NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने आइतवार अशोज ५ , २०८२
पार्टी पुनर्गठन गर्ने प्रस्ताव कांग्रेसमा फेल माओवादीमा पास आइतवार अशोज ५ , २०८२
प्रचण्डको भविष्यवाणी, जेनजीले पूरा गरे !ओलीको पत्तासाफ आइतवार अशोज ५ , २०८२
अमेरिका, चीन वा जापान.. कुन देशको भिसा पाउन मुश्किल ? आइतवार अशोज ५ , २०८२
अन्नतः युएईले क्रिकेटरलाई दियो भिसा, नेपाली टोली भोलि उड्ने आइतवार अशोज ५ , २०८२
Next
Prev

समाचार

हमासले सार्वजनिक गर्याे विपिनसहितको बन्धकहरूको तस्बिर

आइतवार अशोज ५ , २०८२
Reading Time: 1 min read
A A
हमासले सार्वजनिक गर्याे विपिनसहितको बन्धकहरूको तस्बिर
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

५ असोज , काठमाण्डौ ।

इजरायलको भारी बमबारी खेपिरहेको प्यालेस्टाइनी सशस्त्र समूह हमासले गाजामा रहेका ४८ इजरेली बन्धकहरूको ‘बिदाइ तस्बिर’भन्दै एक पोस्टर सार्वजनिक गरेको छ । ४८ जनाको उक्त तस्बिरमा नेपालका विपिन जोशी समेत छन् । तस्बिरमा मैन बत्ती बालिएको छ ।

इजरायलले उक्त क्षेत्रलाई कब्जा गर्ने र ध्वस्त पार्ने काम जारी राख्दा बन्धकहरूको तस्बिर सार्वजनिक भएको हो । शनिवार सार्वजनिक तस्बिरमा जीवित र मृत दुवै बन्धकहरूको अनुहार देखाइएको जनाइएको छ ।

LS Auto

इजरायलले गाजा कब्जा गर्न अघि बढेपछि बन्धकहरूको बिदाइ तस्बिर भन्दै सार्वजनिक गरिएको हो । जसलाई रोन अराड भनेर शीर्षक दिइएको छ, जुन १९८६ मा लेबनानमा हराएका इस्रायली वायुसेनाका क्याप्टेनको सन्दर्भ हो ।

तर यसलाई इजरायलले ‘प्रपोगान्डा’ का रूपमा लिएको छ । दोहा मुख्यालय रहेको अलजजिरा अनलाइनका अनुसार हमासको ‘कसाम ब्रिगेड्स’ ले सार्वजनिक गरेको संकलित तस्बिरमा जीवित र मृत सबै बन्धकको अनुहार देखाइएको छ ।

प्रत्येकलाई १९८६ मा लेबनानमा हराएका इजरायली वायुसेनाका कप्तान ‘रोन अराड’ को नाम दिँदै फरक–फरक नम्बर दिइएको छ । तस्बिरमा मृत र जीवित छुट्याइएको छैन । विपिनसहित ४८ जना ७ अक्टोबर २०२३ देखि हमासको नियन्त्रणमा छन् ।

‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि सम्बन्धी अध्ययनका लागि इजरायल पुगेका विपिनलाई हमासले अलुमिम किबुजबाट बन्धक बनाएको थियो । हमासको आक्रमणमा परी १० नेपाली विद्यार्थी पनि मारिएका थिए ।

हमासले २ सय ५१ जनालाई बन्धक बनाएर लगेको थियो । पछिल्लो दुई वर्षमा भएको पटक–पटकको युद्धविराममा बन्धक र प्यालेस्टिनी कैदी साटिएको थियो । आठ बन्धकलाई इजरायली सैनिकले जीवितै उद्धार गरेका थिए ।

बाँकी ४८ जना विपिनसहित रहेका छन् । २०१४ मा मारिएका इजरायली सेनाको शव पनि हमासकै नियन्त्रणमा छ । इजरायलले गाजा क्षेत्रमा सैन्य आक्रमण तीव्र बनाइरहेका बेला ‘बन्धकको जीवन जोखिममा रहेको’ भन्दै हमासले ती तस्बिर सार्वजनिक गरेको हो ।

ठाउँ–ठाउँमा बन्धकलाई छरेर राखिएको जनाउँदै हमासले इजरायलको आक्रमणबाट बन्धकको जीवन खतरामा परेको र इजरायली बमले केही बन्धकको ज्यानसमेत गइसकेको दाबी गरेको छ ।इजरायलले आठ महिनाभित्र गाजा क्षेत्रलाई आफ्नो नियन्त्रणमा राख्ने भन्दै हवाई तथा स्थलगत सैन्य कारबाही तीव्र बनाएको छ ।

इजरायली सैनिकका अनुसार पछिल्लो २४ घण्टामा सयभन्दा बढी क्षेत्रमा भएको आक्रमणमा ३४ जना प्यालेस्टिनीको मृत्यु भएको छ । नेपालका लागि इजरायली राजदूत शमुलिक ऐर बासले हमासले ‘मनोवैज्ञानिक युद्ध खेलेको’ बताएका छन् ।

हमासले तस्बिर सार्वजनिक गरेको विषयलाई लिएर उनले भने, ‘मलाई लाग्छ, यो एक गलत बुझाइ हो । हमासले भनेको छ कि सैन्य कारबाहीका कारण सबै बन्धकको स्थान अज्ञात हुन सक्छ । वास्तवमा हमासले राम्रैसँग माइन्ड–वार खेलेको छ ।’

विपिनलाई सकुशल रिहाइ गर्न अघिल्लो महिना आमा पद्मा र बहिनी पुष्पा इजरायल पुगेका थिए । इजरायलको ‘होस्टेज स्क्वायर’ मा उनीहरुले हजारौंको भीडलाई सम्बोधन गर्दै विपिनको रिहाइका लागि आपिल गरेका थिए ।

इजरायलका नागरिकले पनि बन्धक छुटाउन इजरायल सरकारलाई दबाब दिँदै आइरहेका छन् । उनीहरूले ‘सबै बन्धकलाई घर फर्काउने विस्तृत सम्झौता गर्नुपर्ने र युद्धको अन्त्य हुनुपर्ने’ आवाज उठाइरहेका छन् ।

यता हमासले सार्वजनिक गरेको ‘बिदाइ सूची’ ले इजरायल र विश्वलाई हमासले विभिन्न सन्देश दिन खोजेको विश्लेषण गरिएको छ । हमासले गाजामा रहेका बन्धकहरूको ‘बिदाई सूची’सार्वजनिक गर्दा सन् १९८६ मा लेबनानमा हराएका इजरायली विमान चालक रोन अरादको नाम जोड्नुका पछाडि मनोवैज्ञानिक र राजनीतिक कारणहरू रहेका अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरूले विश्लेषण गरेका छन् ।

यसलाई एउटा सांकेतिक चेतावनी र मानसिक दबाब बढाउने रणनीतिका रूपमा व्याख्या गरिएको छ । इजरायलमा हराएका वा दुश्मनको कब्जामा रहेका सैनिकलाई जसरी पनि फिर्ता ल्याउनुलाई ‘राष्ट्रिय कर्तव्य’मानिन्छ ।

रोन अरादको घटना इजरायलका लागि एउटा दुःखद र लामो समयदेखिको पीडादायी घाउ हो, किनभने उनको अवशेष कहिल्यै भेटिएन र उनको वास्तविक नियति अझै पनि अनिश्चित छ। हमासले बन्धकहरूलाई ‘रोन अराद’को उपनाम दिएर इजरायली सरकारलाई यो राष्ट्रिय कर्तव्य पूरा गर्नमा असफल हुन सक्ने चेतावनी दिएको छ ।

यसले इजरायली सरकार र जनतामाथि गम्भीर मनोवैज्ञानिक दबाब सिर्जना गर्छ । यदि इजरायलले आफ्नो सैन्य कारबाही रोकेन भने गाजामा रहेका बन्धकहरूको भविष्य पनि रोन अरादको जस्तै अन्धकार र अनिश्चित हुने चेतावनी हमासले दिएको हुनसक्छ ।

यसले बन्धकका परिवारहरूमा निराशा र डर फैलाएको छ र उनीहरूलाई सरकारविरुद्ध थप आक्रामक हुन प्रोत्साहित गर्छ । इजरायलयमा सरकारविरुद्ध प्रदर्शनको तयारी भइरहेको पृष्ठभूमिमा हमासले उक्त कदम चालेको हो ।

इजरायलभित्रै युद्ध रोक्न र वार्ताबाट बन्दीहरूको जीवन जोगाउन चौतर्फी दबाब बढिरहेको छ । हमासले प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र सैन्य प्रमुखहरूलाई लक्षित गर्दै उनीहरूको जिद्दी र सैन्य कारबाहीका कारण बन्धकहरूको जीवन जोखिममा परेको आरोप लगाएको छ ।

रोन अरादको नाम प्रयोग गरेर हमासले नेतान्याहूको सरकारलाई पनि सोही घटनामा जस्तै आफ्ना नागरिकलाई गुमाउने असफलताको बाटोमा रहेको देखाउन खोजेको छ । हमासले इजरायलको सबैभन्दा संवेदनशील राष्ट्रिय घाउमा नुन छर्कने प्रयास गरेको देखिन्छ ।

यसको मुख्य लक्ष्य भनेको गाजामा जारी सैन्य कारबाहीलाई रोक्न र बन्धकहरूलाई मुक्त गर्ने सम्झौताका लागि इजरायललाई झुकाउनु हो । यस सूचीमा नेपाली नागरिक विपिन जोशीको तस्वीर पनि समावेश गरेर हमासले उनको जीवन पनि गाजामा जारी युद्धका कारण जोखिममा रहेको सन्देश दिन खोजेको छ ।

यसले नेपाल सरकार र अन्तर्राष्ट्रिय समुदायलाई पनि उनको अवस्थाबारे चिन्ता व्यक्त गर्न र हमास तथा इजरायल दुवैमाथि दबाब बढाउन प्रेरित गरेको छ । लामो समयदेखि विपिनको अवस्था सार्वजनिक गर्न नेपालले बढाइरहेको दबाबले भने अझै काम गर्न सकेको छैन ।

गाजामा इजरायलले सैन्य कारबाही आक्रामक बनाइरहेको बेला हमासको यो कदमले विपिनको जीवन थप जोखिममा परेको छ । यता इजरायली सेनाले गाजा सिटीमा शक्तिशाली हमलाहरूलाई निरन्तरता दिएको छ ।

उक्त हमलामा परी एकैदिन कम्तीमा ९१ जनाको ज्यान गएको हमास सञ्चालित अस्पतालले जनाएको छ । अल जजिराका अनुसार, इजरायली सेनाले गत दुई सातामा गाजा सिटी क्षेत्रका करिब २० वटा टावर ब्लक भत्काएको अनुमान गरिएको छ ।

गाजा सिभिल डिफेन्सका अनुसार करिब ४.५ लाख मानिस, अर्थात् शहरी केन्द्रको करिब आधा जनसंख्या यसबीचमा त्यहाँबाट पलायन भइसकेका छन् । शनिबार संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले पनि इजरायलको धम्कीबाट विश्व समुदायलाई नआत्तिन आग्रह गरेका छन् ।

Tags: #कस्तो छ विपिनको अवस्था ?#बन्धकहरूको तस्बिर#विपिनसहितको बन्धकहरूको तस्बिर

लोकप्रीय

हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने

हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने

आइतवार अशोज ५ , २०८२
बालकोटमा राखेको बैठकमा गएनन् प्रचण्ड–देउवा

पार्टी पुनर्गठन गर्ने प्रस्ताव कांग्रेसमा फेल माओवादीमा पास

आइतवार अशोज ५ , २०८२
ओली र प्रचण्डले कसरी मिलाए भागबण्डा ?

प्रचण्डको भविष्यवाणी, जेनजीले पूरा गरे !ओलीको पत्तासाफ

आइतवार अशोज ५ , २०८२

विचार

हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने

हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने

आइतवार अशोज ५ , २०८२
बालकोटमा राखेको बैठकमा गएनन् प्रचण्ड–देउवा

पार्टी पुनर्गठन गर्ने प्रस्ताव कांग्रेसमा फेल माओवादीमा पास

आइतवार अशोज ५ , २०८२
ओली र प्रचण्डले कसरी मिलाए भागबण्डा ?

प्रचण्डको भविष्यवाणी, जेनजीले पूरा गरे !ओलीको पत्तासाफ

आइतवार अशोज ५ , २०८२

थप समाचार

हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने
ताजा समाचार

हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने

आइतवार अशोज ५ , २०८२
बालकोटमा राखेको बैठकमा गएनन् प्रचण्ड–देउवा
ताजा समाचार

पार्टी पुनर्गठन गर्ने प्रस्ताव कांग्रेसमा फेल माओवादीमा पास

आइतवार अशोज ५ , २०८२
ओली र प्रचण्डले कसरी मिलाए भागबण्डा ?
ताजा समाचार

प्रचण्डको भविष्यवाणी, जेनजीले पूरा गरे !ओलीको पत्तासाफ

आइतवार अशोज ५ , २०८२
अमेरिका, चीन वा जापान.. कुन देशको भिसा पाउन मुश्किल ?
ताजा समाचार

अमेरिका, चीन वा जापान.. कुन देशको भिसा पाउन मुश्किल ?

आइतवार अशोज ५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: UKको फाइटर जेट पोल्याण्डमा तैनाथ, अफगानिस्तानमा फेरि निहुँ खोज्दै Trump || Nepal Times

World News: UKको फाइटर जेट पोल्याण्डमा तैनाथ, अफगानिस्तानमा फेरि निहुँ खोज्दै Trump || Nepal Times

00:16:33

World News: Russia–भियतनामबीच गोप्य सम्झौता, पाक–चीनको प्रस्तावविरुद्ध भिटो || Nepal Times

00:21:52

World News: Americaमाथि व्यापार नाकाबन्दी, Russiaमा शक्तिशाली भूकम्प || Nepal Times

00:19:53

World News:निकालिएकाहरु America गए १० वर्ष जेल, Portugalमा नेपाली बन्धक|| Nepal Times

00:17:46

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

00:22:52

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२
अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय

यस्तो हुन्छ जनताको सरकार,सर्किट लागेको भोलिपल्टै छानविन

शुक्रबार अशोज ३ , २०८२
ओलीमा अझै गएन घमण्ड, न पश्चाताप न क्षमा याचना

ओलीले शक्तिशाली शासक बन्न खिचेका ३ विभाग ८ वर्षपछि फिर्ता

आइतवार अशोज ५ , २०८२

हालका पोस्टहरू

हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने

हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने

आइतवार अशोज ५ , २०८२
बालकोटमा राखेको बैठकमा गएनन् प्रचण्ड–देउवा

पार्टी पुनर्गठन गर्ने प्रस्ताव कांग्रेसमा फेल माओवादीमा पास

आइतवार अशोज ५ , २०८२
ओली र प्रचण्डले कसरी मिलाए भागबण्डा ?

प्रचण्डको भविष्यवाणी, जेनजीले पूरा गरे !ओलीको पत्तासाफ

आइतवार अशोज ५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.