NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी बिहिबार भदौ १९ , २०८२
सामाजिक संजालले सरकारको के बिगार्याे ? अब के असर पर्छ ? बिहिबार भदौ १९ , २०८२
अब कुन–कुन सञ्जाल चल्छन् नेपालमा ? बिहिबार भदौ १९ , २०८२
नेपालमै पहिलोपटक एयर एम्बुलेन्स विमान अमेरिकाले दियो बिहिबार भदौ १९ , २०८२
प्रहरी भन्छ– ठूलो आवाजमा नखोक्नु, नखकार्नु, फोनमा विस्तारै बोल्नु बिहिबार भदौ १९ , २०८२
Next
Prev

समाचार

भेनेजुएला नजिकै अमेरिकी हमलाः ११ लागुऔषध तस्कर मारिए

बुधबार भदौ १८ , २०८२
Reading Time: 1 min read
A A
भेनेजुएला नजिकै अमेरिकी हमलाः ११ लागुऔषध तस्कर मारिए
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१८ भदौ , काठमाण्डौ ।

अमेरिकाले लागुऔषध तस्करी गर्ने एक गिरोहमाथि ठूलो कारबाही गरेको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । उनले अमेरिकी सेनाले क्यारेबियन सागरको दक्षिणी भागमा लागुऔषध बोकेको एउटा जहाजमाथि हमला गरेका बताए ।

यो जहाज भेनेजुएलाबाट निस्केका र यसलाई ‘ट्रेन डी अरागुआ’ नामक एक आपराधिक गिरोहले चलाइरहेको बताइएको छ । ट्रम्पका अनुसार उक्त आक्रमणमा ११ जना तस्कर मारिएका छन् । ट्रम्पले यो आक्रमण अन्तर्राष्ट्रिय जलक्षेत्रमा भएको र यसमा कुनै पनि अमेरिकी सैनिक घाइते नभएको बताए ।

LS Auto

उनले जहाज अमेरिकातर्फ लागुऔषध लिएर गइरहेको बताए । अमेरिकी राष्ट्रपतिले जो कोहीले पनि अमेरिकामा लागुऔषध ल्याउने प्रयास गरेमा उसलाई कडा सजाय दिइने चेतावनी पनि दिए । यसै विषयमा अमेरिकी विदेश मन्त्री मार्को रुबियोले यो जहाज एक लागुऔषध आतंकवादी संगठनको हिस्सा भएको आरोप लगाए ।

हालै अमेरिकाले ल्याटिन अमेरिकी लागुऔषध तस्करहरूसँग जुध्नका लागि भेनेजुएलाको जलक्षेत्रमा आफ्नो नौसेनाको शक्ति बढाउने योजना बनाइसकेको छ । यसैबीच, यस घटनामा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकामाथि झूटो लागुऔषध–तस्करीको प्रचार गरेको आरोप लगाएका छन् ।

उनले अमेरिकाले आफ्नो देशलाई बदनाम गरेर आफूलाई सत्ताबाट हटाउन चाहेको बताए । मादुरोले यदि, अमेरिकाले आक्रमण गरेमा सेनासहित सम्पूर्ण जनतालाई हतियार उठाउन आह्वान गर्ने चेतावनी दिएका छन् । हालैका हप्तामा ट्रम्प प्रशासनले भेनेजुएली राष्ट्रपतिमाथि सैन्य र राजनीतिक दबाब बढाइरहेको छ ।

मदुरोलाई पक्राउ गर्न सघाउने जानकारी दिनेलाई दिइने भनेको पुरस्कार राशी बढाएर अमेरिकाले केही अघि ५ करोड डलरमा पुर्याएको थियो । यता अमेरिकाको जुनसुकै सैन्य हस्तक्षेप विरुद्ध लड्ने मदुरोले कसम खाएका छन् ।

तर यता ट्रम्पले लागुऔषध तस्कर समूहहरूमाथि कारबाही गर्ने विषयलाई आफ्नो प्रशासनको मुख्य लक्ष्य बनाएका छन् । यो आप्रवासनलाई सीमित गर्ने र अमेरिकाको दक्षिणी सीमा सुरक्षित गर्ने प्रयासको एक हिस्सा हो । यसका लागि दक्षिणी क्यारिबियन र नजिकैको समुद्री क्षेत्रमा अमेरिकी नौसेनाको ठूलो तैनाथी भएको हो ।

रोयटर्सका अनुसार अमेरिकी कोस्ट गार्ड र नौसेनाका जहाजहरू दक्षिणी क्यारिबियनमा नियमित रूपमा सञ्चालन भए पनि यो त्यस क्षेत्रमा हुने सामान्य तैनाथीभन्दा निकै ठूलो छ । एक अमेरिकी अधिकारीले नाम नबताउने सर्तमा बिहीबार सातवटा अमेरिकी युद्धपोत र एउटा आणविक शक्तिबाट चल्ने पनडुब्बी (सबमरिन) त्यस क्षेत्रमा छन् अथवा आउँदो हप्ता त्यहाँ पुग्ने अपेक्षा गरिएको छ ।

पेन्टागनले अमेरिकी मिसन वास्तवमा के हो भनेर सार्वजनिक रूपमा बताएको छैन । तर, ट्रम्प प्रशासनले अब लागुऔषध तस्कर र आपराधिक समूहहरूविरुद्ध सेना प्रयोग गर्न सकिने बताएको छ । पेन्टागनलाई विकल्पहरू तयार गर्न निर्देशन दिएको छ ।

रोयटर्सका अनुसार भेनेजुएलाले बिहीबार संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससमक्ष अमेरिकी नौसैनिक तैनाथीबारे गुनासो गरेको छ । वासिङटनले संयुक्त राष्ट्र संघको संस्थापक बडापत्रको उल्लंघन गरेको आरोप लगाएको छ ।

“यो एउटा ठूलो प्रचार अभियान हो, जसको उद्देश्य विज्ञहरूले ‘काइनेटिक एक्सन’ भन्ने विषयलाई सही साबित गर्नु हो । यसको अर्थ एउटा सार्वभौम र स्वतन्त्र देशमा सैन्य हस्तक्षेप गर्नु, जुन देश कसैका लागि खतरा होइन,” गुटेरेससँगको भेटपछि संयुक्त राष्ट्र संघका लागि भेनेजुएलाका राजदूत स्यामुएल मोनकाडाले पत्रकारहरूलाई भने ।

ह्वाइट हाउसले बिहीबार अमेरिकामा लागुऔषधको बढ्दो प्रयोग रोक्न अमेरिका सबैशक्तिको प्रयोग गर्न आफू तयार भएको बताएको थियो । “धेरै क्यारिबियन राष्ट्रहरू र यस क्षेत्रका अन्य देशहरूले प्रशासनको लागुऔषध विरोधी अभियान र प्रयासहरूको प्रशंसा गरेका छन्,” ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले पत्रकारहरूसँग भनिन् ।

ट्रम्प प्रशासनले फेब्रुअरीमा मेक्सिकोको सिनालोआ कार्टेल र अन्य लागुऔषध समूहहरूका साथै भेनेजुएलाको आपराधिक समूह ‘ट्रेन डे अरागुआ’लाई विश्वव्यापी आतंकवादी संगठनको रूपमा सूचीकृत गरको थियो ।

रोयटर्सका अनुसार अमेरिकी सैनिक तैनाथीको अंगको रूपमा यूएसएस सान एन्टोनियो, यूएसएस इवो जिमा र यूएसएस फोर्ट लाउडरडेलजस्ता जहाजहरू छन् । स्रोतहरूले रोयटर्सलाई बताएअनुसार, यी जहाजहरूमा २२ सय मरिन सैनिकसहित ४५ सय सुरक्षाकर्मी छन् ।

अधिकारीहरूका अनुसार अमेरिकी सेनाले गुप्तचर जानकारी संकलन गर्न यस क्षेत्रमा ए–८ जासुसी विमानहरू पनि उडाइरहेको छ । तर, ती विमानहरू अन्तर्राष्ट्रिय जलक्षेत्रमा सञ्चालन भएका छन् ।

एक अमेरिकी अधिकारीले रोयटर्सलाई बताएअनुसार, एक आणविक शक्तिबाट चल्ने पनडुब्बी पनि यो नौसैनिक बलको हिस्सा हो । एसोसिएटेड प्रेस समाचार एजेन्सीले आगामी दिनहरूमा चार हजार नाविक र अमेरिकी मरिन सैनिकसहितका जहाजहरू थपिएर यो बल अझ विस्तार हुनसक्ने उल्लेख गरेको छ ।

अमेरिकाले भने भेनेजुएलाको भूमिमा कुनै पनि सैनिक पठाउने योजना घोषणा गरेको छैन । संयुक्त राष्ट्र संघको लागुऔषध तथा अपराध कार्यालयका अनुसार भेनेजुएला कोकिन उत्पादन गर्ने देश होइन ।

कोकिनको मुख्य स्रोत लगभग सबै कोलम्बिया, पेरु र बोलिभियामा केन्द्रित छ । गत जुनमा प्रकाशित पछिल्लो रिपोर्टअनुसार, विश्वभर उत्पादन हुने ३७ सय टन कोकिनमध्ये २५ सय टनभन्दा बढी कोलम्बियाबाट आउँछ ।

भेनेजुएला उत्पादन नक्सामा देखिँदैन । सीएनएनका अनुसार अमेरिकी लागुऔषध प्रवद्र्धन एजेन्सीका अनुसन्धानकर्ताहरू पनि यस्तै निष्कर्षमा पुगेका छन् । मार्चमा प्रकाशित आफ्नो वार्षिक प्रतिवेदनमा उनीहरूले अमेरिकामा बरामद गरिएको ८४ प्रतिशत कोकिन कोलम्बियाबाट आउने उल्लेख गरेका छन् ।

बरामदको हिसाबले भेनेजुएला ल्याटिन अमेरिकी देशहरूमध्ये छैटौँ स्थानमा छ, जसको हिस्सा दुई प्रतिशतभन्दा कम छ ।

Tags: #अमेरिकी हमला#भेनेजुएला नजिकै अमेरिकी हमला

लोकप्रीय

ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

बिहिबार भदौ १९ , २०८२
साउनदेखि युट्युब, फेसबुक, टिकटक, नेटफ्लिक्स, अनलाइन व्यापारसहितका सेवाहरुले कर तिर्नुपर्ने

सामाजिक संजालले सरकारको के बिगार्याे ? अब के असर पर्छ ?

बिहिबार भदौ १९ , २०८२
सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने सरकारको तयारी

अब कुन–कुन सञ्जाल चल्छन् नेपालमा ?

बिहिबार भदौ १९ , २०८२

विचार

ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

बिहिबार भदौ १९ , २०८२
साउनदेखि युट्युब, फेसबुक, टिकटक, नेटफ्लिक्स, अनलाइन व्यापारसहितका सेवाहरुले कर तिर्नुपर्ने

सामाजिक संजालले सरकारको के बिगार्याे ? अब के असर पर्छ ?

बिहिबार भदौ १९ , २०८२
सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने सरकारको तयारी

अब कुन–कुन सञ्जाल चल्छन् नेपालमा ?

बिहिबार भदौ १९ , २०८२

थप समाचार

ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी
अन्तर्राष्ट्रिय

ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

बिहिबार भदौ १९ , २०८२
साउनदेखि युट्युब, फेसबुक, टिकटक, नेटफ्लिक्स, अनलाइन व्यापारसहितका सेवाहरुले कर तिर्नुपर्ने
ज्ञान-बिज्ञान

सामाजिक संजालले सरकारको के बिगार्याे ? अब के असर पर्छ ?

बिहिबार भदौ १९ , २०८२
सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने सरकारको तयारी
Breaking news

अब कुन–कुन सञ्जाल चल्छन् नेपालमा ?

बिहिबार भदौ १९ , २०८२
नेपालमै पहिलोपटक एयर एम्बुलेन्स विमान अमेरिकाले दियो
अन्तर्राष्ट्रिय

नेपालमै पहिलोपटक एयर एम्बुलेन्स विमान अमेरिकाले दियो

बिहिबार भदौ १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: बेल्जियमका प्रधानमन्त्री ‘कमजोर’, भारतको पहिलो सेमीकन्डक्टर चिप || Nepal Times

World News: बेल्जियमका प्रधानमन्त्री ‘कमजोर’, भारतको पहिलो सेमीकन्डक्टर चिप || Nepal Times

00:18:06

World News:रुसका कारण ईयू अध्यक्षको विमानको राडार जाम, नर्वेलाई यु*द्धपोत || Nepal Times

00:17:41

World News: मोदीको निशानामा पाकिस्तान, राष्ट्रसंघका १९ कर्मचारी हु*थीको क*ब्जामा || Nepal Times

00:13:44

World News: Modi-Putinलाई Xiको वेलकम, China-Taiwan लक्षित जापानी क्षेप्यास्त्र || Nepal Times

00:17:42

World News: इजरेली अधिकारीलाई बेलायत प्रवेमा रोक, ६९ आप्रवासी पानीमा डु*बे || Nepal Times

00:20:55

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

बिहिबार भदौ १९ , २०८२
सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने सरकारको तयारी

अब कुन–कुन सञ्जाल चल्छन् नेपालमा ?

बिहिबार भदौ १९ , २०८२
साउनदेखि युट्युब, फेसबुक, टिकटक, नेटफ्लिक्स, अनलाइन व्यापारसहितका सेवाहरुले कर तिर्नुपर्ने

सामाजिक संजालले सरकारको के बिगार्याे ? अब के असर पर्छ ?

बिहिबार भदौ १९ , २०८२

हालका पोस्टहरू

ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

बिहिबार भदौ १९ , २०८२
साउनदेखि युट्युब, फेसबुक, टिकटक, नेटफ्लिक्स, अनलाइन व्यापारसहितका सेवाहरुले कर तिर्नुपर्ने

सामाजिक संजालले सरकारको के बिगार्याे ? अब के असर पर्छ ?

बिहिबार भदौ १९ , २०८२
सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने सरकारको तयारी

अब कुन–कुन सञ्जाल चल्छन् नेपालमा ?

बिहिबार भदौ १९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.