×

NEPAL TIMES UPDATES

Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026
Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026
Playing
रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन || Nepal Times
Apr 23, 2026
Playing
Iran यु द्धमा Trumpको शक्ति घटाउने विधेयक पाँचौँ पटक अस्वीकृत || Nepal Times
Apr 23, 2026
Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली गर्ने तयारी|| Nepal Times
Apr 23, 2026
Playing
चीनले इरानलाई पठाएको ’उपहार’ ट्रम्पले खोसे || Nepal Times
Apr 23, 2026

लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल

८ भाद्र २०८२
८ भदौ , काठमाण्डौ । 
भारतले शक्तिशाली वायु रक्षा प्रणालीको सफल परीक्षण गरेको छ । रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ) ले एकीकृत वायु रक्षा हतियार प्रणाली ((इन्टिग्रेटेड एयर डिफेन्स वेपन सिस्टम,आईएडीडब्ल्यूएस) को पहिलो परीक्षण गरेको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार ओडिसाको तटमा गरिएको पहिलो परीक्षण सफल भएको छ।अधिकारीहरूका अनुसार, यो प्रणालीमा सतहबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्र, छोटो दूरीको क्षेप्यास्त्र र उच्च–शक्तिको लेजर हतियार समावेश छ।
यो प्रणाली शत्रुका लडाकु विमान, ड्रोन र क्रुज क्षेप्यास्त्रजस्ता हवाई खतराबाट जोगाउन विकास गरिएको बताइएको छ।रक्षामन्त्री राजनाथ सिंहले वायु रक्षा प्रणालीको सफल परीक्षणमा डीआरडीओलाई बधाई दिएका छन्।उ
नले एक्समा लेखेका छन्, ‘यसले शत्रुको हवाई खतराविरुद्ध लड्न मद्दत गर्नेछ र देशको रक्षा रेखालाई अझ बलियो बनाउनेछ।’ पछिल्लो समय भारत लगातार सैन्य क्षमताहरु बलियो बनाउनमा जुटेको छ ।
यसै संदर्भमा उसले मल्टिलेयर एयर डिफेंस सिस्टमको क्षेत्रमालामो छलांग लगाएको हो । राजनाथ सिंहले भनेका छन्, इंटीग्रेटेड एयर डिफेंस वेपन सिस्टम एक बहु–स्तरीय वायु रक्षा प्रणाली हो ।
यसमा कयौं स्वदेशी मिसाइलहरु र एक शक्तिशाली लेजर हतियार पनि सामेल छ । यो सिस्टम दुश्मनका हवाई हमलाहरुबाट देशको सुरक्षा गर्न सक्षम छ ।
यसमा क्विक रिएक्शन सरफेस टू एयर मिसाइल, एडभांस्ड भेरी शर्ट रेंज एयर डिफेंस सिस्टम मिसाइलहरु र डायरेक्टेड एनर्जी वेपन पनि रहेको छ ।
डायरेक्टेड एनर्जी वेपन एक यस्तो हतियार हो जसले लेजर जस्ता ऊर्जाको प्रयोग गर्छ । यो हावामा दुश्मनका फाइटर जेट र मिसाइलहरुलाई मार हान्न सक्षम छ ।
डीआरडीओले यो सफलताका लागि भारतीय सशस्त्र बलहरु र यसलाई डेभलप गर्नेहरुलाई बधाई दिएको छ । उसले भनेको छ, अनूठा उडान परीक्षणले देशको बहु–स्तरीय वायु रक्षा क्षमतालाई स्थापित गरेको छ ।
डीआरडीओले भनेको छ कि यो एयर डिफेंस सिस्टम महत्वपूर्ण सुविधाहरु सम्पन्न छ । जसले दुश्मनका हवाई खतरहरुबाट बचाउन सहयोगी साबित हुने छ ।
भारतीय अधिकारीहरुले यसलाई रूसी एस–५०० जस्तै उन्नत वायु रक्षा प्रणाली भनेका छन् । यसले ब्रह्मोस जस्ता मिसाइलहरुसहित ड्रोन जस्ता हवाई खतराहरुलाई  हावामा नै नष्ट गर्न सक्छ ।
रूसकोएस ५०० प्रोमिथियस एक शक्तिशाली वायु रक्षा प्रणाली हो । जसले हाइपरसोनिक मिसाइलहरु र उपग्रहसम्मलाई निशाना बनाउन सक्छ ।
अहिले भारतले परीक्षण गरेको आईएडिडब्लुएस यसको बहुस्तरीय र स्वदेशी प्रविधिहरुका कारण एस ५००भन्दा क्षमतावान रहेको भारतीयहरुको दाबी छ ।
यो प्रणाली स्टील्थ प्रविधियुक्त एफ–३५ र एसयु–५७ जस्ता विमानहरुलाई ट्रयाक र नष्ट गर्न सक्षम रहेको दाबी गरिएको छ । जसले यसलाई  वैश्विक रक्षा परिदृश्यमा एक गेम–चेंजर बनाइदिएको छ ।
आईएडिडब्लुएस को लेजर–आधारित डीइडब्लु प्रविधिले यसलाई विशेष रूपले घातक बनाएको छ, किनभने यसले बिना कुनै पारंपरिक मिसाइल सटीक हमला गर्न सक्छ ।
यसैबीच भारतले वायुसेना र नौसेनाको शक्ति बढाउन दुई ठुला सम्झौता गर्ने भएको छ । पहिलो सम्झौतामा रक्षा मन्त्रालय र माजागन डकयाड्र्स लिमिटेड (एमडीएल) ले जर्मनीबाट ६ वटा पनडुब्बी किन्ने भएका छन्।
सरकारले ‘प्रोजेक्ट ७५ इन्डिया’ अन्तर्गत भारतमा बनाइने यी पनडुब्बीहरू खरिदका लागि वार्ता सुरु गर्न स्वीकृति दिएको हो। यो सम्झौता ७० हजार करोड भारतीय रुपैयाँमा हुने बताइएको छ ।
यसैबिच, भारत सरकारले इजरायली ¥याम्पेज एयर–टु–ग्राउन्ड मिसाइलहरूको ठुलो खेप किन्न लागेको छ । स्रोतका अनुसार, यो आदेश चाँडै नै फास्ट–ट्र्याक प्रक्रिया अन्तर्गत दिइनेछ ।
यसअघि, पाकिस्तानको मुरिदके र बहावलपुरमा रहेको आतंकवादी मुख्यालयमा सटीक आक्रमणमा ¥याम्पेज मिसाइलहरू प्रयोग गरिएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएको छ ।
रक्षा मन्त्रालयले जनवरीमा जर्मन कम्पनी थाइसेनक्रुप मरिन सिस्टम्ससँग मिलेर एयर इन्डिपेन्डेन्ट प्रोपल्सन सिस्टम भएका छ वटा पनडुब्बीहरू निर्माण गर्न माजागन डकयार्डस्लाई आफ्नो साझेदारको रूपमा छनोट गरेको थियो।
रक्षा अधिकारीहरूले समाचार एजेन्सी एएनआईलाई बताए अनुसार रक्षा मन्त्रालय र एमडीएल बिच यस महिनाको अन्त्य सम्ममा प्रक्रिया सुरु हुने अपेक्षा गरिएको छ ।
रक्षा मन्त्रालय र भारतीय नौसेना आगामी ६ महिनामा सम्झौता वार्ता पूरा गर्ने र अन्तिम स्वीकृति पाउने आशामा छन्। रक्षा मन्त्रालयको उद्देश्य देशमा परम्परागत पनडुब्बीहरूको डिजाइन र निर्माणको लागि स्वदेशी क्षमता विकास गर्नु हो ।
Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top