×

NEPAL TIMES UPDATES

Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026
Playing
World News: उड्दा उड्दै Indiaको शुखोई बेपत्ता, Iranले झार्यो अमेरिकी लडाकु विमान || Nepal Times
Mar 06, 2026
Playing
सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो || Nepal Times
Mar 06, 2026
Playing
Top 15 Afternoon News || Mar-06-2026 || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाले देशभर आँधी ल्यायो, जनताको अपार समर्थन || Nepal Times
Mar 06, 2026

प्रचण्डलाई जेल जाने डर ? कति छन् भ्रष्टाचार काण्ड ?

९ आश्विन २०८२

९ असोज , काठमाण्डौ

जेनजी आन्दोलनको प्रमुख माग रहेको भष्टाचार छानविन र दोषीलाई कारबाही गर्ने विषयलाई सम्बोधन गर्न सरकारले गृहकार्य गरिरहेको अवस्थामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलका नेता कार्यकर्तालाई भ्रष्टाचारका नाममा प्रतिबन्ध लगाउन र जेल हाल्ने काम गर्न खोजिएको टिप्पणी गरेका छन्।

केन्द्रीय समिति बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा उनले यी विषय उल्लेख गरेका हुन्। जेनजी आन्दोलनपछि गैरदलीय सरकार बने पनि हाम्रा उपलब्धिहरु माथिको संकट भने टरेको छैन, उनले भनेका छन्, विभिन्न बहानामा अराजकता फैलाउने, संविधान खारेज गर्ने, अन्तरिम संविधान जारी गर्ने, लोकतान्त्रिक दलका नेता तथा कार्यकर्ताहरुलाई भ्रष्टाचार छानबिनका नाममा जेल हाल्ने, लोकतान्त्रिक राजनीतिक दलहरुलाई प्रतिबन्ध लगाउने र आफू अनुकूल निर्वाचन र परिणामबाट आफ्नो कठ्पुतली पात्रमार्फत् स्वार्थ सिद्ध गर्ने प्रतिगामी तथा प्रतिक्रियावादी चलखेलहरु बाँकी नै रहेका छन्।

प्रचण्ड नुवाकोटको शेरा दरबारको जग्गा अपचलन, माओवादीको क्यानटोनमेन्टमा भएको भ्रष्टाचार र बुढीगण्डकी जलविद्युत आयोजनामा भएको भ्रष्टाचारमा प्रचण्डको नाम मुछिदै आएको छ ।

उनले सबै काण्डहरुमा छानविनका लागि तयार रहेको बताउँदै आएका छन् । तर अहिलेसम्म प्रचण्डसहित शीर्ष नेताहरु जोडिएका कुनैपनि भ्रष्टाचार काण्डहरुको छानविन भएको छैन् ।

पालो गरीगरी सत्तामा पुगेका शीर्ष नेताहरुले भागबण्डा र अंकगणितलाई नै छानविनबाट बच्ने अस्त्र बनाउँदै आएका छन् ।

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नै पूर्वप्रधानमन्त्रीहरु केपी ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले बूढीगण्डकी जलविद्युत आयोजनाको नौ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएका छन् ।

सामाजिक सन्जालमा पनि सर्वसाधारणहरुले भट्टराईलाई साथ दिदै उक्त बिषयमा अगाडि बढ्नुपर्ने सुझाव दिएका छन् ।

आजमात्रै पनि बाबुरामले नेसपाको अध्यक्ष पद त्याग गरेको घोषणा गर्दै पूराना भ्रष्टीकरणमा परेका शीर्ष नेताहरुले टाउको उठाउन खोजेको भन्दै जेनजी आन्दोलनको जगमा टेकेर संविधान संशोधन गर्दै प्रत्यक्ष राष्ट्रपतीय प्रणालीका लागि निर्वाचन गर्नुपर्ने बताएका छन् ।

अहिलेकै अवस्थामा निर्वाचन भए फेरि पूराना दलका यिनै नेताहरु आउने भन्दै बालेन, हर्कहरुलाई मिल्न उनले सुझाव दिएका छन् ।

यता प्रचण्डले भने भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको समीक्षा गर्दै फागुन २१ गतेका लागि तोकिएको निर्वाचन सम्पन्न गर्न सबैपक्ष लाग्नुपर्ने पनि बताएका छन्।

दाहालले पार्टी एकताका विषयमा पार्टीले ऐतिहासिक पहल र भूमिका खेल्नुपर्ने आवश्यकता रहेको औंल्याएका छन्।

यसक्रममा विचार मिल्ने पक्षहरुसँग एकता र ध्रुवीकरणको पहल गर्ने, राष्ट्रिय स्वाधिनता र लोकतन्त्रको रक्षाका लागि सम्पूर्ण लोकतान्त्रिक देशभक्त शक्तिहरुसँग कार्यगत एकता र सहकार्य गर्ने गरी पार्टीले नयाँ ऐतिहासिक पहल र भूमिका खेल्नुपर्ने आवश्यकता छ, उनले भने।

प्रचण्डले नेपालको राजनीतिक इतिहासकै कठिन परिस्थितिमा रहेको पनि भनेका छन्। यतिखेर हामी नेपालको राजनीतिक इतिहासकै अत्यन्तै कठिन परिस्थितिमा रहेका छौुं उनले भनेका छन्, क्रान्ति र प्रतिक्रान्तिको दोसाँधमा रहेको यो समयमा ठोस परिस्थितिको ठोस विश्लेषण गरेर नेपाली क्रान्तिको नयाँ कार्यभार पूरा गर्न सकिने अवसर र चुनौती हाम्रासामु रहेको छ।

समग्र परिस्थितिको वस्तुगत समीक्षाका आधारमा पार्टीले आगामी रणनीति तय गर्नुपर्ने प्रचण्डको भनाइ छ। पार्टीमा पुर्नगठनका लागि ब्यापक दबाब आइरहेको बेला प्रचण्डले आपूm पदलोलुप नभएको तर अहिलै नै जिम्मेवारीबाट नपन्छिने बताएका छन्। बैठकलाई सम्बोधन गर्दै राष्ट्र, पार्टी र क्रान्तिका लागि अन्तिमसम्म लडिरहने बताए।

‘यो जिम्मेवारीबाट पन्छिने बिल्कुल सोचेको छैन, तर पदलोलुपता मेरो नेचर हैन,’ प्रचण्डले भने, ‘त्यसैलै अहिले पनि म हुनै पर्ने भन्ने छैन।राष्ट्र, क्रान्ति, र पार्टीको लागि अन्तिमसम्म लडिरहने प्रतिज्ञा गर्छु।’

उनले नेतृत्व निर्माण र हस्तान्तरणको प्रक्रियाबारे न्यूनतम बुझाई कायम गर्न जरुरी रहेको समेत जिकिर गरे। प्रचण्डले राजीनामा दिनुपर्ने भन्दै पार्टीका महासचिव जनार्दन शर्माले पछिल्लो समय दववा बढाउँदै लगेका छन् ।

त्यसलाई काउन्टर दिँदै प्रचण्डले असोज ५ गते बसेको पदाधिकारी बैठकमा केन्द्रीय समिति भंग गर्दै मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए।

यता नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीको कार्यकारी भूमिकाबाट बिदा लिन आग्रह गरेका छन्।

बैठकमा लिखित विचार पेस गर्दै उनले महाधिवेशनसम्मका लागि बिदा लिएर दोस्रो बरियताको नेतालाई जिम्मेवारी दिन आग्रह गरेका हुन्। माओवादी केन्द्रको दोस्रो बरियतामा श्रेष्ठ आफैँ छन्।

उनले असोज ५ गते बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा पनि प्रचण्डलाई अध्यक्ष पद त्यागेर आफूलाई अवसर दिन आग्रह गरेका थिए।

यस्तै नेकपा माओवादी केन्द्रले जेनजीका प्रतिनिधिहरूसँग संवाद थाल्ने भएको छ। केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै जेनजीको मागका सम्बन्धमा प्रतिनिधिहरूसँग छलफल गर्ने प्रवक्ता अग्नि सापकोटाले बताए।

उनले भने, ‘आन्दोलनमा सहभागी भएका जेनजीका नेतृत्वसँग पनि वैचारिक, राजनीतिक वैचारिक र राजनीतिक संवाद तीव्र रूपमा अगाडि बढाउनेछौँ।

जेनजी एउटा उमेर समूह पनि भएकाले हाम्रो पार्टीमा भएका र स्वतन्त्र रूपमा रहेकाहरूलाई पनि पार्टीमा समेट्ने र उनीहरूको माग र मुद्दालाई स्थापित गर्न भूमिका खेल्छौँ।

बैठकले पार्टीमा जेनजी पुस्ता पार्टीमा पनि बढाउने निर्णय गरेको छ। माओवादी लडाकाको क्यान्टोनमेन्ट, शेरा दरबार र बूढीगण्डकीसहितका भ्रष्टाचार काण्डमा नाम जोडिएका प्रचण्डलाई भ्रष्टाचार छानविनमा जेल हाल्ने हुन् कि भन्ने डर ।

अन्तरिम सरकारले दलका नेता कार्यकर्तालाई भ्रष्टाचारका नाममा प्रतिबन्ध लगाउन र जेल हाल्ने काम गर्न खोजिएको टिप्पणी । नारायणकाजीले गरे प्रचण्डलाई बिदा लिन आग्रह, जनार्दन दबाब बढाउँदै ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top