×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो

२३ भाद्र २०८२
२३ भदौ , काठमाण्डौ ।
पुराना भनिएका दल र पाका भनिएका नेताहरुले समेत बलेको आगो ताप्ने शैलीमा हाल सडकमा आएको नयाँ पुस्ता(जेन–जी) पुस्ता लाई सरकार विरुद्धको प्रदर्शनमा समर्थन जनाउन थालेपछि उनीहरु आफै ट्रोल बन्न थालेका छन् ।
अहिले सडकमा आएका जेन–जीलाई समर्थन गरेको देखाउन तछाडमछाड गर्न थालेका पाका नेतृत्वहरुमाथि नै प्रश्न उठिरहेका छन् । विगतमा उनीहरु पनि सरकारको नेतृत्वमा रहेको र अहिलेका जस्तै उनीहरुले पनि सो बेला व्यवहार गरेको, सबै टेस्टेड भइसकेको भन्दै पुराना पार्टीका नेताहरु एकै घानमा परेका छन् ।
पछिल्लो पटक पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यसको निशानामा परेका छन् । उनलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नै निशानामा पारेका हुन् ।
हिजो टिकटकमाथि प्रतिबन्ध लगाएका प्रचण्डले आजसामाजिक सञ्जाल बन्दविरुद्ध बोल्दा बालेनले व्यंग्य गरेका छन्। भ्रष्टाचार र बेथितिसँगै सामाजिक सञ्जाल बन्दको विरोधमा जेन–जीले काठमाडौँलगायतका स्थानमा आज सुरु  गरेको प्रदर्शन प्रति समर्थन जनाउँदै अध्यक्ष प्रचण्डले आइतबार बेलुका फेसबुकमा पोस्ट गरेका छन्।
त्यसमा कमेन्ट गर्दै बालेनले यसअघि टिकटक प्रचण्ड प्रधानमन्त्री भएकै बेला बन्द गरिएको थियो भनेर कटाक्ष गरेका हुन्। साथै उनले आफूलाई साथ दिएको भए काठमाडौँका खोला नाला नै फेरिदिने समेत उल्लेख गरेका छन्।
प्रचण्डले फेसबुकमा लेखेका छन्, ‘सामाजिक सञ्जालमाथि रोक लगाउने सरकारको कदम गलत छ। सरकारले गरिरहेको भ्रष्टाचार र सामाजिक सञ्जाल अवरोधका विरुद्ध युवाहरूले गर्न लागेको प्रदर्शन स्वाभाविक छ।
प्रदर्शनमाथि सरकारले बल प्रयोग गर्ने धृष्टता नगरोस्। भ्रष्टाचारका विरुद्ध हाम्रो आन्दोलन जारी रहेकोकुरा स्पष्ट छ।  ’यसमा कमेन्ट गर्दै बालेनले लेखेका छन्, ‘एकादेशमा टिकटक पनि ब्यान (बन्द) भएको थियो। हजुर पीए (प्रधानमन्त्री) हुँदा पनि मेयर नै थिएँ, काम हजुरबाट पनि केहि भएन कमरेड। मेरो लागि एक दिन दिएको भए म केटीएम (काठमाडौँ) को खोलानाला फेरिदिन्थेँ।’
यसैबीच कतिपयले प्रचण्डको उक्त पोस्टमा भन्दा बालेनको कमेन्टमा धेरै लाइक आएको भनेर पनि टिप्पणी गरिरेहका छन्। यस्तैवरिष्ठ कलाकार हरिवंश आचार्यले पनि जेन–जी  पुस्ताको आन्दोलनलाई समर्थन गरेका छन्।
आजको प्रदर्शनप्रति समर्थन जनाउँदै कलाकार आचार्यले सोमबार बिहान फेसबुक पोस्टमा घर छेउको पिच भत्किएको बाटोसहित आफ्नो धारणा प्रकट गरेका छन्।उनले लेखेका छन्, ‘मेरो घरछेउको बाटो पिच गरेको केही समयमै भत्कियो। म हरेक दिन मनमा सोच्दै थिएँ– यो बाटो यति चाँडो कसरी भत्कियो? तर अहिलेको पुस्ता यस्ता प्रश्न मनभित्र मात्र सोच्दैनन्न.. जनताको करले बनेको बाटो किन भत्कियो? कसरी भत्कियो? यसको जिम्मेवारी कसको? यो एउटा सानो उदाहरणमात्र हो। आज पुस्ताले प्रश्न गरेका। आज उठेको आवाज कुन्नै व्यवस्थाविरुद्ध आवाज होइन तर यो व्यवस्था हाँकिराख्नुभएका सबै दलका नेता र कर्मचारीको कार्यक्षमतामाथिको प्रश्न हो। जनताले तपाईंहरूबाट अहिले गरिरख्नुभएको भन्दा धेरै आशा गरेका छन्। अब उमेर भएकाले आफ्नो कार्यक्षमता सुधार्ने र उमेर पुगेकाले युवापुस्तालाई हस्तान्तरण गर्नु नै उत्तम हुनेछ।’
यसबीच आलोचना नै खेपेपनि माओवादीसहित रास्वपा, राप्रपा, नेसपा लगायतका दलहरुका साथै कयौं अभियन्ता, विभिन्न पेशामा लागेका व्यक्तित्वहरुले पनि यो प्रदर्शनलाई समर्थन जनाइरहेका छन् ।
यसबीच राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले जेन जी पुस्ताले भ्रष्टाचार र सामाजिक सञ्जालमाथि सरकारको गैर जिम्मेवार प्रतिबन्धको विरुद्धमा आयोजना गर्ने स्वतःस्फूर्त प्रदर्शनलाई समर्थन रहने जनाएका हुन् ।
उनले भनेका छन– ‘भ्रष्टाचार आजको नेपाललाई ध्वस्त बनाउने सबैभन्दा ठूलो रोग हो। नवयुवाहरूले उठाएको आवाज केवल उनीहरूको मात्र होइन, सम्पूर्ण नेपाली जनताको साझा पीडा हो। हामीलाई पूरा विश्वास छ, प्रदर्शनका माध्यमबाट नव युवा पुस्ताले प्रष्ट सन्देश दिनेछन– यो देश अब पुरानै ढर्राले चल्दैन।’
उनले प्रदर्शनमा स्वतःस्फूर्त रूपमा सहभागी भएर भ्रष्टाचार र कुशासन विरुद्धको आन्दोलनमा ऐक्यबद्धता व्यक्त गर्न पनि आह्वान गरेका छन् । साथै प्रदर्शनमा कुनै प्रकारको दमन र हस्तक्षेप नगर्न र तत्काल नव युवा पुस्ताको आवाजलाई सम्बोधन गर्न सरकारसँग अपिल पनि गरेका छन् ।
यो प्रदर्शनलाई रास्वपा सभापति रवि लामिछानेले पनि कारागारबाटै विज्ञप्ती निकाल्दै समर्थन जनाएका छन् । यसबीच सरकारले सामाजिक सञ्जाल बन्द गराएको विरोध गराएको विरोधमा जेनजी युवाहरूले काठमाडौंको माइतीघर मण्डलामा गरेको प्रदर्शनमा हजारौं युवा सहभागी भएका छन् ।
उनीहरु माइतीघरबाट नयाबानेश्वरतर्फ अघि बढेका छन् । उनीहरूले भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको विरोधमा प्रदर्शन गरेका छन् ।
राष्ट्रिय झण्डा बोकेर सडकमा ओर्लिएका उनीहरूले राष्ट्रभक्ति गीत गाएका छन् ।  उनीहरूले विभिन्न नारा लेखिएका प्लेकार्डसमेत बोकेका छन् । कतिपय स्कुल–कलेजको ड्रेसमा देखिएका छन् ।
‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’, ‘जेनजी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’, ‘कता हिंडेको ट्याक्स लुटेर ?’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, स्टप करप्सन (भ्रष्टाचार रोक) लगायतका नारा लेखेका प्लेकार्ड उनीहरूले बोकेका छन् ।
पहिले सामाजिक सञ्जालका पोष्टमा मात्र सीमित सरकार र राजनीतिक दलका नेताविरुद्धको आक्रोशलाई जेनजी पुस्ताले सडकमा उतारेका हुन् । जेनजीले राजनीतिक दलका नेता–कार्यकर्तालाई प्रदर्शनमा सहभागी नगराउने बताएका छन् ।
प्रदर्शनको क्रममा रुख बिरुवा नभाँच्ने, सार्वजनिक सम्पत्ति नष्ट नगर्ने, आगजनी, तोडफोड नगर्ने, धाकधम्की नदिने, सभ्य र जिम्मेवार भएर प्रस्तुत हुने, नागरिक अधिकार र स्वतन्त्रताको पक्षमा उभिने प्रतिबद्धता समेत जनाएका छन् ।
उनीहरूले प्रदर्शन शान्तिपूर्ण हुने बताएका छन् । यद्यपि घुसपैठ हुन सक्ने भन्दै सुरक्षाकमीको तैनाथी बढाइएको छ । काठमाडौं प्रहरीले ठूलो संख्यामा प्रहरी सडकमा उतारेको छ ।
जेनजीले काठमाडौं उपत्यका बाहिरका रुपन्देही, दाङ, मोरंग लगायतका जिल्लाहरू पनि प्रदर्शन गरेका छन् ।देशमा रोजगारीको वातावरण सिर्जना हुनुपर्ने, सुशासन हुनुपर्नेलगायत माग उनीहरूको छ।
उनीहरूले प्रदर्शनमा ’गाउँ–गाउँबाट उठ, बस्ती बस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई उठ’ लगायत गीतसमेत गाएका छन्। प्रदर्शनपछि कोणसभा र भाषणको कार्यक्रम नरहेको उनीहरूको भनाइ छ।
साथै उनीहरूले ’सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार खुला’, ’हामीलाई बोल्न दे सरकार’, ’आवर फ्युचर इज नट फर सेल’, से नो टु करप्सन, जेन–जी हेयर–फ्युचर क्लियर’ जस्ता विभिन्न नारा लेखिएका प्लाकार्ड सहित प्रदर्शन गरेका छन्।
उनीहरूले केही नेता र मन्त्रीको नामै किटेर प्लेकार्डमार्फत विरोध जनाएका छन् ।प्रदर्शनमा कलाकार, अभियन्ताहरू पनि मिसिएका छन् । उनीहरूले आफूहरू कुनै राजनीतिक पार्टीको नभएको बताएका छन् ।
नेपालमा बढ्दै गएको भ्रष्टाचार, नातावाद र कृपावादका कारण युवाको पलायनलगायतका कारण देखाउँदै जेनजी पुस्ताले विरोध थालेका हुन् ।
नेपालमा बढ्दै गएको भ्रष्टाचार र नेताका परिवारका सदस्यको रवाफिलो शैलीको विरोध गर्दै जेनजी पुस्ता सडकमा उत्रिएको हो ।
Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top