×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पुटिन शिकारी, ट्रम्प रुसी एजेन्ट, कसले लगायो यी गम्भीर आरोप

१४ भाद्र २०८२
१४ भदौ , काठमाण्डौ ।
रूस र यूक्रेनबीच भइरहेको युद्धको अवस्थामा सुधार हुने कुनै संकेत देखिदैन । डोनाल्ड ट्रम्पले शान्तिको मंच तयार पार्ने प्रयास गरे तापनि यसको कुनै प्रभाव देखिएको छैन ।
रूसले ३० गएराति यूक्रेनमा ठूलो मिसाइल र ड्रोन आक्रमण गरेको छ, जसको पुष्ट्याइ यूक्रेनी वायु सेनाले गरेको छ । आक्रमणको बेला जापोरिजिया, ड्निीप्रो, चेर्निहिभ, लुत्स्क र चेर्कासी जस्ता थुप्रै शहरमा विस्फोटको आवाज सुनिएको थियो ।
फ्रन्टलाइन क्षेत्रमा रूसी क्रूज र ब्यालिस्टिक मिसाइलहरु हानिएका थिए भने पश्चिमी यूक्रेनमा ड्रोन आक्रमणहरू पनि भएका छन् । रूस–यूक्रेन युद्ध रोक्न डोनाल्ड ट्रंपले दुईपटक ‘सीजफायर’ को प्रयास गरे पनि दुबै असफल भए ।
हालको अवस्था यस्तो छ कि रूसका हवाई आक्रमणहरू रोकिएका छैनन् र यूक्रेनले मान्न तयार छैन । अर्कोतर्फ, युरोपेली मुलुकका बयानहरूले यस संकटमा तातो घिउ हाल्ने काम गरिरहेका छन् ।
केही दिनअघि फ्रान्सका राष्ट्रपति द्वारा गरिएको अभिव्यक्तिमा रूसले कडा प्रतिक्रिया जनाएको छ । यता रूसका लगातार आक्रमणहरू जारी छन् ।
ड्निीप्रोमा बिहानै थुप्रै विस्फोटहरु भए भने जापोरिजियामा एउटा आवासीय भवनमा आक्रमण हुँदा कम्तीमा तीन जना घाइते भएका छन्।
बिहान लगभग ५ बजे रूसले पूर्वी शहरहरूमा दोस्रो चरणका मिसाइल आक्रमण गर्यो र यूक्रेनका लगभग सबै क्षेत्रमा हवाई आक्रमणको चेतावनी जारी गरियो ।
यो आक्रमण २८ अगस्टमा कीभमा भएको ठूलो हमला दुई दिनपछि भएको हो, जसमा २५ नागरिकको मृत्यु र ६३ घाइते भएका थिए । यसबीचमा, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रंपको मध्यस्थ प्रयासहरुका बाबजुद पनि रूस–यूक्रेन शान्ति वार्ता अवरुद्ध रहेको छ ।
रूसले स्पष्ट गरिसकेको छ कि उसले जेलेंस्कीका प्रस्तावहरू स्वीकार्ने छैन । यूक्रेनले भने आउने हप्तामा सुरक्षा प्रतिबद्धताको मसौदा अन्तिम रूप दिने तयारी गरिरहेको छ ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले पछिल्लो हप्ता रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको बारेमा कडा टिप्पणीहरू गरेका थिए, जसले रूसलाई क्रोधित बनाएको छ ।
रूसको विदेश मन्त्रालयले ती टिप्पणीहरूलाई अपमानजनक र अश्लील भनेको छ । म्याक्रोनले फ्रेन्च ब्रोडकास्टरसँगको अन्तर्वार्तामा युरोपेली नेताहरुलाई पुटिनमाथि विश्वास नगर्न चेतावनी दिएका थिए ।
उनले पुटिनलाई निरन्तर खाने राक्षससँग तुलना गर्दै शिकारी बताएका थिए । रूसले अब प्रतिक्रिया दिँदै भनेको छ कि त्यस्ता भाषाले कुनै राष्ट्राध्यक्षको सम्मान गर्दैन ।
यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपमाथि पनि पुटिनको एजेन्ट भएको आरोप लगाइएको छ । यो आरोप पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डी सूसाले लगाएका छन् ।
उनले ट्रम्पलाई रूसको एजेंटको रूपमा काम गरेको आरोप लगाएका छन् । मार्सेलो रेबेलो डी सूसाले पीएसडी समर विश्वविद्यालयमा दिएको भाषणमा भने, “सबैभन्दा शक्तिशाली विश्व महाशक्तिको राष्ट्रपति वास्तवमा एक सोभियत वा रूसी एजेंट हो । उनी एक एजेंटको रूपमा कार्यरत छन्।“ 
पोर्चुगाली राष्ट्रपतिको यो वक्तव्य ट्रंपको ट्यारिफ युद्ध र आफूलाई युक्रेनमा शान्तिको मसीहा बन्न प्रयास गर्ने क्रममा आएको छ । युक्रेनी राष्ट्रिय समाचार ९यूएनएन० अनुसार, सूसाले ट्रंपका संघर्ष समाधान प्रयासहरूले वास्तवमा युक्रेनलाई केही सहयोग नगरेको बताएका छन्।
बरु, उनले संकेत दिए कि ट्रंपका ती प्रयासहरूले युक्रेनको स्थिति कमजोर हुन सक्छ वा अप्रत्यक्ष रूपमा रूसको पक्षमा जान सक्छ । उनले भने, “वास्तवमै, नयाँ अमेरिकी नेतृत्वले रणनीतिक रूपमा रूसी संघको पक्ष लिएको छ।“
यूरो न्यूजका अनुसार, सूसाले ट्रंपलाई “भयानक प्रतिबन्धहरूको धम्की दिएर रूससँग कडा रुख अपनाएको आरोप लगेका छन्, तर ती चेतावनीलाई पालना गरिएको छैन।“
पूर्वी युरोपको संघर्षका बारेमा कुरा गर्दै, उनले भने कि ट्रंपले मध्यस्थको भूमिका निभाउने प्रयास गरेका थिए, तर उनको योजना एउटा पक्षसँग मात्रै वार्ता गर्ने थियो ।
उनी भन्छन्, कीभ र युरोपेली देशहरूले अन्तिम वार्तामा आफूहरूको वास्तविक भूमिकालाई मुखर रूपमा प्रस्तुत गर्नुपर्नेछ । सूसाले ट्रंपले ठूल्ठूला प्रतिबन्धको मात्र धम्की दिइरहेको बताएका छन्।
उनले भने, “अर्को शब्दमा, उनी यो संघर्षमा एउटा पक्षको सहयोगीको भूमिकाबाट हटेर मध्यस्थको भूमिकामा आएका छन।।। हरेक दिन हामी भयानक प्रतिबन्धको धम्की सुनिरहेका छौं। नयाँ राष्ट्रपतिमा रूसविरुद्ध कुनै अमेरिकी प्रतिबन्ध थिए रु थिएन । अनि पनि उनी ठूलो प्रतिबन्धको धम्की दिइरहेका छन्।“
सूसाले भने, हालैको विश्व घटनाक्रमले युरोपले ट्रंप र ट्रंपवादको प्रभावलाई कम आँकलन गरेको परिणाम हो । उनले भनाईमा थपे, युरोपेली नेताहरूले विगत अमेरिकी चुनावले शक्ति सन्तुलनमा कतिको तीव्रता ल्याउन सक्ने अनुमान गर्न सकेनन्।
उनी भन्छन्, “उनीहरूले यसको अर्थ पनि कल्पना गरेनन्। तर यो स्पष्ट छ कि यस्तो केही हुँदैन किनभने युरोपले ट्रंप र ट्रंपवादलाई कम आकलन ग¥यो। उनले शक्ति सन्तुलनमा अचानक परिवर्तनको सम्भावनालाई पनि कम आँकलन गरे।“
Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top