च अदालतमा विचाराधीन छ ।
यदि त्यहाँबाट फरक आदेश आएमा उनको थुना अवधि अझै लम्बिन सक्छ । यो तनावमा उनकी पत्नी निकिता पौडेलको संघर्षले रविलाई अर्को  पीडा बोध गराएको छ ।
उनले न्यायाधीशलाई गृहमन्त्री रमेश लेखकले धम्क्याएको  सार्वजनिक आरोप लगाउँदै प्रधानन्यायाधीश र गृहमन्त्रीका नाममा खुलापत्र लेखेकी छन् ।
आफ्नो पछि सरकारी संयन्त्र लगाइएको भन्दै उनले प्रश्न उठाएकी छन्, श्रीमान भेट्न घरबाट निस्किएपछि मेरो पछि पछिकिन र केका डरले लगाउनुहुन्छ तपाईँका संगठन र संरचना? आफ्ना लागि परिवार, विशेषगरी पत्नीले भोगेको यो पीडाले रविलाई भित्रभित्रै गलाएको सहजै अनुमान गर्न सकिन्छ ।
विगतका घटनाक्रमले पनि उनको बेचैनीलाई पुष्टि गर्छ । चैत २२ गते मध्यरातमा अदालतको आदेशन आउँदै प्रहरी उनको बेडरुम सम्म पुग्दा र अन्तिम इच्छा के छ?भनेर सोध्दा उनी आत्तिएका थिए ।
त्यतिबेला उनले सामाजिक सञ्जालमा लेखेका थिए, “सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै आजै अहिले नै गिरफ्तारी दिँदैछु… ममाथि ठूलो अन्याय भएको छ“
अहिले रविदेशको सबैभन्दा ठूलो केन्द्रीय कारागार, नख्खुको भीडमा छन्, जहाँ पहिलो रात उनलाई ४१४ जना कैदीबन्दीको बीचमा राखिएको थियो।
रुपन्देहीमा कात्तिकमा हुन लागेको उपनिर्वाचन नजिकिँदै गर्दा उनको मुद्दा झनै पेचिलो बनेको छ । पूर्व सुरक्षा अधिकारी देखि सत्तारुढ दलकै नेताहरू समेत रास्वपामा प्रवेश गरिरहेको दृश्यले पुराना दलहरूलाई रविलाई अडडा सार गर्न दबाब बढाएको समेत रास्वपाले दाबी गरेको छ  ।
तर पनि रविले भन्ने गरेका छन्, म राज्यको षड्यन्त्र सँग आँखा मिलाएर लड्न चाहन्छु, लुक्नचाहन्नँ।” तर, कानुनी विकल्प साँघुरिँदै जाँदा र चौतर्फी दबाब बढ्दै गर्दा, कारागारको पर्खालभित्रको यो लडाइँ उनका लागि झनै कठिन बन्दै गएको छ ।
यो प्रकरण अब एकव् यक्तिको कानुनी मुद्दा मात्र रहेन,  बरु एक उदाउँदो राजनीतिक शक्ति र स्थापित सत्ता बीचको संघर्षको प्रतीक बनेको छ, जसको अन्तिम फैसला भने अदालतको इजलास र जनताको मत दुवैले गर्नेछन् ।
LS Auto
Tags: ##जेलको पर्खालभित्र छटपटाउँदै रवि#भित्रभित्रै आत्तिएका छन् रवि?#रवि लामिछाने#राष्ट्रिय स्वतन्त्र पार्टीपीडाको सागरमा पत्नी निकिता

लोकप्रीय

नेपाललाई विश्वमा चिनाउने जैविक विविधता र वन्यजन्तु

नेपाललाई विश्वमा चिनाउने जैविक विविधता र वन्यजन्तु

शनिबार अशोज २५ , २०८२
अमेरिका र फिलिपिन्सबाट घेरियो चीन, निकाल्यो विज्ञप्ति

चीनमाथि १३०% कर, ट्रम्प–सी बीच व्यापार यु द्ध फेरी च र्कि यो

शनिबार अशोज २५ , २०८२
कोशीका मन्त्रीले ‘हिट एण्ड रन’मा उन्मुक्ति पाएकामा गृहमन्त्रीको चासो

कोशीका मन्त्रीले ‘हिट एण्ड रन’मा उन्मुक्ति पाएकामा गृहमन्त्रीको चासो

शनिबार अशोज २५ , २०८२

विचार

नेपाललाई विश्वमा चिनाउने जैविक विविधता र वन्यजन्तु

नेपाललाई विश्वमा चिनाउने जैविक विविधता र वन्यजन्तु

शनिबार अशोज २५ , २०८२
अमेरिका र फिलिपिन्सबाट घेरियो चीन, निकाल्यो विज्ञप्ति

चीनमाथि १३०% कर, ट्रम्प–सी बीच व्यापार यु द्ध फेरी च र्कि यो

शनिबार अशोज २५ , २०८२
कोशीका मन्त्रीले ‘हिट एण्ड रन’मा उन्मुक्ति पाएकामा गृहमन्त्रीको चासो

कोशीका मन्त्रीले ‘हिट एण्ड रन’मा उन्मुक्ति पाएकामा गृहमन्त्रीको चासो

शनिबार अशोज २५ , २०८२

थप समाचार

नेपाललाई विश्वमा चिनाउने जैविक विविधता र वन्यजन्तु
समाज

नेपाललाई विश्वमा चिनाउने जैविक विविधता र वन्यजन्तु

शनिबार अशोज २५ , २०८२
अमेरिका र फिलिपिन्सबाट घेरियो चीन, निकाल्यो विज्ञप्ति
अन्तर्राष्ट्रिय

चीनमाथि १३०% कर, ट्रम्प–सी बीच व्यापार यु द्ध फेरी च र्कि यो

शनिबार अशोज २५ , २०८२
कोशीका मन्त्रीले ‘हिट एण्ड रन’मा उन्मुक्ति पाएकामा गृहमन्त्रीको चासो
कोशी

कोशीका मन्त्रीले ‘हिट एण्ड रन’मा उन्मुक्ति पाएकामा गृहमन्त्रीको चासो

शनिबार अशोज २५ , २०८२
विश्वकप छनोटमा नेपालको शानदार इन्ट्री,कुवेत ५८ रनले पराजित
खेलकुद

सुपर सिक्सको समीकरण पूरा, भोलि नेपाल भर्सेस यूएई

शनिबार अशोज २५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: गाजामा उत्सव,विपिन बेखबर,चीनमा सामाजिक सञ्जालमा कडाइ || Nepal Times

World News: गाजामा उत्सव,विपिन बेखबर,चीनमा सामाजिक सञ्जालमा कडाइ || Nepal Times

00:19:45

World News: कोल्ड्रिफ कफ सिरपका मालिक पक्राउ, तालि*बानी मन्त्री भारतमा यो ।|| Nepal Times

00:13:56

World News: Pakistanलाई Americaको घात*क मिसाइल, कार्नी अमेरिकामा–स्टार्मर भारतमा || Nepal Times

00:17:20

World News: जर्जियाको प्रदर्शनमा नेपाली झण्डा, इजिप्ट वार्ता जारी || Nepal Times

00:22:34

World News: Bangladeshले तैनाथ गर्यो यु*द्धपोत, चटगाउँ हिं*साबारे Indiaको खण्डन || Nepal Times

00:18:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतमा ३५२ करोड कालोधन भेटियो,पैसा गन्न ३६ मेसिन

भारतमा ३५२ करोड कालोधन भेटियो,पैसा गन्न ३६ मेसिन

बुधबार अशोज २२ , २०८२
जेन–जीसंग एमालेको पौंठेजोरी किन ?

ओलीलाई सुशीलाको काउन्टरः जेनजी आन्दोलन स्वीकार्नु अनि सुध्रिनु

शुक्रबार अशोज २४ , २०८२
जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

शुक्रबार अशोज २४ , २०८२

हालका पोस्टहरू

नेपाललाई विश्वमा चिनाउने जैविक विविधता र वन्यजन्तु

नेपाललाई विश्वमा चिनाउने जैविक विविधता र वन्यजन्तु

शनिबार अशोज २५ , २०८२
अमेरिका र फिलिपिन्सबाट घेरियो चीन, निकाल्यो विज्ञप्ति

चीनमाथि १३०% कर, ट्रम्प–सी बीच व्यापार यु द्ध फेरी च र्कि यो

शनिबार अशोज २५ , २०८२
कोशीका मन्त्रीले ‘हिट एण्ड रन’मा उन्मुक्ति पाएकामा गृहमन्त्रीको चासो

कोशीका मन्त्रीले ‘हिट एण्ड रन’मा उन्मुक्ति पाएकामा गृहमन्त्रीको चासो

शनिबार अशोज २५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.