दशैँ तिहारमा ए टु जेडको बम्पर धमाका

१८ असोज ७५, शुक्रबार

विराटनगर , असोज १९
विराटनगरकै पुरानो, चर्चित तथा लोकप्रिय ‘ ए टु जेड मोबाइल केयर’ ले विजया दशमी, शुभदिपावली तथा छठ पर्व पावन अबसरमा ग्राहकका लागि विशेष अफर ल्याएको छ ।

विराटनगरको जलजला चौकस्थित सो मोबाइल पसलले चाडपर्वको उपलक्ष्यमा ग्राहकका लागि मेघा एक्सचेञ्ज अफर ल्याएकोे हो ।

अफर स्वरुप एटु जेडमा ग्राहकहरुले पुरानो मोबाईलको उचित मुल्यांकनमा बेच्न सक्ने र नयाँ मोबाईल सुपथ मुल्यमा लैजान सक्ने सञ्चालक जगदीश डागाले बताए । उनले मोबाइलको खरिदमा विभिन्न किसिमका उपहार योजनाहरु  ल्याएको जानकारी दिए ।

Advertisement

ग्राहकहरुले क्रेडिट कार्ड, डेबिट कार्ड र इ–सेवामार्फत पनि मोबाईल खरिदको रकम भुक्तानी गर्न सक्ने उनको भनाई छ । सो मोबाइल केयरमा सामसुङ, ओप्पो, लाभा, भिभो, एम.आई लगायत सवै ब्राण्डका मोबाइलहरु पाइन्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top