NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी बिहिबार भदौ १९ , २०८२
सामाजिक संजालले सरकारको के बिगार्याे ? अब के असर पर्छ ? बिहिबार भदौ १९ , २०८२
अब कुन–कुन सञ्जाल चल्छन् नेपालमा ? बिहिबार भदौ १९ , २०८२
नेपालमै पहिलोपटक एयर एम्बुलेन्स विमान अमेरिकाले दियो बिहिबार भदौ १९ , २०८२
प्रहरी भन्छ– ठूलो आवाजमा नखोक्नु, नखकार्नु, फोनमा विस्तारै बोल्नु बिहिबार भदौ १९ , २०८२
Next
Prev

समाचार

चौतर्फी निशानामा रास्वपा नेता, धम्कीपछि रड हानियो

बिहिबार भदौ १९ , २०८२
Reading Time: 1 min read
A A
चौतर्फी निशानामा रास्वपा नेता, धम्कीपछि रड हानियो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१९ भदौ , काठमाण्डौ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बदन भण्डारीमाथि आक्रमण भएको छ । पार्टीको सार्वजनिक मामिला विभागका सचिव रहेका भण्डारीमाथि गएराति कपनको प्रगति चोकमा आक्रमण भएको हो । मोटरसाइकलमा आएका तीन जना व्यक्तिले उनीमाथि रड प्रहार गरी घाइते बनाएका हुन् ।

नम्बर प्लेट छोपेर आएका तीन जना व्यक्तिमध्ये दुई जनाले रड प्रहार गरेको भण्डारीले बताएका छन् । रड प्रहारबाट आफ्नो टाउकोमा करिब दश टाँका लगाउनु परेको भण्डारीले जानकारी दिए । उनको गाडी पनि तोडफोड गरिएको छ ।

LS Auto

केही समयअघि नारी टिभीमा दिएको एक अन्तरवार्तालाई लिएर आफूलाई निरन्तर धम्की आइरहेको र केही दिनअघि आफ्नो कार्यालयमा समेत आएर आफ्नो बारेमा सोधपुछ गरिएको उनले बताएका छन् । सामाजिक संजालमा उनले लेखेका छन्, हिजो बेलुका ८ः३० बजे अफिस बाट घर फर्कदा कपन प्रगति चोकमा मेरो गाडी रोकेर बाईका आएका ३ जना मानिसहरु बाट ज्यान मार्ने उदेश्यले म माथि आक्रमण गरियो छ ।

आएकाहरु रड , चिरपट र खुकुरी लिएर आएका थिए । दुई जनाले एक्कासि टाउको र शरिरिकका भागहरुमा प्रहार गरे तेस्रो ब्यक्तिले बाईकबाट खुकुरी निकालेसि म रगत चुहाउदै गाडी तेही छोडेर घरमा भागेर आए त्यसपछि अस्पताल गएर दुई पटक गरेर १० टाका लागाईएको छ । म आज पुन हस्पिटल गएको छु ।

यो आक्रमण पूर्ण रुपमा राजनीतिक रिसिबीले गरिएको हो । मलाई केही समय अगाडिबाट फोनबाट धम्की र मेरा अफिस वरिपरि आएर मेरो बारे सोधखोज गरिए सुचना मलाई थियो । मैले राजनीतिक बिचार र आफ्ना कुरा राखेकै आधारमा यसरी ज्यान मार्ने उदेश्यले म माथि आक्रमण गरियो, उनले लेखेका छन् ।

उनलाई बुधबार राति नै चाबहिल चुच्चेपाटीमा अवस्थित स्तूपा सामुदायिक अस्पतालमा ल्याएर उपचार गरिएको थियो । आक्रमणकारी को हुने भन्ने खुलेको छैन । रास्वपाले यसको सूचना प्रहरीलाई दिएको छ । बौद्ध प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ ।

यसअघि गत असारमा पनि स्याङ्जा जिल्लाको आँधिखोला नदीमा भइरहेको चरम प्राकृतिक दोहनविरुद्ध आवाज उठाउँदा रास्वपाका नेतामाथि आक्रमण भएको थियो । प्राकृतिक दोहन रोक्न र सम्भावित प्राकृतिक प्रकोपबाट सुरक्षा गर्न माग राख्दै स्थानीय स्तरमा भइरहेको अभियानलाई बलपूर्वक रोक्न खोज्दा वालिङ नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सुनिल खनालले रड प्रहार गरी आक्रमण गरेका थिए ।

आक्रमणमा रास्वपाका केन्द्रीय सदस्य तथा अभियन्ता मेघ आले र केन्द्रीय नेतृत्व क्षमता विकास विभागका सदस्य दिनकर नेपाल गम्भीर घाइते भएका थिए । त्यसपछि रास्वपाका तत्कालिन कार्यवाहक प्रवक्ता मनिष झाले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको कडा भत्र्सना गरेका थिए ।

साथै दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरेका थिए । यस्तै हिजोमात्रै केन्द्रीय उपसभापति स्वर्णिम वाग्लेले पनि आफ्नो आवाज प्रयोग गरेर सामाजिक सञ्जालमा पोस्ट ‘डीप फेक भिडिओ’ बनाएको भन्दै साइबर ब्युरोमा उजुरी दिएका छन् ।

वाग्लेले अमित मगर र कमल पाठकविरुद्ध उजुरी दिएका हुन् । ‘कानुनी कारबाही गर्नुप¥यो भनेर हामीले साइबर ब्युरोमा उजुरी दिएका छौँ, सेयर गर्नेलाई पनि हदैसम्मको कारबाही हुनुपर्छ,’ उजुरी दर्तापछि उलने भने, ‘एउटा अमित मगर भन्ने पात्र रहेछन्। नेकपा एमाले नुवाकोटको जिल्लाका नेता। अर्का कमल पाठक भन्ने चितवनका नेता पनि देखियो। रुपन्देहीतिर पनि देखियो, जहाँ चुनाव हुँदैछ।’

आफूहरूविरुद्ध राजनीतिकरुपमा संगठित प्रहार भएको वाग्लेको दाबी छ। ‘यो राजनीतिसँग गाँसिएको छ,’ उनले भने, ‘हाम्रा सभापति रवि लामिछानेलाई पनि दुःख दिने। हाम्रा उपसभापति डीपी अर्यालमाथि पनि प्रयास भयो। अहिले ममाथि भयो। संगठितरुपमा हुँदैछ।’

Tags: #चौतर्फी निशानामा रास्वपा नेता#धम्कीपछि रड हानियो#राजनीतिक रिसिबी#राष्ट्रिय स्वतन्त्र पार्टी#रास्वपा नेता

लोकप्रीय

ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

बिहिबार भदौ १९ , २०८२
साउनदेखि युट्युब, फेसबुक, टिकटक, नेटफ्लिक्स, अनलाइन व्यापारसहितका सेवाहरुले कर तिर्नुपर्ने

सामाजिक संजालले सरकारको के बिगार्याे ? अब के असर पर्छ ?

बिहिबार भदौ १९ , २०८२
सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने सरकारको तयारी

अब कुन–कुन सञ्जाल चल्छन् नेपालमा ?

बिहिबार भदौ १९ , २०८२

विचार

ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

बिहिबार भदौ १९ , २०८२
साउनदेखि युट्युब, फेसबुक, टिकटक, नेटफ्लिक्स, अनलाइन व्यापारसहितका सेवाहरुले कर तिर्नुपर्ने

सामाजिक संजालले सरकारको के बिगार्याे ? अब के असर पर्छ ?

बिहिबार भदौ १९ , २०८२
सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने सरकारको तयारी

अब कुन–कुन सञ्जाल चल्छन् नेपालमा ?

बिहिबार भदौ १९ , २०८२

थप समाचार

ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी
अन्तर्राष्ट्रिय

ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

बिहिबार भदौ १९ , २०८२
साउनदेखि युट्युब, फेसबुक, टिकटक, नेटफ्लिक्स, अनलाइन व्यापारसहितका सेवाहरुले कर तिर्नुपर्ने
ज्ञान-बिज्ञान

सामाजिक संजालले सरकारको के बिगार्याे ? अब के असर पर्छ ?

बिहिबार भदौ १९ , २०८२
सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने सरकारको तयारी
Breaking news

अब कुन–कुन सञ्जाल चल्छन् नेपालमा ?

बिहिबार भदौ १९ , २०८२
नेपालमै पहिलोपटक एयर एम्बुलेन्स विमान अमेरिकाले दियो
अन्तर्राष्ट्रिय

नेपालमै पहिलोपटक एयर एम्बुलेन्स विमान अमेरिकाले दियो

बिहिबार भदौ १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: बेल्जियमका प्रधानमन्त्री ‘कमजोर’, भारतको पहिलो सेमीकन्डक्टर चिप || Nepal Times

World News: बेल्जियमका प्रधानमन्त्री ‘कमजोर’, भारतको पहिलो सेमीकन्डक्टर चिप || Nepal Times

00:18:06

World News:रुसका कारण ईयू अध्यक्षको विमानको राडार जाम, नर्वेलाई यु*द्धपोत || Nepal Times

00:17:41

World News: मोदीको निशानामा पाकिस्तान, राष्ट्रसंघका १९ कर्मचारी हु*थीको क*ब्जामा || Nepal Times

00:13:44

World News: Modi-Putinलाई Xiको वेलकम, China-Taiwan लक्षित जापानी क्षेप्यास्त्र || Nepal Times

00:17:42

World News: इजरेली अधिकारीलाई बेलायत प्रवेमा रोक, ६९ आप्रवासी पानीमा डु*बे || Nepal Times

00:20:55

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

बिहिबार भदौ १९ , २०८२
प्रहरीको संस्थापक आईजीपी पनि लिम्बु, ७० वर्ष पछि बने खापुङ

प्रहरीको संस्थापक आईजीपी पनि लिम्बु, ७० वर्ष पछि बने खापुङ

शुक्रबार भदौ १३ , २०८२
सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने सरकारको तयारी

अब कुन–कुन सञ्जाल चल्छन् नेपालमा ?

बिहिबार भदौ १९ , २०८२

हालका पोस्टहरू

ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

बिहिबार भदौ १९ , २०८२
साउनदेखि युट्युब, फेसबुक, टिकटक, नेटफ्लिक्स, अनलाइन व्यापारसहितका सेवाहरुले कर तिर्नुपर्ने

सामाजिक संजालले सरकारको के बिगार्याे ? अब के असर पर्छ ?

बिहिबार भदौ १९ , २०८२
सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने सरकारको तयारी

अब कुन–कुन सञ्जाल चल्छन् नेपालमा ?

बिहिबार भदौ १९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.