×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मोदीको बधाई : “सुशीला कार्कीको नेतृत्वसँगै नेपाल–भारत सम्बन्ध नयाँ अध्यायतर्फ”

२८ भाद्र २०८२

२८ भदौ ,काठमाण्डौ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तरिम सरकारको नेतृत्व सम्हालेकी सुशीला कार्कीलाई बधाई र शुभकामना दिएका छन्।

सामाजिक सञ्जालमार्फत मोदीले नेपाल–भारतबीचको ऐतिहासिक मित्रता, साझेदारी र आपसी विश्वासलाई स्मरण गर्दै दुबै मुलुकको शान्ति, प्रगति र समृद्धिका लागि निरन्तर सहकार्य गर्ने प्रतिवद्धता जनाए।

मोदीले कार्कीको प्रधानमन्त्री पदभारलाई नेपालमा स्थायित्व र लोकतान्त्रिक यात्राको महत्त्वपूर्ण कदमका रूपमा लिएका छन्।

भारतले नेपालका जनताले गरेका बलिदानी र परिवर्तनप्रतिको आकांक्षाप्रति सम्मान जनाउँदै आफ्नो समर्थन निरन्तर रहने उल्लेख गरेको छ।

कार्कीको नियुक्तिलाई नेपाल–भारत सम्बन्धमा नयाँ राजनीतिक अध्यायको सुरुवातका रूपमा हेरिएको छ।

दुई देशबीचको पुरानो सांस्कृतिक, आर्थिक र भौगोलिक निकटता अब राजनीतिक सहकार्य र विश्वासमार्फत अझ प्रगाढ बन्ने अपेक्षा गरिएको छ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top