नेपाल बैंकको एफपीओ भर्नेले पहिलो मौका गुमाए, विधि र विरोधको चेपुवामा लगानीकर्ता

काठमाडौं,असोज १८
नेपाल बैंकको एफपीओमा लगानी गर्ने लगानीकर्ताले पहिलो चरणको मौका गुमाएका छन् । बैंकको सेयर सूचिकरणमा उत्पन्न विवाद लम्बिदा लगानीकर्ताहरु सेयर मूल्य बढेको बेलामा बेच्नबाट बञ्चित भएका छन् । एक साताअघि प्रतिकित्ता ३३४ रुपैयाँ पुगेको यस बैंकको सेयर विहीबार ३०७ रुपैयाँमा झरेको छ ।

सेयर निष्काशन तथा बाँडफाँड नियमावली अनुसार सेयर बाँडफाँड भएको १५ दिनभित्र सेयर सूचिकरण हुनुपर्छ । तर नेपाल बैंकको सेयर बाँडफाँड भएको तीन महिना बित्दा पनि सूचिकरण हुन सकेको छैन ।

बैंकले गत साउन २० गते सेयर बाँडफाँड गरेको थियो । बाँडफाँडपछि सेयर सूचिकरण गर्न समयमा नै नेपाल स्टक एक्सचेञ्जमा पत्राचार गरेको नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताव शाहले बताए ।

Advertisement

उक्त एफपीओको अण्डरराईटिङ गर्ने कम्पनीहरुले गलत प्रक्रियाबाट सेयर बिक्री गरेको उजुरी नेपाल धितोपत्र बोर्डमा परेपछि सूचिकरण रोकिएको नेपाल स्टक एक्सचेञ्जका महाप्रबन्धक चन्द्रसिंह साउदले बताए ।

‘बैंकले सूचिकरण गर्न निवेदन दिएको छ तर धितोपत्र बोर्डले सूचिकरण नगर्नु भनेर निर्देशन दिएको छ’ साउदले भने ।

अण्डरराईटरले किनेको नेपाल बैंकको एफपीओ उनीहरुको खातामा नै नआई तेस्रो पक्षको खातामा गएको र यस्तो कारोबार गैरकानुनी भएको भन्ने गुनासो आएपछि त्यसबारेमा छानविन भईरहेको नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरीले बताए ।

बुटवल पावर कम्पनीको एफपीओ अण्डरराइटिङ प्रक्रियामा पनि यस्तो गुनासो आएको र नेपाल बैंकको एफपीओमा पनि सोही समस्या देखिएकोले बोर्डले समस्याको समाधान खोजिरहेको उनले बताए ।

अण्डरराइटरले लिन नसक्ने सेयर आफै ग्राहक खोजी सोझै बिक्री गरेकोमा सेयर ब्रोकर कम्पनीहरुले पनि असन्तुष्टि जनाएका छन् । ‘अण्डरराइटरले क्षमताभन्दा बढी सेयर किन अण्डरराइटिङ गरे ? दिनेले क्षमताभन्दा बढी सेयर अण्डरराइटिङ गर्न किन दियो ? विधि र प्रक्रिया नबनाई किन यसरी सेयर कारोबार भईरहेको छ ?’ एक जना ब्रोकरले प्रश्न उठाए ।

धितोपत्र बोर्डले अध्ययन गर्न थालेको जनाउँदै नेपाल ब्रोकर संघका अध्यक्ष भरत रानाभाटले बोर्डले उचित निर्णय लिने विश्वास व्यक्त गरे । ‘अब नियामकले पक्कै एउटा विधि तय गर्छ, विधि बनेपछि विवाद अन्त्य हुन्छ’ उनले भने ।

नियामकको विधि र सेवा प्रदायकको विरोधमा लगानीकर्ता भने चेपिएका छन् । सेयर सूचिकरण भईसक्नु पर्ने समयमा नेपाल बैंकको सेयर प्रतिकित्ता ३३४ रुपैयाँ पुगेको थियो । विहीबार उक्त सेयर प्रतिकित्ता ३०७ रुपैयाँमा झर्दा लगानीकर्ताले प्रतिकित्ता २७ रुपैयाँ गुमाएका छन् ।

आवेदन परेको ९३ लाख ७५ हजार ७५० कित्ता एफपीओ बाँडफाँड भएको बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ ।

बैंकले प्रतिकित्ता २८० रुपैयाँमा ४ अर्ब ९५ करोड बराबरको एफपीओ जारी गरेकोमा २ अर्ब ६२ करोड रुपैयाँको मात्र आवेदन परेको थियो । नबिकेको सेयर सीबीआईएल क्यापिटल, ग्लोबल आईएमई क्यापिटल, नेपाल एसबीआई मर्चेन्ट बैंकिङ, एनआईबीएल एस क्यापिटल, सिभिल, सनराइज, लक्ष्मी र सानिमा क्यापिटल लिमिटेडले सकारेको थिए ।(विकास न्युजबाट)

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top