×

NEPAL TIMES UPDATES

Playing
हजारौं गीत गाएर अस्थाइन् आशा भोसले || Nepal Times
Apr 12, 2026
Playing
विद्याभण्डारीको लाइनमा राष्ट्रपति पौडेल, सरकारको सिफारिस रोक्न मिल्छ ? || Nepal Times
Apr 12, 2026
Playing
नेपाल सुरुङ युगमा प्रवेश|| Nepal Times
Apr 12, 2026
Playing
Top 15 Afternoon News || April-12-2026 || Nepal Times
Apr 12, 2026
Playing
ISLAMABAD TALKS असफल भएपछि Pakistanले के भन्यो ? || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमणबारे शिशिर खनालको खुलासा,हर्कले दिए एजेन्डा|| Nepal Times
Apr 12, 2026
Playing
Americaमाथि Iranको शंकाः कसका कारणले वार्ता भाँडियो ? || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री बालेनलाई मोदीको निम्तो#balen #modi #india #nepal
Apr 12, 2026
Playing
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग कहिलेदेखि संचालनमा ?|| Nepal Times
Apr 12, 2026
Playing
बालेनले हर्कलाई उपसभामुख किन दिलाए ? अब मिल्ने ?|| Nepal Times
Apr 12, 2026

सुडानमा भीषण पहिरो, कम्तिमा १००० जनाको पुरिएर मृत्यु

१७ भाद्र २०८२

१७ भदौ , काठमाण्डौ ।

गृहयुद्ध र चरम भोकमरीको चपेटामा रहेको सुडानमा यतिबेला प्राकृतिक महाविपत्ति आइलागेको छ । भीषण पहिरोले सुडानलाई स्तब्ध पारेको छ । दर्जनौं, सयौं होइन एक हजारबढी सुडानीहरु एकैसाथ पहिरोमा पुरिएर ज्यान गुमाएका छन् ।

Advertisement
Advertisement

सुडानको पश्चिमी क्षेत्रमा पहिरो जाँदा कम्तीमा १ हजार जनाको मृत्यु भएको त्यहाँको विद्रोही संगठन सुडान लिबरेशन मुभमेन्ट (आर्मी)ले जनाएको छ । बीबीसीका अनुसार, यो घटना पश्चिमी सुडानको मर्रा पर्वतस्थित टाढाको क्षेत्रमा भएको हो ।

संगठनका अनुसार लगातार धेरै दिनसम्म परेको भारी वर्षाका कारण ३१ अगस्टमा पहिरो गएको हो । यसमा तारासिन गाउँको ठूलो हिस्सा विनाश भएको छ । ‘प्रारम्भिक विवरणअनुसार गाउँका सबै बासिन्दाको मृत्यु भएको छ, जसको संख्या १ हजार भन्दा बढी हुने अनुमान छ ।

केवल एक जना मात्र जीवित छन्,’ समूहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विद्रोहीहरूले संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय सहायता निकायहरूसँग पीडितहरूको शव उद्धार तथा राहतका लागि सहयोग गर्न अपिल गरेका छन् । मृतकमध्ये बालबालिका पनि रहेका छन् ।

सुडानमा तीन वर्षदेखि चलिरहेको गृहयुद्धले देशलाई विश्वकै भीषणतम मानवीय संकटमध्ये एकमा धकेलेकै बेला यो प्राकृतिक विपत्ति थपिएको हो । अल जजिराका अनुसार, दारफुरका केही भागमा भने पहिले नै भोकमरी घोषणा भइसकेको छ ।

समाचार संस्था रोयटर्सका अनुसार, उक्त क्षेत्रमा खाद्यान्न र औषधि अभाव भएको छ । सुडान लिबरेशन मुभमेन्ट÷आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा पहिरो गएको हो । यो संगठन सुडानको सेनासँगै मिलेर अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सेस (आरएसएफ) विरुद्ध लडिरहेको छ ।

उक्त युद्धकै कारण उत्तर दारफुर राज्यका धेरै बासिन्दाले मर्रा पर्वत क्षेत्रमा शरण लिएका थिए । अप्रिल २०२३ मा सुडानको सेना र आरएसएफबीच सुरु भएको गृहयुद्धले देशलाई भोकमरीतिर धकेलिरहेको छ । पश्चिमी दारफुर क्षेत्रमा जातीय संहारका घटना भइरहेका आरोपहरू लागिरहेका छन् ।

गृहयुद्धमा मारिएका मानिसहरूको संख्या फरक–फरक बताइन्छ । तर एक अमेरिकी अधिकारीले गत वर्ष करिब १ करोड ५ लाख मानिसको मृत्यु भइसकेको आकलन गरेका थिए । युद्धका कारण करिब १ करोड २ लाख मानिस आफ्नो घर छोड्न बाध्य भएका छन् ।

सुडानमा ५ करोडभन्दा बढी मानिस भोकमरीको चपेटामा छ । यता अफगानिस्तानको पूर्वी क्षेत्रमा गएको भूकम्पमा परेर अहिलेसम्म ८०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने हजारौँ घाइते भएका छन् । बाँचेकाहरूले खुला आकाशमुनि रात बिताएका छन् । उद्धार कार्य अझै जारी रहेको छ ।

आइतबार राति गएको ६.० म्याग्निच्युडको भूकम्पमा परेर मृत्यु हुनेमा अधिकांश कुनार प्रान्तका छन् । भूकम्पको केन्द्रबिन्दु नजिकै रहेको उक्त पहाडी गाउँ ध्वस्त भएकाले मृतकको संख्या अझै बढ्नसक्ने अधिकारीहरूले बताएका छन् ।

Advertisement

वर्षौ युद्धको चपेटामा परेको अफगानिस्तानमा पनि गम्भीर खडेरी, सहायता कटौती र विश्व खाद्य कार्यक्रमले भोकमरीको संकट हुने भनेको अवस्थामा यो विपत्ति थपिएको बताइएको छ । भूकम्प गएको क्षेत्रमा विगत केही दिनदेखि भीषण बाढी र पहिरो पनि गएको थियो जसले गर्दा धेरै क्षेत्रहरूमा पुग्ने बाटो बन्द भएको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top