×

NEPAL TIMES UPDATES

Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026

प्रहरीको संस्थापक आईजीपी पनि लिम्बु, ७० वर्ष पछि बने खापुङ

१३ भाद्र २०८२

१३ भदौ ,काठमाण्डौ ।

नेपाल प्रहरीको प्रहरी महानिरीक्षक आईजीपीमा एआईजी चन्द्रकुवेर खापुङ नियुक्त भएका छन् । मन्त्रिपरिषदको शुक्रबार बसेको बैंठकले खापुङलाई आईजीपी नियुक्तगर्ने निर्णय गरेको हो ।

Advertisement
Advertisement

उनी नेपाल प्रहरीका ३२औँ आईजीपी बनेका छन् । हालका आईजीपी दिपक थापा एक सातापछि भदौ १९ बाट प्रहरीको ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जाने भएपछि खापुङ लाई १९ गतेबाट नै कमान्ड सम्हाल्ने गरी आईजीपी नियुक्तगर्ने निर्णय गरेको हो।

खापुङ अहिलेप्रहरीको केन्द्रीय अनुसन्धानब्युरो प्रमुख छन् । खापुङ आफ्नो ब्याचका एक्लाए आईजी हुन्।अरू एआईजी उनीभन्दा जुनियर हुन्। नवनियुक्त आईजीपी खापुङले भदौ १९ गतेदेखि कार्यभार सम्हाल्नेछन्।

प्रधानमन्त्रीकेपीशर्मा ओलीशनिबार चीन भ्रमणमा जाने र १८ गते मात्रै फर्किने भएकाले त्यसअघि नै आईजीपी नियुक्त गरिएको हो। यसअघि प्रहरी नायब महानिरीक्षक डीआईजी हुँदापनि सीआईबीमै कार्यरत रहेका उनी एआईजी भएपछि पनि त्यहीँ पदस्थापन भएका थिए।

त्यसअघि उनी कोशी प्रदेशको प्रहरी प्रमुख थिए। वर्तमान प्रहरी महानिरीक्षक दीपक थापाको ३० वर्षे सेवाअवधि बढाउने चर्चा चलिरहेको बेला ५ दिन अघि खापुङलाई सरकारले महानिरीक्षकमा नियुक्ति गरेको छ ।

२०५२ कात्तिक २७गते १ सय १० टोलीबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) बनेर प्रहरी सेवा खापुङ प्रवेश गरेका थिए । २०१० सालमामुक्ति सेनाका ज्ञान बहादुर याक्थुङ्वालाई नेपालपुलिसको प्रमुखबनाई २०१२ सालबाट बैधानिक रुपले प्रहरी युनिट गठन भएको थियो ।

नेपाल प्रहरीको ७० वर्षे इतिहासमा खापुङ लिम्बु समुदाय बाट दोस्रो प्रहरी प्रमुख बन्न सफल भएका छन् । तेह्रथुम मेन्छयायेम गाउँपालिका वडा नम्बर ६ मा मध्यम परिवारमा २०२७ सालमाजन्मेका खापुङ बुवा ललित बाहादुर र आमा गंगा माया खापुङका ६ भाइ मध्ये साहिला हुन् ।

२०४२ सालमा एसएलसी उत्तिर्ण गरेका खापुङले स्नातक तह सम्म कानुन विषयमा अध्ययन गरे । पछि उनले स्नात्तकोत्तर लैङ्गिक विषयमा अध्ययन पुरा गरे । श्रीमती भावना श्रेष्ठ समेत प्रहरी सेवामै कार्यरत थिइन ।

उनले डिएसपी बाट २० वर्षे सेवा गरी स्वेच्छिक अवकास लिइसकेकी छन् । खापुङका दुई छोरा छन् । खापुङ प्रहरी सेवामाप्रवेश गर्दा ब्याजीमा ४० जना थिए । त्यसमध्ये अहिले ३ जना लालमणि आचार्य, कृष्णहरि शर्मा एआइजिसम्मआइपुगेका थिए ।

एआइजी हुने क्रममा खापुङ पहिलो नम्बरमा बढुवा भएका थिए । खापुङको सेवा काल आगामी कात्तिक २७ गते सकिन्छ । नवनियुक्त प्रहरी महानिरीक्षक खापुङले प्रहरी संगठनको महत्वपूर्ण जिम्मेवारीको कमाण्ड गरेकै कारण बढुवामा पर्दै गएका व्यक्ति हुन् ।

खापुङ २०५२ मा इन्स्पेक्टरबाट प्रहरी सेवामाप्रवेश गरेपछि २०६४ मा डिएसपी, २०७३ मा एसपी, २०७६ मा एसएसपी, २०७९ मा डिआइजी र २०८२ मा एआइजी हुँदै आइजीपी हुन सफल भएका छन् ।

सरल, सालिन व्यक्तित्व भएका खापुङको कमाण्ड र नेतृत्व अब्बल छ । धेरै समय उपत्यका भित्रका महत्वपूर्ण वृत्त, शाखाहरुको नेतृत्व गरेको अनुभव खापुङले संगालेका छन् ।

उपत्यका प्रहरी कार्यालय हनुमान ढोका, अपराध महाशाखा र काठमाडौं अप्रेशनको पटक–पटक जिम्मेवार सम्हालेका खापुङले नेपाल टाइम्ससँग भने– ‘सबै भन्दा बढि उपत्यकाका महत्वपूर्ण विभागहरुको कमाण्ड लिने मध्येमा पर्छु ।’

खापुङले दरबारमार्ग, गौशला, चापागाउँहुँदै बागलुङमा प्रहरी प्रमुख रहेर जिम्मेवारी पुरा गरेका छन् । त्यससँगै खापुङसँग प्रहरी संगठनभित्र सबै भन्दा बढि जिम्मेवार मानिने कर्मचारी प्रशासन, भर्ना छनौट महाशाखा, अख्तियार आयोग, बागमती र कोशीको प्रमुखभएर सफलतापूर्वक कमाण्ड सम्हालेको अनुभव छन् ।

कोशी प्रदेश प्रमुखबाट सीआइबीमा सरुवा भएका खापुङको दुई पद त्यहीबाट बढुवा हुने अबसर पाएका छन् । सीआइबीमा रहेकै बेला एआइजी बढुवा पाएर प्रमुख बनेका खापुङ त्यहीबाट प्रहरी महानिरीक्षकमा नियुक्त भएका छन् ।

वर्तमान प्रहरी निरिक्षक थापा भदौ १८ गते राति १२ बजेबाट अवकाशहुँदै गरेका छन् । खापुङले सोही दिनदेखि प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्ने छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चीन भ्रमण गएर १८ गते मात्रै फर्किने भएका कारण शुक्रबारको मन्त्रिपरिषद् बैठकले खापुङलाई प्रहरी महानिरीक्षकमा नियुक्ति गर्ने निर्णय गरेको हो ।

तीन दशकको सेवा यात्रामा उनले अपराध अनुसन्धान देखि प्रदेश कमान्ड सम्मका संवेदनशील र चुनौतीपूर्ण जिम्मेवारीहरू सदैव सफा छवि, निष्पक्ष निर्णय र परिणाम मुखी कार्यशैली सहित पूरा गरेका छन्।

कुनैपनि विवादमा नपरी, केवल आफ्नो काम र कर्मको बलमा संगठन भित्र विश्वासिलो नाम कमाएका उनी सहकर्मी र अधीनस्थहरूमा समान रूपमा प्रेरणादायी मानिन्छन्।

झन्डै दुई महिनामात्र भएपनि, उनको नेतृत्वले प्रहरी संगठनमा पारदर्शिता, अनुशासन र जनविश्वासको नयाँ उचाइ ल्याउने विश्वास गरिएको छ।

खापुङको आगमनले प्रहरी इतिहासमै छोटो तर प्रभावशालीकार्यकालको उदाहरण स्थापितगर्ने अपेक्षागरिएको छ।

Advertisement

अब नयाँ प्रहरी ऐन जारी भएमा खापुङको सेवा अवधि हालको प्रावधान अनुसार ६ महिना थपिनेछ । तर, ऐन नआएमा उनीपनि ३० बर्षे सेवाअवधिका कारण कात्तिक २६ गतेदेखि अवकाशमा जानेछन् ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top