NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चीनको तियानजिनबाट पुटिन र मोदीले विश्व हल्लाए सोमवार भदौ १६ , २०८२
लेखजंगलाई छानेपछि रास्वपालाई आपत,पत्रकार सम्मेलन स्थगित सोमवार भदौ १६ , २०८२
पुटिन शिकारी, ट्रम्प रुसी एजेन्ट, कसले लगायो यी गम्भीर आरोप शनिबार भदौ १४ , २०८२
रोनाल्डाको टोली नासरको जित, फेलिक्सको ह्याट्रिक शनिबार भदौ १४ , २०८२
वीरगन्जमा विद्यालाई ५१ किलोको माला, एमालेले गर्यो भव्य स्वागत शनिबार भदौ १४ , २०८२
Next
Prev

समाचार

प्रहरीको संस्थापक आईजीपी पनि लिम्बु, ७० वर्ष पछि बने खापुङ

शुक्रबार भदौ १३ , २०८२
Reading Time: 1 min read
A A
प्रहरीको संस्थापक आईजीपी पनि लिम्बु, ७० वर्ष पछि बने खापुङ
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१३ भदौ ,काठमाण्डौ ।

नेपाल प्रहरीको प्रहरी महानिरीक्षक आईजीपीमा एआईजी चन्द्रकुवेर खापुङ नियुक्त भएका छन् । मन्त्रिपरिषदको शुक्रबार बसेको बैंठकले खापुङलाई आईजीपी नियुक्तगर्ने निर्णय गरेको हो ।

उनी नेपाल प्रहरीका ३२औँ आईजीपी बनेका छन् । हालका आईजीपी दिपक थापा एक सातापछि भदौ १९ बाट प्रहरीको ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जाने भएपछि खापुङ लाई १९ गतेबाट नै कमान्ड सम्हाल्ने गरी आईजीपी नियुक्तगर्ने निर्णय गरेको हो।

LS Auto

खापुङ अहिलेप्रहरीको केन्द्रीय अनुसन्धानब्युरो प्रमुख छन् । खापुङ आफ्नो ब्याचका एक्लाए आईजी हुन्।अरू एआईजी उनीभन्दा जुनियर हुन्। नवनियुक्त आईजीपी खापुङले भदौ १९ गतेदेखि कार्यभार सम्हाल्नेछन्।

प्रधानमन्त्रीकेपीशर्मा ओलीशनिबार चीन भ्रमणमा जाने र १८ गते मात्रै फर्किने भएकाले त्यसअघि नै आईजीपी नियुक्त गरिएको हो। यसअघि प्रहरी नायब महानिरीक्षक डीआईजी हुँदापनि सीआईबीमै कार्यरत रहेका उनी एआईजी भएपछि पनि त्यहीँ पदस्थापन भएका थिए।

त्यसअघि उनी कोशी प्रदेशको प्रहरी प्रमुख थिए। वर्तमान प्रहरी महानिरीक्षक दीपक थापाको ३० वर्षे सेवाअवधि बढाउने चर्चा चलिरहेको बेला ५ दिन अघि खापुङलाई सरकारले महानिरीक्षकमा नियुक्ति गरेको छ ।

२०५२ कात्तिक २७गते १ सय १० टोलीबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) बनेर प्रहरी सेवा खापुङ प्रवेश गरेका थिए । २०१० सालमामुक्ति सेनाका ज्ञान बहादुर याक्थुङ्वालाई नेपालपुलिसको प्रमुखबनाई २०१२ सालबाट बैधानिक रुपले प्रहरी युनिट गठन भएको थियो ।

नेपाल प्रहरीको ७० वर्षे इतिहासमा खापुङ लिम्बु समुदाय बाट दोस्रो प्रहरी प्रमुख बन्न सफल भएका छन् । तेह्रथुम मेन्छयायेम गाउँपालिका वडा नम्बर ६ मा मध्यम परिवारमा २०२७ सालमाजन्मेका खापुङ बुवा ललित बाहादुर र आमा गंगा माया खापुङका ६ भाइ मध्ये साहिला हुन् ।

२०४२ सालमा एसएलसी उत्तिर्ण गरेका खापुङले स्नातक तह सम्म कानुन विषयमा अध्ययन गरे । पछि उनले स्नात्तकोत्तर लैङ्गिक विषयमा अध्ययन पुरा गरे । श्रीमती भावना श्रेष्ठ समेत प्रहरी सेवामै कार्यरत थिइन ।

उनले डिएसपी बाट २० वर्षे सेवा गरी स्वेच्छिक अवकास लिइसकेकी छन् । खापुङका दुई छोरा छन् । खापुङ प्रहरी सेवामाप्रवेश गर्दा ब्याजीमा ४० जना थिए । त्यसमध्ये अहिले ३ जना लालमणि आचार्य, कृष्णहरि शर्मा एआइजिसम्मआइपुगेका थिए ।

एआइजी हुने क्रममा खापुङ पहिलो नम्बरमा बढुवा भएका थिए । खापुङको सेवा काल आगामी कात्तिक २७ गते सकिन्छ । नवनियुक्त प्रहरी महानिरीक्षक खापुङले प्रहरी संगठनको महत्वपूर्ण जिम्मेवारीको कमाण्ड गरेकै कारण बढुवामा पर्दै गएका व्यक्ति हुन् ।

खापुङ २०५२ मा इन्स्पेक्टरबाट प्रहरी सेवामाप्रवेश गरेपछि २०६४ मा डिएसपी, २०७३ मा एसपी, २०७६ मा एसएसपी, २०७९ मा डिआइजी र २०८२ मा एआइजी हुँदै आइजीपी हुन सफल भएका छन् ।

सरल, सालिन व्यक्तित्व भएका खापुङको कमाण्ड र नेतृत्व अब्बल छ । धेरै समय उपत्यका भित्रका महत्वपूर्ण वृत्त, शाखाहरुको नेतृत्व गरेको अनुभव खापुङले संगालेका छन् ।

उपत्यका प्रहरी कार्यालय हनुमान ढोका, अपराध महाशाखा र काठमाडौं अप्रेशनको पटक–पटक जिम्मेवार सम्हालेका खापुङले नेपाल टाइम्ससँग भने– ‘सबै भन्दा बढि उपत्यकाका महत्वपूर्ण विभागहरुको कमाण्ड लिने मध्येमा पर्छु ।’

खापुङले दरबारमार्ग, गौशला, चापागाउँहुँदै बागलुङमा प्रहरी प्रमुख रहेर जिम्मेवारी पुरा गरेका छन् । त्यससँगै खापुङसँग प्रहरी संगठनभित्र सबै भन्दा बढि जिम्मेवार मानिने कर्मचारी प्रशासन, भर्ना छनौट महाशाखा, अख्तियार आयोग, बागमती र कोशीको प्रमुखभएर सफलतापूर्वक कमाण्ड सम्हालेको अनुभव छन् ।

कोशी प्रदेश प्रमुखबाट सीआइबीमा सरुवा भएका खापुङको दुई पद त्यहीबाट बढुवा हुने अबसर पाएका छन् । सीआइबीमा रहेकै बेला एआइजी बढुवा पाएर प्रमुख बनेका खापुङ त्यहीबाट प्रहरी महानिरीक्षकमा नियुक्त भएका छन् ।

वर्तमान प्रहरी निरिक्षक थापा भदौ १८ गते राति १२ बजेबाट अवकाशहुँदै गरेका छन् । खापुङले सोही दिनदेखि प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्ने छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चीन भ्रमण गएर १८ गते मात्रै फर्किने भएका कारण शुक्रबारको मन्त्रिपरिषद् बैठकले खापुङलाई प्रहरी महानिरीक्षकमा नियुक्ति गर्ने निर्णय गरेको हो ।

तीन दशकको सेवा यात्रामा उनले अपराध अनुसन्धान देखि प्रदेश कमान्ड सम्मका संवेदनशील र चुनौतीपूर्ण जिम्मेवारीहरू सदैव सफा छवि, निष्पक्ष निर्णय र परिणाम मुखी कार्यशैली सहित पूरा गरेका छन्।

कुनैपनि विवादमा नपरी, केवल आफ्नो काम र कर्मको बलमा संगठन भित्र विश्वासिलो नाम कमाएका उनी सहकर्मी र अधीनस्थहरूमा समान रूपमा प्रेरणादायी मानिन्छन्।

झन्डै दुई महिनामात्र भएपनि, उनको नेतृत्वले प्रहरी संगठनमा पारदर्शिता, अनुशासन र जनविश्वासको नयाँ उचाइ ल्याउने विश्वास गरिएको छ।

खापुङको आगमनले प्रहरी इतिहासमै छोटो तर प्रभावशालीकार्यकालको उदाहरण स्थापितगर्ने अपेक्षागरिएको छ।

अब नयाँ प्रहरी ऐन जारी भएमा खापुङको सेवा अवधि हालको प्रावधान अनुसार ६ महिना थपिनेछ । तर, ऐन नआएमा उनीपनि ३० बर्षे सेवाअवधिका कारण कात्तिक २६ गतेदेखि अवकाशमा जानेछन् ।

Tags: #प्रहरीको ३२ औंआईजीपी#प्रहरीको संस्थापक आईजीपी

लोकप्रीय

चीनको तियानजिनबाट पुटिन र मोदीले विश्व हल्लाए

चीनको तियानजिनबाट पुटिन र मोदीले विश्व हल्लाए

सोमवार भदौ १६ , २०८२
लेखजंगलाई छानेपछि रास्वपालाई आपत,पत्रकार सम्मेलन स्थगित

लेखजंगलाई छानेपछि रास्वपालाई आपत,पत्रकार सम्मेलन स्थगित

सोमवार भदौ १६ , २०८२
ट्रम्प–पुटिन वार्ताः एजेण्डा युद्धविराम

पुटिन शिकारी, ट्रम्प रुसी एजेन्ट, कसले लगायो यी गम्भीर आरोप

शनिबार भदौ १४ , २०८२

विचार

चीनको तियानजिनबाट पुटिन र मोदीले विश्व हल्लाए

चीनको तियानजिनबाट पुटिन र मोदीले विश्व हल्लाए

सोमवार भदौ १६ , २०८२
लेखजंगलाई छानेपछि रास्वपालाई आपत,पत्रकार सम्मेलन स्थगित

लेखजंगलाई छानेपछि रास्वपालाई आपत,पत्रकार सम्मेलन स्थगित

सोमवार भदौ १६ , २०८२
ट्रम्प–पुटिन वार्ताः एजेण्डा युद्धविराम

पुटिन शिकारी, ट्रम्प रुसी एजेन्ट, कसले लगायो यी गम्भीर आरोप

शनिबार भदौ १४ , २०८२

थप समाचार

चीनको तियानजिनबाट पुटिन र मोदीले विश्व हल्लाए
अन्तर्राष्ट्रिय

चीनको तियानजिनबाट पुटिन र मोदीले विश्व हल्लाए

सोमवार भदौ १६ , २०८२
लेखजंगलाई छानेपछि रास्वपालाई आपत,पत्रकार सम्मेलन स्थगित
ताजा समाचार

लेखजंगलाई छानेपछि रास्वपालाई आपत,पत्रकार सम्मेलन स्थगित

सोमवार भदौ १६ , २०८२
ट्रम्प–पुटिन वार्ताः एजेण्डा युद्धविराम
अन्तर्राष्ट्रिय

पुटिन शिकारी, ट्रम्प रुसी एजेन्ट, कसले लगायो यी गम्भीर आरोप

शनिबार भदौ १४ , २०८२
रोनाल्डाको टोली नासरको जित, फेलिक्सको ह्याट्रिक
खेलकुद

रोनाल्डाको टोली नासरको जित, फेलिक्सको ह्याट्रिक

शनिबार भदौ १४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मोदीको निशानामा पाकिस्तान, राष्ट्रसंघका १९ कर्मचारी हु*थीको क*ब्जामा || Nepal Times

World News: मोदीको निशानामा पाकिस्तान, राष्ट्रसंघका १९ कर्मचारी हु*थीको क*ब्जामा || Nepal Times

00:13:44

World News: Modi-Putinलाई Xiको वेलकम, China-Taiwan लक्षित जापानी क्षेप्यास्त्र || Nepal Times

00:17:42

World News: इजरेली अधिकारीलाई बेलायत प्रवेमा रोक, ६९ आप्रवासी पानीमा डु*बे || Nepal Times

00:20:55

World News: रुसको कालो धान भारतले सेतो बनायो, भारतमा पैसा खन्याउदै जापान || Nepal Times

00:22:57

World News: अमेरिकामा फेरि चल्यो गो*ली, अर्जेन्टिनी राष्ट्रपतिमाथि बोतल प्र*हा || Nepal Times

00:15:55

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

प्रहरीको संस्थापक आईजीपी पनि लिम्बु, ७० वर्ष पछि बने खापुङ

प्रहरीको संस्थापक आईजीपी पनि लिम्बु, ७० वर्ष पछि बने खापुङ

शुक्रबार भदौ १३ , २०८२
२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

रवि छुट्ने संभावना अझै बाँकी,कैफियत प्रतिवेदन झिकाउने आदेश

बुधबार भदौ ११ , २०८२
ओलीले किम, सी, पुटिनसँग बसेर सैन्य परेड हेर्ने

ओलीले किम, सी, पुटिनसँग बसेर सैन्य परेड हेर्ने

बिहिबार भदौ १२ , २०८२

हालका पोस्टहरू

चीनको तियानजिनबाट पुटिन र मोदीले विश्व हल्लाए

चीनको तियानजिनबाट पुटिन र मोदीले विश्व हल्लाए

सोमवार भदौ १६ , २०८२
लेखजंगलाई छानेपछि रास्वपालाई आपत,पत्रकार सम्मेलन स्थगित

लेखजंगलाई छानेपछि रास्वपालाई आपत,पत्रकार सम्मेलन स्थगित

सोमवार भदौ १६ , २०८२
ट्रम्प–पुटिन वार्ताः एजेण्डा युद्धविराम

पुटिन शिकारी, ट्रम्प रुसी एजेन्ट, कसले लगायो यी गम्भीर आरोप

शनिबार भदौ १४ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.