×

NEPAL TIMES UPDATES

Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026
Playing
आजदेखि शनिबार ‘भेहिकल फ्रि असन’ || Nepal Times
Apr 18, 2026
Playing
कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?|| Nepal Times
Apr 18, 2026
Playing
होर्मुजको जलडमरूम खोल्ने इरानको घोषणा || Nepal Times
Apr 17, 2026
Playing
हरेक नेपालीको भागमा १ लाख ऋणः कसले तिरिदिन्छ ३७ अर्ब किस्ता? || Nepal Times
Apr 17, 2026
Playing
नेपालमा कति छ युरेनियम ?कसले लगायो बक्रदृष्टि? बालेन सरकारसँग मागियो जवाफ || Nepal Times
Apr 17, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-04-2083 || Nepal Times
Apr 17, 2026
Playing
छोराको बिल तिर्न नसक्दा अस्पतालले डिस्चार्ज दिएन,पैसा खोज्न हिडेकी आमा सम्पर्कविहीन || Nepal Times
Apr 17, 2026

पुरानै धुनमा फर्के ओली, प्रचण्ड र देउवा

३ आश्विन २०८२

३ असोज , काठमाण्डौ ।

भदौ २३ र २४ गतेको जेनजी विद्रोहको सन्देश भ्रष्टचारी र हत्यारालाई कारवाही तथा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको माग हो । तर यो विद्रोहको समयमा पानी परेपछि मुसो दुलो भित्र पसेर लुके जस्तै सेनाको ब्यारेकमा लुकेकाहरु फेरी दुलोबाटै टाउको बाहिर निकाल्दै संविधान दिवसको बहानामा परिर्वतनलाई तोडमोड गर्ने प्रयास गर्न थालिसकेका छन् ।

Advertisement
Advertisement

के अब जेनजीका मागहरू साँच्चै ओझेलमा पर्दैछन? के नेताहरू सच्चिएर अघि बढ्न तयार छन् वा केवल आफ्ना गल्ती ढाकछोप गर्दैछन ? यसै सन्र्दभमा नेपाल टाइम्सका नियमित स्तरम्भकार डा. विजयप्रसाद मिश्रको विशेष विश्लेषणसहित तयार पारिएको सामग्रीका साथमा म छु……..

जेनजीको आन्दोलन पछि बक्तव्यवाजी गर्दै सार्वजनिक भएका नेपाली काँग्रेस,एमाले माओवादी पार्टीका नेता कार्यकर्ताहरु विभिन्न कार्यक्रमहरुमा देखिन थालेका छन् । गणेशमान सिंहको स्मृतिमा गरिएको कार्यक्रममा नेपाली काँग्रेसका नेताहरु बाहिर निस्किए ।

उनीहरुले निर्वाचनलाई स्वीकार गरेर अघि बढ्ने अभिव्यक्ति दिएको पाइन्छ । तर जेनजीले मागिरहेको भ्रष्टचारी र हत्यारालाई कारवाही तथा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको निर्वाचनको मुद्दा भने ओझेलमा पर्दै गएको देखिएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी कार्यालयको धुलो टकटकाउँदै अब योभन्दा भव्य पार्टी कार्यालय बनाइने उदघोष गरे । तर पार्टीभित्रबाटै मागिएको राजीनामाका विषयमा उनी मौन छन् । नेकपा एमालेले संविधान दिवसकै अवसर पारेर पार्टी कार्यालयमा कार्यक्रम नै आयोजना गरेर आलोचनाहरु स्वीकार गर्दै सच्चिएर अघि बढ्ने सन्देश दियो ।

पार्टीको गल्ती कमजोरीहरुको समीक्षा गर्नुपर्ने कुरा गरेको देखिन्छ । दोस्रो पुस्तामा चेत आएको जस्तो देखिए पनि जिद्धिवाजको उपमा पाएका केपी ओली अझै दम्भ गर्दैछन् । उनले सोसल मिडियामार्फत नै आफ्नो धारणा सार्वजनिक गर्दै जेनजी आन्दोलनमा सरकारले गोली हान्ने आदेश नदिएको, प्रहरीसँग नभएको स्वचालित हरियारहरु घुसपैठियाले चलाएर जेनजी मारेको भनेर आफू चोखिनका लागि केही वाक्यहरु खर्च गरेका छन् ।

केपी ओलीले आफ्नो सुरक्षाका लागि भक्तपुरको गुण्डू क्षेत्र नै चयन गर्नुलाई उनीहरुको अवस्था अहिले उपत्यकामा के छ भन्ने त देखायो नै । तर त्यहाँ बसेर जुन किसिमले अझै पनि आफ्नो दम्भ देखाइरहेका छन् । यसले द्वन्द्व बढ्ने सम्भावना अझै टरेको छैन ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले संविधान निर्माण गर्दा नै माओवादीले भने बमोजिम कार्यकारी राष्ट्रपतिको प्रत्यक्ष निर्वाचनको प्रावधान नमानेकोले अहिलेको स्थिति आएको वताएर जेनजीको मागको प्रत्यक्ष रुपमा समर्थन गरेको पाइएको छ ।

उनले जेनजीले माओवादी पार्टीकै १० वर्ष अघिको पुरानो माग राखेको भनेर जेनजी आन्दोलनको आरोपबाट आफू ओभानो हुन खोजेको समेत देखिन्छ । प्रचण्डले जेनजीको आन्दोलनको माग भ्रष्टचार विरोधी र नेताको छोराछोरीको समाजमा नपच्ने तडकभडकको विरोध पनि थियो ।

यी दुबै कुरामा नेकपा माओवादीले केही नबोल्नुलाई आफ्ना गल्ती कमजोरी ढाकछोप गर्न खोजेको मात्र देखिन्छ । जुन कुरा प्रचण्डले अझै लुकाई रहेका छन् । प्रचण्डले सार्वजनिक गरेको कार्यकारी राष्ट्रपतिको प्रत्यक्ष निर्वाचनको कुरा जेनजीले उठाएको माग होइन ।

वरु जेनजीले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको निर्वाचन मागेको हो । प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको माग गर्दा संवैधानिक राजसंस्थालाई स्थान दिन सक्ने ठाउँ रहला या नरहला त्यो भोलीको कुरा हो । तर प्रचण्डले जेनजीको माग आफ्नो पार्टीको मागजस्तै भनेर भ्रम फैलाउन खोजेको देखिन्छ ।

भन्न खोजिएको के हो भने प्रचण्डले जेनजीले मागेजस्तो माग कहिल्यै मागेका होइनन् । बरु संविधानको कमजोरीको फाइदा उठाएर प्रचण्ड भ्रष्टचार गर्न अन्य पार्टीका नेताहरुसँग प्रतिस्पर्धा भने गरिरहेका थिए ।

नेकपा एमाले र नेपाली काँग्रेस मिलेर सत्ता चलाए पछि सत्ताको सुखसयलबाट बाहिरिएका प्रचण्डले जेनजी आन्दोलनलाई सहयोग गरेर केपी ओलीलाई जसरी पनि प्रधानमन्त्रीबाट हटाउन भने भूमिका खेलेकै हुन् ।

जसका लागि उनी धन्यवादका पात्र बनेका छन् । माओवादी समर्थक जेनजीहरुको जेनजी आन्दोलनमा बढी सक्रियताले पनि प्रचण्डलाई आन्दोलनको पूर्व जानकारी थिएन भन्न सकिदैन । उता केपी ओली सिंहदरवार, सर्वोच्च अदालत जस्ताका संरचनाहरु जलाएकोमा चिन्तित देखिन्छन् ।

तर यो सबै आफ्नो हठका कारण भएको भन्ने स्वीकार गर्न तयार देखिका छैनन् । जेनजी समूहलाई प्रहरीको गोली हानिएको होइन भने आन्दोलनको पहिलो दिननै यो कुरा किन भनेनन् । सुरक्षा निकायलाई दवाव दिएर अझै आन्दोलनकारी मार्न किन उकासी रहेका थिए ।

सुरक्षा निकायले प्रधानमन्त्रीवाट राजीनामा दिन सुझाए पनि यूवासंघलाई गुहारेर सडक कब्जागर्ने खालका सपना देखेर के गर्न चाहेका थिए । आफ्नो ज्यानकै ठेगान नभएपछि हेलिकप्टर बोलाउँदा पनि नआउने स्थिति भएपछि अन्त्यमा आफ्नो ज्यान बचाउनका लागि मात्र प्रधानमन्त्री पदबाट राजीनामा दिएको खबर बाहिरिसकेको छ ।

जेनजी समूहका आन्दोलनकारीहरुको रगतमा परेड गरेर २४ घण्टा रमाउने तत्कालिन प्रधानमन्त्री केपी ओली उत्तर कोरियाको शासक किमजोङ्भन्दा कम भएनन् भनेर टिप्पणी आइराख्दा फेरी पनि दोष अरुलाई थुपारेर सत्तामा जाने र जेनजी वा आफ्नो घर र पार्टी कार्यालय जलाउनेलाई मिलाई मिलाई ठोक्ने भन्ने प्रचण्डको शब्द सापटी लिन खोजेको हो कि भन्ने आशंका गरिदैछ।

सेनाको सुरक्षामा बसेका सबै नेताहरु बाहिर आएका छन् । उनीहरुको कालो धन कमाउने स्रोत गुमेको अवस्थामा जे पनि गर्न सक्दछन् । यस्तो अवस्थामा राजनीतिक पार्टी ६ महिनाका लागि पर्ख र निर्वाचनमा जितेर आऊ भनेर संझाउने शक्तिको आवश्यकता छ ।

प्रतिनिधिसभाको २०८२ फागुन २१ गते हुने निर्वाचनलाई राष्ट्रिय पर्वको रुपमा मानेर अघि बढ्न पुराना राजनीतिक पार्टीहरुलाई प्रोत्साहित गर्ने बेला आएको छ । आफू राष्ट्रवादी हुन चाहेको तर विदेशी शक्तिले आफूलाई सत्ताबाट बाहिर पठाएको हो भन्ने लागेको हो भने केपी ओलीले खुलेर त्यो विदेशी शक्ति को को हो भन्नु पर्दछ ।

हैन भने बालुवाटर, भक्तपुरको बाल्कोट, दमकको निवास र पहाडको पुरानो घरपनि एकै दिन जल्नुमा जनताले नरुचाएर समेत हो भन्ने महसुश गरेर, खुकुरीको कुरा गर्ने कार्यकर्ताको आक्रोशलाई मत्थर पार्नु पर्नेमा गुण्डू क्षेत्रमै आफूलाई बढी सुरक्षित महशुस गर्नुले बानी मिल्नेहरुको निकट भएका हुन कि भनेर टिप्पणी आइरहेको कम्तिमा केपी ओलीले समयमै हेक्का राख्नु पर्ने देखिन्छ ।

त्यसैले सबै रिस राग छोडौं । संविधानमा नभएका कुरा भए होलान, त्यो पनि एकछिनलाई विर्सिएर ६ महिना पछि आउने नयाँ जनमतबाट निर्वाचित भएका सांसदहरुको प्रतिनिधिसभाले संविधान शंसोधन गरेर कार्यकारी प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचन, हिन्दू राष्ट्र कि अधिराज्य, प्रदेश के गर्ने भन्ने सम्बन्धमा निर्णय लिन दिऔं ।

यो राजनीतिक कोर्ष करेक्सनको एउटा सबैको सहमतिको मार्ग हो । भ्रष्टचारी, कालोधन कमाउने, हत्या र लुटपाट गर्नेलाई भने तत्काल यही सरकारले कारवाहीको दायरामा ल्याएर आन्दोलनको मर्मलाई सम्बोधन भने गर्नुपर्दछ ।

जेनजीले उपद्रव गरे भनेर खोजि हिड्ने प्रहरी र सरकारी सरोकारवालाहरुले अकुत सम्पत्ति लुकाएका बारेमा र पहिलो दिन कलेजको पोशाकमा रहेका जेनजीलाई ताकी ताकी गोली हान्नेहरुको नाम समेत सार्वजनिक गर्दै उनीहरुलाई कारवाहीको दायरामा ल्याउनु पर्दछ ।

हैन भने अहिलेको गृहमन्त्री वा उनलाई गृहमन्त्री बनाउने बालेन्द्र साहको पनि दिनगन्ती शुरु हुनेछ । समयमै एक्शनमा आउन अन्तरिम सरकारलाई अनुरोध छ । हैन भने नेपालको स्थानीय तहदेखि प्रदेश र संघीय सरकारका कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको पूर्वाधारहरुलाई एकै दिनमा ध्वस्त गर्न सक्ने जुन शक्तिको जेनजीको ब्यानरमा नेपाल प्रवेश भएको छ।

त्यसले नेपालका तीनै तह जनविरोधी रहेछन् भन्ने सन्देश अप्रत्यक्ष रुपमा लिएको छ । जनताको समस्या समाधान गर्नुभन्दा संविधान, ऐन कानूनको पाना पल्टाएर जनतालाई नै दुःख दिने शासकहरुको गतिविधिले वाक्क दिक्क भएका जनता सडकमा आएकै हुन् ।

आफू जनसेवक नहुने अनि विदेशीलाई घुसपैठ ग¥यो भनेर आरोप लगाउने काम अब बन्द गरे हुन्छ । एमाले र नेपाली काँग्रेसले सरकार बनाउन संविधानमा संसोधन गर्ने भने तर त्यस सहमितका नाममा सत्तामा भागबण्डा मिलाइ रजाइमात्रै गरिरहने देखिएपछि जेनजी समूह आक्रोशित भएको हो।

अहिले पनि प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको निर्वाचनमा जानेगरी संविधान संशोधन गर्ने वातावरण मिलाइएन भने जेनजीको नाममा भएको आन्दोलनभन्दा अनिष्ट आन्दोलन हुन सक्ने सम्भावना कायमै छ ।

Advertisement

अब हुने आन्दोलनले हामीले आफूलाई नेपाली भनेर बाच्ने अवसर समेत नदिन सक्दछ । यसमा जिद्धिवाला नेताहरुले नेतृत्व छोडेर यूवा पुस्तामा पार्टी हस्तान्तरण गर्नु पर्दछ । नत्र ‘जिसका लठ्ठी उसका भैंस, या गेल भैंस पाइनमे’ को स्थिति आउन सक्दछ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top