×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

सुटकेस भित्र भेटिएकी रुबीका हत्याराआगो लागेको अवस्थामाफेला

११ भाद्र २०८२
११ भदौ , काठमाण्डौ ।
रौतहटमा बीच सडकमा फालिएको बन्द सुटकेस भित्र मृत भेटिएकी रुबी साहको हत्या आरोपीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत आइतबार देखि प्रहरीले खोजी गर्दा नभेटिएका उनी आज विहान भने शरीर जलेको अवस्थामा फेला परेका छन् ।
आरोपी लक्ष्मण पासवान रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरबाट पश्चिमतर्फको बगैंचा हुँदै बिसुनपुरवा–मानपुर जाने बाटोमा जलेर घाइते भएको अवस्थामा फेला परेका हुन् ।
उनलाई प्रहरीले नियन्त्रणमा लिएर अस्पताल पु¥याएको छ र घटनाबारे अनुसन्धान जारी राखेको छ ।गत शनिबार गौर बजार जानभनेर डेराबाट निस्किएकी रुबीको शव सुटकेस मा प्याक गरेको अवस्थामा भेटिएको थियो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी नेत्रमणी गिरीका अनुसार हत्याका मुख्य आरोपी पासवानले आफ्नो शरीरमा आफैंले आगो लगाएको अवस्थामा भेटिएका हुन् ।
माधवनारायण नगरपालिका–६ स्थित नहर अगाडि आज बिहान करिब साढे ६ बजे एक जना व्यक्तिले आत्मदाह गर्न लागेको सूचना पाएपछि पुगेको प्रहरीले पासवान लाई शरीर जलेर घाइते भएको अवस्थामा फेला पारेको एसपी गिरीले बताए ।
उनले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीको भनाइ छ । उनलाई गम्भीर अवस्थामा फेला पारेको प्रहरीले उपचारका लागि गरुडामा रहेको एक अस्पतालमा पु¥याएको छ ।
‘पासवानले आफ्नै घर नजिकआगो लगाएर आत्महत्याको प्रयास गरेका रहेछन्,’ गिरीले भने, ‘हामीअहिले उपचारमा जुटेका छौं । अहिले नै के भएको हो भन्न सक्ने अवस्थामा छैनौं । पासवानबोल्न सक्ने अवस्थामा छैनन् ।’
रुबीको हत्यापछि फरार पासवानले मंगलबार राति इन्स्टाग्राममा केहीबोलेकाथिए । त्यसैलाई पिछा गर्दै प्रहरी पासवान बसेको स्थानपुगेको हो । तर उनले शरीरमाआगो लगाएर आत्महत्यागर्न खोजेको प्रहरीको भनाइ छ ।
शनिबार साँझ गौर स्थित कोठा रुबी ब्यूटी पार्लर जानभनेर निस्किएकी थिइन् । आइतबार भारतको मुजफरपुर स्थित रोक्साटोल घर जाने तयारीका लागि रुबी अनुहारमा फेसियल गर्न पार्लर गएकी हुन् ।
उनी फेसियल गरेर बाहिरिए पछि पासवानले रुबीको हत्या भएको थियो ।सोही राति १० बजेतिर गौर–सिरसिया सडकखण्ड अन्तर्गत गौर नगरपालिका–९ मुडवाल गेटस्थित सडकमा बेवारिसे अवस्थामा सुटकेस देखेपछि स्थानीयले प्रहरीलाई खबर गरे ।
प्रहरी तत्कालै घट्नास्थल पुग्यो । शंकास्पद सुटकेस खोलेनन् । बिहान पख खोलेर हेर्दा रुबीको शव फेला पारेको थियो । माधोपुर घर भएका पासवानको गौरस्थित डेराबाट रुबीको चप्पल फेलापारे पछि प्रहरीले हत्यामा उनकै संलग्नता भएको भन्ने निष्कर्षमा पुगेको थियो।
रुबीको हत्या पछि मोबाइल अफ गरेर लक्ष्मण पासवान घर वरपर लुकेर बसेका थिए ।आज पूरै शरीर जलेर गम्भिर घाइते पासवान लाई थप उपचारको लागि कीर्तिपुर बर्न अस्पताल लैजाने तयारी भइरहेको प्रहरी निरीक्षक रुद्र कँडेलले जानकारी दिए ।
पासवान बोल्न सक्दैनन् । उनी मुन्टो हल्लाउँछन् मात्र । पासवानको अनुहार पूरै डढेको छ । यसअघि रुबीको शव लुकाउन प्रयोग भएको ई–रिक्सा चालकलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ परेका व्यक्ति गौर बजारका ई–रिक्सा चालक राजकुमार महरा हुन् । रुबीको हत्या गर्ने लक्ष्मणले शव सुटकेसमा राखेर फाल्न लैजान महराको ई–रिक्सा ५ सयमा भाडामा लिएका थिए ।
गगापिप्रागाउँ सम्म सुटकेस लैजान हत्याराले ई–रिक्सा भाडामा लिएको प्रहरीको भनाइ छ । मुडलवा गेटनजिक पुगेपछि ई–रिक्साको चक्कामा समस्या आएको थियो । त्यसपछि ई–रिक्सालाई फिर्ता पठाइ सुटकेस सडकमै राखेर भागेको प्रहरीको भनाइ छ ।
पक्राउ परेका महराले सुटकेस भित्र के सामान छ भन्ने आफूलाई थाहा नभएको बयान दिएका थिए । उता रुवीको हत्या आरोपमा पक्राउ परेका पासवान केही समयअघि मात्रै मलेसिया बाट नेपाल फर्किएको पाइएको छ।
उनले विदेशबाट फर्किँदा ल्याएकै सुटकेस रुबीको शव फाल्न प्रयोग गरेको तथ्य प्रहरीले पत्ता लगाएको छ। २६ वर्षकी रुबीलाई त्यस साँझ बोलाएर हत्या गरेको अनुसन्धान अधिकृतको दाबी छ।
शनिबार साँझ केही सामान लिन जान्छु भन्दै गौर गएकी छोरी नफर्किएको उनकीआमा मिथिला देवीले बताएकी छन्। तर त्यसै रातिगौर नगरपालिका ९ मुडवलवा गेट नजिक सडकमा बेवारिसे अवस्थामा सुटकेस फेला परेको थियो।
राति नै स्थानीयले प्रहरीलाई खबर गरे पनिप्रहरीले आइतबार बिहान स्थानीयको रोहबरमा सुटकेस खोलेर हेर्दा शव फेला परेको थियो।रुबीको १३ वर्ष पहिले भारतको मुजफरपुर काशिव सागर सुडीसँग विवाह भएको थियो।
घटना पछि रुबीका श्रीमान् पनि प्रहरीको सम्पर्कमा पुगेका छन्। रुबी भने केही महिना पहिले देखि मात्रै आमा सँग डेरा लिएर बस्दै आएकी थिइन्।
भारतमा घरबाट विद्यालय टाढा भएकाले छोरा पढाउन उनी यता डेरामा बस्न थालेकी थिइन्। लक्ष्मण पासवानलाई भेट्नु पहिले उनी ब्युटिपार्लर गएको र छोरालाई जुस ल्याइदिन्छु भनेर फोन गरेको खुलेको प्रहरीको दाबी छ।
रातिसम्म पनि घर नफर्किए पछि आमाले खोजीगर्दा उनको मोबाइलमा पहिले फोन उठेन। राति ९ बजेतिर भने स्वीचअफभएको थियो।त्यसको केही समयमै सुटकेस फेला परे पनि भोलिपल्ट बिहानमात्रै शव रहेको खुलेको थियो।
Advertisement

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top