“हामी उठ्ने छौं” भन्दै कांग्रेस कार्यकर्ताहरूले पार्टी केन्द्रीय कार्यालयमा टाँसे पार्टीको झण्डा र ब्यानर

२७ भदौ ८२, शुक्रबार
Share this
800shares

२७ भदौ , काठमाण्डौ ।

Advertisement

नेपाली कांग्रेसका कार्यकर्ताहरूले आज बिहान सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टीको झण्डा र ब्यानर पुनः टाँसेका छन्।

हालै जेन–जी युवाहरूको प्रदर्शनका क्रममा भएको आगजनीपछि पूर्ण रूपमा क्षतिग्रस्त बनेको कार्यालयमा पुगेका युवा कार्यकर्ताहरूले बीपी कोइरालाको तस्वीरसहितको ब्यानर पनि राखेका हुन्।

Advertisement

तस्वीरमुनि लेखिएको छ— “उहाँले निर्माण गर्नुभएको हो, हामी अझ सबल बनाउनेछौं, हामी उठ्नेछौं।”

 

Advertisement

यसअघि केही प्रदर्शनकारीहरूले कार्यालयमा आगजनी गर्दा सम्पूर्ण संरचना क्षतिग्रस्त भएको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top