×

NEPAL TIMES UPDATES

Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026

भवितव्य दुर्घटनालाई लिएर महाधिवेशन भाँड्ने प्रयास भयोः ओली

२१ भाद्र २०८२

२१ भदौ , काठमाण्डौ ।

कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम राना सवार गाडीले ललितपुरमा एक बालिकलाई ठक्कर दिएको छ । एमालेबाट मन्त्री भएका उनी ललितपुरमा शुक्रबारदेखि सुरू भएको विधान महाधिवेशनमा सहभागी हुन आज बिहान गोदावरी जाँदै थिए ।

Advertisement
Advertisement

सोहीक्रममा उनी सवार गाडीले बालिकालाई ठक्कर दिएर घाइते बनाएको हो । तर ठक्कर दिएपछि रोकिनुको साटो मन्त्री सवार को १ झ ६९९ नम्बरको सरकारी गाडी हुँकिएपछि स्थानीय आक्रोशित भएका छन् । उनीहरुले हरिसिद्धि सडक अवरुद्ध पारे ।

हरिसिद्धि सडकको उकालोमा ११ वर्षीया बालिका उषा मगर सुनुवारलाई गाडीले ठक्कर दिएको हो । घाइते बालकलाई उपचारका लागि बी एण्ड बी अस्पताल लगिएको र उनको अवस्था सामान्य देखिएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनापछि स्थानीयले सडक जाम गराएका हुन् । जसका कारण एमालेको दोस्रो विधान अधिवेशन स्थल गोदावरी जाने मुख्य सडक अवरुद्ध भएको थियो, र अधिवेशन सुरु हुन पनि ढिलाइ भएको थियो । यता प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले भने यो दुर्घटनालाई देखाएर विधान महाधिवेशन भाड्ने काम गरिएको उल्टै आरोप लगाएका छन् ।

उनले मन्त्रीको गाडीले बालिकालाई ठक्कर दिएको विषयलाई राजनीतिकरण गर्न खोजिएको बताएका छन् । गोदावरीको सनराइज हलमा एमाले विधान महाधिवेशनको दोस्रो दिनको कार्यक्रममा सम्बोधन गर्दै ओलीले बालिकालाई गाडीले सामान्य ठक्कर मात्रै दिएको बताएका हुन् ।

त्यही कारण विधान अधिवेशनको दोस्रो दिनको कार्यक्रममा एक घन्टा ढिलाइ भएको पनि ओलीले बताए । ‘सामान्य रुपमा एक बच्चीलाई गाडीले छोयो । अस्पताल लगिसकियो । त्यस्तो कुनै नियत थिएन । पार्टीले बच्चीको सम्पूर्ण उपचार खर्च बेहोर्छ । घट्नाप्रति दुःख व्यक्त गर्दछु । कहिले–कहिले यस्ता अप्रिय घटना हुन्छन् । तर भइदियो । त्यही कारण कार्यक्रम समयमै सञ्चालन हुन बिलम्ब हुन गयो’, अध्यक्ष ओलीले भने ।

उनले बालिकाको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् । ‘भवितव्य घट्ना भएको। त्यस्तो क्षति पनि भएको छैन। यसमा हामी पनि दुःखी भएका छौं र बच्चीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं’, अध्यक्ष ओलीले भनेका छन् ।

यता मन्त्री मगरले पनि घाइते बालिकाको अवस्था बुझ्न आफू अस्पताल आएको बताएका छन् । मन्त्री सवार गाडीलाई भने प्रहरीले गोदावरीबाट नियन्त्रणमा लिएको छ । आज बिहान ७ बजे ललितपुर महानगरपालिका–२८ स्थित हरिसिद्धी माध्यमिक विद्यालय अगाडिको मूल सडकमा प्रदेशका मन्त्री सवार गाडीले ११ वर्षीय बालिकालाई ठक्कर दिएको हो ।

जेब्रा क्रसिङमै बालिकालाई ठक्कर दिएको थियो । तर उक्त गाडीले बालिकालाई ठक्कर दिएपछि रोक्दै नरोकेकी हुँकिएको थियो, जसले स्थानीयलाई झनै आक्रोशित बनाइदियो । मन्त्री सवार गाडीले बालिकालाई ठक्कर दिएको सिसिटिभी फुटेजमा पनि कैद भएको छ ।

उक्त भिडिओ फुटेजमा बालिका जेब्रा क्रसिङको केही अगाडिबाट बाटो काट्नै लाग्दा गाडीले ठक्कर दिएको थियो । ठक्करबाट बालिका गाडीको छेवैमा पछारिएकी थिइन् । बालिका सडकमै लडे पनि सो गाडी भने रोक्दै नरोकी त्यहाँबाट अगाडि बढेको भिडिओ फुटेजमा देखिन्छ । ‍

गाडीको पछाडि आइरहेका मोटरसाइकलमा सवार एक महिलाले बालिकालाई सडकबाट उठाएको दृश्य भिडिओमा देखिएको छ । तर प्रधानमन्त्रीले भने यो दुर्घटना भवितव्य भएको र यसैलाई देखाएर महाधिवेशन भाँड्ने गरी कसैले राजनीति गर्न खोजेको समेत आरोप लगाउन भ्याएका छन् ।

Advertisement

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top