×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

चीनबाट फर्किएका ओलीको भारत जाने तयारी, लिपुलेख मुद्या बन्ने

१९ भाद्र २०८२

१९ भदौ , काठमाण्डौ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सफल भएको सरकारले बताएको छ । ५ दिने भ्रमण सकेर बुधबार राति प्रधानमन्त्रीसहितको टोली स्वदेश फर्किएको छ । अब भारत भ्रमणको तयारीमा लाग्ने जनाइएको छ । प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा पनि लिपुलेकबारे नेपालको अडान राख्ने सरकारको भनाइ छ ।

Advertisement
Advertisement

प्रधानमन्त्री ओलीको पाँच दिने चीन भ्रमणबाट स्वदेश फर्किएपछि त्यसबारे जानकारी दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको पत्रकार सम्मेलनमा परराष्ट्र सचिव अमृतबहादुर राईले यो जानकारी दिएका हुन् । उनले चीन भ्रमणका क्रममा भएका उपलब्धि र गतिविधिबारे प्रेस विज्ञप्ति पढेर सुनाएका थिए ।

त्यस क्रममा उनले प्रधानमन्त्री ओलीले सांघाई सहयोग संगठनको शिखर सम्मेलनमा भाग लिएकोदेखि विभिन्न मुलुकका शीर्ष नेताहरुसँग भएको द्विपक्षी वार्ताका बारेमा जानकारी दिएका थिए । चिनियाँ राष्ट्रपति सी जिंगपिङसँग द्विपक्षीय सहयोग आदान–प्रदानसम्बन्धी विषयका अतिरिक्त लिपुलेकलाई व्यापार नाकाका रुपमा प्रयोग गर्ने भारत–चीन सम्झौताप्रति आपत्ति जनाउँदै उक्त सम्झौता प्रयोग नगर्न प्रधानमन्त्री ओलीले आग्रह गरेको राईले उल्लेख गरे ।

त्यसपछि सञ्चारकर्मीहरुले चीनमा जस्तै गरी भारतमा पनि यो अडान राख्छन् त भन्ने प्रश्नमा राईले भने, ‘नेपालले जहिल्यै पनि प्राथमिकताहरू, अडानहरू सधैं तयारीमा रहन्छ। परराष्ट्र मन्त्रालय जहिल्यै पनि तयारीमा रहन्छ।’ अब भारत भ्रमणको तयारीमा सरकार लाग्ने बताउँदै उनले थपे, ‘अब भारतको तयारीमा लाग्छौं। निश्चितै रुपमा।’

नेपालले सधैँ आफ्ना प्राथमिकता र अडानहरूको तयारी गरिरहने उनको भनाइ थियो । यस्तै उनले चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ्स (जीएसआई) मा नेपालले कुनै किसिमको सहमति नगरेको पुनःस्पष्ट पारेका छन् । भदौ १४ गते प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिंगपिङबीचको भेटवार्तामा जिएसआईमा ‘नेपालले सहमति जनाएको’ भनेर सार्वजनिक भएका समाचार आधारहीन भएकाले भ्रममा नपर्न उनले अनुरोध गरेका छन ।

सङ्क्षिप्त कुरा गर्दै परराष्ट्र सचिव अमृतबहादुर राईले “मुलुकले अङ्गीकार गरेको असंलग्न परराष्ट्रनीतिप्रति सरकार पूर्ण प्रतिबद्ध छ, परराष्ट्र सम्बन्धलगायत संवेदनशील विषयमा वास्तविकता नबुझि टीकाटिप्पण नगर्न सम्बद्ध सबैमा मेरो आग्रह छ । ” प्रधानमन्त्री ओली र राष्ट्रपति सी नेतृत्वको वार्तामा सहभागी परराष्ट्र सचिव राईले ‘ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ्स’लगायत द्विपक्षीय, क्षेत्रीय र अन्तरराष्ट्रिय चासोका विषयमा दुवै नेताबीच छलफल भएको बताए ।


चिनियाँ राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा एससिओ शिखर सम्मेलनमा भाग लिन ओली १४ भदौमा चीन गएका थिए । भ्रमणका क्रममा ओलीले चीनका राष्ट्रपति र उपराष्ट्रपतिसँग गत मंगलबार बेइजिङमा भेटवार्ता गरेका थिए । एससिओ शिखर सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उनले बहुपक्षतामा जोड दिएका थिए ।

शिखर सम्मेलनमा सहभागी हुने क्रममा प्रधानमन्त्री ओलीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायत विश्वका नेताहरूसँग भेटवार्ता गरेका थिए । करिब २५ मिनेट भएको यो भेटमा प्रधानमन्त्री ओली र राष्ट्रपति पुटिनले एकअर्कालाई भ्रमणको निम्तो दिएका थिए ।

Advertisement

प्रधानमन्त्री ओलीले मालदिभ्सका राष्ट्रपति तथा कम्बोडिया, लाओस, भियतनामका प्रधानमन्त्रीसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top