×

NEPAL TIMES UPDATES

Playing
रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन || Nepal Times
Apr 23, 2026
Playing
Iran यु द्धमा Trumpको शक्ति घटाउने विधेयक पाँचौँ पटक अस्वीकृत || Nepal Times
Apr 23, 2026
Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने || Nepal Times
Apr 23, 2026
Playing
चीनले इरानलाई पठाएको ’उपहार’ ट्रम्पले खोसे || Nepal Times
Apr 23, 2026
Playing
नेता र कर्मचारीको सम्पत्ति कसरी छानविन हुन्छ ? को को तान्निछन् ?|| Nepal Times
Apr 23, 2026
Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुधन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026

प्रधानमन्त्री कार्की र मोदीबीच आज फोनवार्ता हुँदै

२ आश्विन २०८२

२ असोज , काठमाण्डौ ।

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतका समकक्षी नरेन्द्र मोदीबीच आज कुराकानी हुने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज प्रधानमन्त्री कार्की र मोदीबीच फोन संवाद हुने भएको हो । यसअघि मंगलबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सिंहदरबारमा प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेट गरेका थिए ।

Advertisement
Advertisement

भेटमा राजदूत श्रीवास्तवले नेपालको उन्नति र समृद्धिका लागि भारतले सधैँ सहयोग गरिरहेको र आगामी दिनमा पनि यो जारी रहने प्रतिबद्धता जनाए । साथै उनले विकास, पुनः निर्माणमा सघाउने उल्लेख गर्दै भारत नेपालमा शान्ति, सुशासन र स्थिरताको पक्षमा रहेको बताए ।

भारतीय राजदूतमार्फत प्रधानमन्त्री कार्कीले बिहीबार पारस्परिक हितका विषयमा विस्तृतमा छलफल गर्ने जवाफ दिएकी थिइन् । त्यसअनुसार आज भारतका प्रधानमन्त्री मोदीसँग प्रधानमन्त्री कार्कीले कुराकानी गर्ने भएकी हुन् ।

यसअघि मोदीले प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै नेपालको समृद्धिको कामना गरेका थिए भने मणिपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको असामान्य अवस्थामा नागरिक सरकार गठन हुन सकेकामा स्वागत गरेका थिए ।

यसअघि बुधबार नै मोदीसँग कार्कीको टेलिफोन संवाद हुने भनिएको थियो । ’प्रधानमन्त्री ज्यूले मंगलबारको क्याबिनेट बैठकमा भारतीय प्रधानमन्त्री मोदीसँग टेलिफोन कुराकानी गर्ने भन्नु भएको थियो’, गृहमन्त्री ओमप्रकाश अर्यालले भने, ’बुधबार किन स्थगित भयो थाहा हुन सकेन ।’

यता प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिमण्डल विस्तारको कसरत थालेकी छन् । मन्त्री छान्न उनले केही मापदण्ड तयार गरेकी छन् । जेन–जी प्रदर्शनकारीको रोजाइमा चुनाव गराउने म्यान्डेट लिएर भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी कार्कीले ११ जनाभन्दा बढी मन्त्री नबनाउने बताइसकेकी छन् ।

संविधान अनुसार २५ सदस्यीय मन्त्रिपरिषद् बनाउन पाइन्छ । भदौ २९ गते अर्थमन्त्रीमा रामेश्वर खनाल, उर्जा, सिँचाइ तथा जलस्रोत, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास तथा भवन निर्माणमन्त्रीमा कुलमान घिसिङ अनि गृह र कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा ओमप्रकाश अर्याललाई नियुक्त गरिसकेकी छन्।

बाँकी ७ जना मन्त्री बनाउन उनले परामर्श गरिरहेकी छन् । जेन–जीको समेत सुझाव लिएर समावेशी आधारमा छिट्टै मन्त्री नियुक्त गर्ने उनको तयारी छ । बाँकी मन्त्रालयका लागि योग्य व्यक्तिको खोजी भइरहेको भनिएको छ ।

यसअघि विभिन्न क्षेत्रमा विज्ञता र काम गरेर जनताको मन जितेका व्यक्तिलाई मन्त्री बनाएकोले सकारात्मक सन्देश गएको भन्दै अब बाँकी मन्त्री पनि गैरदलीय र सम्बन्धित क्षेत्रको विज्ञलाई मात्र बनाउने कार्कीको भनाइ छ ।

बुधबार पनि कार्कीले तीनैजना मन्त्रीसँग यसैबारे परामर्श गरेकी थिइन्। संविधानमा व्यवस्था भएबमोजिमको समावेशीलाई प्राथमिकता दिएर अब मन्त्री नियुक्त गर्न लागेको बताएको एक मन्त्रीको भनाइ छ । बालुवाटार स्रोतका अनुसार रक्षा मन्त्रालय आफैँसँग राख्ने उनको चाहना छ ।

मन्त्री छान्न एउटा मापदण्ड तयार गरिएको छ । जसमा स्वच्छ छवि, दलीय आबद्धता नभएको, विषय विज्ञ र जनताको विश्वास जितेका व्यक्तिलाई मन्त्री बनाउनुपर्ने निचोडमा कार्की सरकार पुगेको छ । चुनावसम्मको लागि भए पनि केही काम गरेर देखाउनसक्ने मान्छे नै ल्याउनुपर्छ भन्ने निष्कर्षमा सरकार छ ।

यता पूर्वप्रशासक, सुरक्षा निकायमा काम गरिसकेकादेखि सामाजिक क्षेत्रमा चर्चित केही व्यक्तिहरूले पनि मन्त्री बन्न चासो देखाएका छन् ।

Advertisement

भर्खरको समाचार

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top