मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आइपुग्यो बगंलादेशी टोली

मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आइपुग्यो  बगंलादेशी टोली

१९ भदौ , काठमाण्डौ ।

नेपालसँग दुई मैत्रीपूर्ण खेलका लागि बगंलादेशको फुटबल टोली काठमाडौं आइपुगेको छ । त्रिभुवन विमानस्थल अवतरण भएपछि बंगलादेशको टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहले स्वागत गरेका छन् ।

नेपाल र बंगलादेशबीचको दुई मैत्रीपुर्ण खेल शनिबार र मंगलबार हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ । बंगलादेशको टोलीले अभ्यासका लागि भद्रकालीस्थित नेपाली सेनाको खेल मैदान र च्यासल स्थित च्यासल मैदानमा प्रशिक्षण गर्नेछ ।

एन्फाले भीआईपी प्यारापिटतर्फ १ हजार र साधारण प्यारापिटतर्फ ५ सय रुपैयाँ टिकट दर तोकेको छ ।

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.