×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

वीरगन्जमा विद्यालाई ५१ किलोको माला, एमालेले गर्यो भव्य स्वागत

१४ भाद्र २०८२

१४ भदौ , काठमाण्डौ ।

पूर्वराष्ट्रपति विद्या भण्डारी, जो हिजोआज आफूलाई एमालेको पूर्व उपाध्यक्ष समेत भन्ने गर्छिन्, उनी आज वीरगंज पुगेकी छन् । त्यसअघि सिमरा विमानस्थलमा उनलाई एमाले नेता–कार्यकर्ताहरूले भव्य स्वागत गरेका छन् ।

Advertisement
Advertisement

भण्डारीलाई एमाले नेता–कार्यकर्ताहरूले ५१ किलोको माला लगाइ दिएर सम्मान गरेका हुन् । स्थानीय महिलाहरू पनि लामबद्ध भएर पूर्वराष्ट्रपति भण्डारीको सम्मानमा उपस्थित थिए ।

उद्योग वाणिज्य संघले आयोजना गरेको बीआइसीसीआई बृहत महिला सम्मेलन २०८२ मा सहभागी हुन पूर्वराष्ट्रपति भण्डारी वीरगंज पुगेकी हुन् ।

उनको स्वागतका लागि एमालेका स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, केन्द्रीय सदस्य केदार न्यौपाने, अरबिन्द्र सिंह, प्रदेशका सचिव मनोज पौडेल, प्रदेश सचिवालय सदस्य जय प्रकाश थारु, जितपुर सिमरा उप मेयर भोला अधिकारी, जितपुर सिमरा अध्यक्ष त्रिलोक शाह, र विरगंज महानगर अध्यक्ष नवराज शर्मालगायतका नेताहरु सिमरा पुगेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी सदस्यता खारेज गरे तापनि भण्डारी राजनीतिबाट पछि हटेकी छैनन् । एमालेले आफ्नो कार्यालयको ढोका नै बन्द गरे पनि उनले सम्पर्क कार्यालय खोलेर आफ्ना राजनीतिक गतिविधि तीव्र पारेकी छन् ।

भण्डारीलाई एमाले केन्द्रीय कमिटीले राजनीतिमा आउन रोक्ने निर्णय गरे पनि भण्डारी एमाले पूर्वउपाध्यक्षको हैसियतमा राजनीतिक गतिविधिमा व्यस्त छिन् ।

गत असार १४ गते मदन भण्डारीको ७४ औं जन्मजयन्तीका दिन पनि पोखरेलले बोलेका थिए । सोही दिन भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्केको घोषणा गरेकी थिइन् ।

उनले आफ्नो सदस्यता नवीकरण भएको बताएकी थिइन् । तर एमाले केन्द्रीय कमिटी बैठकले उनलाई राजनीतिमा फर्कन रोक लगाएसँगै सदस्यता स्वतः नवीकरण नभएको बताउने गरेको छ ।

गत भदौ ५ गते नै भण्डारीले काठमाडौंको थापा गाउँमा सम्पर्क कार्यालय खोलेकी छन् । काठमाडौं महानगरका पूर्वउपमेयर विदुर मैनालीको घर भाडामा लिएर भण्डारीले मदन भण्डारी हीरक जन्मोत्सव मूल व्यवस्थापन समितिको कार्यालय प्रयोजनका लागि भन्दै सचिवालय खोलेकी हुन् ।

एमाले अध्यक्षले भने अर्को वर्ष आउने जन्मदिन मनाउन असन्तुष्टहरू बोकेर कार्यालय खोलेको भन्दै कटाक्ष गरेका थिए । एमालेले पुर्वराष्ट्रपतिले सक्रिय राजनीतिमा आउनु हुँदैन भनेर निर्णय नै गरिसकेको छ ।

तर अहिले पनि भाइरल भइरहेको २०८० असोजमा दिइएको एक अन्तर्वार्तामा ओलीले पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फेरि आउन हुने र एमालेको अध्यक्ष पनि बन्न सक्ने प्रस्ट बताएका थिए ।

तर अहिले भने ओलीले भण्डारीप्रति झनै क्रुद्ध अभिव्यक्ति दिन थालेका छन् । भदौ ११ गते ओलीले एमाले काठमाडौँ जिल्लाका पदाधिकारीसहित विधान महाधिवेशन प्रतिनिधिलाई सरकारी निवास बालुवाटार बोलाएर २ घण्टा लामो प्रशिक्षण दिएका थिए ।

एमाले काठमाडौँ जिल्ला अध्यक्ष दीपक निरौलाले बालुवाटारबाट बाहिरिएर ओलीले भनेका ४८ बुँदा सामाजिक सञ्जालमै सार्वजनिक गरे। तर, यसले प्रधानमन्त्रीको सचिवालयले २ मिनेटको भिडिओ पनि सार्वजनिक गरेको छ ।

भदौ १२ गते बाहिरिएको भिडिओमा ओली आक्रोशित देखिन्छन् । ‘उहाँले अर्थात विद्या भण्डारीले पार्टीमा आएर अध्यक्ष उठ्दा जित्ने स्थिति छरु जित्नुहुन्न । हार्नुहुन्छ । अनि भीम रावलको तरिकाले चुनाव हार्ने, असन्तुष्ट हुने, खाँबो चिथोर्नेरु यस्तो गरेपछि पार्टीले स्पष्टीकरण सोध्नुपर्ने हुन्छ,’ भिडिओमा ओली भन्छन्, ‘राष्ट्रपति भइसकेको व्यक्तिलाई स्पष्टीकरण सोध्नुपर्ने ठाउँमा पु¥याउनेरु’।

ओलीको आक्रोश रोकिँदैन । उनी भण्डारी फर्किए नराम्रो हार व्यहोर्नुपर्ने चेतावनीको भाषा बोल्छन् । ‘उहाँ केन्द्रीय कमिटीमा हार्नुभयो भने के हुन्छरु उहाँलाई अध्यक्ष दिन सकिँदैन, उहाँ चुनाव लड्नुभयो भने एकदम निश्चित कुरा के हो भने उहाँ हार्नु हुन्छ, नराम्ररी हार्नुहुन्छ,’ ओलीको थप भनाइ छ, ‘उहाँ हार्नुपर्छ पार्टीको हितको लागि, उहाँबाट पार्टी चल्न सक्तैन। लालगेडी भएर त चल्दैन नि, यो त संघर्षको मैदान हो नि।’

तर ओलीको उक्त अभिव्यक्ति पराजित मानसिकताको उपज भएको भण्डारी पक्षका नेताहरूको भनाइ छ । उनीहरुका अनुसार विधान महाधिवेशनमा प्रतिवाद हुन्छ ।

यसबारे सम्पूर्ण हिसाबले कुरा उठ्छ । भण्डारी पक्षमा खुलेका केन्द्रीय सदस्य कृष्णप्रसाद दाहालले त अध्यक्ष ओली अत्तालिएको बताएका छन् ।

‘उहाँ आत्तिनु भएको छ, नआत्तिने कुरै भएन। एकलौटी थियो, उहाँको विरुद्धमा प्रश्नै गर्न नपाइने अवस्थामा पु¥याउनुभएको थियो, माधव नेपाल, झलनाथ खनाल, प्रचण्ड, वामदेव पनि नभएको पार्टी बनाएँ, अब म एकमात्र हुँ भन्ने थियो,’ दाहालले भने, ‘भण्डारी सक्रिय हुनेबित्तिकै त प्रश्न उठ्यो, अब परिस्थिति उहाँले जे पनि गर्न सकिन्छ भन्ने त भएन। त्यही भएर पार्टी सदस्यता खोसेको हो।’ आफ्नै

वचनबाट पछि हट्दा ओली ठूलो समस्यामा फसेको दाहालको भनाइ छ । गत असार १४ गते भण्डारीले एमालेमा सक्रिय हुने घोषणा गरेपछि एमालेभित्र खैलाबैला मच्चाएको छ।

साउन ६ गते बसेको केन्द्रीय समिति बैठकले भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो । यद्यपि ओलीले भण्डारीलाई सदस्यता नदिने निर्णयबारे छलफल गर्न सकिने पनि बताएका छन् ।

शुक्रबार साँझ अखिल नेपाल महिला संघ ९अनेमसंघ०का पदाधिकारीसँगको भेटघाटमा ओलीले भण्डारीबारे ‘लचिलो’ रूपमा प्रस्तुत भएका थिए ।

पूर्वपरराष्ट्रमन्त्री एवं संघका उपाध्यक्ष विमला राई पौड्यालका अनुसार प्रधानमन्त्री ओलीसमक्ष पदाधिकारीले दुई नेताहरू बसेर यो विवादको छिनोफानो गर्न आग्रह गरेका थिए ।

‘यो प्राविधिक विषय होइन, राजनीतिक विषय नै भएको हुँदा दुई जना बसेर मिलाइहालौँ भन्ने हाम्रो कुरा थियो,’ पौड्यालले भनिन्, ‘उपाध्यक्ष पद हुँदै राष्ट्रपति बनेको हुनाले उहाँ राजनीतिमा आउँदा गणतन्त्रलाई के कसरी खतरा पर्ला भनेर सोध्यौँ ।’

जवाफमा ओली भद्र सुनिएको उनले बताइन् । भण्डारीबारे ओलीले ‘पहिले पार्टी सदस्यता छाडेर गएको हुँदा पुनः प्राप्तिका लागि अलग्गै प्रक्रिया हुन्छ र त्यसमा गएपछि केन्द्रीय कमिटीले निर्णय गर्न सक्छ’ भनेका थिए ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top