NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ? मङ्लबार मंसिर ९ , २०८२
अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए मङ्लबार मंसिर ९ , २०८२
प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक मङ्लबार मंसिर ९ , २०८२
ओली अन्ततः चुनावमा भाग लिन तयार, दल दर्ता हुँदै, आयोग भने नमान्ने मङ्लबार मंसिर ९ , २०८२
Next
Prev

समाचार

एक्शनमा कुलमान,अलपत्र आयोजनाको ठेक्का तोडिने,सुनकोशी मरिन रद्ध

शुक्रबार अशोज ३ , २०८२
Reading Time: 1 min read
A A
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

३ असोज , काठमाण्डौ ।

सही व्यक्ति सही ठाउँमा हुनुले मात्र पनि कति फरक पर्ने रहेछ । देशप्रति केही गर्छु भन्ने भावनाले ओतप्रोत भएको व्यक्ति सही ठाउमा पुग्यो भने गरेर देखाउछ भन्ने दह्रिलो उदाहरण बनेका छन्, कुलमान घिसिङ्ग । मन्त्री भएपछि उनको पहिलो अभिव्यक्ति थियो, ’म जनताको सेवा गर्न आएको व्यक्ति हुँ , मलाई माननीय नभनिदिनोस ।’

जलेका संरचना विदेशी गुहार नमागी देशकै पैसाले बनाउछु भनेर महाअभियान सुरु गर्दैछन् उनी । स्वदेशी र विदेशमा रहेका नेपालीहरुलाई उनले यसका लागि अपिल गरिसकेका छन् । जबकी २२ अर्ब विद्युतको वक्यौता तत्काल असुल्न उनले नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिने पहिलो निर्णय नै गरिसकेका छन् ।

आज उनी देशको लागि १८ घण्टासम्म खट्दै छन् । किनकी उनलाई बोध छ, समय थोरै छ तर गर्नु धेरै छ । आज मात्रै कुलमानले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयअन्तर्गतका लामो समयदेखि काम नभई अलपत्र पारिएका जीर्ण विकास आयोजनाका ठेक्का तोड्ने तयारी गरेका छन् ।

घिसिङले तीनवटै मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुलाई जीर्ण आयोजनाहरूको सूची तत्काल तयार गरी पेश गर्न निर्देशन दिएका छन् । तीनवटै मन्त्रालयहरुको कामकारबाहीको जानकारी लिँदै मन्त्री घिसिङले काम नगर्ने निर्माण व्यवसायीको अनुहार हेरेर आयोजनालाई अलपत्र अवस्थामा राख्न नदिने प्रष्ट्याए ।

‘चालू रहेका ठूला पूर्वाधारका आयोजनाहरू तोकिएका समय र गुणस्तरमा निर्माण सम्पन्न हुन नसक्दा एकातर्फ मुलुकले ठूलो आर्थिक क्षति बेहोरिरहेको छ भने अर्कोतर्फ त्यस्ता आयोजनाबाट प्राप्त हुने लाभबाट नागरिक वञ्चित भइरहेको विडम्वनापूर्ण अवस्था छ’,अब कसैको अनुहार हेरेर हुँदैन, त्यस्ता आयोजनाको पहिचान र मूल्याङ्कन गरी तत्काल सूची पेश गर्नुहोस्,’ मन्त्रीले निर्देशन दिए । ‘निर्णय नगरी काम हुँदैन, त्यसैले निर्णय गरी काम गर्छौं, जीर्ण बनेका आयोजनाको ठेक्का तोडी नयाँ ठेक्का प्रक्रियामा जानुपर्छ, आयोजनालाई अलपत्र पारेर राख्न पाइँदैन ।’

सिंचाइअन्तर्गत राष्ट्रिय गौरवको सुनकोशी मरिण बहुउद्देश्यीय, भौतिक पूर्वाधार अन्तर्गत तीन समयभन्दा बढी सडक र एक सयभन्दा पुल निर्माण आयोजना अलपत्र छन् । यस्तै भौतिक पूर्वाधार र शहरी विकासमन्त्री समेत रहेका घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवन जसरी पनि आगामी पुसभित्रै सम्पन्न गर्नुपर्ने बताएका छन् ।

शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, विशेष भवन निर्माण आयोजना तथा समन्वय कार्यालय, आयोजनाका परामर्शदाता र निर्माण व्यवसायीसँग भवन निर्माणका बारेमा छलफल गरेर पुस आगाडि नै निर्माण सम्पन्न गर्ने गरी बाँकी रहेका काम गर्न निर्देशन दिइसकेका छ्न् ।

‘जेनजी आन्दोलनका क्रममा बानेश्वरस्थित संसद भवनमा ठूलो क्षति पु¥याइएपछि अहिले संसद भवन नै छैन, त्यसैले संसद भवन निर्माण संवेदनशील आयोजना हो, यो या त्यो वाहानामा अब ढिला गर्नुहुँदैन, यसमा सबै पक्ष गम्भीर भएर पूर्ण रुपमा परिचालित भई समय अगावै सक्नुपर्छ’, उनले भनेका छन्।

तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७६ असोजमा ठेक्का सम्झौता भएको संसद भवन पाँचौपल्ट म्याद थपि आगामी पुससम्मलाई लम्ब्याइएको छ । आयोजनाको भौतिक प्रगति ८६ प्रतिशत छ ।

राष्ट्रिय र प्रतिनिधिसभा हलमा फल्स सिलिङका लागि थप ट्रस तथा दुवै भवनको पहिलो तलामा रहेको मल्टिपरपोज हलमा फल्स सिलिङ लागि थप ट्रसको निर्माण, इलेक्ट्रिकलअन्तर्गत मेन एलटी प्यानल, सब एलटी प्यानल, मेन, सम्पूर्ण स्यानेटरी, इलेक्ट्रिकल फायर फाइटिङ, एचभीएसी परीक्षण तथा सञ्चालनलगायतका काम बाँकी छन् ।

घिसिङले आफ्ना कार्यलयअन्तर्गतका निकायमा हुने अनियमिता रोक्न निर्देशनसहित संलग्नलाई तुरुन्तै कारबाही गर्ने चेतावनी दिए । उनले भने, ‘विगतमा कसिमन खाएर बजेट नै बेच्यो भन्ने आरोप सुन्ने गरिएको छ, जेनजी आन्दोलनको मुख्य एजेण्डानै भ्रष्टाचार नियन्त्रण थियो, भ्रष्टाचार नियन्त्रण गर्न सकिएन भने ठूलो निराशा उत्पन्न हुन्छ त्यसै अनियमिता हुने छिद्रहरुको पहिचान गरी त्यसलाई बन्द गर्नुहोस्, एक रुपैयाँ पनि अनियमिता गरेको फेला परेमा सङ्लग्नलाई छाडिने छैन ।’

यस्तै जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले गरेको आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएको उर्जा मन्त्रालयको मर्मतसम्भारको जिम्मा निजी क्षेत्रले लिने प्रस्ताव राखेको छ । स्वतन्त्र उर्जा उत्पादक संघका पदाधिकारीहरुले उर्जामन्त्री कुलमान घिसिङलाई भेटेर यस्तो प्रस्ताव राखेका हुन् ।

भेटमा इप्पानका उपाध्यक्ष भरत खत्रीले उर्जा उत्पादकहरु मिलेर मन्त्रालयको मर्मत सम्भार,रंगरोगनलगायत पुर्ववत अवस्थामा लैजाने प्रस्ताव राखेका थिए । इप्पान उपाध्यक्ष खत्रीले आफ्नो तालुक मन्त्रालय जलेकोले संरचना निर्माणमा सघाउनका लागि मन्त्रीलाई निजी क्षेत्रले साथ दिने बताए ।

विषम परिस्थितिमा उर्जा व्यवसायीले मन्त्रालयसहित मातहत कार्यालयहरु पुन निर्माणलगायत आवश्यक सहयोग गर्ने प्रस्ताव मन्त्रीसमक्ष राखेको उर्जा मन्त्रालयका सहसचिव शम्भु मरासिनीले नेपाल प्रेसलाई बताए । मन्त्रालयका २७ वटा गाडी जलेर नष्ट भएको भन्दै उनले निजी क्षेत्रसँग मिलेरै सरकारले काम गर्ने बताए ।

मन्त्रालय ध्वस्त भएर कामै नलाग्ने अवस्थामा नपुगेकाले मर्मत सम्भार,सरसफाइ र रंगरोगन गर्दा सञ्चालनमा आउने देखिन्छ । सरकारको अभियानमा सघाउन उर्जा उत्पादकहरुको तर्फबाट विभागीय मन्त्रालय भवन पुन निर्माणको जिम्मा लिन खोज्नु सकारात्मक रहेको मन्त्री घिसिङले बताएका छन् ।

यसअघि भदौ ३० मा पदभार ग्रहण गर्दै तत्काल अगाडि बढाइने मुख्य कार्यहरू भन्दै ५ बुँदामा प्रस्तुत गरिसकेका छन् । जसमा :

१.सार्वजनिक संरचनामा पुगेको क्षति यकिन गरी पुनर्निर्माण कार्य तत्काल अगाडि बढाइने छ ।

२.पुनःनिर्माणका लागि ‘हाम्रा सार्वजनिक संरचना हामी आफैँ बनाउनेछौँँ’ भन्ने अभियान सञ्चालन गरिने छ । देश विदेशमा रहेका सम्पूर्ण नेपालीलाई पुनर्निर्माणमा सहभागी गराई अपनत्व लिने गरी सबैको साथ र सहयोगबाट पारदर्शी रूपमा पुनर्निर्माण कार्य अगाडि बढाइने छ ।

३.मन्त्रालय र यसअन्तर्गतका निकायभित्र हुने भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीमा शून्य सहनशीलता अवलम्बन गरिनेछ । यस्ता क्रियाकलाप सह्य हुनेछैन । कसैले त्यस्ता कार्य गरेको फेला परेमा तत्कालै कारबाही गरिनेछ । जेन जीले मुख्य रूपमा उठाएको भ्रष्टाचार नियन्त्रण र सुशासनलाई कडाइका साथ कार्यान्वयन गरिनेछ ।

४.कर्मचारी सरुवा, जिम्मेवारी प्रदान गर्ने लगायतका विगतमा सुनिएका अनियमिततालाई नियन्त्रण गरी सुशासन कायम गर्न उपयुक्त व्यक्तिलाई उपयुक्त जिम्मेवारी (Right Person in Right Place) लाई कडाइका साथ लागू गरिनेछ । कसैप्रति पूर्वाग्रह र प्रतिशोध साँधिने छैन । तर, सुशासन र आफ्नो जिम्मेवारीलाई इमानदारीपूर्वक पूरा गर्न नसक्नेलाई तुरुन्तै जिम्मेवारीबाट हटाइने छ। असल नियत राखी ढुक्क भएर काम गर्न सबैलाई निर्देश गर्दछु ।
र
५.चालू रहेका ठुला पूर्वाधारका आयोजनाहरू तोकिएका समय र गुणस्तरमा निर्माण सम्पन्न हुन नसक्दा एकातर्फ मुलुकले ठुलो आर्थिक क्षति बेहोरिरहेको छ भने अर्कोतर्फ त्यस्ता आयोजनाबाट प्राप्त हुने लाभबाट नागरिक वञ्चित भइरहेको विडम्बनापूर्ण अवस्था छ । यसलाई चिर्न चालू अवस्थामा रहेका ठुला आयोजना निर्माण कार्यलाई तीव्रता दिइने छ भने रणनीतिक महत्त्व र रूपान्तरणकारी केही ठुला योजनालाई अगाडि बढाइने छ । प्राथमिकताको आधारमा आयोजना छनौट गरी परिणाम निक्लने गरी कार्य अगाडि बढाइनेछ । अहिले हाम्रा लागि हरेक सकेण्ड महत्त्वपूर्ण छ ।

Tags: #अलपत्र आयोजना#एक्शनमा कुलमान

लोकप्रीय

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

विचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

थप समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?
ताजा समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन
अन्तर्राष्ट्रिय

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक
अन्तर्राष्ट्रिय

अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक

मङ्लबार मंसिर ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२

हालका पोस्टहरू

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.