२७ भदौ , काठमाण्डौ ।
नेपाली कांग्रेसका कार्यकर्ताहरूले आज बिहान सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टीको झण्डा र ब्यानर पुनः टाँसेका छन्।
हालै जेन–जी युवाहरूको प्रदर्शनका क्रममा भएको आगजनीपछि पूर्ण रूपमा क्षतिग्रस्त बनेको कार्यालयमा पुगेका युवा कार्यकर्ताहरूले बीपी कोइरालाको तस्वीरसहितको ब्यानर पनि राखेका हुन्।
तस्वीरमुनि लेखिएको छ— “उहाँले निर्माण गर्नुभएको हो, हामी अझ सबल बनाउनेछौं, हामी उठ्नेछौं।”
यसअघि केही प्रदर्शनकारीहरूले कार्यालयमा आगजनी गर्दा सम्पूर्ण संरचना क्षतिग्रस्त भएको थियो।