राष्ट्रपति र प्रधानसेनापतिको प्रशंसा गर्दै अमेरिकाले भन्यो– “नेपालको साथमै छौं”

२८ भदौ ८२, आइतबार

२९ भदौ , काठमाण्डौ ।

Advertisement

अमेरिकाले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नियुक्त भएको घटनालाई स्वागत गरेको छ।

काठमाडौंस्थित अमेरिकी दूतावासले आइतबार जारी गरेको विज्ञप्तिमा जेन–जी युवा आन्दोलनका क्रममा भएका दुःखद घटनापछि पनि शान्तिपूर्ण समाधान निस्किनु सकारात्मक उपलब्धि भएको उल्लेख गरिएको छ।

Advertisement

दूतावासले प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै, आन्दोलनकारी युवाहरूको साहस, राष्ट्रपति रामचन्द्र पौडेलको सहजीकरण र लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताको प्रशंसा गरेको छ।

साथै, नेपाली सेना र प्रधानसेनापति अशोकराज सिग्देलले संक्रमणकाल सहज बनाउन, शान्तिपूर्ण नागरिक सरकार गठन र व्यवस्था पुनर्स्थापनामा देखाएको भूमिकालाई सम्मान गरिएको छ।

Advertisement

अमेरिकाले नेपालले गर्ने आम निर्वाचनका तयारीका क्रममा सहकार्य र सहयोग गर्न आफू तत्पर रहेको स्पष्ट गरेको छ।

अमेरिकाले नेपालसँग मिलेर लोकतान्त्रिक यात्रामा साथ दिने प्रतिवद्धता जनाउँदै अन्तरिम सरकार, राष्ट्रपति, सेना र युवाहरूको भूमिकाको उच्च प्रशंसा गरेको छ।

जेन–जी आन्दोलनका मागलाई सम्बोधन गर्दै शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट नियुक्त भएकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार औपचारिक रूपमा पदभार सम्हालेकी छन्।

पदभार ग्रहण अघि उनले लैनचौरस्थित सहिद स्मारक पुगेर सहिदहरूको सालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरिन्।

सिंहदरबारभित्र रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आगजनी भएपछि कार्यालय गृह मन्त्रालय रहेको भवनमा सारिएको छ, र त्यहीँबाट प्रधानमन्त्री कार्कीले नयाँ कार्यभार सुरु गरेकी हुन्।

देश संक्रमणकालीन चरणमा रहेको बेला पहिलो महिला अन्तरिम प्रधानमन्त्रीको रूपमा कार्कीको नेतृत्व ऐतिहासिक अवसर हो।

युवापुस्ताको बलिदान, परिवर्तनको चाहना र लोकतान्त्रिक आकांक्षालाई संस्थागत गर्दै उनले मुलुकलाई स्थिरता र सुशासनतर्फ डोर्याउने अपेक्षा गरिएको छ।

हामी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौं।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top