NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ? मङ्लबार मंसिर ९ , २०८२
अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए मङ्लबार मंसिर ९ , २०८२
प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक मङ्लबार मंसिर ९ , २०८२
ओली अन्ततः चुनावमा भाग लिन तयार, दल दर्ता हुँदै, आयोग भने नमान्ने मङ्लबार मंसिर ९ , २०८२
Next
Prev

समाचार

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

बिहिबार भदौ १९ , २०८२
Reading Time: 1 min read
A A
भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१९ भदौ , काठमाण्डौ ।

नेपालबाट हुने अवैध आप्रवासन रोक्न भारतको गृह मन्त्रालयले नयाँ नियम जारी गरेको छ । नेपाल–भारत खुला सीमाका कारण नेपाली र नेपालबाट भारतमा हुने अवैध आप्रवासनलाई नियन्त्रण गर्न भारतको केन्द्रीय गृह मन्त्रालयले अध्यागमन तथा विदेशी ऐन, २०२५ अन्तर्गत नयाँ नियमहरू जारी गरेको छ ।

टाइम्स आफ इन्डियाले लखनउ डेटलाइनमा लेखेको समाचारअनुसार सेप्टेम्बर १ देखि लागु भएका यी नियमहरूले ब्युरो अफ इमिग्रेसन (बीओआई)लाई शक्तिशाली बनाएको छ । यसले ठगीको प्रभावकारी अनुसन्धान गर्न, गैरकानुनी आप्रवासीहरूलाई निष्कासन गर्न राज्यका अधिकारीहरूसँग मिलेर काम गर्न र एक केन्द्रीय डेटाबेस कायम राख्नसक्ने समाचारमा उल्लेख छ ।

यी नयाँ नियमहरूले भारतको नेपालसँग सीमा जोडिएको उत्तर प्रदेश राज्यमा हुने आप्रवासनलाई नियन्त्रण गर्न मद्दत पुग्ने टाइम्स अफ इन्डियाले जनाएको छ । पिलिभित, लखिमपुर खेरी, बहराइच, श्रावस्ती, बलरामपुर, सिद्धार्थनगर र महाराजगञ्ज गरी नेपालसँग सिमाना जोडिएका उत्तर प्रदेशका सात जिल्लाहरूमा भइरहेको अप्रमाणित आप्रवासन रोक्ने बताइएको छ ।

समाचारमा नेपालबाट भारतको उत्तर प्रदेशमा काम, शिक्षा, स्वास्थ्य सेवा र व्यापारका लागि नेपाली गइरहेको दाबी गरिएको छ । भारतीय अधिकारीहरूले सीमाका असुरक्षित क्षेत्रहरूलाई राष्ट्रविरोधी तत्व, गैरकानुनी आप्रवासी र विदेशी जासुसहरूले दुरुपयोग गर्नसक्ने चेतावनी पनि दिएको बताइएको छ ।

यसअघि एक नियामक निकाय मात्र रहेका बीओआईलाई अब कानुनी रूपमा परिभाषित अधिकार र थप जवाफदेही बनाइएको छ । नयाँ नियमअनुसार नेपाली सहित सबै विदेशी नागरिकले फारम अनिवार्य रूपमा भर्नुपर्ने र होटेल, अस्पताल, नर्सिङ होम, विश्वविद्यालय र अन्य शैक्षिक संस्थाहरूले आफ्ना विदेशी पाहुना वा विद्यार्थीको विवरण बुझाउनुपर्ने समाचारमा उल्लेख छ ।

यसमा ओभरसिज स्टुडेन्ट अफ इन्डिया (ओसीआई) विद्यार्थीले फारम बुझाउनुपर्नेछ । कम्तिमा एक वर्षका लागि इलेक्ट्रोनिक रूपमा भण्डार गरिने यो डाटाले सिमाना क्षेत्रमा हुने आवतजावतलाई निगरानी गर्न मद्दत गर्ने बताइएको छ ।

“कडा कागजात र निगरानीले अनधिकृत प्रवेशलाई नियन्त्रण गर्न र विदेशी नागरिकले भारतमा कानुनी र पारदर्शी रूपमा बसोबास गर्ने सुनिश्चित गर्न मद्दत गर्नेछ,” एक अधिकारीले टाइम्स आफ इन्डियासँग भनेका छन्, “यो कदम नेपालजस्ता छिमेकी देशहरूसँग मैत्री सम्बन्ध कायम राख्दै राष्ट्रिय सुरक्षाको रक्षा गर्ने व्यापक रणनीतिको एक भागको रूपमा हेरिएको छ ।”

यद्यपि, भारतीय रक्षा बलमा सेवा गरेका र भारतमा बसोबास गर्दै आएका नेपाली नागरिकलाई यो नयाँ नियमले कसरी असर गर्छ भन्ने स्पष्ट नभएको बताइएको छ । “अहिले हामी केवल होटेल, भाडाको कोठा, शैक्षिक संस्था वा अस्पतालमा बसिरहेका विदेशी नागरिकहरूमा मात्र ध्यान केन्द्रित गरिरहेका छौँ,” ती अधिकारीले भने, “पूर्वसैनिकहरूका बारेमा स्पष्टता पछि आउनेछ, उनीहरू खतरा होइनन् ।”

२ सेप्टेम्बरदेखि लागू गरिएको नयाँ इमिग्रेसन कानूनबाट नेपाल र भुटानका नागरिकलाई पूर्ण रूपले छुट दिइएको छ।साथै पाकिस्तान, बङ्गलादेश र अफगानिस्तानका हिन्दू, बौद्ध, जैन र सिख समुदायका अल्पसंख्यकलाई पनि छूट दिइएको छ।

यस्तै भारतीय नागरिकले नेपाल वा भुटानतर्फको भूमि वा हवाई मार्ग प्रयोग गरेर भारत पस्दा पासपोर्ट–भिसा नचाहिने, नेपाल र भुटानका नागरिकले आफ्नो सीमाबाट भारत पस्दा छुट पाउने, तर चीन, मकाउ, हङकङ वा पाकिस्तान हुँदै भारत आउँदा भने पासपोर्ट आवश्यक हुने व्यवस्था गरेको छ ।

त्यस्तै २०१५ जनवरी ९ भन्दा अघि भारतमा आश्रय लिएका दर्ता भएका श्रीलङ्काली तमिल शरणार्थीलाई छुट, कूटनीतिक वा सरकारी पासपोर्ट भएका व्यक्तिहरू, भिसा–अन–अराइभल पाउने देशका नागरिक, वा भारत भ्रमणमा आएका विदेशी सैन्य जहाजका कर्मचारीलाई पनि भिसा सम्बन्धी प्रावधानबाट छुट दिइएको छ।

वाहक (जस्तै बस, रेल, जहाज) सम्बन्धमा पनि नयाँ व्यवस्था गरिएको छ। यात्री वा चालकदललाई भारत भित्र्याउँदा वा बाहिर लैजाँदा, यदि कागजात नक्कली भएको कुरा विशेषज्ञ परीक्षणबिना पत्ता लगाउन नसकिने भएमा, वा यात्रु स्टोअवे (लुकिचोरी चढ्ने) भएमा, वा उडानरजहाज डाइभर्ट भएर आएको अवस्थामा, त्यस्ता यात्रुहरूको जिम्मेवारी वाहकलाई हुने छैन।

यस्तै भारतीय सेनाका सदस्यहरू सरकारी कामकाजका लागि विदेश आउ–जाउ गर्दा, उनीहरूको परिवारसहित, पासपोर्ट वा भिसा नचाहिने भएको छ । नियमहरूका बारेमा सचेतना अभियान सञ्चालन भइरहेको बताइएको छ । “नयाँ ऐनअनुसार, फारम सीको आवश्यकता पूरा नगरेमा तीन वर्षसम्म जेल, तीन लाख रुपैयाँ जरिबाना वा दुवै सजाय हुन सक्नेछ,” उनले भने ।

नयाँ नियम अध्यागमन तथा विदेशी ऐन, २०२५ ले यस अघिका नियमहरू जस्तै ः पासपोर्ट नियम, १९५० र विदेशी आदेश, १९४८ लाई प्रतिस्थापन गरेको छ । जिल्ला प्रहरी उपरीक्षक वा प्रहरी उपआयुक्तहरूले विदेशी क्षेत्रीय दर्ता कार्यालयअन्तर्गत उत्तर प्रदेशका ७३ जिल्लाहरूमा विदेशी दर्ता अधिकारीको रूपमा काम गर्ने बताइएको छ ।

नियमअनुसार आपराधिक वा गैरकानुनी गतिविधिमा संलग्न अवाञ्छित विदेशीहरूले आवतजावत गर्ने रिसोर्ट, क्लब र मनोरञ्जन स्थलहरूलाई नागरिक अधिकारीहरूले बन्द गर्न सक्ने पनि बताइएको छ । त्यसपछि त्यस्ता ठाउँका मालिकहरूले पुनः सञ्चालन गर्न आधिकारिक स्वीकृति लिनुपर्नेछ ।

Tags: #भारतको नयाँ आप्रवासन नियम

लोकप्रीय

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

विचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

थप समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?
ताजा समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन
अन्तर्राष्ट्रिय

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक
अन्तर्राष्ट्रिय

अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक

मङ्लबार मंसिर ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२

हालका पोस्टहरू

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.