अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय

३१ भदौ ८२, बुधबार

१ असोज , काठमाण्डौ ।

Advertisement

सरकारले विभिन्न कर तथा शुल्क भुक्तानी गर्ने म्याद थप गरेर व्यवसायी तथा करदाताहरूलाई राहत प्रदान गरेको छ। जेन जी आन्दोलनका कारण देशभरि कर्फ्यु तथा निषेधाज्ञा लागू भएकोले कर तिर्ने प्रक्रियामा अवरोध आएको भन्दै करदाताहरूले म्याद थपको माग गरेपछि अर्थ मन्त्रालयले एक महिनाका लागि समय थप गरिदिएको हो ।

अर्थमन्त्री रामेश्वर खनालले मंगलबार ०८२ साउनसम्मको मूल्य अभिवृद्धि कर भ्याट, अन्तःशुल्क, अग्रिम कर कट्टी, शिक्षा सेवा शुल्क तथा विलासिता शुल्कको विवरण र कर रकम तिर्नुपर्ने म्याद थप गरिदिएका हुन् ।

Advertisement

मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, शिक्षा सेवा शुल्क, तथा विलासिता शुल्कको विवरण र दाखिला गर्ने म्याद असोज २५ गतेसम्म थप गरिएको छ। यस्तो कर भदौ २५ गतेसम्म दाखिला गर्नुपर्ने व्यवस्था थियो ।

उद्योगी र अर्थमन्त्रालयबीचको अन्तरक्रियामा अर्थ सचिव घनश्याम उपाध्यायले दशको दिनबाहेक अन्य सार्वजनिक बिदाका दिनमा समेत बैंक तथा भन्सार खुला रहने र पहिरोका कारण अवरोध पुगेको तातोपानी नाका जोड्ने बाटो खुलाउन सरकारले प्रयास गरिरहेको जानकारी गराएका छन् ।

Advertisement

छलफलमा निजी क्षेत्रको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर एन्ड कमर्स, नेपाल उद्योग परिसंघ, नेपाल अटो डिलर्स एसोसिएसन, चौधरी तथा भाटभटेनी ग्रुपसमेतका उद्योग–व्यवसायीसमेतको सहभागिता थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top