NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
सगरमाथामा अर्काे इतिहास बन्यो,विना अक्सिजन स्कीबाट अवतरण शुक्रबार अशोज १० , २०८२
भारतविरूद्ध खेल्न नेपालको प्रारम्भिक टोली घोषणा शुक्रबार अशोज १० , २०८२
सरकारले पायो भ्रष्टाचारको सूचना, गृहमन्त्री पुगे सीआईबी शुक्रबार अशोज १० , २०८२
४१ वर्षपछि फाइनलमा भारत र पाकिस्तानको भेट शुक्रबार अशोज १० , २०८२
शीर्ष नेताको भ्रष्टाचारको प्रमाण भेटियो, कुनैपनि बेला पक्राउ पर्न सक्ने शुक्रबार अशोज १० , २०८२
Next
Prev

समाचार

४१ वर्षपछि फाइनलमा भारत र पाकिस्तानको भेट

शुक्रबार अशोज १० , २०८२
Reading Time: 1 min read
A A
४१ वर्षपछि फाइनलमा भारत र पाकिस्तानको भेट
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१० असोज , काठमाण्डौ ।

भारत र पाकिस्तान एशिया कप इतिहासमा पहिलो पटक फाइनल खेल्ने भएका छन । यूएईमा चलिरहेको एसीसी टी– ट्वान्टी एशिया कपको सुपर ४ मा भारत र पाकिस्तान शीर्ष दुईमा रहँदै फाइनलमा पुगेका हुन् ।

हिजोको खेलमा पाकिस्तानले बङ्गलादेशलाई ११ रनले हराउँदै फाइनलमा पुगेको हो । भारतले यसअघि नै दुई जितका साथ फाइनलमा स्थान बनाईसकेको छ ।

एशिया कपका यसअघि १६ संस्करणको फाइनलमा भारत र पाकिस्तान खेलेका थिएनन् । भारतले आठ पटक एशिया कप उपाधि जितेको छ भने पाकिस्तानले दुई पटक एशिया कप उपाधि जितेको छ ।

अब आइतबार दुबई क्रिकेट रङ्गशालामा फाइनलमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । केही महिनाअघि भारतको जम्मु कश्मिरको पहलगाममा भएको आक्रामणपछि यी दुई देशबीच तनाव भएको थियो ।

त्यसयता भारतीय खेलाडीले पाकिस्तानको टोलीसँग हात समेत मिलाएका छैनन् । यसअघिका खेललाई लिएर दुवै देशका तर्फ खेलाडीहरुविरुद्ध आईसीसीमा उजुरी समेत र्दिका छन् ।

त्यसैले पर्सि हुने फाइनल खेललाई निकै महत्त्वका साथ हेरिएको छ । ४१ वर्षअघि सुरु भएको एसिया कपको इतिहासमा पहिलोपटक भारत र पाकिस्तान फाइनल भिडन्तमा आमनेसामने हुने पक्का भएसंगै अब आइतबार क्रिकेट प्रेमीले ऐतिहासिक क्षणको अनुभव गर्ने भएका हुन् ।

एसिया कप सन् १९८४ मा सुरु भएको हो । भारतले अहिलेसम्म ८, श्रीलंकाले ६ र पाकिस्तानले २ पटक उपाधि जितेका छन्। तर, प्रतियोगिताको लामो इतिहासमा भारत र पाकिस्तानबीच फाइनल कहिल्यै भएको थिएन ।

यो संस्करणमा भने दुवै टोली अन्तिम चरणसम्म पुगेका छन् । अझ विशेष कुरा यसअघि समूह चरणमा भारतले पाकिस्तानलाई दुईपटक हराइसकेको छ ।

त्यसैले आइतबारको फाइनलमा पाकिस्तानका लागि चुनौती थप कठिन हुने अनुमान गरिएको छ । फाइनलमा भारत उक्त जितको उच्च मनोबलसहित उत्रिनेछ भने पाकिस्तान यसअघिका हारको बदला लिने मनसायका साथ उत्रिनेछ ।

यी दुई देशबीचको प्रतिस्पर्धा खेलका रुपमा मात्र नभइ खैल मैदानमा आक्रामक प्रतिस्पर्धा हुनेछ । यसअघिका दुई खेलमा पनि यी दुई देशबीचको खेलका क्रममा खेलाडीहरुबीच नै एक अर्काप्रति सांकेतिक प्रहार गर्ने काम भएको छ ।

भारतले हात नमिलाउँदा होस् या पाकिस्तानी ब्याटरले अर्धशतक लगाउँदा ‘गन पोजिसन’ सेलिब्रेसन गर्दा लगायतका क्रियाकलाप चर्चाका विषय बनिरहेका छन् ।

यस्तोमा यी दुई कट्टर प्रतिद्वन्द्वीबीचको उपाधि भीडन्त रोचक हुनेछ । यद्दपि पछिल्ला आधा दर्जन बढी ट्वान्टी–२० प्रतियोगितामा भारतले एकतर्फी बाजी मारेको छ ।

सोही कारण पनि भारतीय टिमको मनोबल उच्च रहेको छ । भारत र पाकिस्तानबीच अन्तर्राष्ट्रिय क्रिकेटमा यो फाइनल खेल १३ औं पटक हुँदैछ ।

यसअघि भएका १२ फाइनलमा ८ पटक पाकिस्तान र मात्र ४ पटक भारतले जित निकालेको थियो । २०१७ को आईसीसी च्याम्पियन्स फाइनलमा दुवै टिमले अन्तिमपटक उपाधिका लागि भिडेका थिए ।

उक्त प्रतियोगितामा पाकिस्तानले बाजी मारेको थियो । भारतलाई पाकिस्तानविरुद्ध कुनै पनि प्रणालीको उपाधि भिडन्तमा अन्तिम पटक सन् २००७ मा जित मिलेको थियो ।

एसिया कप सुरुवातदेखि नै विवादित बनेको छ । यसपालीको संस्करण पनि भारत–पाकिस्तान विवादकै कारण हाइब्रिड मोडलमा हुन गइरहेको छ ।

जहाँ भारत र पाकिस्तानका खेल यूएईमा हुनेछन् । अघिल्लो संस्करण पनि भारत पाकिस्तानमा जान नमानेपछि भारतले आफ्ना खेलहरु श्रीलंकामै खेलेको थियो ।

दोस्रो संस्करणबाटै विवाद भएको थियो । १९८६ मा भारत र श्रीलंका क्रिकेट बोर्डको सम्बन्धमा कुरा नमिल्दा आउँदा प्रतियोगिता श्रीलंकामा भए पनि भारतले उक्त संस्करण बहिस्कार ग¥यो ।

यस्तै सन् १९९० मा भारत–पाकिस्तानबीच सम्बन्ध बिग्रिँदा त्यसको असर एसिया कपमा पनि प¥यो । आयोजक भारत थियो तर पाकिस्तानले बहिस्कार गरेको थियो ।

पाकिस्तान आयोजक रहेको खण्डमा भारतले सुरक्षाको कारण देखाउँदै पाकिस्तान जान मानिरहेको छैन । पहलगाम आक्रमणपछि त भारतीय खेलाडीले पाकिस्तानसँग कुनै पनि प्रतियोगिता नखेल्ने अडान लिएका थिए ।

सोही कारण लेजेन्ड्स च्याम्पियनसिपको सेमिफाइल खेल नै भारतीय टिमले पाकिस्तानविरुद्ध बहिस्कार ग¥यो । उक्त प्रतियोगिता फाइनलमा पाकिस्तानलाई हराउँदै दक्षिण अफ्रिकी टिमले जितेको थियो ।

Tags: #भारत र पाकिस्तान एशिया कपमा

लोकप्रीय

सगरमाथासहित हिमाल आरोहण शुल्क बढ्ने / कति रोयल्टी तिर्नुपर्छ ?

सगरमाथामा अर्काे इतिहास बन्यो,विना अक्सिजन स्कीबाट अवतरण

शुक्रबार अशोज १० , २०८२
भारतविरूद्ध खेल्न नेपालको प्रारम्भिक टोली घोषणा

भारतविरूद्ध खेल्न नेपालको प्रारम्भिक टोली घोषणा

शुक्रबार अशोज १० , २०८२
सरकारले पायो भ्रष्टाचारको सूचना, गृहमन्त्री पुगे सीआईबी

सरकारले पायो भ्रष्टाचारको सूचना, गृहमन्त्री पुगे सीआईबी

शुक्रबार अशोज १० , २०८२

विचार

थप समाचार

सगरमाथासहित हिमाल आरोहण शुल्क बढ्ने / कति रोयल्टी तिर्नुपर्छ ?
ताजा समाचार

सगरमाथामा अर्काे इतिहास बन्यो,विना अक्सिजन स्कीबाट अवतरण

शुक्रबार अशोज १० , २०८२
भारतविरूद्ध खेल्न नेपालको प्रारम्भिक टोली घोषणा
खेलकुद

भारतविरूद्ध खेल्न नेपालको प्रारम्भिक टोली घोषणा

शुक्रबार अशोज १० , २०८२
सरकारले पायो भ्रष्टाचारको सूचना, गृहमन्त्री पुगे सीआईबी
ताजा समाचार

सरकारले पायो भ्रष्टाचारको सूचना, गृहमन्त्री पुगे सीआईबी

शुक्रबार अशोज १० , २०८२
४१ वर्षपछि फाइनलमा भारत र पाकिस्तानको भेट
खेलकुद

४१ वर्षपछि फाइनलमा भारत र पाकिस्तानको भेट

शुक्रबार अशोज १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: औषधिमा १०० प्रतिशत कर, रूसी तेल निर्यातमा प्रतिबन्ध || Nepal Times

World News: औषधिमा १०० प्रतिशत कर, रूसी तेल निर्यातमा प्रतिबन्ध || Nepal Times

00:19:39

World News: रुसी डरले डेनमार्कको विमानस्थल बन्द,आँधी भित्र चीन || Nepal Times

00:19:31

World News:Trump र म्याक्रोँलाई एकैदिन ब्याडलक,Taiwanमा सुपर टाइफुन

00:22:58

World News:Denmark–Norwayमा पनि ड्रोन आ*तंक, Chinaमा के–भिसा लन्च|| Nepal Times

00:19:20

World News:भेनेजुएला–अमेरिकाबीच अघोषित यु*द्ध, ७ यु*द्ध रोकेको ट्रम्पको दाबी

00:20:21

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

ओली, देउवा र प्रचण्डको क्रेज शेयर बजारझैँ ओरालो

शीर्ष नेताको भ्रष्टाचारको प्रमाण भेटियो, कुनैपनि बेला पक्राउ पर्न सक्ने

शुक्रबार अशोज १० , २०८२
जेन–जी आन्दोलनपछि सुशीला कार्की प्रधानमन्त्री, ६ महिनाभित्र निर्वाचन गर्ने जिम्मेवारी

भ्रष्ट नेताको अब भागाभागःसुशीलाले कस–कसलाई जेल हाल्दैछिन्?

आइतवार अशोज ५ , २०८२
ओलीमा अझै गएन घमण्ड, न पश्चाताप न क्षमा याचना

ओलीले शक्तिशाली शासक बन्न खिचेका ३ विभाग ८ वर्षपछि फिर्ता

आइतवार अशोज ५ , २०८२

हालका पोस्टहरू

सगरमाथासहित हिमाल आरोहण शुल्क बढ्ने / कति रोयल्टी तिर्नुपर्छ ?

सगरमाथामा अर्काे इतिहास बन्यो,विना अक्सिजन स्कीबाट अवतरण

शुक्रबार अशोज १० , २०८२
भारतविरूद्ध खेल्न नेपालको प्रारम्भिक टोली घोषणा

भारतविरूद्ध खेल्न नेपालको प्रारम्भिक टोली घोषणा

शुक्रबार अशोज १० , २०८२
सरकारले पायो भ्रष्टाचारको सूचना, गृहमन्त्री पुगे सीआईबी

सरकारले पायो भ्रष्टाचारको सूचना, गृहमन्त्री पुगे सीआईबी

शुक्रबार अशोज १० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.