×

NEPAL TIMES UPDATES

Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने || Nepal Times
Apr 23, 2026
Playing
चीनले इरानलाई पठाएको ’उपहार’ ट्रम्पले खोसे || Nepal Times
Apr 23, 2026
Playing
नेता र कर्मचारीको सम्पत्ति कसरी छानविन हुन्छ ? को को तान्निछन् ?|| Nepal Times
Apr 23, 2026
Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुधन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026

बालेनले गरेर देखाए,काठमाडौं शहरहरुको शहर,सबै विद्यालय स्मार्ट कोठा

९ आश्विन २०८२

९ असोज , काठमाण्डौ ।

काठमाडौं शहर विगतको धरोहर मात्र होइन,भविष्यको सपनासमेत बन्दै गएको छ। खाल्डाखुल्डारहित चिल्ला सडकहरु, सडक किनारमा हरियाली, तीन वर्ष लामो संघर्षपछि ‘यमबुद्ध स्केटबोर्ड पार्क’ को सपना साकार हुँदैछ , सामुदायिक विद्यालयहरू स्मार्ट कक्षाकोठामा रूपान्तरण हुँदैछन् र, उज्यालो अभियानले राजधानीलाई झिलिमिली बनाउँदैछ।

Advertisement
Advertisement

यी सबै योजनाहरूलाई मेयर बालेन्द्र शाह बालेनले प्रतिबद्धता अनुरुप नै काठमाडौँलाई शहरहरुको पनि शहर बनाउँदैछन् । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले तीन वर्ष लामो संघर्षपछि यमबुद्ध स्केटबोर्ड पार्कको सपना साकार हुन लागेको भन्दै खुसी व्यक्त गरेका छन्।

आज सामाजिक सञ्जालमार्फत् उनले यस्तो जानकारी दिएका हुन्। ६ करोड ७० लाखको लागतमा निर्माण सम्पन्न हुने पार्कका केही तस्बिरसमेत उनले सार्वजनिक गरेका छन्।

आफू काठमाडौँ महानगरपालिकाको मेयर बनेदेखि नै काठमाडौँलाई सबैको सहर बनाउने उद्देश्यस्वरुप यमबुद्ध स्केटबोर्ड पार्क निर्माणको लक्ष्य राखेको उनले बताएका छन्।

‘सम्पदा जोगाउने कामसँगै युवाहरूको चाहनाअनुसारको सहर बनाउने योजनामा हामीले यमबुद्ध स्केटबोर्ड पार्क सुरु गरेका थियौँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सुरुमै बजेट छुट्याइएको थियो। काठमाडौँ महानगरपालिकाको वडानम्बर १६ मा बन्ने कुरा लगभग तय भैसकेको थियो। तर तत्कालीन वडाध्यक्ष स्वर्गीय मुकुन्द रिजालको निधनपछि त्यो ठाउँमा बनाउन जग्गा प्राप्त गर्न सकेनौँ। त्यसपछि २ नम्बर वडामा कोसिस ग¥यौँ। नेपाल सरकारले जग्गा दिन नसकेका कारण तीन पटकसम्म प्रयास गर्दा पनि बनाउन सकिएन।’

अहिले काठमाडौँ–५ का वडाध्यक्ष बिरेन्द्र प्रजापति र स्थानीय साथीहरूको अथक प्रयासमा १३ रोपनी सरकारी जग्गा संरक्षण भएको र सोही जग्गामा पार्क निर्माणको काम अघि बढेको मेयर बालेनको भनाई छ।

अहिले यो पार्कको निर्माण कार्य करिब आधा सकिएको भन्दै उनले यो पार्क केवल खेल्ने ठाउँ मात्र नभएको बताएका छन्। ‘यो पार्क युवाहरूले संस्कृतिलाई अभिव्यक्ति दिने, कला–संगीतलाई प्रोत्साहन गर्ने र परिवारमैत्री सामुदायिक स्पेसका रूपमा रहने छ,’ उनले भनेका छन्।

मेयर बालेन शाहले निर्वाचित भएपछि पार्क निर्माण गर्ने घोषणा गरेका थिए । त्यसयता निर्माणको प्रयास जारी राखिए पनि जग्गा प्राप्त नहुँदा यसले पूर्णता पाउन ढिला भएको मेयर शाहले बताएका छन् ।

यसअघि महानगरपालिकाले सुरुमै बजेट छुट्याएको थियो । सुरुमा वडानम्बर १६ मा बनाउने तयारी थियो । तर, तत्कालीन वडाअध्यक्ष स्वर्गीय मुकुन्द रिजालको निधनपछि जग्गा प्राप्त हुन सकेन ।

महानगरले त्यसपछि वडानम्बर २ मा जग्गा खोजेको थियो त्यहाँ पनि नेपाल सरकारले जग्गा दिन नसकेका कारण तीन पटकसम्म प्रयास गर्दा पनि बनाउन नसकिएको मेयर शाहको दाबी छ ।

अर्को प्रयासमा वडानम्बर ५ का वडाअध्यक्ष वीरेन्द्र प्रजापति र स्थानीयको प्रयासमा संरक्षण भएको १३ रोपनी सरकारी जग्गामा पार्क निर्माण गर्न सहमति जुटेको थियो ।

२०८१ साउन २९ बाटै निर्माणका लागि प्रक्रिया सुरु गरिएको यो पार्कको काम अहिले आधा सकिएको छ । पार्कमा अन्तर्राष्ट्रिय स्तरको स्केटबोर्डिङ्ग एरिया (र्याम्प्स, बोल्स र स्ट्रिट्स सहित), बालबालिकाको खेलमैदान, ओपन जिम, ट्वाइलेट ब्लक र भलिबल कोर्ट निर्माण गरिनेछ ।

यसैबीच काठमाडौँ महानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा स्मार्ट कक्षाकोठा बनाउने योजना अन्तिम चरणमा पुगेको छ ।

हालसम्म ३९० ओटा स्मार्ट बोर्ड जडान भएकोमा तिहारसम्म सबै विद्यालयका कक्षाकोठामा स्मार्ट बोर्ड जडान हुने भएका हुन् । महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले फेसबुकमार्फत यसअघि १७७ स्मार्ट बोर्ड रहेकोमा पछिल्लो ठेक्का मार्फत ३१३ ओटा स्मार्ट बोर्ड थप जडान भएको जानकारी दिएका छन् ।

उनका अनुसार विभिन्न कारणले विगत दुई वर्षदेखि महानगरको स्मार्ट कक्षाकोठा बनाउने योजना रोकिएको थियो । अब भने उक्त योजना पूरा हुने अन्तिम चरणमा पुगेको हो ।

थप ५७० ओटा स्मार्ट बोर्डको जडानका लागि सम्बन्धित विद्यालयमा बजेट निकासा गरिसकेको र तिहारअघि नै जडान हुने उनले बताए ।

“महानगरका ८७ वटा विद्यालयको लागि आवश्यक १०६० वटा बोर्ड तिहार अगाडी नै जडान हुनेछन र सम्पूर्ण कक्षाकोठा लाइ स्मार्ट कक्षाकोठाको रूपमा परिणत गर्ने कार्य सम्पन्न हुनेछ । जसबाट सामुदायिक विद्यालयका ५३ हजार भन्दा बढी विद्यार्थी लाभान्वित हुने छन्,” उनले भनेका छन् ।

यो बालेनले चुनावी घोषणा पत्रमा उल्लेख गरिएको विषय हो । जुन अहिले बालेनले पूरा गरिरहेका छन् । यस्तै मेयर बालेन काठमाडौंलाई झिलिमिली बनाउने अभियानलाई पनि निरन्तरता दिइरहेका छन् ।

काठमाडौँ महानगरपालिकाभित्र १२ वटा ‘हाई मास्ट लाइट’ जडान गरिएको छ । महानगरपालिकाले उज्यालो महानगर योजनाअन्तर्गत हाल १२ स्थानमा ‘हाई मास्ट लाइट’ जडान गरेको हो ।

महानगरप्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत काठमाडौँ महानगरपालिकाको लगानीमा करिब १० करोडको लागतमा ६२ ‘हाई मास्ट लाइट’ जडान गर्ने कार्य अगाडि बढाइएको जानकारी दिए।

उनका अनुसार आजसम्म १२ वटा जडान भइसकेको र बाँकी लाइट पनि दसैँअगाडि नै जडान गरिसकिनेछ । महानगरपालिकाले मुलुकको राष्ट्रिय बसपार्क नयाँबसपार्कमा दुईवटा ‘हाई मास्ट लाइट’ जडान गरिसकेको छ ।

नयाँबसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले नयाँबसपार्कभित्र तीनवटा ‘हाई मास्ट लाइट’ जडान गर्ने भनिएकामा हालसम्म दुईवटा लाइट जडान भइसकेको बताए। महानगर प्रमुख शाहले अघिल्लो कार्यकालमा राखिएका तर बत्ती नबलेका दुई हजारभन्दा बढी सोलार स्ट्रिट लाइटलाई इलेक्ट्रिकलमा विस्थापित गरी हाल बलिरहेको बताएका छन्।

महानगरपालिकाले करिब ८५ करोडको स्ट्रिट लाइट खरिद तथा जडानको काम अन्तिम चरणको पुर्याएको छ ।उक्त लाइट जडान सम्पन्न भएसँगै उज्यालो महानगर निर्माण हुने महानगर प्रमुख शाहले बताएका छन् ।

Advertisement

भर्खरको समाचार

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

सम्बन्धित खबरहरु

Scroll to Top