NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै शुक्रबार अशोज २४ , २०८२
जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग  शुक्रबार अशोज २४ , २०८२
बैंकक भैरहवा अब सिधा उडान, हप्तामा दुई फ्लाइट शुक्रबार अशोज २४ , २०८२
नेपालको विश्वकप सपनाः आज जापानसँग भिड्दै शुक्रबार अशोज २४ , २०८२
विपिनको अवस्था अझै अज्ञात,४६ जनाको अवस्था सार्वजनिक शुक्रबार अशोज २४ , २०८२
Next
Prev

समाचार

प्रचण्डलाई जेल जाने डर ? कति छन् भ्रष्टाचार काण्ड ?

बिहिबार अशोज ९ , २०८२
Reading Time: 1 min read
A A
माधवले नक्सा उठाए,देउवाले शुभकामना दिए, प्रचण्डले के भने ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

९ असोज , काठमाण्डौ

जेनजी आन्दोलनको प्रमुख माग रहेको भष्टाचार छानविन र दोषीलाई कारबाही गर्ने विषयलाई सम्बोधन गर्न सरकारले गृहकार्य गरिरहेको अवस्थामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलका नेता कार्यकर्तालाई भ्रष्टाचारका नाममा प्रतिबन्ध लगाउन र जेल हाल्ने काम गर्न खोजिएको टिप्पणी गरेका छन्।

केन्द्रीय समिति बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा उनले यी विषय उल्लेख गरेका हुन्। जेनजी आन्दोलनपछि गैरदलीय सरकार बने पनि हाम्रा उपलब्धिहरु माथिको संकट भने टरेको छैन, उनले भनेका छन्, विभिन्न बहानामा अराजकता फैलाउने, संविधान खारेज गर्ने, अन्तरिम संविधान जारी गर्ने, लोकतान्त्रिक दलका नेता तथा कार्यकर्ताहरुलाई भ्रष्टाचार छानबिनका नाममा जेल हाल्ने, लोकतान्त्रिक राजनीतिक दलहरुलाई प्रतिबन्ध लगाउने र आफू अनुकूल निर्वाचन र परिणामबाट आफ्नो कठ्पुतली पात्रमार्फत् स्वार्थ सिद्ध गर्ने प्रतिगामी तथा प्रतिक्रियावादी चलखेलहरु बाँकी नै रहेका छन्।

प्रचण्ड नुवाकोटको शेरा दरबारको जग्गा अपचलन, माओवादीको क्यानटोनमेन्टमा भएको भ्रष्टाचार र बुढीगण्डकी जलविद्युत आयोजनामा भएको भ्रष्टाचारमा प्रचण्डको नाम मुछिदै आएको छ ।

उनले सबै काण्डहरुमा छानविनका लागि तयार रहेको बताउँदै आएका छन् । तर अहिलेसम्म प्रचण्डसहित शीर्ष नेताहरु जोडिएका कुनैपनि भ्रष्टाचार काण्डहरुको छानविन भएको छैन् ।

पालो गरीगरी सत्तामा पुगेका शीर्ष नेताहरुले भागबण्डा र अंकगणितलाई नै छानविनबाट बच्ने अस्त्र बनाउँदै आएका छन् ।

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नै पूर्वप्रधानमन्त्रीहरु केपी ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले बूढीगण्डकी जलविद्युत आयोजनाको नौ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएका छन् ।

सामाजिक सन्जालमा पनि सर्वसाधारणहरुले भट्टराईलाई साथ दिदै उक्त बिषयमा अगाडि बढ्नुपर्ने सुझाव दिएका छन् ।

आजमात्रै पनि बाबुरामले नेसपाको अध्यक्ष पद त्याग गरेको घोषणा गर्दै पूराना भ्रष्टीकरणमा परेका शीर्ष नेताहरुले टाउको उठाउन खोजेको भन्दै जेनजी आन्दोलनको जगमा टेकेर संविधान संशोधन गर्दै प्रत्यक्ष राष्ट्रपतीय प्रणालीका लागि निर्वाचन गर्नुपर्ने बताएका छन् ।

अहिलेकै अवस्थामा निर्वाचन भए फेरि पूराना दलका यिनै नेताहरु आउने भन्दै बालेन, हर्कहरुलाई मिल्न उनले सुझाव दिएका छन् ।

यता प्रचण्डले भने भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको समीक्षा गर्दै फागुन २१ गतेका लागि तोकिएको निर्वाचन सम्पन्न गर्न सबैपक्ष लाग्नुपर्ने पनि बताएका छन्।

दाहालले पार्टी एकताका विषयमा पार्टीले ऐतिहासिक पहल र भूमिका खेल्नुपर्ने आवश्यकता रहेको औंल्याएका छन्।

यसक्रममा विचार मिल्ने पक्षहरुसँग एकता र ध्रुवीकरणको पहल गर्ने, राष्ट्रिय स्वाधिनता र लोकतन्त्रको रक्षाका लागि सम्पूर्ण लोकतान्त्रिक देशभक्त शक्तिहरुसँग कार्यगत एकता र सहकार्य गर्ने गरी पार्टीले नयाँ ऐतिहासिक पहल र भूमिका खेल्नुपर्ने आवश्यकता छ, उनले भने।

प्रचण्डले नेपालको राजनीतिक इतिहासकै कठिन परिस्थितिमा रहेको पनि भनेका छन्। यतिखेर हामी नेपालको राजनीतिक इतिहासकै अत्यन्तै कठिन परिस्थितिमा रहेका छौुं उनले भनेका छन्, क्रान्ति र प्रतिक्रान्तिको दोसाँधमा रहेको यो समयमा ठोस परिस्थितिको ठोस विश्लेषण गरेर नेपाली क्रान्तिको नयाँ कार्यभार पूरा गर्न सकिने अवसर र चुनौती हाम्रासामु रहेको छ।

समग्र परिस्थितिको वस्तुगत समीक्षाका आधारमा पार्टीले आगामी रणनीति तय गर्नुपर्ने प्रचण्डको भनाइ छ। पार्टीमा पुर्नगठनका लागि ब्यापक दबाब आइरहेको बेला प्रचण्डले आपूm पदलोलुप नभएको तर अहिलै नै जिम्मेवारीबाट नपन्छिने बताएका छन्। बैठकलाई सम्बोधन गर्दै राष्ट्र, पार्टी र क्रान्तिका लागि अन्तिमसम्म लडिरहने बताए।

‘यो जिम्मेवारीबाट पन्छिने बिल्कुल सोचेको छैन, तर पदलोलुपता मेरो नेचर हैन,’ प्रचण्डले भने, ‘त्यसैलै अहिले पनि म हुनै पर्ने भन्ने छैन।राष्ट्र, क्रान्ति, र पार्टीको लागि अन्तिमसम्म लडिरहने प्रतिज्ञा गर्छु।’

उनले नेतृत्व निर्माण र हस्तान्तरणको प्रक्रियाबारे न्यूनतम बुझाई कायम गर्न जरुरी रहेको समेत जिकिर गरे। प्रचण्डले राजीनामा दिनुपर्ने भन्दै पार्टीका महासचिव जनार्दन शर्माले पछिल्लो समय दववा बढाउँदै लगेका छन् ।

त्यसलाई काउन्टर दिँदै प्रचण्डले असोज ५ गते बसेको पदाधिकारी बैठकमा केन्द्रीय समिति भंग गर्दै मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए।

यता नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीको कार्यकारी भूमिकाबाट बिदा लिन आग्रह गरेका छन्।

बैठकमा लिखित विचार पेस गर्दै उनले महाधिवेशनसम्मका लागि बिदा लिएर दोस्रो बरियताको नेतालाई जिम्मेवारी दिन आग्रह गरेका हुन्। माओवादी केन्द्रको दोस्रो बरियतामा श्रेष्ठ आफैँ छन्।

उनले असोज ५ गते बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा पनि प्रचण्डलाई अध्यक्ष पद त्यागेर आफूलाई अवसर दिन आग्रह गरेका थिए।

यस्तै नेकपा माओवादी केन्द्रले जेनजीका प्रतिनिधिहरूसँग संवाद थाल्ने भएको छ। केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै जेनजीको मागका सम्बन्धमा प्रतिनिधिहरूसँग छलफल गर्ने प्रवक्ता अग्नि सापकोटाले बताए।

उनले भने, ‘आन्दोलनमा सहभागी भएका जेनजीका नेतृत्वसँग पनि वैचारिक, राजनीतिक वैचारिक र राजनीतिक संवाद तीव्र रूपमा अगाडि बढाउनेछौँ।

जेनजी एउटा उमेर समूह पनि भएकाले हाम्रो पार्टीमा भएका र स्वतन्त्र रूपमा रहेकाहरूलाई पनि पार्टीमा समेट्ने र उनीहरूको माग र मुद्दालाई स्थापित गर्न भूमिका खेल्छौँ।

बैठकले पार्टीमा जेनजी पुस्ता पार्टीमा पनि बढाउने निर्णय गरेको छ। माओवादी लडाकाको क्यान्टोनमेन्ट, शेरा दरबार र बूढीगण्डकीसहितका भ्रष्टाचार काण्डमा नाम जोडिएका प्रचण्डलाई भ्रष्टाचार छानविनमा जेल हाल्ने हुन् कि भन्ने डर ।

अन्तरिम सरकारले दलका नेता कार्यकर्तालाई भ्रष्टाचारका नाममा प्रतिबन्ध लगाउन र जेल हाल्ने काम गर्न खोजिएको टिप्पणी । नारायणकाजीले गरे प्रचण्डलाई बिदा लिन आग्रह, जनार्दन दबाब बढाउँदै ।

Tags: #प्रचण्डको मुटुले ढ्याङ्ग्रो ठोक्यो#सुशीला सरकारले जेल हाल्ने डर

लोकप्रीय

महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

शुक्रबार अशोज २४ , २०८२
जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

शुक्रबार अशोज २४ , २०८२
बैंकक भैरहवा अब सिधा उडान, हप्तामा दुई फ्लाइट

बैंकक भैरहवा अब सिधा उडान, हप्तामा दुई फ्लाइट

शुक्रबार अशोज २४ , २०८२

विचार

महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

शुक्रबार अशोज २४ , २०८२
जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

शुक्रबार अशोज २४ , २०८२
बैंकक भैरहवा अब सिधा उडान, हप्तामा दुई फ्लाइट

बैंकक भैरहवा अब सिधा उडान, हप्तामा दुई फ्लाइट

शुक्रबार अशोज २४ , २०८२

थप समाचार

महावीरको महान निर्णयः किमोका औषधि नेपालमै
ताजा समाचार

महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

शुक्रबार अशोज २४ , २०८२
जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 
ताजा समाचार

जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

शुक्रबार अशोज २४ , २०८२
बैंकक भैरहवा अब सिधा उडान, हप्तामा दुई फ्लाइट
ताजा समाचार

बैंकक भैरहवा अब सिधा उडान, हप्तामा दुई फ्लाइट

शुक्रबार अशोज २४ , २०८२
नेपालको विश्वकप सपनाः आज जापानसँग भिड्दै
खेलकुद

नेपालको विश्वकप सपनाः आज जापानसँग भिड्दै

शुक्रबार अशोज २४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: गाजामा उत्सव,विपिन बेखबर,चीनमा सामाजिक सञ्जालमा कडाइ || Nepal Times

World News: गाजामा उत्सव,विपिन बेखबर,चीनमा सामाजिक सञ्जालमा कडाइ || Nepal Times

00:19:45

World News: कोल्ड्रिफ कफ सिरपका मालिक पक्राउ, तालि*बानी मन्त्री भारतमा यो ।|| Nepal Times

00:13:56

World News: Pakistanलाई Americaको घात*क मिसाइल, कार्नी अमेरिकामा–स्टार्मर भारतमा || Nepal Times

00:17:20

World News: जर्जियाको प्रदर्शनमा नेपाली झण्डा, इजिप्ट वार्ता जारी || Nepal Times

00:22:34

World News: Bangladeshले तैनाथ गर्यो यु*द्धपोत, चटगाउँ हिं*साबारे Indiaको खण्डन || Nepal Times

00:18:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतमा ३५२ करोड कालोधन भेटियो,पैसा गन्न ३६ मेसिन

भारतमा ३५२ करोड कालोधन भेटियो,पैसा गन्न ३६ मेसिन

बुधबार अशोज २२ , २०८२
जेन–जीसंग एमालेको पौंठेजोरी किन ?

ओलीलाई सुशीलाको काउन्टरः जेनजी आन्दोलन स्वीकार्नु अनि सुध्रिनु

शुक्रबार अशोज २४ , २०८२
सुन र डलर नै एकसाथ महँगो, नेपाललाई के असर गर्छ ?

२५०० ले बढ्दै सुनको भाउले तोड्यो रेकर्ड, आज कति ?

सोमवार अशोज २० , २०८२

हालका पोस्टहरू

महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

शुक्रबार अशोज २४ , २०८२
जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

शुक्रबार अशोज २४ , २०८२
बैंकक भैरहवा अब सिधा उडान, हप्तामा दुई फ्लाइट

बैंकक भैरहवा अब सिधा उडान, हप्तामा दुई फ्लाइट

शुक्रबार अशोज २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.