NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा आइतवार पुस २७ , २०८२
चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै शनिबार पुस २६ , २०८२
केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो शुक्रबार पुस २५ , २०८२
कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित शुक्रबार पुस २५ , २०८२
Next
Prev

समाचार

विश्व चर्चित बन्दै सुशील कार्की, दोस्रो इतिहास लेख्दै

शुक्रबार भदौ २७ , २०८२
Reading Time: 1 min read
A A
विश्व चर्चित बन्दै सुशील कार्की, दोस्रो इतिहास लेख्दै
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२७ भदौ , काठमाण्डौ ।

परिवर्तनका हरेक आन्दोलनले नयाँ नयाँ नेतृत्व जन्माउँछ । देश जब सङ्कटमा पर्छ त्यो बेला देशका लागि एक जना यस्तो मात्रको आवश्यक पर्छ जसले सङ्कटबाट सहज रूपमा देशलाई बाहिर निकालोस् । हो आज नेपाल त्यही अवस्थामा छ । देशलाई सङ्कटबाट मोचन गर्न आन्दोलनरत जेनजी समूहले महिलाको हातमा सुम्पँदै छन् ।

नेपाललाई विश्वले शान्त, सुन्दर देशका रूपमा चिन्छ। आज त्यही देशको शासन सत्ताको बागडोर एक महिलाको हातमा जाने परिस्थितिले नयाँ आशा जगाएको छ । इतिहासलाई हेर्ने हो भने संसारका धेरै त्यस्ता मुलुक छन् जहाँ देशमा परेको सङ्कटको मोचन महिलाको नेतृत्वबाट सम्भव भएको छ ।

LS Auto

महिला नेतृहरूले कठिनतम चुनौतीलाई पार लगाउँदै देशलाई स्थायित्व र प्रगतिको बाटोमा अघि बढाएका उदाहरण प्रशस्त छन् ।आज नेपालमा पनि यस्तै अवसर आज सुशीला कार्कीलाई प्राप्त भएको छ। उनी न्यायको क्षेत्रमा निर्भीकतापूर्वक खडा भएर नयाँ इतिहास लेख्ने महिला भएकी थिइन्।

अब शासन सत्ताको जिम्मेवारी उनको काँधमा आउँदै गर्दा, देशले महिलाको दृष्टिकोण, कठोर निर्णय क्षमता र संवेदनशील नेतृत्वको मिठो संयोजन अनुभव गर्ने अपेक्षा गर्न सकिन्छ। देश सङ्कटको घडीमा छ । आन्तरिक असन्तोष, सुशासनको चुनौती र राजनीतिक अस्थिरता अझै पूर्णतः अन्त्य भएको छैन ।

तर यही बेलामा महिला नेतृत्वलाई अवसर दिनु, केवल लिङ्गगत समानताको मुद्दा मात्र होइन, यो एक नयाँ सोच, नयाँ कार्यशैली र नयाँ संस्कृतिको आवश्यकता पनि हो । विश्व इतिहासमा महिला नेतृहरूले बारम्बार प्रमाणित गरेका छन् कि संवेदनशीलता, व्यवहारिकता र दृढ निर्णय क्षमताले मात्र राष्ट्रलाई स्थिर बनाउन सकिन्छ।

सङ्कटका चुनौतीपूर्ण क्षणमा उनीहरूको नेतृत्वले मुलुकलाई मार्गदर्शन गरेको छ। यस्तै सङ्कटको बेलामा बेलायतलाई सम्हालेकी थिइन मार्गरेट थ्याचरले । “आयरन लेडी” भनेर चिनिने मार्गरेट थ्याचरले १९७९ देखि १९९० सम्म बेलायतलाई नेतृत्व दिइन्। उच्च बेरोजगारी, मुद्रास्फीति र फकल्याण्ड युद्धजस्ता कठिन परिस्थितिमा उनले कठोर आर्थिक सुधार लागू गरिन्।

उनका नीतिहरू विवादास्पद भए पनि उनले देशलाई स्थिर बनाउँदै अन्तर्राष्ट्रिय क्षेत्रमा बेलायतलाई बलियो बनाएर देखाइन्। यसै गरी जर्मनीकी अर्की महिला थिइन एन्जेला मर्केल । २००५ देखि २०२१ सम्म चान्सलर रहेकी एन्जेला मर्केल युरोपेली राजनीति स्थिरताकी आधार स्तम्भ थिइन् ।

२००८ को आर्थिक सङ्कटदेखि २०१५ को शरणार्थी सङ्कटसम्म उनले संयम र विवेकपूर्ण नेतृत्व गरिन्। “युरोपकी आमा” भनेर चिनिने मर्केलले युरोपेली युनियनलाई सङ्कटका बेला एकजुट राख्न सफल भएकी थिइन् ।

नेपालको छिमेकी मुलुक भारतकी चर्चित आइरन लेडी थिइन इन्दिरा गान्धी । भारतकी पहिलो महिला प्रधानमन्त्री इन्दिरा गान्धीले १९७१ मा भारत–पाकिस्तान युद्धमा निर्णायक विजय दिलाउँदै बङ्गलादेशको जन्म सुनिश्चित गरिन्। कठोर निर्णय क्षमताका कारण उनी कहिले लोकप्रिय त कहिले विवादित रहिन्।

उनीमाथि शिख आन्दोलन दबाउन कठोर कदम चालेको आरोप छ । तर, उनले सङ्कटको घडीमा दृढतापूर्वक राष्ट्रको नेतृत्व गर्ने साहस देखाउने महिलामा पर्छिन् । संकटबाट पटक पटक बंगलादेशलाई पार लगाउने नेतृत्वमा पर्दछिन् बेगम खालिदा जिया ।

उनी बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री मात्र होइन, गम्भीर राजनीतिक, सामाजिक र सुरक्षा संकटमा परेका बेला देशलाई सम्हाल्न सक्ने नेतृका रूपमा पनि चिनिन्छिन्। उहाँले विशेषगरी १९९१ देखि सुरु भएको कार्यकालमा धेरै ठूला चुनौतीहरू सामना गर्नुपरेको थियो। १९९१मा सैन्य शासन (एरशाद शासन) अन्त्य भएपछि बंगलादेश अस्थिर अवस्थामा थियो।

१९९१ को आमनिर्वाचनपछि खालिदा जियाको पार्टी बंगलादेश नेशनल पार्टी सत्तामा आयो। उनले संसदीय पद्धति पुनः लागू गरेर सेना–प्रधान राजनीति बाट देशलाई लोकतान्त्रिक ढाँचातर्फ मोडेकी थिइन । १९९१ को भयानक चक्रवातमा करिब १.४ लाख मानिसको ज्यान गएको थियो।

तत्कालीन अन्तर्राष्ट्रिय सहयोग व्यवस्थापन, राहत वितरण, पुनःनिर्माण अभियानमा सक्रिय नेतृत्व देखाइन्। यस्तै ९० को दशकमा अविरल हड्ताल, आन्दोलन र संसद बहिष्कार भइरहेका थिए। खालिदा जियाले सत्तासीन रहँदा प्रतिपक्षसँग वार्ता गरेर केही हदसम्म राजनीतिक प्रक्रियालाई जोगाएकी थिइन ।

यस्तै सन् २००९ देखि २०२४ सम्म प्रधानमन्त्री रहेकी शेख हसिनाले युद्धपश्चात्को बङ्गलादेशलाई आर्थिक प्रगतितर्फ डो¥याइन्। प्राकृतिक विपत्ति, जलवायु परिवर्तनको सङ्कट र राजनीतिक अस्थिरताबिच पनि उनले खाद्य सुरक्षा, शिक्षा, महिला सशक्तीकरण र पूर्वाधार विकासमा उल्लेखनीय योगदान दिएकी छन्।

तर पछिल्लो समय देशमा बढेको भ्रष्टाचार, नागरिक माथिको भेदभावका साथै दमन गरेको लगायतमा आरोप उनलाई लाग्यो । नेपालमा भएको जस्तो विद्यार्थी आन्दोलन बङ्गलादेशमा पनि भयो र करिब १४ महिना अघि उनी प्रधानमन्त्री भएको अवस्थामा सेनाको सहयोगमा आफ्नै निवासबाट भागेर सिधै भारतको शरणमा पुगेकी छिन् ।

न्यूजिल्याण्डमा २०१९ को क्राइष्टचर्च आतङ्कवादी आक्रमणपश्चात् जसिन्डा अर्डर्नको सहानुभूतिपूर्ण र संवेदनशील नेतृत्वले सम्पूर्ण विश्वलाई प्रभावित ग¥यो। कोभिड–१९ महामारीमा उनले कडा तर मानवीय दृष्टिकोणसहित सङ्कट व्यवस्थापन गरिन्। उनले देखाएको सहानुभूति र व्यावहारिकताले विश्वका लागि नयाँ नेतृत्व शैलीको उदाहरण प्रस्तुत बन्न पुग्यो ।

उनी २०१७ देखि २०२३ सम्म प्रधानमन्त्री बनेकी थिइन्। एलेन जोनसन सिरलीफ लाइबेरियाकी पहिलो निर्वाचित राष्ट्रपति हुन् । अफ्रिकाकी पहिलो निर्वाचित महिला राष्ट्रपति एलेन जोनसन सिरलीफले गृहयुद्धपश्चात् ध्वस्त भएको लाइबेरियालाई पुनः निर्माण गरिन्।

शान्ति स्थापनामा योगदान दिँदै उनले इबोला महामारीको समयमा पनि राष्ट्रलाई दृढतापूर्वक नेतृत्व गरिन्। यसका लागि उनले नोबेल शान्ति पुरस्कार समेत प्राप्त गरिन्। उनी २००६ देखि २०१८ सम्म त्यहाँको राष्ट्र प्रमुखका रूपमा रहेकी थिइन ।

नेपालले अब बलियो मात्र होइन, न्यायपूर्ण र दूरदर्शी महिला नेतृत्व पाएको छ । सुशीला कार्कीलाई यो अवसरले केवल आफ्नो व्यक्तिगत सफलता मात्र नलिई सम्पूर्ण नेपाली जनताको भावनालाई सम्झेर अघि बढ्नु पर्ने छ ।

संसारका अन्य महिला नेतृहरूले जस्तै उनले पनि आफ्नो कार्यद्वारा नेपाललाई शान्ति, स्थायित्व र समृद्धिको बाटोमा अघि बढाउनेछन् भन्ने आशा सम्पूर्ण नेपाली जनताले यति बेला लिएका छन् । सङ्कटका घडीमा महिला नेतृहरूले बारम्बार देखाएका छन् कि नेतृत्व केवल कठोर शक्ति प्रयोगको कुरा होइन, बरु सहानुभूति, स्थिरता र व्यवहारिक निर्णय क्षमताको संयोजन हो।

मार्गरेट थ्याचरको कठोरता, मर्केलको संयमता, इन्दिरा गान्धीको साहस, हसिनाको निडरता, शेख हसिनाको दीर्घकालीन दृष्टि, जसिन्डा अर्डर्नको संवेदनशीलता र एलेन सिरलीफको पुनर्निर्माण क्षमता—यी सबैले प्रमाणित गर्छन् कि महिला नेतृहरू राष्ट्रलाई मात्र होइन, विश्वलाई नै सङ्कटबाट पार लगाउन सक्षम हुन्छन् ।

यस्तो प्रमाणहरूका बिचमा नेपाल जस्तो सुन्दर शान्त देशलाई सङ्कट आइपरेका बेला एक जना महिलाको हातमा शासन सत्ताको बागडोर जादैछ । यसलाई पार लगाएर विश्वका अन्य महिलाकै जस्तो कृती राख्ने अवसर सुशीला कार्कीलाई मिलोस् भन्ने हाम्रो पनि कामना रहेको छ।

Tags: #विश्व चर्चित बन्दै सुशील कार्की

लोकप्रीय

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

आइतवार पुस २७ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२

विचार

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

आइतवार पुस २७ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२

थप समाचार

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा
संगीत

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

आइतवार पुस २७ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै
समाचार

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने
समाचार

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो
समाचार

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: भेनेजुएला छाड्न अमेरिकीलाई सुझाव, कोरियाली तनाव उत्कर्षमा || Nepal Times

World News: भेनेजुएला छाड्न अमेरिकीलाई सुझाव, कोरियाली तनाव उत्कर्षमा || Nepal Times

00:26:55

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

00:22:17

World News: २० देश अमेरिकी Black Listमा, Greenland कब्जा गर्ने प्लान सार्वजनिक|| Nepal Times

00:28:00

World News: रूसी जहाज अमेरिकी कब्जामा, पेट्रोलाई ह्वाइट हाउसमा निम्तो || Nepal Times

00:26:45

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

बिहिबार पुस २४ , २०८२
नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द 

शुक्रबार पुस २५ , २०८२

हालका पोस्टहरू

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

आइतवार पुस २७ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.