×

NEPAL TIMES UPDATES

Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026
Playing
World News: उड्दा उड्दै Indiaको शुखोई बेपत्ता, Iranले झार्यो अमेरिकी लडाकु विमान || Nepal Times
Mar 06, 2026
Playing
सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो || Nepal Times
Mar 06, 2026
Playing
Top 15 Afternoon News || Mar-06-2026 || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाले देशभर आँधी ल्यायो, जनताको अपार समर्थन || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026
Playing
कतारबाट नेपालीको गुहार, “हामी डराएका छौँ, देशले बेवास्ता नगरोस् ” || Nepal Times
Mar 05, 2026

कुलमानको एक्सन : सवारी परीक्षण प्रमुख र लेखापालमाथि कारबाही

१३ आश्विन २०८२

१३ असोज ,काठमाण्डौ ।

सुशासन र भ्रष्टाचारविरुद्धको अभियानमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता जनाएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङ एक्सनमा उत्रिएका छन् ।

उनले अनियमिततामा मुछिएका सवारी परीक्षण कार्यालय, इटहरीका प्रमुख र लेखापाललाई जिम्मेवारीबाट हटाइएका छन्।

सेवाग्राहीसँग घुस माग्ने, मोलमोलाहिजा, अनावश्यक दुःख हैरानी दिनेलगायतका उजुरी परेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट आइतबार कार्यालय प्रमुख मेकानिकल इन्जिनियर रोशन कुमार देव र लेखापाल चन्द्र बहादुर बस्नेतलाई जिम्मेवारीबाट हटाएर मन्त्रालयमा तानिएको छ ।

कार्यालय प्रमुख देव र लेखापाल बस्नेतको मिलेमतोमा राजस्वसमेत हिनामिना भएको आशंका गरिएको छ ।

कार्यालयबाट दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने (अन्तर प्रादेशिक) सार्वजनिक सवारी साधनको बाटो इजाजतपत्र जारी गर्ने, सवारी साधनको स्तर कायम गर्ने, जाँचपास गर्ने, प्रदूषण परीक्षणलगायतका कार्य हुन्छन् ।

सेवाग्राहीबाट कार्यालय प्रमुख र लेखापालको मिलेमतोमा कार्यालयमा अनियमिता भइरहेको प्रमाणसहितको घिसिङसमक्ष गुनासो प्राप्त भएको थियो ।

त्यसपछि मन्त्री घिसिङले तत्कालै दुवै जनालाई जिम्मबारीबाट हटाउन र छानबिन समिति गठन गर्न निर्देशन दिएका थिए ।

मन्त्री घिसिङले उक्त कार्यालयमा भइरहेको अनियमितता र त्यसमा संलग्न कार्यालय प्रमुख, लेखापाल एवम् अन्य कर्मचारीमाथि छानबिन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रशासन महाशाखा प्रमुख बलराम रिजालको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेका छन् ।

छानबिन समितिलाई १० कार्यदिनभित्र प्रतिवेदन बुझाउने समयसीमा दिइएको छ । समितिले आरोपित तथा अन्य कर्मचारीसँग बयान लिने, सेवाग्राहीसँग बुझ्ने, गरिएका निर्णयका कागजात अध्ययन–अनुसन्धान गर्ने, कारबाहीका लागि सिफारिस गर्नेलगायतका कार्यादेश दिइएको छ ।

यता नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत विद्युत् आपूर्ति लिएका उपभोक्तालाई बक्यौता विद्युत् महसुल बुझाउने समयसीमा सच्याएको छ ।

प्राधिकरणले असोज १२ गते प्रकाशित सूचनामा महसुल बुझाउने अन्तिम म्याद २१ दिन भनिए पनि त्रुटि भएको भन्दै नयाँ मिति कार्तिक २ गतेसम्म तोकेको हो ।

प्राधिकरणका अनुसार, अब व्यापारीहरूले कार्तिक २ गतेभित्र डेडिकेटेड तथा ट्रंकलाइन महसुलको अतिरिक्त बक्यौता भुक्तानीको प्रक्रियामा आउनुपर्नेछ ।

तोकिएको अवधिभित्र सार्वजनिक बिदाका दिनमा समेत महसुल संकलन काउन्टर खुला रहने प्राधिकरणले जनाएको छ । साथै, विद्युतीय माध्यम प्रयोग गरेर पनि सहज रूपमा महसुल बुझाउन सकिने व्यवस्था मिलाइएको छ ।

बक्यौता महसुल कार्तिक २ गतेभित्रै बुझाउन प्राधिकरणले उपभोक्तालाई आग्रह गर्दै यो संशोधित सूचना सार्वजनिक गरेको हो । व्यापारीहरू भने प्राधिकरणले जबरजस्ती गर्न लागेको बताउँदै आएका छन् ।

प्राधिकरण र रूपन्देहीका २१ वटा उद्योगबीच महसुलका विषयमा वर्षौंदेखि विवाद छ। उनीहरूले प्राधिकरणले भनेजस्तो डेडिकेटेड तथा ट्रंकलाइनमार्फत विद्युत आपूर्ति नलिएको बताउँदै आएका छन्।

ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हालेपछि मन्त्री कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइन प्रयोगकर्ताबाट बक्यौता असुलीलाई प्राथमिकता दिने घोषणा गरेका थिए।

यसअघि पनि विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुँदा उनले उद्योगी तथा व्यवसायीले नतिरेको रकम उठाउन पहल गरेका थिए।

ऊर्जामन्त्री भएपछि उनले प्राधिकरणको प्रमुखबाट हितेन्द्रदेव शाक्यलाई हटाएर मनोज सिलवाललाई नियुक्त गरेका छन्। यता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पालिकाहरुले चाडबाडको समयमा समेत शिक्षक कर्मचारीहरुलाई तलब नखुवाएको विषयमा अनुसन्धान गर्ने बताएका छन् ।

शिक्षा मन्त्रालयले सबै पालिकाहरुलाई रकम पठाइसके पनि पालिकाहरुले तलब खुवाउन ढिलासुस्ती गरेको र अनेक बहाना देखाइ तलब नखुवाएको गुनासोको आधारमा अनुसन्धान गर्ने मन्त्री पुनले बताएका हुन् ।

तलब पाइएन भनेर फोनबाट र इमेलबाट ५०० भन्दा बढी गुनासो आएको मन्त्री पुनले बताएका छन् । गुनासोको संख्या सबैभन्दा धेरै संख्या मधेश प्रदेशको रहेको उनको भनाइ छ ।

उनले आज बिहान फेसबुकमा लेखेका छन्, ‘मलाई सबैभन्दा धेरै फोन मधेशबाट आएको छ । वर्ष दिनमा आउने दशैं, तिहार र छठ पर्व जस्तो महान चाडबाडको बेलामा पनि पालिकाले ढिलासुस्ती र अनेक बहाना देखाई तलब नखुवाएको ५०० भन्दा बढी गुनासो मलाई फोनबाट र इमेलबाट आयो ।’

यस विषयमा अनुसन्धान गर्ने र यस्तो बेथिति समाधानको उपाय खोज्ने मन्त्री पुनले उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘शिक्षा मन्त्रालयले सबै पालिकाहरुलाई पैसा पठाई सकेको रहेछ। यस्तो बेथिति कसरी भयो भन्ने कुरामा अनुसन्धान गर्दैछु र सो बेथितिको समाधानको उपाय खोज्दैछु ।’

यसअघि मन्त्री पुनले सबै शिक्षक तथा कर्मचारीहरुले नियमानुसार पाउने तलब उपलब्ध गराउन निर्देशन दिएका थिए । मन्त्री महावीर पुन बिना सुरक्षा पोखरा पुगेका छन् ।

मन्त्रालयबाट आज बिहान निस्केका पुन जहाजबाट पोखरा पुगेका हुन् । मन्त्री पुन पोखरा एयरपोर्टबाट सामान्यरुपमा ट्याक्सी चढेर घर गएका छन् । उनले पिएसओ समेत लगेका छैनन् ।

मन्त्री पुन पोखराको नदीपुरमा गएका हुन् । मन्त्री भएपछि उनी केसरमहलस्थित मन्त्रालयमै बस्दै आएका थिए । सरकारी कामबाहेक अन्य अवस्थामा सवारी र सुरक्षा नलिने उनले घोषणा गरेका थिए ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top