NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी बुधबार अशोज १ , २०८२
जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ? बुधबार अशोज १ , २०८२
जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’ बुधबार अशोज १ , २०८२
जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक बुधबार अशोज १ , २०८२
मेयरबाट प्रधानमन्त्रीको दाबेदारसम्म बालेन कसरी उदाए ? बुधबार अशोज १ , २०८२
Next
Prev

समाचार

मेयरबाट प्रधानमन्त्रीको दाबेदारसम्म बालेन कसरी उदाए ?

बुधबार अशोज १ , २०८२
Reading Time: 1 min read
A A
बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१ असोज , काठमाण्डौ ।

जेनजी आन्दोलनका क्रममा मुख्य तीन दल एमाले, काँग्रेस र माओवादीका नेताहरु प्रदर्शनकारीहरुको मुख्य निशानामा परे । उनीहरुको घर जलाइए, कसैमाथि हातपात भयो, धेरै ज्यान जोगाउन सेना, प्रहरीको शरणमा गए । यी तीन पार्टीका केन्द्रिय कार्यालयदेखि जिल्ला जिल्लाका कार्यालयहरु खरानी भए ।

अर्थात जसले बढी शासनसत्ता हातमा लिए, तिनै आन्दोलनकारीको क्रोधको केन्द्रमा परे, उनीहरुसंग राजनीतिक, आर्थिकरुपमा जोडिएकाहरु पनि नराम्रोसंग निशानामा परे । देउवा पतिपत्नीमाथि रगताम्मे हुने गरी हातपात भएपनि यो आन्दोलनका क्रममा सबैभन्दा बढी केपी शर्मा ओलीमाथि गाली र उनको विरोध अन्यको भन्दा चर्कोगरी सुनियो ।

LS Auto

दुई दिनसम्म देशभरका सडकमा ओलीको नाममा देश छोडको नारा लागे । सम्भवतः सबैभन्दा बढी विरोध भएकाले होला अन्य नेताहरु सबै सैनिक व्यारेकबाट बाहिर आइसक्दा ओली भने अझै केही दिन सार्वजनिक नहुने एमालेकै उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।

यसबीच उनले शिवपुरीबाट लेखेको भनिएको चिठी पनि फेक भएको ज्ञवालीले प्रष्ट पारिसकेका छन् । कुनै समय थियो जतिबेला ओली नै समकालिनहरुमा लोकप्रिय थिए । विशेषतः युवाहरुमा उनको जबर्जस्त क्रेज थियो, केपी बा आइ लभ यु को नारा घन्किन्थ्यो । तर आज उनी सार्वजनिक हुन पनि सकिरहेका छैनन् ।

२ दिने जेनजी आन्दोलनका बेलामात्रै होइन, ओली पछिल्लो केही वर्षयता युवाहरुको तालीको होइन गालीको शीर्षस्थानमा थिए । उनी कुनै कार्यक्रममा उपस्थित हुँदा उनका नाममा नकारात्मक हुटिंग हुन्थ्यो । सडकमा निस्किदा कालो झण्डा देखिन्थ्यो ।

अझ ओलीको सवारीका कारण ट्राफिक जाम हुँदा त युवाहरुले तत्कालै उनकै सामु विरोध गरेको विभिन्न शहरहरुमा कयौ पटक देखिएको थियो । यस्तो समय आएको थियो, ओलीले बाहिर कार्यक्रममा जानु पर्दा पहिला नै त्यहाँ हुलहुज्जत हुने शंका लागे वा कसैले कालो भेस्टमात्रै लगाएको भएपनि प्रहरीले पहिला तिनिहरुलाई नियन्त्रणमा लिनेसम्म गरिएको थियो ।

यता सामाजिक संजालमा पनि ओलीका पोस्टहरुमा गाली गर्नेहरुकै संख्या बढी देखिन थालेको थियो । यो त्यतिबेला झनै बुस्ट हुनथाल्यो जब ओली, उनको सरकार र एमालेलक्षित स्टाटसहरु काठमाडौं महानगरका मेयर बालेन्द्र साहले गर्न थाले ।

यसमा घ्यु थप्यो बालेनसंग ओली र उनी निकट नेताहरुको सामाजिक संजालमा चलेको जुहारीले । कहिले स्वय ओली, कहिले, उनका सल्लाहकार, कहिले महासचिवदेखि अन्य पोर्टफोलियोमा रहेका नेताहरु भर्सेस बालेन साह चलिरहँदा अधिकाँश युवाहरु बालेनको पक्षमा खुले ।

नदी किनारबाट बस्ती हटाउने विषयमा होस वा फोहोर व्यवस्थापन, कवाडी व्यवस्थापन, फुटपाथ विस्तारदेखि महानगरमा प्रमुख प्रशासकिय अधिकृतका विषयमा बालेनले निरन्तर एमाले वा उसहितको तत्कालिन सरकारविरुद्ध सामाजिक संजालमा लेखिरहे ।

सिंहदरबार जलाउने धम्कीदेखि, त्यहाँबाट फोहोर नउठाउने, एमाले मन्त्री रहेको मन्त्रालयअघि गिटीबालुवा थुपारिदिने, ओलीसहितलाई खुल्लारुपमा भ्रष्टाचारीदेखि, देशद्रोहीसम्मको आरोप लगाएका थिए । पछिल्लो जेनजी आन्दोलनको चरणसम्म आइपुग्दा त उनले ओलीलाई आतंकबादी नै भने ।

मेयर हुनुपूर्व र्यापर हुँदादेखि नै बालेन युवाहरुमाझ चर्चित थिए । मेयरमा चुनाव जितेपछि उनी युवाहरुका आइडल पनि बने । किनभने काठमाडौं फेरिएको देखियो । बाटाघाटा, सरसफाइ, संस्कृति, सभ्यता झल्किएको देखियो ।

महानगरले पनि नागरिकलाई अनुभुत हुनेगरी काम गर्यो । चाहे त्यो प्रशासनिक काम होस वा एम्बुलेन्स सेवा, विद्यालय सुधारका काम, रोजगार मेलादेखि डिजिटलाइजेसन र यहाँसम्म कि महानगरको बैठक पनि उनले लाइभ गर्न सुरु गरेका थिए ।

यद्यपि पछि केही विवाद आयो र बैठक बस्नै कम भयो । बालेनले भारी मतका साथ स्वतन्त्र मेयर जितेपनि उपमेयरसहित वडा अध्यक्षहरु विभिन्न दलका छन् । यसले केही संदर्भमा तनाव बढायो। सबैभन्दा विवादको जड बन्यो प्रमुख प्रशासकिय अधिकृतको मामिला ।

जसलाई अनियमितताको आरोप लगाउँदै बालेनले हटाएका थिए ओली नेतृत्वको सरकारले तिनैलाई फिर्ता पठाएपछि महानगर रणमैदान नै बनेको थियो । तर यो महानगरको आन्तरिक समस्या थियो । बाहिर फुटपाथ व्यवसायी र कवाडवालाहरुले आन्दोलन गरेपनि महानगरवासीमाझ अझ युवामाझ बालेनको क्रेज घटेन ।

सुरुदेखिनै उनका हरेक पोस्ट भाइरल हुँदै गए । हजारौंले शेयर, कमेन्ट गर्दै गए । एक पोस्ट बालेनले गर्थे, त्यसमा प्राय सरकारलक्षित नै प्रहार हुन्थ्यो । तर उनका समर्थकहरुले कमेन्टमार्फत आफ्ना कुराहरु थप्दै जाँदा त्यो एक पोस्टको विरोध हजारौंको संख्यामा पुग्थ्यो ।

तर संघीय सरकारमा रहेकाहरुले त्यसलाई वास्तविक संख्या मानेनन् । सामाजिक संजालमा विरोध वा समर्थन गरेर पनि काँही हुन्छ ? ती सबै फेक हुन् भनिरहे । जबकी स्थानीय पालिकाको चुनावअघि पनि यही भन्थे । उनीहरुको त्यो भनाई बालेनले मेयरमा जितेपछि स्वतः गलत प्रमाणित भइसक्दा पनि त्यही दोहोर्याइ रहे ।

सामाजिक संजालमा उपस्थित संख्या र त्यहाँ पोखिएका आक्रोश, व्यक्त गरिएका विचारलाई उनीहरुले केबल फेक, नक्कली भीड भनिरहे । पछिल्लो पटक जतिबेला सरकारले सामाजिक संजालमा प्रतिबन्ध लगाउने तयारी गर्दैथियो त्यतिबेला पनि बालेनसहितका युवाहरुले प्रतिवाद गर्दै थिए ।

यसबीचमा कयौं पटक फरक फरक नाममा युवाहरुले भ्रष्टाचारविरुद्ध, सुशासनका लागि सडकमा प्रदर्शन पनि गरे । तर सरकारले त्यसमा ध्यान दिन पनि जरुरी ठानेन । अनि यसैबीच आयो, सामाजिक संजालमा प्रतिबन्ध लगाउने चर्चा । सरकारले सुरुमा ती कम्पनीहरुलाई सूचीकृत हुन अल्टिमेटम दियो र अन्ततः नेपालभित्र विरोध हुँदाहुँदै र विकल्प खोज्न आग्रह गरिदा गरिदै सरकारले प्रतिबन्ध नै लगायो ।

यसले पहिलादेखि नै आक्रोश थामेर बसेका युवाहरुमाझ सलाईको काँटी कोर्ने काम गर्यो । युवाहरुको रोलमोडल बालेनले पहिलाजस्तै यस संदर्भमा पनि सरकारलाई झटारो हान्न थाले । त्यसमाथि स्वयं ओलीको सचिवालय, शेरबहादुर देउवा लगायतका नेताहरुले प्रतिबन्ध रहेको अवस्थामै फेसबुकमा पोस्ट गर्न थाले ।

जुन विल्कुलै जायज थिएन र बालेनले त्यसलाई बाँकी राख्ने कुरै भएन । यसबीच जेनजी युवाहरुले सामाजिक संजाल प्रतिबन्धसहित सुशासन, भ्रष्टाचार नियन्त्रण लगायतका माग राख्दै सरकारलाई दबाव दिन शान्तिपूर्ण प्रदर्शन गर्ने तयारी गरे । बालेनले सामाजिक संजालबाटै समर्थन जनाए ।

युवाहरु सडकमा आउने तयारी गरीरहँदा सो बेला प्रधानमन्त्री रहेका ओलीले भने कसैले भड्काएका जेनजीहरु आलाँकाचा रहेका प्रतिक्रिया दिए । सामाजिक संजालमाथि लगाइएका प्रतिबन्ध राष्ट्रियता र सार्वभौमिकता भन्दा माथि नभएकाले त्यो सूचीकृत नभएसम्म खुल्न नसक्ने दाबी गरे ।

जेनजीहरुलाई कानून पढेर आउन भन्दै चेतावनी दिए । यता त्यसबीच सामाजिक संजालमै आक्रोशले सीमा पार गरिसकेको थियो । बालेनले कहिले मलाई बोल्न दे सरकार भन्दै त कहिले युवाहरुलाई ढाडस दिइरहे । जेनजी आन्दोलन केका लागि, कस्तो हो, कोको सहभागि हुन नपाउने भन्दै तपाइँहरु कस्तो देश देख्न चाहानुहुन्छ भन्दै जेनजीहरुलाई प्रश्नसमेत गरे ।

त्यसपछि जब २३ गतेको प्रदर्शनमा काठमाडौंमा मात्रै १७ जनाको ज्यान गयो, बालेनको स्टाटस आयो…तेरो भरौटेहरूको पो बा भइस् । साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस । यस्तो आतङ्कवाद यो विश्वले कहिले देखेको थिएन । तँ नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्कबादी होस ।

यसमा १५०.२ के कमेन्ट र १२० के सेयर भएका छन् । त्यसपछि २३ र २४ गते देशले नसोचेको, विकराल अवस्था बन्यो । युवाहरुको बलिदानीसंगै प्रहरी, जेलबाट भागेका कैदीहरुदेखि लुटपाट गर्न गएका र आगजनीमा परेर पनि ७३ जनाको मृत्यु भयो भने, देशैभरका सरकारी र नीजि व्यापारिक प्रतिष्ठानहरु खरानी भए ।

नेताहरुका घर जले, लखेटिएर सेनाको शरणमा पुगे । यता यत्रो विध्वंशपछि बल्ल २४ गते दिउँसो ओलीले राजीनामा दिए । तर आक्रोश निभेको थिएन, झनै देशैभर फैलिरहेको थियो । अनि यसबीचमा फेरि बालेनको अर्को स्टाटस आयो, हामीले स्पष्ट रूपमा भनेका थियौं । यो नितान्त जेनजीको आन्दोलन हो । प्रिय जेनजी, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला !! देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो । तपाईं–हामी अब संयमित हुनु जरुरी छ । अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ । तयार रहनुहोला ! साथै, सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला । तर याद रहोस् — वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ ।

बालेनको यो पोस्टले आन्दोलनरत युवाहरुलाई केही मथ्थर बनायो । त्यसपछि उनले जेनजीदेखि, सेना, सुशीला कार्कीसम्मको सहजीकरणको भूमिकामा देखिए । त्यसपछि अर्को पोष्ट गरे, प्रिय जेन–जी तथा सम्पूर्ण नेपालीहरूमा मेरो आग्रह, अहिले देश एउटा इतिहासमै नभएको फरक परिस्थितिमा छ। तपाईँहरूले अहिले सुनौलो भविष्यतर्फ कदम चाल्दै हुनुहुन्छ । यो बेला कृपया नआत्तिनु होला, धैर्य राख्नु होला । अब देश अन्तरिम सरकारमा जाँदैछ, जसले देशमा नयाँ चुनाव गराउनेछ । यो अन्तरिम सरकारको काम भनेको चुनाव गराउने,देशलाई नयाँ जनादेश दिने हो । यो अन्तरिम ÷ चुनावी सरकारको नेतृत्व गर्नका लागि तपाईँहरूबाट आएको प्रस्ताव पूर्व प्रधानन्यायाधीश श्रीमान् सुशीला कार्कीप्रति पूर्ण समर्थन छ । तपाईँहरूको सुझबुझ, विवेक र एकतालाई हृदयदेखि सम्मान गर्न चाहन्छु । तपाईँहरू कति परिपक्व हुनुहुँदो रहेछ भन्ने कुरा यसैले जनाउँछ । अहिले नै हतारमा नेतृत्वमा आउन चाहनुभएका साथीहरूलाई के भन्न चाहन्छु भने—तपाईँहरूको जोश, तपाईँहरूको सोच, तपाईँहरूको इमानदारीता देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन । त्यसका लागि चुनाव त हुन्छ नै । कृपया हतार नगर्नु होला । सम्माननिय रास्ट्रपति ज्यु, जेनजीहरुले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र संसदको विघटन अविलम्ब गर्नु होला ।

उनका यी पोष्टहरु यस्तो संकटका बेला आइरहेका थिए, जतिबेला देश नेतृत्वविहिन अवस्थामा थियो । प्रधानमन्त्रीको राजीनामा आइसकेको थियो । दलहरु सबै दुला पसेका थिए । युवाहरु अब कसरी अगाडि बढ्ने भन्ने अन्यौल, अलमलमा थिए । यता बालेनले भित्रबाट उनीहरुलाई आकार दिदै थिए ।

थम्थमाएर, निकाशका लागि अगाडि बढ्ने बाटाहरु देखाउँदै थिए । सुशीला कार्कीलाई प्रधानमन्त्रीका रुपमा अघि सारेपछि उनलै पठाएका ओमप्रकाशलाई गृह र कानूनमन्त्री बनाए, कुलमानलाई पनि बालेनको समर्थन पहिला देखिनै थियो ।

यसबीचमा प्रधानमन्त्री बन्न आएका धरानका मेयर हर्क भने बालेनसंग भड्किरहे । तर यो संक्रमणकालिन अवस्थामा एकातिर सेना र राष्ट्रपतिलाई बालेनले सुझाव दिइरहे भने अर्कातिर नयाँ अन्तरिम सरकारका लागि संसद विघटन र मन्त्रीहरुको छनौटमा पनि उनको भूमिका अहम देखियो ।

अब अनेपक्षितरुपमा मध्यावधि निर्वाचनमा देश धकेलिएसँगै बालेनलाई नयाँ राजनीतिक दल गठनका लागि ‘प्रेसर’ बढेको छ । उनले औपचारिक निर्णय नगरिसके पनि दल खोलेर चुनाव लड्ने निश्चितप्राय रहेको देखिन्छ ।

यसअघिको अवस्थामा आवधिक निर्वाचनको समय २०८४ सालमा भएकाले बालेन हतारोमा थिएनन् । चुनावभन्दा ६ महिनाजति अगाडि पार्टी घोषणा गरेर होमिने उनको योजना थियो । तर, अप्रत्याशित विकासक्रमसँगै यही वर्ष संघीय संसदको चुनाव हुने भएको छ ।

आउँदो फागुन २१ गते आमनिर्वाचन हुने घोषणा सरकारले गरिसकेको हुँदा बालेनसँग तयारीका लागि धेरै समय छैन । बालेनले नयाँ राजनीतिक दल गठन गर्ने कुरामा दुई मत नभए पनि कहिले घोषणा गर्ने भन्नेमा उनको टिमभित्रै एकमत बनिनसकेको बताइन्छ ।

तर बालेनलाई दल घोषणा गरिहाल्न चौतर्फी दबाब बढिरहेको छ । तर, उनको कोर टिमका केही व्यक्तिहरु अहिले ठीक माहोल नरहेको बताइरहेका छन् । त्यसो त जेनजी आन्दोलनपछि बालेन धेरै हिसाबले अनुकुलतामा पुगेका छन् ।

यसअघि उनको ओली नेतृत्वको केन्द्रीय सरकारसँग पटक्कै लय मिल्न सकिरहेको थिएन । केन्द्रका सुरक्षा निकायहरुको सहयोग नपाउँदा उनले हात हालेका विभिन्न कामहरुमा पछि हट्नु परेको थियो । अहिले बालेनकै बलियो समर्थनमा सुशीला कार्की प्रधानमन्त्री बनेकी छन् ।

यति मात्र नभएर उनकै कानूनी सल्लाहकार ओमप्रकाश अर्याल शक्तिशाली गृहमन्त्री पदमा पुगे । त्यसैले यो सरकार बालेनका लागि अहिलेसम्मकै आनन्ददायी छ भन्दा फरक नपर्ला । हुन त बालेनलाई सिधै प्रधानमन्त्री बन्ने अफर थियो ।

जेनजी पुस्ताले पहिलो नम्बरमा चाहेका प्रधानमन्त्री बालेन नै थिए । उनले अनिच्छा देखाएपछि मात्रै सुशीला कार्कीको नाम अगाडि आएको हो । बालेनले किन प्रधानमन्त्रीको कुर्सीमा बसिहाल्न चाहेनन् भन्नेमा दुईवटा सम्भावित कारण छन् ।

पहिलो, अहिले बन्ने अन्तरिम सरकारलाई चुनाव गराउने मात्रै म्यान्डेट हुने भएकाले उनले रुची नगरेको निकटस्थहरुको दावी छ । यही भाष्यलाई व्यापक बनाइएको पनि छ । अर्को महत्वपूर्ण कारण भनेको अहिलेको राजनीतिक परिस्थिति हो ।

यही अवस्थामा सरकारमा गएर केही काम गर्न नसक्ने उनको बुझाइ छ । किनभने बालेन अन्तरिम सरकारको कामचलाउ प्रधानमन्त्री नभएर पूर्णकार्यकारी अधिकारयुक्त शक्तिशाली प्रधानमन्त्री बन्न चाहन्छन् ।

यता बालेनले पार्टी खोलेमा रास्वपाभित्र ठूलो पहिरो जाने र पार्टी नै धराशायी बन्न सक्ने विश्लेषणहरु पनि सुनिन्छन् । बालेन र रवि लामिछानेको भोट बैंक एउटै हो । बालेनले पार्टी खोल्दा सबैभन्दा ठूलो धक्का रास्वपालाई लाग्ने पक्का छ ।

रास्वपाका धेरै नेताहरु चाहिँ बालेनसँग सहकार्यको पक्षमा छन् । बालेनले भने अहिलेसम्म रास्वपा र रविप्रति त्यति सकारात्मक देखिएका छैनन् । यद्यपि, चुनावसम्ममा माहोल फेरिएर बालेन र रवि मिले ठूला मानिएका पुराना दलहरुलाई ठूलै बज्रपात पर्न सक्ने स्थिति देखिन्छ ।

Tags: #आफै सरकार बन्दै बालेन#जेनजी आन्दोलन

लोकप्रीय

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

बुधबार अशोज १ , २०८२
प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो

जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ?

बुधबार अशोज १ , २०८२
जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

बुधबार अशोज १ , २०८२

विचार

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

बुधबार अशोज १ , २०८२
प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो

जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ?

बुधबार अशोज १ , २०८२
जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

बुधबार अशोज १ , २०८२

थप समाचार

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी
ताजा समाचार

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

बुधबार अशोज १ , २०८२
प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो
अन्तर्राष्ट्रिय

जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ?

बुधबार अशोज १ , २०८२
जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’
अन्तर्राष्ट्रिय

जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

बुधबार अशोज १ , २०८२
जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक
ताजा समाचार

जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक

बुधबार अशोज १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

00:22:52

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२

हालका पोस्टहरू

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

बुधबार अशोज १ , २०८२
प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो

जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ?

बुधबार अशोज १ , २०८२
जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

बुधबार अशोज १ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.