×

NEPAL TIMES UPDATES

Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026
Playing
पश्चिम एसियामा दिगो शान्ति कि भीषण यु द्ध ?४८ घण्टा निर्णायक || Nepal Times
Apr 15, 2026
Playing
रुस–चीनसंग नजिक रहेको उत्तर कोरिया किन इरानसँग दूरी बढाउँदैछ ? || Nepal Times
Apr 15, 2026
Playing
दीपक भट्टसँग १० विलासी गाडी, शुद्धीकरण विभागले गर्याे जफत|| Nepal Times
Apr 15, 2026
Playing
सदावहार प्रतिपक्षी’ प्रेम सुवालको बिदाइ र हर्क साम्पाङको इन्ट्री || Nepal Times
Apr 15, 2026
Playing
बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य || Nepal Times
Apr 15, 2026
Playing
Top 15 Afternoon News || April-15-2026 || Nepal Times
Apr 15, 2026
Playing
गृहमन्त्रीले निर्देशनपछि कार्यक्षमताका आधारमा डिआइजीको बढुवा || Nepal Times
Apr 15, 2026
Playing
Israel–Lebanon बीच वासिंगटनमा वार्ता, रोकिएला यु द्ध ? || Nepal Times
Apr 15, 2026

४१ वर्षपछि फाइनलमा भारत र पाकिस्तानको भेट

१० आश्विन २०८२

१० असोज , काठमाण्डौ ।

भारत र पाकिस्तान एशिया कप इतिहासमा पहिलो पटक फाइनल खेल्ने भएका छन । यूएईमा चलिरहेको एसीसी टी– ट्वान्टी एशिया कपको सुपर ४ मा भारत र पाकिस्तान शीर्ष दुईमा रहँदै फाइनलमा पुगेका हुन् ।

Advertisement
Advertisement

हिजोको खेलमा पाकिस्तानले बङ्गलादेशलाई ११ रनले हराउँदै फाइनलमा पुगेको हो । भारतले यसअघि नै दुई जितका साथ फाइनलमा स्थान बनाईसकेको छ ।

एशिया कपका यसअघि १६ संस्करणको फाइनलमा भारत र पाकिस्तान खेलेका थिएनन् । भारतले आठ पटक एशिया कप उपाधि जितेको छ भने पाकिस्तानले दुई पटक एशिया कप उपाधि जितेको छ ।

अब आइतबार दुबई क्रिकेट रङ्गशालामा फाइनलमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । केही महिनाअघि भारतको जम्मु कश्मिरको पहलगाममा भएको आक्रामणपछि यी दुई देशबीच तनाव भएको थियो ।

त्यसयता भारतीय खेलाडीले पाकिस्तानको टोलीसँग हात समेत मिलाएका छैनन् । यसअघिका खेललाई लिएर दुवै देशका तर्फ खेलाडीहरुविरुद्ध आईसीसीमा उजुरी समेत र्दिका छन् ।

त्यसैले पर्सि हुने फाइनल खेललाई निकै महत्त्वका साथ हेरिएको छ । ४१ वर्षअघि सुरु भएको एसिया कपको इतिहासमा पहिलोपटक भारत र पाकिस्तान फाइनल भिडन्तमा आमनेसामने हुने पक्का भएसंगै अब आइतबार क्रिकेट प्रेमीले ऐतिहासिक क्षणको अनुभव गर्ने भएका हुन् ।

एसिया कप सन् १९८४ मा सुरु भएको हो । भारतले अहिलेसम्म ८, श्रीलंकाले ६ र पाकिस्तानले २ पटक उपाधि जितेका छन्। तर, प्रतियोगिताको लामो इतिहासमा भारत र पाकिस्तानबीच फाइनल कहिल्यै भएको थिएन ।

यो संस्करणमा भने दुवै टोली अन्तिम चरणसम्म पुगेका छन् । अझ विशेष कुरा यसअघि समूह चरणमा भारतले पाकिस्तानलाई दुईपटक हराइसकेको छ ।

त्यसैले आइतबारको फाइनलमा पाकिस्तानका लागि चुनौती थप कठिन हुने अनुमान गरिएको छ । फाइनलमा भारत उक्त जितको उच्च मनोबलसहित उत्रिनेछ भने पाकिस्तान यसअघिका हारको बदला लिने मनसायका साथ उत्रिनेछ ।

यी दुई देशबीचको प्रतिस्पर्धा खेलका रुपमा मात्र नभइ खैल मैदानमा आक्रामक प्रतिस्पर्धा हुनेछ । यसअघिका दुई खेलमा पनि यी दुई देशबीचको खेलका क्रममा खेलाडीहरुबीच नै एक अर्काप्रति सांकेतिक प्रहार गर्ने काम भएको छ ।

भारतले हात नमिलाउँदा होस् या पाकिस्तानी ब्याटरले अर्धशतक लगाउँदा ‘गन पोजिसन’ सेलिब्रेसन गर्दा लगायतका क्रियाकलाप चर्चाका विषय बनिरहेका छन् ।

यस्तोमा यी दुई कट्टर प्रतिद्वन्द्वीबीचको उपाधि भीडन्त रोचक हुनेछ । यद्दपि पछिल्ला आधा दर्जन बढी ट्वान्टी–२० प्रतियोगितामा भारतले एकतर्फी बाजी मारेको छ ।

सोही कारण पनि भारतीय टिमको मनोबल उच्च रहेको छ । भारत र पाकिस्तानबीच अन्तर्राष्ट्रिय क्रिकेटमा यो फाइनल खेल १३ औं पटक हुँदैछ ।

यसअघि भएका १२ फाइनलमा ८ पटक पाकिस्तान र मात्र ४ पटक भारतले जित निकालेको थियो । २०१७ को आईसीसी च्याम्पियन्स फाइनलमा दुवै टिमले अन्तिमपटक उपाधिका लागि भिडेका थिए ।

उक्त प्रतियोगितामा पाकिस्तानले बाजी मारेको थियो । भारतलाई पाकिस्तानविरुद्ध कुनै पनि प्रणालीको उपाधि भिडन्तमा अन्तिम पटक सन् २००७ मा जित मिलेको थियो ।

एसिया कप सुरुवातदेखि नै विवादित बनेको छ । यसपालीको संस्करण पनि भारत–पाकिस्तान विवादकै कारण हाइब्रिड मोडलमा हुन गइरहेको छ ।

जहाँ भारत र पाकिस्तानका खेल यूएईमा हुनेछन् । अघिल्लो संस्करण पनि भारत पाकिस्तानमा जान नमानेपछि भारतले आफ्ना खेलहरु श्रीलंकामै खेलेको थियो ।

दोस्रो संस्करणबाटै विवाद भएको थियो । १९८६ मा भारत र श्रीलंका क्रिकेट बोर्डको सम्बन्धमा कुरा नमिल्दा आउँदा प्रतियोगिता श्रीलंकामा भए पनि भारतले उक्त संस्करण बहिस्कार ग¥यो ।

यस्तै सन् १९९० मा भारत–पाकिस्तानबीच सम्बन्ध बिग्रिँदा त्यसको असर एसिया कपमा पनि प¥यो । आयोजक भारत थियो तर पाकिस्तानले बहिस्कार गरेको थियो ।

पाकिस्तान आयोजक रहेको खण्डमा भारतले सुरक्षाको कारण देखाउँदै पाकिस्तान जान मानिरहेको छैन । पहलगाम आक्रमणपछि त भारतीय खेलाडीले पाकिस्तानसँग कुनै पनि प्रतियोगिता नखेल्ने अडान लिएका थिए ।

सोही कारण लेजेन्ड्स च्याम्पियनसिपको सेमिफाइल खेल नै भारतीय टिमले पाकिस्तानविरुद्ध बहिस्कार ग¥यो । उक्त प्रतियोगिता फाइनलमा पाकिस्तानलाई हराउँदै दक्षिण अफ्रिकी टिमले जितेको थियो ।

Advertisement

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top