NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा आइतवार पुस २७ , २०८२
चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै शनिबार पुस २६ , २०८२
केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो शुक्रबार पुस २५ , २०८२
कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित शुक्रबार पुस २५ , २०८२
Next
Prev

समाचार

जेनजीले भने, ओली–लेखकलाई तत्काल पक्राउ गर

शनिबार अशोज ४ , २०८२
Reading Time: 1 min read
A A
जेनजीले भने, ओली–लेखकलाई तत्काल पक्राउ गर
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

४ असोज , काठमाण्डौ ।

भ्रष्टाचार, नेपोकिडविरुद्ध तथा सुशासन लगायत जनताको अवस्था परिवर्तनका लागि दुई दिने आन्दोलन गरेर मुलुकको राजनीतिलाई नयाँ कोर्समा हिडाउन सफल जेनजी समूहले तत्कालै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गरेका छन् ।

शुक्रबार संवाद डबलीमा जेनजीले आयोजना गरेको पत्रकार सम्मेलनमा आन्दोलन दबाउन राज्यको दुरुपयोग गरेको भन्दै ओली र लेखकसँगै काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई पनि पक्राउ गर्न माग गरेका छन् ।

LS Auto

जेनजीका सल्लाहकार डा. निकोलश भुसालले राष्ट्रियसभा विघटन गरेर साथै संविधान संशोधन गरेर प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको चुनाव गर्नुपर्ने पनि बताएका छन् । उनले २०४६ सालपछिका सम्पूर्ण उच्च तहका नेता कर्मचारीको सम्पत्तिको छानबिन गर्न उच्चस्तरीय आयोग बनाउन समेत माग गरे ।

यस्तै जेनजी आन्दोलनका घाइते हरि अधिकारी, सहिद परिवार नर्गिस थापा लगायतले आफूहरूले समाजमा व्याप्त कुशासनविरुद्ध आन्दोलन गरेको बताएका छन् । अधिकारीले आफ्ना माग पूरा नभए आन्दोलन जारी रहेनसमेत बताए । त्यस्तै, जेनजी सहिद परिवार नर्गिस थापाले आफ्ना परिवारको बगेको रगतको अपमान नहुने गरी सरकार अगाडि बढ्नुपर्ने बताए ।

कार्यक्रममा जेनजी सल्लाहकार कुशलव केसी, खेमराज साउद, खोजराज कटुवाल, निपेस ढाका अधिकारी, डा. सुन्दर थापा, वैज्ञानिक कपिल पौडेललगायत वक्ताहरूले शासकीय स्वरूप प्रत्यक्ष निर्वाचित कार्यकारी भएमात्र देश विकासको बाटोमा हिँड्ने बताएका थिए ।

उनीहरूले शिक्षा स्वास्थ्य निःशुल्क हुनुको साथै देशमै रोजगारीको सिर्जना गर्नुपर्ने बताए । अभियन्ता कुशलव केसीले सहकारी पीडितको पक्षमा आफू लामो समयदेखि सडकमै रहेको बताउँदै अबको सरकारले ती मागहरूको सम्बोधन गर्न सरकारलाई सुझाव दिए ।

जेनजी समूहले तत्कालिन सरकारका प्रधानमन्त्री र गृहमन्त्रीसहितलाई तत्काल पक्राउ गर्न माग गर्दा यता आन्दोलनकारीमाथि दमन गरेको आरोप लागेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भने आफूले राजीनामा दिएपछि छानीछानी सार्वजनिक र निजी सम्पत्ति खरानी बनाइएको बताएका छन् ।

शुक्रबार संविधान दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्रीबाट राजीनामा दिएपछि पहिलो पटक ओलीले प्रतिक्रिया दिएका हुन् । जेन–जी आन्दोलनमा आह्वानकर्ताले नै घुसपैठ भएको बताएको उल्लेख गर्दै ओलीले भनेका छन्, ’त्यसमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाहरूको ज्यान गयो। सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन । प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनु पर्दछ । यता ओलीको यो दाबीलाई एमालेका नेताहरूले जोडतोडका साथ उठाइरहेका छन् ।

आफ्ना अध्यक्षसमेत रहेका ओलीले भनेको त्यो कुरा अत्यन्त गम्भीर विषय भएकाले वर्तमान सरकारले यसको तत्काल छानबिन गर्नुपर्ने एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले बताएका छन् । रिजालले शनिबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘तत्कालीन प्रधानमन्त्रीले नै ‘गोली चलाउने सरकारको आदेश थिएन, युवाहरू मारिएको गोली प्रहरीले चलाएको होइन’ भन्नु अत्यन्त गम्भीर विषय हो। वर्तमान सरकारले हत्या, आगजनी र लुटपाटको छानबिन गर्न मन्त्रिपरिषद्को पहिलो बैठकबाटै निर्णय गर्नुपर्नेमा किन हो, अलमल गरेको छ। सत्यतथ्य छानबिन होस्, दोषीमाथि हदैसम्मको सजाय होस्। युवाको रगत, सार्वजनिक तथा निजी सम्पत्तिको अपूर्व नाश र देशको प्रतिष्ठाको लिलामीलाई सत्ता प्राप्तिको भ¥याङ नबनाइयोस्।’

यसैगरी एमालेका पोलिटब्युरो सदस्य सूर्य थापाले पनि भदौ २३ गते सरकारले प्रहरीलाई गोली चलाउन आदेश नदिएको निवर्तमान प्रधानमन्त्री ओलीकै दाबी दोहो¥याएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भदौ २३ गते प्रहरीलाई तीन आदेश थियो ः हतियार जोगाउनु, बर्दी जोगाउनू र ज्यान जोगाउनू÷गोली नचलाउनू।’

आफ्ना अध्यक्षले दाबी गरेका कुराहरुमा एमालेका नेताहरुले जोड दिइरहँदा उता अर्का नेता महेश बस्नेतको दाबी भने झुटो पुष्टि भएको छ । यो पुष्टि स्वयं उनले आरोप लगाएका सुदन गुरुङ सम्मिलित संस्था हामी नेपालीले गरेको हो । यो संस्थाले आज आफ्नो फेसबुक पेजमार्फत एक विज्ञप्ती जारी गर्दै महेश बस्नेत झुटा भएको बताएको छ ।

महेश बस्नेतले आफूसंग सुदनको कुराकानी भएको, सोक्रममा सुदनले एमालेमा आउने इच्छा व्यक्त गरेको र उनी छिटै नै एमालेमा प्रवेश गर्न लागेको अभिब्यक्ति दिएका छन् । उनको सो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

तर, गुरुङले आज आधिकारिक प्रेस विज्ञप्ति जारी गर्दै सो दाबीलाई “पूर्णतः झूटो” भन्दै खण्डन गरेका हुन् । उनले जारी गरेको प्रेस विज्ञप्तिमा बुँदागतरुपमा आफ्ना भनाइ राखेका छन्, जसमा आफूले कहिल्यै महेश बस्नेतसँग बोलचाल नगरेको उनले लेखेका छन् ।

यस्तै कुनै प्रकारका प्रवेश वा सहकार्यबारे चर्चा नै नभएको र नहुने पनि प्रष्ट पारेका छन् । आफूहरुले महेश बस्नेतलाई नचिनेको र सम्मान नगर्ने पनि जनाएका छन् । बस्नेत झुटा भएको लेखेका छन् । गुरुङले बस्नेतप्रति आक्रोश प्रकट गर्दै अफवाहहरु फैलाउन बन्द गर्न भनेका छन् ।

परिवर्तनका लागि देश एकजुट भएका बेला बस्नेतका क्रियाकलापले नागरिक र शहिदहरुको बलिदानीको अपहेलना हुने जनाएका छन् । “संविधानले सुरक्षा दिएको अर्थ नैतिक सुरक्षा होइन । जनताको बलिदानलाई धोका दिने काम इतिहासले माफी दिने छैन।” भन्दै विज्ञप्तीमा लेखिएको छ ।

जसमा जनतालाई सचेत रहन आह्वान पनि गरिएको छ । विज्ञप्तिमा उनले जनतालाई बस्नेतका दाबीमा नफस्न, एकताबद्ध रहन र परिवर्तनको आन्दोलनलाई भ्रष्ट राजनीतिबाट जोगाउन आग्रह गरेका छन् ।

गुरुङले भनेका छन्, “हामी नेपाल सधैं जनताको पक्षमा उभिएका छौँ र उभिनेछौँ। यो आन्दोलन जनताको हो, न कि भ्रष्ट राजनीतिज्ञहरूको।”

विज्ञप्तिको अन्त्यमा उनले महेश बस्नेतलाई कडा शब्दमा भनेका छन्, हामी महेश बस्नेतका सबै बयान, आरोप, उनको राजनीति, जनतालाई गुमराहमा पार्ने उनका प्रयास र फोहोरी खेललाई अस्वीकार गर्छौ, उनी झुटा व्यक्ति हुन् ।

यसअघि बस्नेतले समग्र जेनजी आन्दोलनकारी वा यो समूहलाई नै आतंककारीको आरोपसमेत लगाएका थिए । जबकी एमालेका अन्य नेताहरुले भने जेनजीको भावना र आन्दोलनको मर्मलाई सबैले आत्मसाथ गर्नुपर्ने बताएका थिए ।

Tags: #जेनजी#ओली–लेखक#महेश बस्नेत झुटा

लोकप्रीय

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

आइतवार पुस २७ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२

विचार

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

आइतवार पुस २७ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२

थप समाचार

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा
संगीत

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

आइतवार पुस २७ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै
समाचार

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने
समाचार

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो
समाचार

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: भेनेजुएला छाड्न अमेरिकीलाई सुझाव, कोरियाली तनाव उत्कर्षमा || Nepal Times

World News: भेनेजुएला छाड्न अमेरिकीलाई सुझाव, कोरियाली तनाव उत्कर्षमा || Nepal Times

00:26:55

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

00:22:17

World News: २० देश अमेरिकी Black Listमा, Greenland कब्जा गर्ने प्लान सार्वजनिक|| Nepal Times

00:28:00

World News: रूसी जहाज अमेरिकी कब्जामा, पेट्रोलाई ह्वाइट हाउसमा निम्तो || Nepal Times

00:26:45

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

बिहिबार पुस २४ , २०८२
नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द 

शुक्रबार पुस २५ , २०८२

हालका पोस्टहरू

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

आइतवार पुस २७ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.