×

NEPAL TIMES UPDATES

Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026

केपी ओलीको कठालो समात्न खोज्ने नेपालमै जन्मिए (टिप्पणी)

१ आश्विन २०८२

१ असोज , काठमाण्डौ ।

५ पुस २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई ११ फागुनमा सर्वोच्च अदालतले बदर गरिदिएपछि प्रधानमन्त्रीबाट ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग उठ्न थालेको थियो ।

Advertisement
Advertisement

श्रेष्ठ ओली सरकारमा शिक्षामन्त्री थिए । उनले राजीनामा दिनुपर्छ भन्ने भनाइको प्रतिवाद गर्दै उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरु माझ भनेका थिए, ‘कोही माइकालाल जन्मेको छ, केपी ओलीलाई कठालो समातेर सडकमा ल्याउने ? यो दुनियाँमा कोही माइकालाल जन्मिएको छैन । केपी ओली इज दि केपी ओली । फुटबलको पेलेजस्तै हो । जसरी बुझ्न मन लाग्छ, बुझ्नुस् । यथार्थ, सत्य यही हो । के राजीनामा दे भन्दैमा खुरुक्क राजीनामा दिन्छन् ? राजीनामा दे भन्नेहरूले बनाएको प्राइममिनिस्टर हो ? अदालतको फैसलाले आएको सरकार हो यो ?’

अहिले नियतिले केपी शर्मा ओलीलाई त्यही अवस्थामा पुर्याइदिएको छ र कृष्णगोपालले चुनौती दिएको ५ वर्षपछि उनका हरेक चुनौतीहरुको जवाफ तिनै युवा विद्यार्थीहरुले सडकबाटै दिएका छन् । एमाले नेता कृष्णगोपालले ओलीको कठालो समात्न खोज्ने उनकै भाषामा खोजिएको माइकालाल नेपालमै जन्मिएका रहेछन् ।

जो शेरबहादुर देउवालाई जस्तै कठालो समात्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छिरेका थिए । कृृष्णगोपालको चुनौती विद्यार्थीहरुले नै ५ वर्षपछि स्वीकार गरेको अहिलेको घटनाक्रमले देखिएको छ ।

राजीनामा दे भन्दा नदिने र राजीनामा दे भन्नेहरूले नबनाइएका भनिएका प्राइममिनिस्टर ओली आफ्नो चौथो कार्यकालमा आएर सडकबाट प्राइमिनिस्टर बनाउन भूमिका नखेलेका भनिएकाहरुकै डरले राजीनामा दिएर बालुवाटारबाट भाग्नु परेको छ ।

उनी गएको भदौ २४ गते मध्यान्न राजीनामा नदिइ बालुवाटारमै बसिरहेका भए कस्तो घटना घट्दथ्यो भन्ने विषय सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र आरजु देउवा दम्पत्तिको अवस्था हेरेर कल्पना गर्न कठिन छ ।

भदौ २३ गते नै ओलीविरुद्ध सडकमा जेनजीहरुले अप्रिय नाराबाजी गरिरहदा प्रहरीमार्फत उनले लाठीसँगै अश्रुल ग्यास बर्साउन लगाए । यसबाट भिड झनै उत्तेजित भएपछि प्रहरीले ताकी ताकी गोली बर्सायो ।

प्रहरीले जेनजी प्रर्दशनकारीहरुलाई तितरवितर गर्न र त्याहाबाट भगाउन नभई ज्यान लिनकै लागि कम्मरमाथि गोली हानेको अहिले पोष्टमार्टमबाट पुष्टि भइसकेको छ । पहिलो दिन नै १९ जनाको ज्यान जादा समेत ओली बालुवाटारमा सत्ता लम्ब्याउने र जेनजीका मागलाई दबाउने रणनीति बुन्नमै ब्यस्त थिए ।

बालुवाटारमा बसेको सुरक्षा समितिको बैठकमा उनमा शोक, पीडाबोध भन्दा आक्रोश र दम्भ देखिएको खबरहरु अहिले धमाधम बाहिरिरहेका छन् । यसकै उपज १९ जना युवाको रगतले कुर्सी लत्पितिसक्दा समेत उनले राजीनामा नदिएपछि २४ गतेको अप्रिय दिन नेपालको इतिहासमा देखियो ।

जहाँ नेताका घर, पार्टी कार्यालय मात्रै ध्वस्त भएनन् नेपालका ऐतिहासिक धरोहरहरु पनि खरानी र खण्डहरुमा परिणत भए । यी दृश्य आकाशबाट हेर्दै सेनाको हेलिकप्टरबाट भागेका ओली अहिलेसम्म नेपाली सेनाको सुरक्षा घेराभित्रै रहेका छन् ।

उनले घटनाको एकसाता बितिसक्दा समेत नेपाली जनतालाई आफ्नो मुख देखाउने हिम्मत गर्न सकेका छैनन् । उनी असोज ३ गतेको संविधान दिवसका दिन एमालेले आयोजना गर्ने भनिएका कार्यक्रममा सहभागि हुने भनिएपनि ती सबै दाबीहरु ऋफवाह भएको एमालेका उपमहासचिव प्रदीप ज्ञावलीले बताएका छन् ।

यस्तै यसअघि ओलीले जेनजी आन्दोलनकारीका नाममा लेखेको भनिएको चिठी र उनलाई शिवपुरीको सैनिक घेरामा राखिएको भन्ने दाबीमा कुनै सत्यता नरहेको ज्ञवालीले बताएका छन् । संचारमाध्यामहरुसँगको कुराकानीमा ज्ञावलीले परिस्थिति अझै अनुकूल नभएको अवस्थामा सुरक्षित रहनु नै उपयुक्त हुने कुरा भएको भन्दै कम्तिमा अझै पाँच,सात दिन बाहिर निस्कने कि ननिस्कने भन्ने कुराको टुंगो नभएको प्रतिक्रिया दिएका छन् ।

यस्तै ओलीले आफू शिवपुरीस्थित सैनिक नियन्त्रणमा रहेको भन्दै जेनजी आन्दोलनकारीलाई सम्बोधन गरी केही दिनअघि सार्वजनिक चिठी आधिकारिक नभएको उनले बताएका छन् । अहिलेका सबै घटनाक्रममा एमाले र त्यसका नेतामाथि प्रहार केन्द्रित भएको भन्दै उनले सबभन्दा बढी सचेत र सुरक्षित पनि एमालेकै नेता, कार्यकर्ता हुनुपर्ने बताएका छन् ।

ओलीले आफू शिवपुरीस्थित सैनिक नियन्त्रणमा रहेको भन्दै जेनजी आन्दोलनकारीलाई सम्बोधन गरी केही दिनअघि सार्वजनिक चिठी आधिकारिक नभएको उनले बताए । ‘न उहाँ शिवपुरीमा हुनुहुन्छ, न त त्यो पत्र उहाँको हो’, उनले भने ।

‘संगठित राज्यसँग लड्न सकिन्छ, गैरराज्यसँग अर्थात माओवादीसंग लडेकै हौं, तर निरंकुशतासँग लड्न गाह्रो हुन्छ’, उनले भने, ‘नयाँ सरकार बनेको मात्र छ, पूर्णता पाएको छैन, यो सरकार कस्तो बन्छ, यसले के के गर्छ भन्ने कुराका आधारमा हामीले काम गर्नुपर्ने छ ।’

अहिलेका सबै घटनाक्रममा एमाले र त्यसका नेतामाथि प्रहार केन्द्रित भएको भन्दै उनले सबभन्दा बढी सचेत र सुरक्षित पनि एमालेकै नेता, कार्यकर्ता हुनुपर्ने बताए । ओली प्रतिकूल परिस्थितिका कारण सेनाको सुरक्षाभित्र रहेको ज्ञवालीले बताए ।

Advertisement

तर, उक्त सुरक्षा घेरालाई सैनिक नजरबन्द वा गिरफ्तारीका रुपमा चर्चा गर्नु आपत्तिजनक रहेको उनले बताएका छन् । एमालेले भने असोज ३ मा मनाइने संविधान दिवसका अवसरमा कार्यक्रमको आयोजना गर्दै जनतामाझ जाने तयारी गरेको छ ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top