NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ? मङ्लबार मंसिर ९ , २०८२
अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए मङ्लबार मंसिर ९ , २०८२
प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक मङ्लबार मंसिर ९ , २०८२
ओली अन्ततः चुनावमा भाग लिन तयार, दल दर्ता हुँदै, आयोग भने नमान्ने मङ्लबार मंसिर ९ , २०८२
Next
Prev

समाचार

वेस्ट इन्डिजको खराब लयको फाइदा उठाउला नेपालले ?

शनिबार अशोज ११ , २०८२
Reading Time: 1 min read
A A
वेस्ट इन्डिजको खराब लयको फाइदा उठाउला नेपालले ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

११ असोज , काठमाण्डौ ।

नेपाल र वेस्ट इन्डिजबीचको युनिटी कप टी–२०आई सिरिजअन्तर्गत पहिलो खेल आज हुँदैछ । यूएईको शारजाह क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार बेलुकी सवा ८ बजेदेखि सुरु हुनेछ ।

नेपालले वेस्ट इन्डिजसँग टी–२० अन्तर्राष्ट्रिय फम्र्याटमा पहिलोपटक खेल्न लागेको हो । त्यस्तै आईसीसीको पूर्ण सदस्य राष्ट्रसँग नेपालको द्विपक्षीय सिरिज हुन लागेको पनि यो पहिलोपटक हो ।

LS Auto

खेलअघि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपालका कप्तान रोहित पौडेलले पछिल्लो समय नेपालको खेल राम्रो हुँदै आएको बताउँदै यस शृंखलामा पनि राम्रो प्रदर्शन गरेर जित निकाल्ने बताएका थिए ।

‘आफ्नो बेस्ट क्रिकेट खेल्यो भने जित्न सकिन्छ, टिममा सबैजना सकारात्मक हुनुहुन्छ र मनोबल पनि उच्च छ, हामी शृंखला जित्न सक्छौं भन्ने छ’ उनले भनेका छन् ।

त्यस्तै वेस्ट इन्डिजका कप्तान अकिल होसेनले पनि नेपालको ऐतिहासिक शृंखलाको हिस्सा हुन पाउँदा खुसी लागेको बताउँदै खेलका लागि उत्साहित रहेको बताएका छन् ।

होसेनले टिममा युवा खेलाडीहरू धेरै भएको र सबैजना खेलका लागि तयार रहेको बताए । ‘पेपरमा को कस्तो छ भन्ने कुराले त्यति फरक पार्दैन, जसले राम्रो खेल जित्छ उसले जित्छ’ उनले भने ।

वेस्ट इन्डिज पछिल्लो समय खराब लयमा रहेको हुँदा नेपाललाई ऐतिहासिक जित निकाल्ने अवसर पनि छ । वेस्ट इन्डिजले सन् २०२५ मा खेलेका १२ खेलमध्ये २ खेल मात्र जितेको छ ।

यता नेपालको प्रदर्शन भने मिश्रित छ । नेपालले २०२५ मा कूल ८ खेल खेलेको छ जहाँ नेपालले ४ खेल जित्दा ३ खेलमा पराजित (एक सुपर ओभरसहित) भएको छ भने एक खेल नतिजाविहीन छ ।

नेपाल र वेस्ट इन्डिजबीचको दोस्रो खेल सोमबार र तेस्रो खेल बिहीबार हुनेछ । नेपालीे टोलीमा कप्तान रोहित कुमार पौडेलसहित उपकप्तान दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी, साहब आलम रहेका छन् ।

यी खेलाडीहरुको साथमा आज नेपाली क्रिकेटको यात्रामा ऐतिहासिक अध्याय थपिँदैछ । किनभने पहिलोपल्ट नेपालले टी–२० क्रिकेटका महाशक्ति वेस्ट इन्डिजसँग तीन खेलको अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ ।

झन्डै तीन दशक लामो अन्तर्राष्ट्रिय यात्रामा नेपालले कुनै टेस्ट राष्ट्रसँग खेलेको यो पहिलो द्विपक्षीय सिरिज हुने भएकाले यसलाई माइलस्टोनको रूपमा लिइएको छ ।

गत वर्ष अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न अघिल्लो संस्करणको टी–२० विश्वकपमा देखाएको प्रदर्शनपछि नेपाल क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा सबैको ध्यान खिच्न सफल भएको थियो।

त्यसैले युएईको शारजाह अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने यो तीन खेलको सिरिजले पनि विश्व क्रिकेट समुदायको ध्यान पुनः एकपल्ट खिच्ने अपेक्षा गरिएको छ ।

क्यानका सचिव पारस खड्का भन्छन्, ‘शारजाह एउटा आइकोनिक भेन्यु हो, जहाँ नेपालले विगतमा पनि फरक–फरक प्रतियोगितामा आफ्नो उपस्थिति जनाएको छ। यो सिरिज हामीलाई उदाउँदो राष्ट्रको रूपमा विश्वलाई आफ्नो क्षमता देखाउने अवसर दिनेछ।’

नेपालले अहिलेसम्म ८ पटक मात्र टेस्ट राष्ट्रसँग टी–२० आई खेल खेलेको छ । यस क्रममा नेपालले बंगलादेश, आयरल्यान्ड र जिम्बाबेसँग समान दुई–दुई पटक तथा भारत र दक्षिण अफ्रिकासँग एक–एक पटक प्रतिस्पर्धा गरेको छ ।

पटक–पटक जितको संघारमा पुगेर पनि नेपालले अहिलेसम्म नतिजा आफ्नो पक्षमा पार्न सकेको छैन । यस सिरिजमा नेपाल टेस्ट राष्ट्रलाई पराजित गर्दै नयाँ इतिहास रच्ने दाउमा छ, जसले भविष्यमा अझ धेरै अवसरका ढोका खोल्न सक्छ ।

कप्तान रोहित पौडेल पनि यसैमा आशावादी देखिन्छन्। उनी भन्छन्,‘यो सिरिजपछि धेरै अवसर खुल्छ भन्ने लाग्छ। टेस्ट राष्ट्रसँगको यो पहिलो द्विपक्षीय सिरिज हाम्रो लागि ऐतिहासिक हो। यसपछि पनि यस्ता सिरिज खेल्ने सम्भावना बढ्छ। नतिजा हाम्रो लागि निकै महत्वपूर्ण छ, किनकि यसले विश्व क्रिकेटमा हाम्रो छाप छोड्नेछ।’

नेपालका लागि यो सिरिज आगामी टी–२० विश्वकप छनोटको अन्तिम तयारी पनि हो । आगामी महिना ओमानमा हुने एसिया छनोट अघि दुई पटकका विश्व विजेता वेस्ट इन्डिजसँग खेल्नु आफैंमा ठूलो अनुभव हो ।

वेस्ट इन्डिजको टोलीमा कप्तान अकिल होसिनसँगै जेसन होल्डर, काइल मेयर्स, फाबियन एलन र ओबेड म्याकोयजस्ता स्टार खेलाडी छन् । वेस्ट इन्डिज क्रिकेटमा विशेषगरी टी–२० ढाँचामा ‘पावरहाउस’ मानिन्छ ।

उसको आक्रामक ब्याटिङ शैली कै कारण विश्वका प्रायः सबै टी–२० लिगमा क्यारिबियन खेलाडीको वर्चस्व देखिन्छ । वेस्ट इन्डिजले सन् २०१२ र २०१६ मा दुई पटक टी–२० विश्वकप उपाधि जितिसकेको छ ।

नेपालले भने अहिलेसम्म सन् २०१४ र २०२४ मा मात्रै टी–२० विश्वकपमा सहभागिता जनाउन सकेको छ । नेपाल अहिले विश्व क्रिकेटमा ‘अन्डरडग’ को रूपमा उदाउँदै गरेको एसोसिएट राष्ट्र हो ।

वेस्ट इन्डिज टी–२० क्रिकेटको अनुभवी ‘पावरहाउस’ हो । त्यसैले यो सिरिजलाई सबैले ‘अन्डरडग भर्सेस पावरहाउस’को रोमाञ्चक भिडन्तका रूपमा हेरिरहेका छन् । त्यसैले नेपालका लागि चुनौती अझ ठूलो छ ।

अनुभवी र आक्रामक वेस्ट इन्डिजविरुद्ध नेपालले आफ्नो योजना र आत्मविश्वास देखाउनुपर्नेछ । नेपालले यसअघि गत वर्ष वेस्ट इन्डिजको ‘ए’ टिमसँग खेलेको अनुभव पनि रहेको छ । अहिलेको टोलीमा वेस्ट इन्डिज ‘ए’ का केहि खेलाडी पनि छन् ।

Tags: #वेस्ट इन्डिजको खराब लय#वेस्ट इन्डिजविरुद्ध खेल्दै नेपाल

लोकप्रीय

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

विचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

थप समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?
ताजा समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन
अन्तर्राष्ट्रिय

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक
अन्तर्राष्ट्रिय

अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक

मङ्लबार मंसिर ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२

हालका पोस्टहरू

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.