अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

८ भदौ , काठमाण्डौ । 
मिती थियो २ अगस्ट २०२५, जब अस्ट्रेलियाको आकाशमा एउटा सानो यात्रुवाहक विमान अचानक बेपत्ता भयो। मानौं, हावाले त्यसलाई निल्यो। २२ दिन बितिसक्दा पनि त्यसको कुनै सुइँको सम्म भेटिएको छैन।
न कुनै संकटको संकेत आयो, न कुनै रेडियो सम्पर्क भयो। यो रहस्यले सबैलाई चकित पारेको छ कि आखिर त्यो विमान सँग के भयो, जसमा ७२ वर्षीय ग्रेगरी भन, उनकी ६६ वर्षीया साथी किम वार्नर र उनीहरूको प्यारो कुकुर ’मली’ सवार थिए।
अन्तराष्ट्रिय संचारमाध्यामका अनुशार यो घटना तस्मानियाको जर्ज टाउन एयरपोर्ट बाट सुरु हुन्छ। दिउँसो करिब १२ः४५ बजे ग्रेगरी र किमको विमान आफ्नो निर्धारित उडानका लागि आकाशमा उड्यो।
विमानको पहिलो गन्तव्य भिक्टोरिया थियो, जहाँ केही बेर रोकिएपछि उनीहरू न्यू साउथ वेल्सको हिल्सटन एयरपोर्टका लागि प्रस्थान गर्ने योजना थियो। यो सानो यात्रुवाहक विमान ग्रेगरीले चार महिनाअघि मात्र किनेका थिए।
विमानले बास स्ट्रेटको विशाल समुद्र माथि बाट उड्दै आफ्नो गन्तव्यमा पुग्नुपर्ने थियो। तर, साँझ ५ बजे सम्म पनि परिवार र साथी भाइले कुनै खबर नपाए पछि सबैको मनमा चिन्ता बढ्न थाल्यो।
परिवारले तुरुन्तै एयरपोर्टका अधिकारीहरूसँग सम्पर्क गरे। अस्ट्रेलियाली समुद्री सुरक्षा प्राधिकरणले ढिलाइ नगरी विमानको खोजीका लागि सर्च अपरेसन सुरु ग¥यो। प्रहरीको डुङ्गा, हेलिकप्टर र फेरीहरूले उत्तरी तस्मानिया, बास स्ट्रेट र दक्षिणी भिक्टोरियाका क्षेत्रहरूमा विमानको खोजी गरिरहेका छन्।
तर, अहिलेसम्म न कुनै भग्नावशेष भेटिएको छ, न कुनै संकेत।जर्ज टाउनका उडान प्रशिक्षक युजिन रिडका अनुसार, साना विमानहरूका लागि तट छोड्नु अघि एयर सर्भिसलाई जानकारी दिनुपर्ने अनिवार्य नियम छ। तर, ग्रेगरीले त्यसो गरेनन्।
जर्ज टाउनमा हरेक साना विमानको निगरानी हुँदैन। यदि कसैले आफ्नो ह्याङ्गर बाट विमान निकालेर उडान भर्छ भने, त्यसको पत्ता लगाउन गाह्रो हुन्छ।
सबैभन्दा अचम्मको कुरा त यो छ कि विमान बाट कुनै आपतकालीन संकेत पनि आएन। यदि कुनै दुर्घटना भएको भए, आपतकालीन स्याटेलाइट बिकन सक्रिय हुनुपथ्र्यो, तर त्यो पनि मौन रह्यो।
तस्मानिया प्रहरीका इन्स्पेक्टर निकक्लार्कले स्थानीय सञ्चारमाध्यमलाई बताए अनुसार ग्रेगरी एक अनुभवी पाइलट थिए। उनी स्थानीय फ्लाइङ क्लबका प्रमुख सदस्य थिए र उडानमा उनको लामो अनुभव थियो।
तर, उनको यात्रुवाहक विमान नयाँ थियो। के त्यसमा कुनै प्राविधिक गडबडी थियो ? वा यो बेपत्ता हुनुको पछाडि कुनै अर्कै रहस्य थियो? हरेक बित्दो दिनसँगै यो रहस्य झनै गहिरिँदै गएको छ।
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top